Hosea 13:13 उसलाई प्रसव वेदना हुनेछ। ऊ एउटा अज्ञानी शिशु जस्तै हो चुनौती सामना गर्ने ठीक समयमा ऊ आउँदैन।
Hosea 13:13 in Other Translations
King James Version (KJV) The sorrows of a travailing woman shall come upon him: he is an unwise son; for he should not stay long in the place of the breaking forth of children.
American Standard Version (ASV) The sorrows of a travailing woman shall come upon him: he is an unwise son; for it is time he should not tarry in the place of the breaking forth of children.
Bible in Basic English (BBE) The pains of a woman in childbirth will come on him: he is an unwise son, for at this time it is not right for him to keep his place when children come to birth.
Darby English Bible (DBY) The pangs of a woman in travail shall come upon him: he is a son not wise; for at the time of the breaking forth of children, he was not there.
World English Bible (WEB) The sorrows of a travailing woman will come on him. He is an unwise son; For when it is time, he doesn't come to the opening of the womb.
Young's Literal Translation (YLT) Pangs of a travailing woman come to him, He `is' a son not wise, For he remaineth not the time for the breaking forth of sons.
Read Full Chapter :
Hosea 13
Cross Reference
यशैया 13:8
प्रत्येक मानिस डराउने छन्। नानी जन्माउन ओटकी आइमाईको पेटको पीडा सरह डरले तिनीहरूका पेटमा पीडा हुनेछ। तिनीहरूका अनुहार आगो जस्तो रातो हुने छ। मानिसहरू छक्क पर्नेछन् किनभने त्यस्तो डरले भरिएको हेराई तिनीहरूका छिमेकिहरूका अनुहारहरूमा समेत हुनेछ।
यशैया 37:3
ती मानिसहरूले यशैयालाई भने, “राजा हिजकियाहले आदेश गरे कि आजको दिन दुख र शोकको विशेष दिन हो। यो अत्यन्तै शोकमय दिन हुनेछ। यो यस्तो दिनु हुनेछ जब एउटा बालक जन्मनेवाला छ। तर शक्तिको अभावमा जन्म लिन सक्तैन्।
मीका 4:9
अब तिमी किन चिच्याई-चिच्याई रून्छ्यौ के? तिमी माथि राज्य गर्ने कुनै राजा छैनन्? के तिम्रो सल्लाहकार नष्ट भयो र प्रसववेदनामा परेकी स्त्रीलाई जस्तै तिमीलाई पीडाले सताएकोछ?
यशैया 26:17
हे परमप्रभु, जब हामी तपाईं सँग थिएनौं, हामी प्रसुतो वेदनामा रूने स्त्री जस्तै थियौं।
2 राजा 19:3
राजाबाट तिनीहरू यो समाचार लगेर गए, “आजको दिन हाम्रा निम्ति कष्टको दिन छ, ‘तिरस्कार र निन्दा को दिन! बालक जन्माउँदा बल नभएकी स्त्री झैं हामी भएका छौं।
1 थिस्सलोनिकी 5:3
मानिसहरू भन्नेछन्, “हामीलाई शान्ति छ, हामी सुरक्षित छौं। तर तिनीहरूमाथि एक्कासि विनाश आइलाग्छ जसरी गर्भवती स्त्रीलाई एक्कासि प्रसव वेदनाले चाप्दछ। अनि त तिनीहरूले भाग्ने मौका समेत पाउने छैनन्।
भजनसंग्रह 48:6
डरले ती राजाहरूलाई कस्सेर समात्यो। ती राजाहरू डरले कामे।
हितोपदेश 22:3
एउटा बुद्धिमान मानिसले कष्टलाई पहिले नै देखेर यसबाट अघि नै तर्किन्छ, तर अनुभव नभएका मानिसहरू सिधै ती कष्टहरूमा पर्छन अनि दुःख पाउँछन्।
प्रेरित 24:25
तर फेलिक्स डराए जब पावलले धार्मिक जीवन, आत्मा संयम र भविष्यमा हुने न्यायको विषयमा भने। फेलिक्सले भने, “अहिले जाऊ। जब मसंग समय हुन्छ म तिमीलाई फेरि बोलाउने छु।”
यशैया 21:3
मैले त्यस्ता भयानक कुराहरू देखें, अनि अहिले म डराएँ। डरले गर्दा मेरो भूडी दुख्छ। त्यो पीडा स्त्री जातिलाई हुने नानी जन्माउने बेला भएकी प्रसव पीडा जस्तो छ। जुन कुरा मैले सुनें त्यसले मलाई एकदम भयभीत पार्यो। जुन कुरा मैले देखें त्यसले मलाई डरले थर-थर कमायो।
हिब्रू 3:7
त्यसैकारण पवित्र आत्मा भन्नहुन्छ “आज यदि तिमीहरूले परमेश्वरको आवाज सुन्यौ भने,
2 कोरिन्थी 6:2
परमेश्वर भन्नु हुन्छः“ठीक समयमा मैले तिमीलाई सुनें अनि मुक्तिको दिनमा मैले तिमीलाई सहायता गरें।” यशैया 49:8तिमीहरूलाई म भन्दछु “ठीक समय” अहिले नै हो “मुक्तिको दिन” आजै हो।
यशैया 66:9
त्यसरी नै, म कसैलाई नानी नजन्माइ प्रसव वेदना अनुभव गर्ने अनुमति दिँदिन्।”परमप्रभुले भन्नुहुन्छ, “म वचन दिन्छु, यदि तिमीलाई प्रसव वेदना अनुभव हुन्छ भने तब म नयाँ राष्ट्र जन्माउनलाई तिमीलाई रोक्ने छैन्।” तिमीहरूका परमेश्वरले यस्तो भन्नुभयो।
यर्मिया 4:31
एउटी स्त्रीलाई प्रसुती पीडाको समयको जस्तै आवाज मैले सुनेको छु। पहिलो पल्ट प्रसुती पीडामा परेकी स्त्रीको आवाज झैं थियो। त्यो सियोनकी छोरीले हावाको लागि कष्टश्वास फेर्दै र मुद्दतको लागि हात फैलाउँदै गरेको आवाज थियो। “हाय! म बेहोश हुनु लागेकि छु अनि हत्याराहरू मेरा वरिपरि छन्।”
यर्मिया 13:21
यदि बथानको विषयमा परमप्रभुले सोध्नु भए तिमी के भन्नेछौ? तिमीहरूले सिकाउनु पर्थ्यो। तिमीहरूले अगुवाई गरिरहेको हुनु पर्ने। के तिमी सुत्केरी पीडामा परेकी स्त्रीहरू झैं छैनौ?
यर्मिया 22:23
हे लबानोनका बासिन्दा जो देवदारूहरूको माझमा बास गर्छन्, जब तिमीले व्यथा पाउनेछौ तिमी चिच्याउनेछौ। प्रसव पीडामा परेकी स्त्री झैं व्यथाले तिमी लडबडी गर्नेछौ।”
यर्मिया 30:6
यो प्रश्न सोध, र यसलाई हेर के एकजना पुरूषले नानी जन्माउनु सक्छ? निश्चय सक्तैन। तब म किन प्रत्येक म बसिरहेको लोग्ने मानिसलाई भूँडीमाथि हात राखी निहुरिएर प्रसव पीडामा परेकी स्त्रीलाई झैं देख्छु। किन हरेक मानिसको अनुहार पहेलो भएको छ?
यर्मिया 49:24
दमिशक शहर कमजोर भयो। मानिसहरू भाग्न चाहन्छन्। आंतकले तिनीहरूलाई समातेको छ। तिनीहरूले शोक र प्रसव वेदनामा परेकी स्त्रीले झैं वेदना अनुभव गरिरहेका छन्।
प्रेरित 16:29
जेल अधिकारीले बत्ती ल्याउन आदेश गरे। त्यसपछि उ डरले काम्दै भित्र दौड्यो उ पावल र सिलासको सामु लड्यो।