Genesis 34 - BBE (Nepali)
1 Now Dinah, the daughter whom Leah had by Jacob, went out to see the women of that country.दीना याकूब र लेआकी छोरी थिइन्। एक दिन दीना त्यस देशकी स्त्रीहरू हेर्न बाहिर गइन्।
2 And when Shechem, the son of Hamor the Hivite who was the chief of that land, saw her, he took her by force and had connection with her.त्यस देशका राजा हामोरका छोरा शकेमले दीनालाई देख्यो। उसले उनलाई पक्रेर उनीसित बलात्कार गर्यो।
3 Then his heart went out in love to Dinah, the daughter of Jacob, and he said comforting words to her.शकेम दीनासित प्रेम गर्न थाल्यो अनि उनीसित विवाह गर्ने इच्छा गर्यो।
4 And Shechem said to Hamor, his father, Get me this girl for my wife.शकेमले आफ्नो बाबुलाई भने, “दया गरी यस केटीलाई हासिल गर्नु होस् म यससित विवाह गर्नु सकूँ।”
5 Now Jacob had word of what Shechem had done to his daughter; but his sons were in the fields with the cattle, and Jacob said nothing till they came.याकूबले थाहा पायो शकेमले उसकी छोरीसित खुबै नराम्रो व्यवहार गर्यो। तर याकूबका सबै छोराहरू गाई-वस्तुहरूसित मैदानमा थिए। यसर्थ तिनीहरू नफर्कुञ्जेल केही गरेनन्।
6 Then Hamor, the father of Shechem, came out to have a talk with Jacob.त्यस समय शकेमका बाबु हमोर याकूबसित कुरा गर्न गए।
7 Now the sons of Jacob came in from the fields when they had news of it, and they were wounded and very angry because of the shame he had done in Israel by having connection with Jacob's daughter; and they said, Such a thing is not to be done.जब याकूबका छोराहरूले यस बारे सुने तिनीहरू खेतबाट आए। तिनीहरू उत्तेजित भएर धेरै रिसाए किनभने शकेमले यस्तो कामगरेका थियो जो इस्राएलमा गर्नु हुँदैन थियो। शकेमको घृणात्मक कार्य सुनेर सबै दाज्यू-भाइहरू खेतबाट बाहिर निस्किए।
8 But Hamor said to them, Shechem, my son, is full of desire for your daughter: will you then give her to him for a wife?तर हमोरले ती दाज्यू-भाइहरूसित कुरा गर्यो। उनले भने, “मेरो छोरो शकेमले दीनालाई खुबै चाहन्छ। दया गरी उसलाई विवाह गर्न दिनुहोस्।
9 And let our two peoples be joined together; give your daughters to us, and take our daughters for yourselves.यस विवाहले बुझाउँछ हामीमाझ एउटा विशेष सम्झौता भएको छ। त्यसपछि हाम्रा मानिसहरूले तिमीहरूका छोरीहरू विवाह गर्न सक्छन् अनि त्यसरी नै तिम्रा मानिसहरूले हाम्रा छोरीहरू विवाह गर्न सक्छन्।
10 Go on living with us, and the country will be open to you; do trade and get property there.तिमीहरू हामीसितै यसै भूमिमा बस्न सक्छौ। तिमीहरू जमीनको मालिक हुन सक्छौ र स्वतत्र रूपले व्यापार गर्न सक्छौ।”
11 And Shechem said to her father and her brothers, If you will give ear to my request, whatever you say I will give to you.शकेमले पनि याकूब अनि तिनका छोराहरूसित कुरा गर्यो। उनले भने, “दया गरी मलाई ग्रहण गर्नु होस् अनि तपाईहरूले भनेका कुरा म जेपनि गर्नेछु।
12 However great you make the bride-price and payment, I will give it; only let me have the girl for my wife.यदि तपाईहरूले दीनालाई मसित विवाह गर्न दिनु भयो भने म तपाईहरूले मागेको उपहार दिनेछु। तपाईहरू जे चाहनु हुन्छ त्यही दिनेछु तर मलाई दीनासित विवाह गर्न दिनुहोस्।”
13 But the sons of Jacob gave a false answer to Shechem and Hamor his father, because of what had been done to Dinah their sister.शकेम र उसको बाबु हमोरसित याकूबका छोराहरूले झुटो बोल्ने निर्णय गरे। तिनीहरू अझै पनि बौलाहा जस्तै थिए किनभने शकेमले आफ्नी बहिनी दीनासित साह्रै घिनलाग्दो कुकर्म गरेको थियो।
14 And they said, It is not possible for us to give our sister to one who is without circumcision, for that would be a cause of shame to us:यसर्थ ती दाज्यू-भाइहरूले शकेमलाई भने, “हामी हाम्री बहिनीसित तिमीलाई विवाहको अनुमति दिन सक्तैनौ कारण तिमी अझसम्म खतना गरिएका छैनौ। हाम्री बहिनीको तिमीसित विवाह गर्नु एउटा भूल कर्म हुनेछ।
15 But on this condition only will we come to an agreement with you: if every male among you becomes like us and undergoes circumcision;तर हामी हाम्री बहिनीसित विवाह गर्न अनुमति दिन सक्छौ यदि तिमीले यो काम गर्यौ भने तिम्रा शहरका प्रत्येक पुरूषहरू हामी जस्तै खतना गरिनु पर्छ।
16 Then we will give our daughters to you and take your daughters to us and go on living with you as one people.त्यसपछि तिम्रा पुरूषहरूले हामीहरूका छोरी विवाह गर्न सक्छन् अनि हाम्रा पुरूषहरूले पनि तिमीहरूका छोरीसँग विवाह गर्न सक्छन्। तब हामी एक हुनेछौ।
17 But if you will not undergo circumcision as we say, then we will take our daughter and go.यदि खतना गराउन अस्वीकार गरे दीनालाई हामी लैजानेछौं।”
18 And their words were pleasing to Hamor and his son Shechem.यस सम्झौतामा हमोर र शकेम दुवै खुशी भए।
19 And without loss of time the young man did as they said, because he had delight in Jacob's daughter, and he was the noblest of his father's house.दीनाका दाज्यूहरूले भनेको कुरामा शकेम साह्रै खुशी भयो।आफ्नो परिवारमा शकेम अति आदरणीय मानिस थियो।
20 Then Hamor and Shechem, his son, went to the meeting-place of their town, and said to the men of the town,हमोर र शकेम शहरको समावेश स्थलमा गए। तिनीहरूले शहरवासीहरूसित कुरा गरे र भने,
21 It is the desire of these men to be at peace with us; let them then go on living in this country and doing trade here, for the country is wide open before them; let us take their daughters as wives and let us give them our daughters.“यी मानिसहरू हामीसित मैत्रीपूर्ण छन्, तिनीहरूलाई हामीहरूमाझ बस्न अनि व्यापार गर्न दिऊँ। जहाँसम्म भूमिको कुरा छ, हेर, हामी सबैको लागि यो धेरै नै छ। हामी तिनीहरूकी छोरीहरूलाई हाम्री पत्नीहरू बनाऊँ अनि हाम्री छोरीहरूलाई तिनीहरूका छोराहरूसित विवाह गर्न दिऊँ।
22 But these men will make an agreement with us to go on living with us and to become one people, only on the condition that every male among us undergoes circumcision as they have done.तर एउटा कुरो छ जो हाम्रा सबै मानिसहरूले मान्नु पर्छ। हाम्रा सबै मानिसहरू इस्राएलीहरू जस्तै खतना गराउनु राजी हुनु पर्छ।
23 Then will not their cattle and their goods and all their beasts be ours? so let us come to an agreement with them so that they may go on living with us.यदि हामीले यसो गरे तिनीहरूका गाई-वस्तुले गर्दा हामी धनी हुनेछौं। यसर्थ हामीले तिनीहरूसित यस्तो सम्झौता गर्नु पर्छ जसले गर्दा तिनीहरू यहाँ हामीसित बस्न सकुन्।”
24 Then all the men of the town gave ear to the words of Hamor and Shechem his son; and every male in the town underwent circumcision.सबै मानिसहरू जसले हमोर र शकेमबाट त्यस समावेश स्थलमा ती कुरा सुने, सबैले माने। अनि सबै मानिसहरूको खतना गरियो।
25 But on the third day after, before the wounds were well, two of the sons of Jacob, Simeon and Levi, Dinah's brothers, took their swords and came into the town by surprise and put all the males to death.तीन दिन पछि खतना गरिएका मानिसहरूको घाउ भयो। याकूबका दुइजना छोरा, शिमोन अनि लेवीले बुझे तिनीहरू दुर्वल भएका छन्। यसर्थ तिनीहरूले शहरमा गए अनि सबै मानिसहरूलाई मारिदिए।
26 And Hamor and his son they put to death with the sword, and they took Dinah from Shechem's house and went away.दीनाका दाज्यूहरू शिमोन र लेवीले हमोर र उसको छोरो शेकमलाई पनि मारे अनि शेकमको घरबाट दीनालाई निकाले अनि लिएर गए।
27 And the sons of Jacob came on them when they were wounded and made waste the town because of what had been done to their sister;याकूबका छोराहरू शहरमा गए अनि त्यहाँ भएको प्रत्येक चीज चोरे। शकेमले तिनीहरूकी बहिनीमाथि गरेको कुरोले तिनीहरूको अझै रीस मरेको थिएन।
28 They took their flocks and their herds and their asses and everything in their town and in their fields,गधाहरू तथा शहरमा र खेतमा जे जति थिए प्रत्येक चीज लगे।
29 And all their wealth and all their little ones and their wives; everything in their houses they took and made them waste.ती दाज्यू-भाइहरूले तिनीहरूको पत्नी छोरा-छोरी तथा तिनीहरूसँग भएको प्रत्येक चीज लगे।
30 And Jacob said to Simeon and Levi, You have made trouble for me and given me a bad name among the people of this country, among the Canaanites and the Perizzites: and because we are small in number they will come together against me and make war on me; and it will be the end of me and all my people.तर याकूबले शिमोन र लेवीलाई भने, “तिमीहरूले मलाई साह्रै कष्ट दियौ। यहाँ सबै मानिसहरूले मलाई घृणा गर्नेछन्। सबै कनानी र परिज्जी मानिसहरू मेरो विरूद्धमा हुनेछन्। हामीहरूको संख्या यहाँ कम्ती छ, यदि यहाँका मानिसहरू हामीसित लड्न भेला भए भने हामीहरू ध्वंश हुनेछौ। अनि मसँग भएका सबै हाम्रा मानिसहरू ध्वंश हुनेछन्।”
31 But they said, Were we to let him make use of our sister as a loose woman?तर ती दाज्यू-भाइहरूले भने, “के तिनीहरूले हाम्री बहिनीलाई वेश्या जस्तै व्यवहार गरून्? अहँ, हाम्री बहिनीलाई त्यस्तो व्यवहार गर्नु तिनीहरूको अन्याय थियो।”
Nepali Bible