Ecclesiastes 3:6
एक समय हुन्छ कुनै चीज खोज्ने र एक समय हुन्छ हराओस् भन्ने एकसमय हुन्छ कतै फालि दिने एक समय हुन्छ र खोज्ने एक समय हुन्छ।
Ecclesiastes 3:6 in Other Translations
King James Version (KJV)
A time to get, and a time to lose; a time to keep, and a time to cast away;
American Standard Version (ASV)
a time to seek, and a time to lose; a time to keep, and a time to cast away;
Bible in Basic English (BBE)
A time for search and a time for loss; a time to keep and a time to give away;
Darby English Bible (DBY)
A time to seek, and a time to lose; A time to keep, and a time to cast away;
World English Bible (WEB)
A time to seek, And a time to lose; A time to keep, And a time to cast away;
Young's Literal Translation (YLT)
A time to seek, And a time to destroy. A time to keep, And a time to cast away.
| A time | עֵ֤ת | ʿēt | ate |
| to get, | לְבַקֵּשׁ֙ | lĕbaqqēš | leh-va-KAYSH |
| time a and | וְעֵ֣ת | wĕʿēt | veh-ATE |
| to lose; | לְאַבֵּ֔ד | lĕʾabbēd | leh-ah-BADE |
| time a | עֵ֥ת | ʿēt | ate |
| to keep, | לִשְׁמ֖וֹר | lišmôr | leesh-MORE |
| and a time | וְעֵ֥ת | wĕʿēt | veh-ATE |
| to cast away; | לְהַשְׁלִֽיךְ׃ | lĕhašlîk | leh-hahsh-LEEK |
Cross Reference
फिलिप्पी 3:7
एक समयमा यी सब मेरो लागि महत्वपूर्ण थियो। तर मैले ठानें, ख्रीष्टको अघि ती सब व्यर्थका रहेछन्।
लूका 9:24
जसले आफ्नो प्राण बचाउँन चाहन्छ भने त्यसले त्यो हराउनु पर्छ तर जसले मेरो निम्ति प्राण दिन्छ भने त्यसले त्यो चाँहि बाँच्न पाउँछ।
मर्कूस 8:35
जसले आफ्नो प्राण बचाउँन चाहन्छ, उसले त्यो गुमाउनु पर्नेछ। अनि जसले ममाथि र सुसमाचारको लागि उसको जीवन गुमाउने गर्दछ उसले मात्र आफ्नो जीवनलाई बाचाउँन सक्नेछ।
मत्ती 16:25
जसले आफ्नो जीवन बचाउन चाहन्छ उसले त्यो गुमाउँछ अनि जसले मेरो निम्ति जीवन गुमाउँछ उसले यसको रक्षागर्छ।
योना 1:5
मानिसहरु चाहन्थे कि त्यो जहाज बचाउनको निम्ति त्यसलाई हलुका बनाउँ, त्यसैले जहाजको सबै सामानहरु उठाएर समुद्रमा फ्याँकन थाले। मल्लाहरु धेरै डराएका थिए, प्रत्येक मानिसहरुले आ-आफ्नो देवताहरुलाई प्रार्थना गर्न थाले।योना जहाजको भित्रि भागमा गएर सुतिरहेका थिए।
मत्ती 19:29
अनि ती जस-जसले मेरो निम्ति आफ्नो घर, दाज्यू-भाइ, दिदी-बहिनी, बाबु-आमा, छोरा-छोरीहरू, अनि जग्गा-जमीनहरू छोडेका छन् तिनीहरूले छोडेको भन्दा धेरै पाउनेछन्। तिनीहरूले अनन्त जीवन पाउनेछन्।
मर्कूस 10:28
पत्रुसले येशूलाई भने, “हामिले सब त्याग्यौ अनि तपाईंको अनुशरण गर्यौं।”
प्रेरित 27:19
एकदिन पछि तिनीहरूले जहाजको यन्त्रहरू पनि फ्याँकीदिए।
हिब्रू 10:34
हो तिमीहरूले त्यस्ता मानिसहरूलाई जेलमा सघायौ र तिनीहरूको दुखहरू बाँडयौ। अनि आफूसित भएको हरेक थोक हराउँदा पनि र्हषितै रह्यौ। तिमीहरू प्रसन्नै रह्यौ किनकि तिमीहरूसित केही थियो जो उत्तम छ र त्यो सदाकाल रहिरहने छ भन्ने जान्दथ्यौ।
यशैया 2:20
त्यतिबेला मानिसहरूले आफ्ना सुन र चाँदीका मूर्तिहरू फ्याँकि दिनेछन्। ती मूर्तिहरू मानिसहरूले पुज्न सकुन भनेर उनीहरूले नै बनाएका थिए। मानिसहरूले ती मूर्तिहरू पृथ्वीका प्वालहरूमा फ्याँकिदिनेछन् जहाँ चमेराहरू र छुचुन्द्रा बस्छन्।
उपदेशक 11:1
विभिन्न धन्दाहरूका कुराहरूमा पैसा लगाओ बिस्तारै त्यसले फाइदाल्याउँछ।
उत्पत्ति 30:30
म आउँदा तिमीसित अलिकति मात्र थियो। तर अहिले घेरै भएका छन्। मैले जे पनि गरे तपाईंको निम्ति, त्यसमा परमप्रभुले आशीर्वाद दिनु भएकोछ। अब आफ्नो निम्ति मैले केही गर्नु पर्ने समय आएको छ र मैले आफ्नो घर बनाउनु पर्छ।”
उत्पत्ति 31:18
तब तिनीहरूले कनान भूमिमा जहाँ उसको बाबु बस्ने गर्दथिए त्यहाँबाट फर्कनको निम्ति यात्रा शुरू गरे। याकूब आफ्ना सबै पशुहरु तिनीहरूको अघि अघि हिंड्यो। पद्दनराममा हुँदा जे जति तिनले हासिल गरेका थिए प्रत्येक चीज उनले लग्यो।
प्रस्थान 12:35
तब इस्राएलीका मानिसहरूले त्यही गरे जे मोशाले तिनीहरूलाई गर्नु भनेका थिए। तिनीहरूले मिश्र देशका आफ्नो छिमेकीहरूसित लुगा, अनि सुन चाँदीले बनिएको चीजहरू माँगे।
व्यवस्था 8:17
यस्तो कहिलै नभन, ‘यी सब सम्पत्ति मैले आफ्नै शक्ति र योग्यताले पाएँ।’
2 राजा 5:26
एलीशाले गेहजीलाई भने, “त्यो साँचो होइन! मेरो मुटु तँसगै थियो जब त्यो नामान तँ सँग भेट गर्न आफ्नो रथबाट ओर्लियो। यो धन, लुगा भद्राक्ष, दाख, भेडा, गाई अथवा पुरूष तथा मैले सेवकहरू लिने समय होइन।
2 राजा 7:15
मानिसहरू अरामी सैनिकको पछि यर्दन नदीसम्म गए। बाटो भरि लुगा र हतियारहरू थिए। अरामीहरूले हतारमा भाग्दा ती चीजहरू फ्याँकेका थिए। दूत सामरिया फर्कियो अनि राजालाई बतायो।
2 राजा 8:9
यसर्थ हजाएल एलीशालाई भेट्न गयो। हजाएलले आफूसँगै उपहार पनि लग्यो। उसले दमीशकबाट सबै प्रकारका राम्रा चीजहरू लिएर गयो। प्रत्येक चीज बोक्नका लागि 40 वटा ऊँटहरू थिए। हजाएल एलीशाकहाँ पुग्यो। हजाएलले भन्यो, “तपाईको अनुयायी, अरामका राजा बेनहददले मलाई तपाईकहाँ पठाएका हुन्। उनी सोध्छन्। के उनी आफ्नो बिरामीबाट मुक्त भएर निको हुनेछन्?”
भजनसंग्रह 112:9
त्यस्तो मानिस जसले आफ्नो इच्छा अनुसार गरीब मानिसहरूलाई चीजबीजहरू दिंदछ। अनि उसको उपकार सर्वदा रही रहने छ।
प्रेरित 27:38
जति हामीले चाह्यौं त्यति नै खायौं। तब तिनीहरूले जहाजबाट गह्रुँ सामानहरु समुद्रमा जहाजलाई हलुङ्गो पार्नलाई फ्याँके।