Acts 15 - BBE (Nepali)
1 Now certain men came down from Judaea, teaching the brothers and saying that without circumcision, after the rule of Moses, there is no salvation.त्यसपछि कतिपय मानिसहरू यहूदियाबाट एन्टिओकमा आए। तिनीहरूले गैर- यहूदी दाज्यु-भाइहरूलाई शिक्षा दिन शूरू गरेः “मोशाको व्यवस्था अनुसार जब सम्म खतना हुदैनौ तबसम्म तिमीहरूको मुक्ति हुने छैन।”
2 And after Paul and Barnabas had had no little argument and discussion with them, the brothers made a decision to send Paul and Barnabas and certain others of them to the Apostles and the rulers of the church at Jerusalem about this question.पावल र बर्णाबास यस्तो शिक्षाको घोर विरोधी थिए अनि तिनीहरूले यस विषयमा ती मानिसहरूसंग बहश गरे। तब मणडलीले पावल, बर्णाबास र अन्य मानिसहरूलाई यरूशलेम पठाउने निर्णय लिए। ती मानिसहरू त्यस विषयमा प्रेतिहरू र अग्रजहरूसँग अझ बहश गर्न गए।
3 So they, being sent on their way by the church, went through Phoenicia and Samaria, giving news of the salvation of the Gentiles, to the great joy of all the brothers.उनीहरूको यात्रालाई मण्डलीले सहयोग गरयो। तिनीहरू फोनिसिया र सामरिया भएर गए। ती देशहरूमा तिनीहरूले कसरी गैर-यहूदी मानिसहरू सत्य परमेश्वरतर्फ मोडीए भनेर बताए। यो खबरले सबै दाज्यू-भाइहरूलाई खुबै आनन्द तुल्यायो।
4 And when they came to Jerusalem, they had a meeting with the church and the Apostles and the rulers, and they gave an account of all the things which God had done through them.पावल, बर्णाबास र अन्य मानिसहरू यरूशलेम आइपुगे। त्यहाँका प्रेरितहरू, अग्रजहरू र सम्पूर्ण विश्वासीहरूले तिनीहरूलाई स्वागत गरे। पावल, बर्णाबास र अन्य मानिसहरूले परमेश्वरले उनीहरूमार्फत गर्नु भएको सबै कुराहरू भने।
5 But some of the Pharisees, who were of the faith, got up and said, It is necessary for these to have circumcision and to keep the law of Moses.यरूशलेममा कतिपय विश्वासीहरू जो फरिसीहरूको दलका थिए उठे अनि भने, “गैर-यहूदी विश्वासीहरूले खतना गर्नै पर्छ। मोशाको व्यवस्था मान्नै पर्छ भनेर हामीले भन्नु पर्छ!”
6 And the Apostles and the rulers of the church came together and gave thought to the question.तब प्रेरितहरू, अग्रजहरू यस समस्या माथि एकत्रित भएर अध्ययन गर्न थाले।
7 And when there had been much discussion, Peter got up and said to them, My brothers, you have knowledge that some time back it was God's pleasure that by my mouth the good news might be given to the Gentiles so that they might have faith.यस विशयमा त्यहाँ लामो र्तक सभा बस्यो। पत्रुस उभिए अनि भने, “मेरा दाज्यु भाइहरू! प्रारम्भिक दिनहरूमा के भयो तपाईंहरू राम्रोसंग जान्नु हुन्छ। परमेश्वरले तपाईहरू माझबाट नै उहाँको सुसमाचारको संदेश गैर-यहूदीहरूलाई प्रचार गर्नलाई मलाई छान्नु भयो। तिनीहरूले मबाट सुसमाचार सुने अनि विश्वास गरे।
8 And God, the searcher of hearts, was a witness to them, giving them the Holy Spirit even as he did to us;परमेश्वरले प्रत्येकको हृदय जान्नु हुन्छ अनि उहाँले यी गैर-यहूदीहरूलाई स्वीकार गर्नभयो। परमेश्वरले हामीलाई उहाँले दिनुभए जस्तै तिनीहरूलाई पवित्र आत्मा दिनुभए हामीलाई यो देखाउनु भएको छ।
9 Making no division between them and us, but making clean their hearts by faith.परमेश्वरको लागि ती मानिसहरू कुनै पनि खण्डमा हामी भन्दा भिन्न छैनन्। विश्वासद्वारा परमेश्वरले उनीहरूका हृदय शुद्ध पारिदिनु भयो।
10 Why then are you testing God, by putting on the neck of the disciples a yoke so hard that not even our fathers or we were strong enough for it?तिमीहरू किन गैर-यहूदी दाज्यू-भाइहरूरको घिच्रोमा जुवा वाँधिदिनु चाहन्छौ? के तिमीहरू परमेश्वरलाई क्रोधित बनाउन प्रयास गरिरहेका छौ? हामी र हाम्रा पुर्खाहरू त्यो जुवा बोक्न असमर्थ थियौं!
11 But we have faith that we will get salvation through the grace of the Lord Jesus in the same way as they.होइन, हामी विश्वास गछौं कि दुवै हामी र यी मानिसहरू प्रभु येशूको अनुग्रहले बचाइनेछौं।”
12 And all the people were quiet while Barnabas and Paul gave an account of the signs and wonders which God had done among the Gentiles by them.त्यसपछि सम्पूर्ण दल नै शान्त भए। तिनीहरूले पावल र बर्णाबासको कुराहरू ध्यान दिएर सुने। पावल र बर्णाबासले तिनीहरूका माध्यम गैर-यहूदीहरू माझ परमेश्वरले गर्नु भएका जम्मै चमत्कारहरू र आश्चर्यजनक कामहरू बारे वृतान्त सुनाए।
13 And when they had come to an end, James, answering, said, My brothers, give ear to me:तिनीहरूले भनी सकेपछि याकूबले भने, “मेरा दाज्यु-भाईहरू, ध्यान लगाएर मेरो कुरा सुन।
14 Symeon has given an account of how God was first pleased to take from among the Gentiles a people for himself.शिमोनले तिमीहरूलाई कसरी परमेश्वरले गैर-यहूदीहरूलाई आफ्नो प्रेम प्रकट गर्नु भयो सोही कुरा बताए। प्रथम पल्ट परमेश्वरले गैर-यहूदीहरूलाई ग्रहण गर्नुभयो अनि तिनीहरूलाई आफ्नो मानिस बनाउनु भयो।
15 And this is in agreement with the words of the prophets, as it is said,अगमवक्ताहरूको वचनहरू योसंग सहमत छः
16 After these things I will come back, and will put up the tent of David which has been broken down, building up again its broken parts and making it complete:‘म त्यसपछि फर्की आउने छु। म दाऊदको घर फेरि बनाउने छु, जुन ढलेको छ। उसको घरको भागहरू फेरि बनाईदिने छु। जुन ध्वंश भएको छ। अनि म उसको घर नयाँ बनाउनेछु।
17 So that the rest of men may make search for the Lord, and all the Gentiles on whom my name is named,ताकि अन्य सबै मानिसहरूले प्रभुलाई खोज्नेछन् अन्य सबै गैर-यहूदीहरू पनि मेरा आफ्ना मानिसहरू हुन्। प्रभुले त्यसै भन्नु भयो। अनि उहाँ मात्र एक हुनुहुन्छ जसले सबै यी चीजहरू गर्नुहुन्छ।
18 Says the Lord, who has made these things clear from the earliest times.ती चीजहरू प्रारम्भको कालदेखि नै जानिएको हो।’
19 For this reason my decision is, that we do not put trouble in the way of those who from among the Gentiles are turned to God;“यसैले हामीले गैर-यहूदीहरूलाई बोझ दिनुहुँदैन जो परमेश्वरप्रति फर्केकाछन्।
20 But that we give them orders to keep themselves from things offered to false gods, and from the evil desires of the body, and from the flesh of animals put to death in ways against the law, and from blood.बरू हामीले तिनीहरूलाई यी कुराहरूमा बताउँदै एउटा चिट्ठी लेख्नु पर्छःमूर्तिलाई चढाएको चीजहरू नखाऊ। यसले खाद्य अशुद्ध पार्छ। कुनै व्यभिचार नगर्। रगत नखाऊ। निमोठेर मारिएका पशुहरू नखाऊ।
21 For Moses, from times long past, has his preachers in every town, reading his law in the Synagogues every Sabbath.तिनीहरूले त्यसो गर्नु हुँदैन किनभने त्यहाँ अझै त्यस्ता मानिसहरू छन् जसले मोशाको व्यवस्था सिकाउँछन्। मोशाको वचनहरू धेरै र्वष देखि प्रत्येक विश्रामको दिनमा सभाघरमा पढिन्दैछ।”
22 Then it seemed good to the Apostles and the rulers and all the church, to send men from among them to Antioch with Paul and Barnabas; Judas, named Barsabbas, and Silas, chief men among the brothers:तब प्रेरितहरू, अग्रजहरू र समस्त मण्डलीले निर्णय लिए कि पावल र बर्णाबासको साथमा आफ्नै केही मानिसहरू एन्टिओकमा पठाउने। तिनीहरूले यहूदा जसलाई बर्णाबास पनि भनिन्छ र सिलासलाई छाने। ती मानिसहरूलाई यरूशलेमका दाज्यु-भाइहरूले खुबै सम्मान गर्थे।
23 And they sent a letter by them, saying, The Apostles and the older brothers, to the brothers who are of the Gentiles in Antioch and Syria and Cilicia, may joy be with you:मण्डलीले तिनीहरूका हातमा यो चिट्ठी पठाए।एन्टिओक शहर अनि सिलिसिया र सिरिया देशका गैर-यहूदी दाज्यु-भाईहरूलाई तिमीहरूका दाज्यु-भाइ प्रेरितहरू, अग्रजहरूबाट अभिवादनःप्रिय दाज्यू-भाइहरू,
24 Because we have knowledge that some who went from us have been troubling you with their words, putting your souls in doubt; to whom we gave no such order;हामीले सुनेकाछौकि कतिपय हाम्रा मण्डलीका मानिसहरू तिमीहरूकहाँ आए अनि तिनीहरूले भनेका कुराहरूले तिमीहरूलाई दुःखी र खिन्न पार्यो। तर हामीले तिनीहरूलाई त्यसो भन भनेर भनेनौं!
25 It seemed good to us, having come to an agreement together, to send these men to you, with our well loved Barnabas and Paul,तिमीहरूकहाँ केही चुनिएका मानिसहरू पठाउन एकमत भएकाछौं। तिनीहरू हाम्रा प्रिय मित्र बर्णाबास र पावलसँग आउनेछन्।
26 Men who have given up their lives for the name of our Lord Jesus Christ.तिनीहरूले प्रभु येशू ख्रीष्टको सेवामा आफ्ना जीवन समर्पण गरेकाछन्।
27 And so we have sent Judas and Silas, who will say the same things to you themselves, by word of mouth.त्यसैले हामीले उनीहरूसंग यहूदा र सिलासलाई पनि पठाउँदै छौं। तिनीहरूले यही चिट्ठीमा भएका कुराहरू मुखले भन्न गईरहेका छन्।
28 For it seemed good to the Holy Spirit and to us, to put on you nothing more than these necessary things;पवित्र आत्माले सोच्दछ कि हामीहरूले तिमीहरूलाई अधिक जिम्मेवार दिनु हुँदैन। अनि त्यसमा हामी सहमत छौं। तिमीहरूले यति मात्र गर्नु आवश्य छः
29 To keep from things offered to false gods, and from blood, and from things put to death in ways which are against the law, and from the evil desires of the body; if you keep yourselves from these, you will do well. May you be happy.मूर्तिहरूलाई अर्पण गरिएको खाद्य नखाऊ। रगत नखानु निमोठेर मारिएको पशुहरू नखानु, कुनै प्रकारको पनि यौन पापहरू नगर्नु। यदि तिमीहरू उपयुक्त कुराहरूबाट टाढा रहन्छौ भने, तिमीहरूले राम्रो गर्नेछौ। अब हामी बिदा माग्छौं।”
30 So they, being sent away, came down to Antioch, and having got the people together, they gave them the letter.यसर्थ पावल, बर्णाबास, यहूदा र सिलासले यरूशलेम छाडेर एन्टिओक गए। त्यहाँ तिनीहरूले विश्वासीहरूको समूह भेला पारे अनि तिनीहरूलाई चिट्ठी दिए।
31 And after reading it, they were glad of its comfort.विश्वासीहरूले त्यो चिट्ठी पढिसके पछि त्यसले उत्साहित पारेकोमा तिनीहरू आनन्दित भए।
32 And Judas and Silas, who themselves were prophets, gave teaching to the brothers and made them strong in the faith.यहूदा र सिलास पनि अगमवक्ताहरू थिए। तिनीहरूलाई उत्साह दिन र दृढ बनाउन तिनीहरूले पनि निकै कुराहरू गरे।
33 And when they had been there for some time, they were sent back in peace by the brothers to those who had sent them.त्यहाँ केही समय बसे पछि यहूदा र सिलास फर्के।
34 []तिनीहरूले विश्वासीहरूबाट शान्तिको आशीर्वाद पाए पछि यरूशलेमका दाज्यु भाईहरू जसले तिनीहरूलाई त्यस काममा पठाएका थिए तिनीहरूकहाँ फर्के।
35 But Paul and Barnabas kept on in Antioch, teaching and preaching the word of God, with a number of others.तर पावल र बर्णावास एन्टओकमा नै बसे। तिनीहरू र अन्य मानिसहरूले त्यहाँ सुसमाचार प्रचार गरे अनि प्रभुको संदेश सिकाए।
36 And after some days, Paul said to Barnabas, Let us go back and see the brothers in every town where we have given the word of God, and see how they are.केही दिन पछि, पावलले बर्णाबासलाई भने, “हामीले धेरै शहरहरूमा प्रभुको सन्देश भन्यौं। हामी ती शहरहरूमा हाम्रा दाज्यू-भाइ दिदी-बहिनीहरू के गर्दै होलान् भनेर हेर्नलाई एकपल्ट भेट्न जानु पर्छ।”
37 And Barnabas had a desire to take with them John, named Mark.बर्णाबासले यूहन्ना मर्कूसलाई पनि सँगै लैजान चाहन्थे।
38 But Paul was of the opinion that it was not right to take with them one who had gone away from them in Pamphylia, and had not gone on with the work.तर तिनीहरूको प्रथम यात्रामा नै तिनीहरूलाई यूहन्ना मर्कूसले छाडेका थिए। प्याम्फिलियामा उनले तिनीहरूसंग एक साथ नलिन जोड गरे।
39 And there was a sharp argument between them, so that they were parted from one another, and Barnabas took Mark with him and went by ship to Cyprus;पावल र बर्णाबास माझमा यस विषयमा गहन चर्चा भयो। तिनीहरू छुट्टीए अनि भिन्दा भिन्दै बाटो लागे। बर्णाबास मर्कूसलाई लिएर समूद्र यात्रा गर्दै साइप्रसतिर लागे।
40 But Paul took Silas and went away with the blessing of the brothers.पावलले सिलासलाई आफूसित लान चुने अनि गए। अन्टिओकका दाज्यू-भाइहरूले पावललाई प्रभुको रेखदेखमा राखे अनि बाहिर पठाइदिए।
41 And he went through Syria and Cilicia, making the churches stronger in the faith.मण्डलीहरू अझ बलियो बनाँउदै पावल र सिलास सिरिया र सिलिसिया देशहरू हुँदै गए।
Nepali Bible