Romans 8:25
तर हामी केही चीजको आशा गरिरहेछौं जुन हामीले अहिले सम्म पाएका छैनौं। हामीले ठुलो धैर्यसित त्यो र्पखिरहेका छौं।
Romans 8:25 in Other Translations
King James Version (KJV)
But if we hope for that we see not, then do we with patience wait for it.
American Standard Version (ASV)
But if we hope for that which we see not, `then' do we with patience wait for it.
Bible in Basic English (BBE)
But if we have hope for that which we see not, then we will be able to go on waiting for it.
Darby English Bible (DBY)
But if what we see not we hope, we expect in patience.
World English Bible (WEB)
But if we hope for that which we don't see, we wait for it with patience.
Young's Literal Translation (YLT)
and if what we do not behold we hope for, through continuance we expect `it'.
| But | εἰ | ei | ee |
| if | δὲ | de | thay |
| we hope for | ὃ | ho | oh |
| that | οὐ | ou | oo |
| we see | βλέπομεν | blepomen | VLAY-poh-mane |
| not, | ἐλπίζομεν | elpizomen | ale-PEE-zoh-mane |
| then do we with for | δι' | di | thee |
| patience | ὑπομονῆς | hypomonēs | yoo-poh-moh-NASE |
| wait | ἀπεκδεχόμεθα | apekdechometha | ah-pake-thay-HOH-may-tha |
Cross Reference
1 थिस्सलोनिकी 1:3
तिमीहरूको विश्वासको लागि अनि जुन कुरो तिमीहरूले गरेकाछौ त्यसको लागि हामी सधैं प्रार्थना गर्दा परमेश्वर हाम्रा पितालाई धन्यवाद दिंदछौं। अनि प्रेमको कारणले तिमीहरूले गरेको कामको निम्ति उहाँलाई धन्यवाद दिंदछौ। हाम्रा प्रभु येशू ख्रीष्टमा तिमीहरूको आशाको कारणले दृढ रहेकोमा हामी तिमीहरूलाई धन्यवाद दिंदछौ।
रोमी 12:12
खुशी होऊ किनभने तिमीहरूसँग आशा छ। दुःखमा धैर्य धारण गर। सधैं प्रार्थना गर।
हिब्रू 10:36
तिमीहरूलाई चाहिएको धैर्य हो। परमेश्वरले चाहनु भएको कुरो गरेपछि उहाँले वाचा गरेको कुरो तिमीहरूले पाउने छौं।
कलस्सी 1:11
तिमी परमेश्वरको गौरवमय शक्तिले शक्तिशाली बन्न सक्ने छौ ताकि तिमी धैर्य हुनेछौ अनि सबै कष्टहरू सहन सक्ने छौ।तब तिमीहरू खुशी हुन सक्छौ।
भजनसंग्रह 27:14
परमप्रभुको सहयोगलाई पर्ख! बलियो र साहसी होऊ! अनि परमप्रभुको सहयोग पर्ख!
भजनसंग्रह 130:5
म परमप्रभुको साथ पाउनलाई पर्खी बसेको छु, मेरो आत्माले उहाँलाई पर्खिन्छ, परमप्रभुले जे भन्नुहुन्छ म त्यसमा विश्वास गर्छु।
लूका 21:19
तिमीहरूको विश्वासले गर्दा यी सबै विपदहरूबाट बाँच्नेछौ।
2 थिस्सलोनिकी 3:5
हामी प्रार्थना गर्छौं कि परमप्रभुले तिमीहरूको हृदयलाई परमेश्वरको प्रेम औ ख्रीष्टको धैर्य तिर डोर्याउन्।
प्रकाश 14:12
यसको मतलब-परमेश्वरको पवित्र मानिसहरुमा धैर्य हुनुपर्छ। तिनीहरुले परमेश्वरको आदेशहरु पालन गर्नुपर्छ अनि आफ्ना विश्वास येशूमाथि राख्नु पर्छ।
प्रकाश 13:10
कुनै मानिस यदि कैदी हुनु छ भने, तब त्यो मानिस कैदी हुने नैं छ। कुनै मानिस तरवारले मारिनु पर्छ भने, त्यो मानिस तरवारले नै मारिनेछ।यसको मतलब यो हो कि परमेश्वरको पवित्र मानिसहरुसंग धैर्य र विश्वास हुनुपर्छ।
प्रकाश 1:9
म यूहन्ना हुँ अनि म तिमीहरुको भाइ जो कष्टमा राज्यमा अनि धैर्यपूर्वकको सहनशीलतामा सहभागिता गर्छ। म पत्मोस टापूमा थिएँ किनभने म परमेश्वरको सन्देश अनि येशूको सत्यप्रति विश्वासी थिएँ।
याकूब 5:7
दाज्यु-भाइ अनि दिदी बहिनीहरू, धैर्य धारण गर, प्रभु येशू आउनु हुँदैछ। यसर्थ, त्यस समयसम्म धैर्य- धारण गर। कृषकहरू खुबै धैर्यवान छन्। कृषकले बहुमूल्य अन्न भूमिबाट उम्रनका निम्ति प्रतीक्षा गर्छ। कृषकले धैर्य साथ आफ्ना फसलले प्रथम वृष्टि अनि अन्तिम वृष्टि प्राप्त नगरूञ्जेल प्रतीक्षा गर्छ।
याकूब 1:3
किन? किनभने तिमीहरू जान्दछौ, कि यस्ता कुराले तिमीहरूको विश्वासलाई जाँच गर्दछ। अनि यसले तिमीहरूमा धैर्य सिर्जना गर्नेछ।
हिब्रू 12:1
हाम्रा वरिपरि विश्वासी मानिसहरू धेरै छन्। तिनीहरूका जीवनीले विश्वास के हो त्यो हामीलाई सिकाउँछ। यसर्थ, हामी तिनीहरू जस्तै हुनुपर्छ। हामीले पनि आफ्नो दौड नरोकिई दगुर्नु पर्छ। यदि दौडमा केही बाधा आउछ भने त्यसलाई फ्याँकनु पर्छ। अनि हामीलाई सजिलै फँसाउने पापलाई पनि हटाउनु पर्छ।
भजनसंग्रह 37:7
परमप्रभुमाथि भरोसा गर, र उहाँको सहयोगको निम्ति पर्खौं। दुष्ट मानिसहरूको सफलतामा ईर्ष्या नगर। जब दुष्ट मानिसहरूले दुष्ट योजनाहरू बनाउँछन् अनि तिनीहरूको खराब युक्तिहरू सफल हुदैनन्।
भजनसंग्रह 62:1
मेरो प्राणले धैर्यसित परमेश्वरलाई मेरो सुरक्षाको निम्ति पर्खिन्छ। मेरो उद्धार उहाँबाट मात्रै आउँदछ।
भजनसंग्रह 62:5
मेरो प्राणले धैर्यतापूर्वक मेरो सुरक्षाको निम्ति परमेश्वरलाई पर्खन्छ। परमेश्वर मात्र मेरो आशा हुनुहुन्छ।
यशैया 25:9
त्यसबेला, मानिसहरूले भन्नेछन्, “उहाँ हाम्रो परमेश्वर हुनुहुन्छ, जसलाई हामीले पर्खिरहेका थियौं। उहाँ हामीलाई बचाउन आउनु हुनेछ। हामी हाम्रो परमप्रभुलाई पर्खिरहेका छौं। यसकारण जब उहाँले हामीलाई बचाउनु हुनेछन हामी आनन्दित र खुशी हुनेछौं।”
यशैया 26:8
तर परमप्रभु, हामी तपाईंको न्यायको बाटो पर्खिरहेका छौं। हाम्रो प्राण तपाईं र तपाईंका नाउँ सम्झेर आनन्दित हुन्छ।
विलाप 3:25
परमप्रभु ती मानिसहरूका लागि असल हुनुहुन्छ जसले प्रतीक्षा गर्दछ। परमप्रभु ती मानिसहरूका लागि असल हुनुहुन्छ जसले उहाँलाई खोज्दछ।
लूका 8:15
अनि त्यो राम्रो जमीनमा परेको बीऊहरू चाँहि के होला? तिनीहरू पनि ती मानिसहरू जस्तै हुन् जसले परमेश्वरको वचनलाई असल र इमान्दार मनले सुन्छन्। तिनीहरू परमेश्वरको वचन पालन गर्दछन् अनि धैर्यसंग राम्रो फलहरू पनि फलाउँछन्।
रोमी 2:7
कतिपय मानिसहरू परमेश्वरको महिमा, सम्मान, र जीवनको लागि बाँच्दछन् जुन कहिल्यै नष्ट गर्न सकिंदैन। ती मानिसहरू जो यी कुराहरूका निम्ति बाँच्दछन्, उनीहरू सधैं असल कर्म गर्दछन्। परमेश्वरले तिनीहरूलाई अनन्त जीवन दान गर्नु हुँदछ।
रोमी 8:23
यो संसारले मात्र होइन, हामीले पनि आन्तरिक पीडा बोकेर र्पखिरहेकाछौं। हामीमा परमेश्वरको प्रतिज्ञाको प्रथम अंश सरह आत्मा छ। यसैले हामीलाई उहाँले आफ्ना सन्तान कहिले बनाउनु हुने हो भनेर उत्सुकतापूर्वक र्पखिरहेकाछौं। मेरो भन्नुको तात्पर्य, हामीलाई उहाँले हाम्रा शरीरहरूबाट कहिले मुक्ति दिनुहुनेछ भनेर र्पखिरहेकाछौं।
हिब्रू 6:12
अल्छे नहोऊ, हामी तिमीहरूलाई तिनीहरू जस्तै होऊ भन्ने चाहन्छौ जसले परमेश्वरका वचनवद्ध कुराहरू पाए। तिनीहरूले परमेश्वरका वचनहरू पाउँछन किनकि तिनीहरूको विश्वास र धैर्य छ।
हिब्रू 6:15
यो कुरो हुनलाई अब्राहामले धैर्यसाथ पर्खे। अनि पछि; अब्राहामले परमेश्वरको वचन पाए।
उत्पत्ति 49:18
“परमप्रभु, म तपाईंको उद्धारको प्रतीक्षामा पर्खिरहेको छु।”गाद