Romans 5:4
अनि यही संयमले हामीलाई प्रमाण गर्दछ कि हामी बलिया छौं। अनि यस्तो प्रमाणहरूले हामीलाई आशा प्रदान गर्दछ।
Romans 5:4 in Other Translations
King James Version (KJV)
And patience, experience; and experience, hope:
American Standard Version (ASV)
and stedfastness, approvedness; and approvedness, hope:
Bible in Basic English (BBE)
And waiting gives experience; and experience, hope:
Darby English Bible (DBY)
and endurance, experience; and experience, hope;
World English Bible (WEB)
and perseverance, proven character; and proven character, hope:
Young's Literal Translation (YLT)
and the endurance, experience; and the experience, hope;
| ἡ | hē | ay | |
| And | δὲ | de | thay |
| patience, | ὑπομονὴ | hypomonē | yoo-poh-moh-NAY |
| experience; | δοκιμήν | dokimēn | thoh-kee-MANE |
| ἡ | hē | ay | |
| and | δὲ | de | thay |
| experience, | δοκιμὴ | dokimē | thoh-kee-MAY |
| hope: | ἐλπίδα | elpida | ale-PEE-tha |
Cross Reference
याकूब 1:12
त्यो मानिस धन्य हो जो आपत-विपतमा स्थिर रहन्छ, किनकि जाँचको सामना गरिसकेपछि त्यसले जीवनको त्यो मुकुट पाउनेछ, जो परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूलाई दिने प्रतिज्ञा गर्नुभएको छ।
भजनसंग्रह 42:4
जब म मन्दिरमा बिताएका सुन्दर क्षणहरू सम्झने गर्छु मेरो हृदय र्चकिएर आउँछ। तिनीहरू सबैलाई भीड-भाडबाट छिराउँदै परमेश्वरको मन्दिरतिर लगेको सम्झन्छु। ती घुइँचोहरूमा मनाइरहेका उत्सवहरूमा स्तुति-गान खुशीसँग गाएको सम्झन्छु।
1 पत्रुस 5:10
यो सही हो, तिमीहरुले अल्प समयको निम्ति यातनाको सामना गर्नु पर्छ। तर त्यसपछि परमेश्वरले हरेक कुरा ठीक गरिदिनु हुन्छ। तिमीहरुलाई उहाँले बलवान तुल्याउनु हुन्छ। उहाँले तिमीहरुलाई साहरा दिनु हुनेछ अनि तिमीहरुलाई लड्नबाट थाम्नु हुनेछ। उहाँ सबै अनुग्रहका परमेश्वर हुनुहुन्छ। उहाँले तिमीहरुलाई ख्रीष्ट येशूमा उहाँको महिमाको सहभागी हुन आह्वान गर्नु भएको छ। त्यो महिमा सदा सर्वदा रहने छ।
1 पत्रुस 1:6
यसले तिमीहरुलाई अत्यन्त सुखी तुल्याउनु पर्छ यद्यपि क्षणिक समयकोलागि सबै प्रकारको कष्ट भोग्दा तिमीहरुलाई दुखी बनाँउछ।
2 तिमोथी 4:16
पहिलो सुनवाइमा मलाई आफ्नो बचाउ गर्नु भनियो, मलाई समर्थन दिने त्यहाँ कोही थिएन। प्रत्येकले मलाई छाडे। म प्रार्थना गर्छु कि परमेश्वरले तिनीहरूलाई क्षमा गर्नेछन्।
2 कोरिन्थी 6:9
कति मानिसहरूकोलागि हामी अपरिचित छौं, तरैपनि हामी सुपरिचित छौं। हामी मर्न लागेका ठानिन्छौं, तर हेर! हामी बाँचिराखेका छौं। हामी दण्डित छौं, तर हामी मारिएका छैनौं।
2 कोरिन्थी 4:8
हामी दुःखै दुःखले घेरिएका छौं, तर हामी किचिएका छैनौं। किहले काँही हामी अल्मलमा पर्छौं र के गर्नु पर्ने जान्दैनौं, तर हामी त्याग्दैनौं।
2 कोरिन्थी 1:4
जहिले-जहिले हामीलाई दुःख आइ पर्छ, उहाँले हामीलाई सान्त्वना दिनुहुन्छ ताकि हामीले पनि अरूलाई दुःख परेको बेला सान्त्वना दिन सकौं। हामी उनीहरूलाई त्यही सान्त्वना दिन सक्छौं जुन परमेश्वरले हामीलाई दिनुभयो।
भजनसंग्रह 71:18
अब म बूढो भएँ अनि मेरा केश सेता छन् तर म जान्दछु तपाईंले मलाई त्याग्नु हुने छैन, परमेश्वर। म प्रत्येक भावी पुस्तालाई तपाईंको शक्ति र महानता बारेमा बताउने छु।
भजनसंग्रह 71:14
तब म तपाईंमाथि सर्वदा भरोसा गर्नेछु। अनि म तपाईंको प्रशंसा धेरै भन्दा धेरै गर्नेछु।
भजनसंग्रह 27:2
दुष्ट मानिसहरूले मलाई आक्रमण गर्न सक्छन्। तिनीहरूले मलाई तरवारले काट्न सक्छन्। मेरा शत्रुहरूले आक्रमण गर्न सक्छन् अनि मलाई ध्वंश पार्ने प्रयास गर्न सक्छन्।
1 शमूएल 17:34
तर दाऊदले शाऊललाई फेरि भन्यो, “म, तपाईंको सेवक हुँ र मेरो पिताको भेडा पनि चराउने गर्छु। भेडाका बथानबाट सिंह र भालू आएर भेडा लैजान्थे।
यहोशू 10:24
तिनीहरूले ती पाँचजना राजाहरूलाई यहोशू कहाँ ल्याए। यहोशूले उसका सबै मानिसहरूलाई भने, “यहाँ आऊ, तिमीहरूका खुट्टा यी राजाहरूका धिच्रोमा राख।” यसर्थ यहोशूका सैनिक अधिकारीहरू नजिकमा आए। तिनीहरूले आफ्ना पाउ ती राजाहरूको घिच्रोमा राखे।
रोमी 15:4
बितेका दिनहरूमा लेखिएका हरेक कुरो हामीलाई शिक्षा दिनु लेखिएको थिए। हामीले आशा गर्न सकौं भनेर नै ती लेखिएका थिए। धर्म शास्त्रबाट आउने धैर्य र बलबाट हामी आशा प्राप्त गर्न सकौं।