John 15:1
येशूले भन्नुभयो, “म साँचो दाखको बोट हुँ, मेरो पिता माली हुनुहुन्छ।
John 15:1 in Other Translations
King James Version (KJV)
I am the true vine, and my Father is the husbandman.
American Standard Version (ASV)
I am the true vine, and my Father is the husbandman.
Bible in Basic English (BBE)
I am the true vine and my Father is the gardener.
Darby English Bible (DBY)
I am the true vine, and my Father is the husbandman.
World English Bible (WEB)
"I am the true vine, and my Father is the farmer.
Young's Literal Translation (YLT)
`I am the true vine, and my Father is the husbandman;
| I | Ἐγώ | egō | ay-GOH |
| am | εἰμι | eimi | ee-mee |
| the | ἡ | hē | ay |
| true | ἄμπελος | ampelos | AM-pay-lose |
| ἡ | hē | ay | |
| vine, | ἀληθινή | alēthinē | ah-lay-thee-NAY |
| and | καὶ | kai | kay |
| my | ὁ | ho | oh |
| πατήρ | patēr | pa-TARE | |
| Father | μου | mou | moo |
| is | ὁ | ho | oh |
| the | γεωργός | geōrgos | gay-ore-GOSE |
| husbandman. | ἐστιν | estin | ay-steen |
Cross Reference
यर्मिया 2:21
यहूदा, मैले तिमीलाई एक खास दाखको झ्याँगलाई जस्तै रोपेको थिये। तिमीहरू सबै नै असल बीऊ जस्तै थियौ। कसरी तिमी भिन्दै प्रकारको दाखको झ्याँग भयो जसले नराम्रो फल फलाउँदछ?
यशैया 27:2
त्यसबेला, मानिसहरूले आनन्दित दाखको बोटको गीत गाउनेछन्।
यूहन्ना 1:17
मोशाबाट व्यवस्था प्रदान गरिएको थियो तर अनुग्रह र सत्यको बाटो येशू ख्रीष्टबाटै आयो।
1 कोरिन्थी 3:9
हामी केवल परमेश्वरको साथ काम गर्ने खेतालाहरू हौं।अनि तिमीहरू परमेश्वरका खेत जस्तै हौ र घर हौ जो परमेश्वरका हो।
यशैया 5:1
अब, म मेरा साथीहरूकालागि गीत गाउनेछु। यो गीत उनीहरूका दाख बारीको विषयमा छ।मेरा मित्रको अत्यन्त समृद्ध दाखबारी थियो।
भजनसंग्रह 80:8
बितेका दिनहरूमा, तपाईंले हामीहरूलाई महत्वपूर्ण विरूवा जस्तो स्याहार्नुर्ु भयो। तपाईंले मिश्रबाट तपाईंको “अङ्गुरको झ्याँङ्ग” ल्याउनु भयो। तपाईंले “अरूहरूलाई” यो जमीन छोड्न वाध्य गराउनु भयो, अनि तपाईंले यहाँ “अङ्गुरको झ्याङ्ग” रोप्नु भयो।
यूहन्ना 6:55
मेरो शरीर साँचो भोजन हो। मेरो रगत साँचो पिउने कुरा हो।
लूका 13:6
येशूले यो दृष्टान्त भन्नुभयो, “एकजना मानिसको एउटा नेभारोको रुख थियो। त्यसले त्यो रुखलाई आफ्नै दाखको बारीमा रोपेको थियो। त्यो मानिस रूखमा फल लाग्यो कि भनेर हेर्न आयो, तर केही पाएन।
मत्ती 21:33
“यो उखान सुन कुनै मानिसको जमीन थियो। उसले त्यो जमीनमा दाख लगायो। उसले दाखको जमीनको वरिपरि पर्खाल निर्माण गर्यो। अनि त्यसभित्र दाख पेल्ने कोलखनेको थियो। फेरि त्यो मानिसले एउटा मचान बनाचो। उसले आफ्नो खेत कोही किसानहरूलाई जिम्मा दिएर ऊ यात्रामा गयो।
यशैया 4:2
त्यस समयमा, परमप्रभुको हाँगो (यहूदा) सुन्दर र गौरवपूर्ण हुनेछ। अझै इस्राएलमा बसोबास गर्ने मानिसहरू धर्तीमा उप्जिएका वस्तुहरू देखेर र्गवित हुनेछन्।
1 यूहन्ना 2:8
तर पनि म तिमीहरुको निम्ति यो आदेशलाई नयाँ आदेशको रुपमा लेख्दैछु। यो आदेश सत्य छ; अनि यसको सत्यता येशू अनि तिमीहरु स्वयंमा देख्न सक्छौ। अन्धकार हट्दैछ अनि सत्य ज्योति अघि देखि चम्किरहेछ।
यूहन्ना 1:9
सत्य-ज्योति संसारमा आइरहकाछन् भनेर उनले बताई दिए। त्यो ज्योतिले सम्पूर्ण मानिसहरूलाई ज्योति दिनेछ।
यूहन्ना 6:32
येशूले भन्नुभयो, “म तिमीहरूलाई साँचो भन्छु। मोशा तिनी एक होइनन् जसले तिमीहरूलाई स्वर्गबाट रोटी दिए। तर मेरा पिताले तिमीहरूलाई स्वर्गबाट साँचो रोटी दिनुहुन्छ।
मर्कूस 12:1
येशूले मानिसहरूलाई सिकाउनलाई दृष्टान्तहरूको उपयोग गर्नु भयो। उहाँले भन्नुभयो, “कुनै एकजना मानिसले एउटा खेतमा दाख रोपे। त्यस एउटा कोल खोपे। त्यसपछि त्यसले एउटा मचान बनाए। त्यसले आफ्नो दाखबारी केही खेतीवालहरूलाई भाडामा दिए। त्यसपछि त्यो मानिस परदेश लाग्यो।
मत्ती 20:1
“स्वर्गको राज्य एउटा जमीनको मालिड्ढको जस्तो हो जसको दाखबारी छ। एक बिहान सबेरै आफ्नो दाखबारीमा ज्यालामा काम गराउन खेतालाहरूको खोजी गर्यो।
इजकिएल 15:2
“हे मानिसको छोरो! के दाखको बोटको दाउरा जङ्गलको कुनै अर्को रूखको काठको सानो हाँगाभन्दा अधिक राम्रो हुन्छ? अहँ।
जकरिया 3:8
प्रधान पूजाहारी यहोशू, सुन्। तिमी अनि तिम्रा साथीहरु जो तिम्रो अघि बसिरहेकाछन्, चिन्ह हौ। अनि म मेरो दासलाई पनि ल्यउँदैछु। उसलाई “हाँगा” भनिन्छ।
होशे 10:1
इस्राएल त्यो दाख जस्तै छ जसले प्रशस्त मात्रमा फल दिन्छ। तर इस्राएलले झूटा देवत्हरूको निम्ति विभिन्न प्रकारको वेदीहरू बनाइरह्यो। भूमि जति राम्रो बनियो त्यति नै तिनीहरूले अपवित्र आफ्ना झूटो देवताहरूका निम्ति पत्थरहरू लगाए।
उत्पत्ति 49:10
यहूदाको परिवारबाट राजाहरू हुनेछन्। राजत्वको प्रतीक यस परिवारबाट हराउने छैन जबसम्म एकजना वास्तविक राजा आउनु हुँदैन।तब उनको आज्ञाहरू पालन गर्न र उहाँलाई सेवा पुर्याउनु धेरै मानिसहरू आउनेछन्।
यशैया 60:21
“तिम्रा सारा मानिसहरू धार्मिक हुनेछन्। ती मानिसहरूले पृथ्वी फेरि प्राप्त गर्नेछन्। मैले ती मानिसहरू सृजना गरें। तिनीहरू अद्भूत बिरूवा हुन् त्यो मैले आफ्नै हातले बनाएको हुँ।
श्रेष्ठगीत 8:11
बाल-हमनमा सुलेमानको एउटा दाखको बगैंचा थियो, तिनले आफ्नो बगैंचा रखवालहरू दिए, र प्रत्येक रखवालले 1,000 चाँदीको शेकेल बराबरको दाख ल्याउनु पर्थ्ये।
श्रेष्ठगीत 7:12
हामी चाँडै दाखबारीमा जाँऊ, हामी त्यहाँ हेरौं कतै दाखका फूलहरू फक्रेका छन् कि हेरौं कतै फूल फुलिसकेको छन् कि अनि दारीमको बोटमा फूलहरू ढकमक्क छन् कि म त्यहाँ तिमीलाई देखाउँने छु म तिमीलाई कति प्रेम गारेरहेकीछु।
यशैया 61:3
परमेश्वरले सियोनका दुखी मानिसहरूका लागि मलाई पठाउनु भयो। उत्सवका लागि म तिनीहरूलाई तयार पार्नेछु। म तिनीहरूका टाउकोबाट खरानी पुछेर मुकुट लगाई दिनेछु। म तिमीहरूको दुखमय जीवन हटाएर खुशीको तेल प्रदान गर्नेछु। म तिनीहरूको पीडा हटाएर उत्सवको निम्ति पोषाकहरू दिने छु। परमेश्वरले मलाई ती मानिसहरूलाई धार्मिकताका वृक्षहरू र ‘परमप्रभुको अद्भूत बोट नाउँ दिनलाई पठाउनु भयो।’
यर्मिया 12:10
घेरै गोठालाहरूले मेरो दाखबारीहरू नष्ट पारिदिए। ती गोठालाहरू मेरो खेतका विरूवामाथि जथाभावी हिँडे। ती गोठालाहरूले मेरो सुन्दर खेत बारी रित्तो मरूभूमिमा परिणत गरिदिए।