यूहन्ना 14:18 in Nepali

नेपाली नेपाली बाइबल यूहन्ना यूहन्ना 14 यूहन्ना 14:18

John 14:18
“म तिमीहरूलाई आफ्ना आमा-बाबुले अनाथहरू छोडे जस्तो एक्लै छाडनेछैन। म तिमीहरूकहाँ फर्की आउने छु।

John 14:17John 14John 14:19

John 14:18 in Other Translations

King James Version (KJV)
I will not leave you comfortless: I will come to you.

American Standard Version (ASV)
I will not leave you desolate: I come unto you.

Bible in Basic English (BBE)
I will not let you be without a friend: I am coming to you.

Darby English Bible (DBY)
I will not leave you orphans, I am coming to you.

World English Bible (WEB)
I will not leave you orphans. I will come to you.

Young's Literal Translation (YLT)
`I will not leave you bereaved, I come unto you;

I
will
not
Οὐκoukook
leave
ἀφήσωaphēsōah-FAY-soh
you
ὑμᾶςhymasyoo-MAHS
comfortless:
ὀρφανούςorphanousore-fa-NOOS
I
will
come
ἔρχομαιerchomaiARE-hoh-may
to
πρὸςprosprose
you.
ὑμᾶςhymasyoo-MAHS

Cross Reference

यूहन्ना 14:3
म गए पछि तिमीहरूको लागि सबै व्यवस्था मिलाइसके पछि म फर्की आउनेछु। तब म तिमीहरूलाई त्यहाँ लानेछु। तब तिमीहरू म जहाँ छु त्यहीं हुनेछौ।”

मत्ती 28:20
जे जे मैले तिमीहरूलाई आज्ञा गरे ती सबै पालन गर्न तिनीहरूलाई सिकाओ। अनि जगतको अन्तसम्म म सदैव तिमीहरूका साथमा हुनेछु।” 

मत्ती 18:20
यो साँचो हो, किनभने दुई वा तीनजनाले म माथि विश्वास गरेर भेला हुन्छन्, भने, म त्यहाँ तिनीहरूका साथमा हुनेछु।”

हिब्रू 2:18
अनि अब येशूले ती मानिसहरूलाई सहायता गर्न सकनुहुन्छ जो परीक्षित छन्। येशू तिनलाई सहायता गर्न समर्थ हुनुहुन्छ किनकि उहाँ आफैंले कष्ट भोग्नु भयो र परीक्षित हुनुभयो।

2 कोरिन्थी 1:2
हाम्रा पिता परमेश्वर र प्रभु येशू ख्रीष्टबाट अनुग्रह र शान्ति।

यूहन्ना 16:33
“मैले तिमीहरूलाई यी कुराहरू भनेको छु ताकि तिमीहरूलाई ममा शान्ति रहोस्। यस संसारमा तिमीहरूलाई संकट हुनेछ। तर साहसी बन। मैले संसारलाई पराजित गरेको छु।”

यूहन्ना 14:27
“म तिमीहरूलाई मेरो शान्ति छोडदछु, यो मेरो आफ्नै शान्ति तिमीहरूलाई दिंदछु। म तिमीहरूलाई शान्ति दिन्छु, यो त्यो शान्ति होइन जुन संसारले दिन्छ। यसकारण तिमीहरूको हृदय विचलित नहोस् अनि कुनै विषयमा पनि नडराऊ।

भजनसंग्रह 23:4
यदि म चिहानभन्दा पनि अन्धकार-खाडी भएर हिंडे पनि, डरले रातभरी पनि र्तसने छैन। किन? किनभने हे परमप्रभु, तपाईं मसँग हुनुहुन्छ। तपाईंको लाठ्ठी र लौरोले मलाई सान्तवना दिंदछ।

2 थिस्सलोनिकी 2:16
हामी प्रार्थना गर्छौ कि हाम्रो प्रभु येशू ख्रीष्ट आफैले र हाम्रा पिता परमेश्वरले तिमीहरू प्रत्येक असल कार्य जे गर्छौ अनि भन्छौ तिमीहरूमा उत्साह अनि शक्ति दिनुहुनेछ।

यूहन्ना 14:16
म मेरो पितालाई माग्नेछु र उहाँले तिमीहरूलाई अर्को सहायकदिनुहुनेछ। उहाँ तिमीहरूसंग सधैं रहने सहायक दिनुहुनेछ।

होशे 14:3
“अश्शूरले हामीलाई बचाउँन सक्तैंन। हामी घोडहरूमाथि सवार हुनेछैनौ। न त हामी आफ्नो हातले बनाएको कुरालाई ‘हाम्रो परमेश्वर’ भन्नेछौ। किन? किनकि बिना आमा बाबुका संतानहरूप्रति दया गर्ने केवल तपाईं मात्र हुनुहुन्छ।”

होशे 6:3
आऊ, हामी परमप्रभुलाई चिनौं, हामी परमप्रभुलाई चिन्ने प्रयन्त गरिरहौं। उहाँको आगमन प्रभात झैं निश्चय छ। उहाँ हामीकहाँ जमीनलाई भिजाउने आखिरी वर्षा झैं आउनु हुनेछ।”

विलाप 5:3
हामी अनाथ भयौं। हाम्रा पिता छैनन्। हाम्रा आमाहरू विधवा जस्ती भएकि छिन्।

यशैया 43:1
याकूब, तिमीलाई परमप्रभुले बनाउनु भयो। इस्राएल, तिमीलाई परमप्रभुले बनाउनु भयो। अनि अब परमप्रभु भन्नुहुन्छ, “तिमीहरू नडराऊ! मैले तिमीहरूलाई बचाएँ। मैले तिम्रो नाउँ राखे। तिमी मेरो हौ।

भजनसंग्रह 101:2
म सतर्कतासाथ शुद्ध जीवन जिउनेछु। म मेरो घरमा शुद्ध प्रकारले जिउनेछु। परमप्रभु तपाईं मकहाँ कहिले आउनुहुनेछ?

यशैया 66:11
किन? तिमीहरूले दया प्राप्त गर्नेछौ जसरी स्तनबाट दूध आउँदछ। त्यस “दूध”ले तिमीहरूलाई सन्तुष्ट प्रदान गर्नेछ। तिमीहरूले दूध पिउनेछौ, अनि तिमीहरूले साँचो रूपमा यरूशलेमको महिमाको आनन्द उठाउनेछौ।

यशैया 51:12
परमप्रभु भन्नुहुन्छ, “म मात्रै हुँ तिमीहरूलाई सान्त्वना दिने। यसैले तिमीहरू किन मानिसहरूसँग डराउँछौ? तिनीहरू मानिसहरू मात्र हुन् जो बाँच्छन र मर्छन तिनीहरू मानिस जातिहरू हुन तिनीहरू घाँस जस्तै मर्दछन्।”