Jeremiah 7:10
यदि तिमीहरूले त्यस्ता पापहरू गर्यौ भने, मेरो समक्ष मेरो घरमा जुन मेरो नाउँले डाकिन्छ त्यहाँ उभिन सक्छौं भनेर सम्झिन्छौ? के तिमीहरू समझन्छौ कि मेरो समक्ष उभिएर यसो भन्न सक्छौ, “हामी सुरक्षित छौं,” त्यस्ता डरलाग्दा दुष्टयाईं गरिरहनलाई?”
Jeremiah 7:10 in Other Translations
King James Version (KJV)
And come and stand before me in this house, which is called by my name, and say, We are delivered to do all these abominations?
American Standard Version (ASV)
and come and stand before me in this house, which is called by my name, and say, We are delivered; that ye may do all these abominations?
Bible in Basic English (BBE)
And come and take your place before me in this house, which is named by my name, and say, We have been made safe; so that you may do all these disgusting things?
Darby English Bible (DBY)
then ye come and stand before me, in this house which is called by my name, and say, We are delivered, -- in order to do all these abominations!
World English Bible (WEB)
and come and stand before me in this house, which is called by my name, and say, We are delivered; that you may do all these abominations?
Young's Literal Translation (YLT)
And ye have come in and stood before Me, In this house on which My name is called, And have said, `We have been delivered,' In order to do all these abominations.
| And come | וּבָאתֶ֞ם | ûbāʾtem | oo-va-TEM |
| and stand | וַעֲמַדְתֶּ֣ם | waʿămadtem | va-uh-mahd-TEM |
| before | לְפָנַ֗י | lĕpānay | leh-fa-NAI |
| this in me | בַּבַּ֤יִת | babbayit | ba-BA-yeet |
| house, | הַזֶּה֙ | hazzeh | ha-ZEH |
| which | אֲשֶׁ֣ר | ʾăšer | uh-SHER |
| is called | נִקְרָא | niqrāʾ | neek-RA |
| by | שְׁמִ֣י | šĕmî | sheh-MEE |
| name, my | עָלָ֔יו | ʿālāyw | ah-LAV |
| and say, | וַאֲמַרְתֶּ֖ם | waʾămartem | va-uh-mahr-TEM |
| We are delivered | נִצַּ֑לְנוּ | niṣṣalnû | nee-TSAHL-noo |
| do to | לְמַ֣עַן | lĕmaʿan | leh-MA-an |
| עֲשׂ֔וֹת | ʿăśôt | uh-SOTE | |
| אֵ֥ת | ʾēt | ate | |
| all | כָּל | kāl | kahl |
| these | הַתּוֹעֵב֖וֹת | hattôʿēbôt | ha-toh-ay-VOTE |
| abominations? | הָאֵֽלֶּה׃ | hāʾēlle | ha-A-leh |
Cross Reference
यर्मिया 32:34
ती मानिसहरूले दिक्क लाग्दा मूर्तिहरू मेरो मन्दिरमा सजाए अनि त्यसलाई दूषित पारे।
इजकिएल 23:39
तिनीहरूले मूर्तिको लागि आफ्नो नानीहरूलाई मारे अनि मेरो पवित्र स्थानमा गए अनि त्यसलाई अपवित्र बनाए। तिनीहरूले यो मेरो मन्दिरभित्र यस्तो गरे।
यर्मिया 7:11
यो मन्दिर मेरो नाउँद्वारा डाकिन्छ। के यो घर तिमीहरूका लागि डाकाहरू लुक्ने ठाउँ बाहेक केही होइन जस्तो लाग्छ? म तिमीहरूलाई नियाली रहेछु।”‘ यो सन्देश परमप्रभुबाट आएको थियो।
यर्मिया 7:14
यसकारण यरूशलेममा अवस्थित मेरो नाउँद्वारा बनिएको घर ध्वंस पार्नेछु। म त्यो घरलाई शीलो भत्काए झैं ध्वंस पारिदिनेछु। अनि यरूशलेममा अवस्थित त्यो घर जुन मेरो नाउँद्वारा डाकिन्छ त्यसमा तिमीहरू भरोसा गर्छौ। मैले त्यो ठाउँ तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूलाई दिएँ।
यर्मिया 7:30
त्यसै गर किनभने यहूदाका मानिसहरूले पाप कामहरू गरिरहेको मैले देखेको छु।” यो सन्देश परमेश्वरबाट आएको हो “तिनीहरूले आफ्नो मूर्तिहरू स्थापित गरेका छन्। अनि म ती मूर्तिहरू घृणा गर्दछु। तिनीहरूले मूर्तिहरू मेरो नाउँद्वारा डाकिने घरमा स्थापित गरे। तिनीहरूले मेरो घर ‘अशुद्ध’ पारे।
यर्मिया 34:15
भर्खरै तिमीहरू आफूले गरेको कामका निम्ति पश्चाताप गर्यौ अनि मेरो नजरमा के सही हो त्यो गर्यौ। जुन मन्दिर मेरो नाउँले प्रसिद्ध छ त्यसमा तिमीहरूले मेरो समक्ष एउटा करार गर्यौ अनि हिब्रू कमारा-कमारीहरूलाई स्वतन्त्र दिने घोषणा गर्यौ।
यूहन्ना 18:28
त्यसपछि यहूदीहरूले येशूलाई कैयाफाबाट लिएर रोमी राज्यपालको महलतर्फ गए। यो बिहानी पख थियो। यहूदीहरू महलभित्र पसेनन्। तिनीहरू आफूले आफूलाई अशुद्ध राख्न चाहेनन् किनभने तिनीहरूले निस्तार चाडको भोज खानु थियो।
यूहन्ना 13:26
येशूले जवाफ दिनुभयो, “म यो रोटी प्यालामा चोब्नेछु र जसलाई म त्यो चोबेको रोटी दिन्छु ऊ नै मेरो विरुद्ध हुनेछ।” यसर्थ येशूले रोटीको एक टुक्रा लिनु भयो। उहाँले त्यो चोब्नु भयो र शिमोनको छोरो यहूदा इस्करियोतलाई दिनुभयो।
यूहन्ना 13:18
“मैले तिमीहरू सबैको विषयमा भनिरहेको होइन। मैले छानेका मानिसहरू म चिन्दछु। तर धर्मशास्त्रमा जे भनिएकोछ त्यो हुन्छः जसले मेरो भोजन खायो ऊ नै शत्रु भयो।
मत्ती 23:13
“शास्त्रीहरू र फरिसीहरूका निम्ति यो अति नराम्रो हुनेछ। तिमीहरू कपटीहरू हौ। तिमीहरू स्वर्गको राज्यमा प्रेवश गर्न चाहने मानिसहरूको ढोका थुन्छौ।
इजकिएल 33:31
यसकारण उनीहरू तिमीकहाँ त्यसरी नै आउँछन् जसरी मेरो मानिसहरू आउँछन्। उनीहरू तिम्रो छेउमा मेरो मानिसहरू जस्तै बस्छन्। उनीहरूले तिम्रो सन्देश सुन्छन् तर उनीहरूले त्यो गर्दैनन् जुन तिमीले भन्छौ। उनीहरू त्यो मात्र भन्न चाहन्छन् जुन अनुभव गर्दा राम्रो हुन्छ। उनीहरू मानिसहरूलाई धोका दिन चाहन्छन् अनि अधिक धन कमाउँन चाहन्छन्।
इजकिएल 23:37
तिनीहरूले व्यभिचारी पाप गरे। तिनीहरूले हत्या जस्तो अपराध गरे। तिनीहरूले वेश्या जस्तो काम गरे, तिनीहरूले आफ्नो अपवित्र मूर्तिहरूको लागि मलाई छोडिदिए। तिनीहरूले तिनीहरूको नानीहरूलाई बलिदान दिए जो मेरा निम्ति जन्माएका थिए। तिनीहरूले आफ्नो मूर्तिहरूलाई भोजन दिनका निम्ति यसो गरे।
2 इतिहास 33:4
मनश्शेले असत्य देवताहरूको निम्ति वेदीहरू परमप्रभुको मन्दिरमा बनाए। परमप्रभुले मन्दिरको बारेमा भन्नुभएको थियो, “मेरो नाउँ सदैव यरूशलेममा रहनेछ।”
2 इतिहास 33:7
मनश्शेले एउटा मूर्तिको शालिग बनाए अनि त्यसलाई परमेश्वरको मन्दिरमा राखे। त्यही मन्दिर जसको बारेमा परमेश्वरले दाऊद अनि तिनका छोरा सुलेमान सित कुरा-कानी गर्नु भएको थियो। परमेश्वरले भन्नु भएको थियो, “म मेरो नाउँ यो मन्दिर अनि यरूशलेम त्यो शहरमा राख्छु जसलाई मैले सबै परिवार समूहका सबै शहरहरूबाट चुनेको छु, अनि मेरो नाउँ सदा सर्वदा त्यहाँ रहने छ।
हितोपदेश 7:14
“आज मैले मेलबलि चढाउनु पर्छ। कारण मैले आज आफ्नो भाकल पूरा गरें। त्यसको केही भाग घर लगें र आज मसित खानेकुराहरू प्रशस्त छन्।
हितोपदेश 15:8
एउटा अन्यायी मानिसले चढाएको बलिदानलाई परमप्रभुले घृणा गर्नु हुन्छ तर ईमान्दारीसित व्यवहार गर्ने मानिसको प्रार्थनासित उहाँ खुशी हुनुहुन्छ।
यशैया 1:10
हे सोदोमका शासकहरू परमप्रभुको सन्देश ध्यान दिएर सुन! गमोराका मानिसहरू परमेश्वरका उपदेशहरू ध्यान दिएर सुन!
यशैया 48:2
हो, तिनीहरू पवित्र शहरका नागरिकहरू हुन्। तिनीहरू इस्राएलका परमेश्वरमाथि आश्रित छन्। उहाँको नाउँ सेनाहरूका परमेश्वर नै हो।
यशैया 58:2
तिनीहरू पाप गर्छन र पनि तिनीहरू आफै प्रत्येक दिन मलाई पूज्न आउँछन्। अनि तिनीहरू मेरो बाटो अप्नाउन इच्छुक छन्। तिनीहरू धार्मिक-विधानमा बाँचेको अनि परमेश्वरका असल आज्ञा अनुसरण गरेका राष्ट्रले जस्तो व्यावहार गर्छन्। तिनीहरू मसित सही न्याय माग्छन्। तिनीहरू निष्पक्ष निर्णयको लागि परमेश्वरकहाँ जान्छन्।
इजकिएल 20:39
हे इस्राएलका परिवार! अब सुन, परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ, “यदि कुनै मानिसले तिमीहरूको अपवित्र मूर्तिहरूको पूजा गर्ने इच्छा गर्यो भने, त्यसलाई जान देऊ अनि पूजा गर्न देऊ। तर पछि त्यसले नसोच्नु कि तिमीले मदेखि कुनै सल्लाह पाउँछु। तिमीले मेरो नाम भविष्यमा अझै ज्यादा अपवित्र पार्न सक्नेछैनौ। त्यस समय होइन, जब तिमी आफ्नो अपवित्र मूर्तिलाई भेटी दिन जारी राख्छौ।”
इजकिएल 23:29
अनि तिनीहरूले देखाउँनेछन कि तिनीहरूले तिमीलाई कति घृणा गर्नेछ। तिनीहरूले तिम्रो प्रत्येक चीज लानेछन् जुन तिमीले कमाएकीछौ। तिनीहरूले तिमीलाई खाली हात र नाङ्गो छोडिदिन्छन्। मानिसहरूले तिम्रो पाप, वेश्यापना अनि लाज तिम्रो भक्तिहीन स्पष्ट देख्ने छन्।
2 राजा 21:4
मनश्शेले परमप्रभुको मन्दिरमा असत्य देवताहरूको पूजा गर्न वेदीहरू बनाए। यो त्यही ठाउँ हो जसको बारेमा परमप्रभु बोल्नु हुन्थ्यो जब उहाँले भन्नुभयो, “म मेरो नाउँ यरूशलेममा राख्नेछु।”