Ephesians 6:6
तिनीहरूले हेरिरहेको बेला तिनीहरूको मन जित्न तिनीहरूका सामुन्ने मात्र तिमीहरूले आज्ञा पालन गर्नु होइन तर तिमीहरूले ख्रीष्टको आज्ञा पालन गरे झैं तिनीहरूलाई मान।
Ephesians 6:6 in Other Translations
King James Version (KJV)
Not with eyeservice, as menpleasers; but as the servants of Christ, doing the will of God from the heart;
American Standard Version (ASV)
not in the way of eyeservice, as men-pleasers; but as servants of Christ, doing the will of God from the heart;
Bible in Basic English (BBE)
Not only under your master's eye, as pleasers of men; but as servants of Christ, doing the pleasure of God from the heart;
Darby English Bible (DBY)
not with eye-service as men-pleasers; but as bondmen of Christ, doing the will of God from [the] soul,
World English Bible (WEB)
not in the way of service only when eyes are on you, as men-pleasers; but as servants of Christ, doing the will of God from the heart;
Young's Literal Translation (YLT)
not with eye-service as men-pleasers, but as servants of the Christ, doing the will of God out of soul,
| Not | μὴ | mē | may |
| with | κατ' | kat | kaht |
| eyeservice, | ὀφθαλμοδουλείαν | ophthalmodouleian | oh-fthahl-moh-thoo-LEE-an |
| as | ὡς | hōs | ose |
| menpleasers; | ἀνθρωπάρεσκοι | anthrōpareskoi | an-throh-PA-ray-skoo |
| but | ἀλλ' | all | al |
| as | ὡς | hōs | ose |
| the servants | δοῦλοι | douloi | THOO-loo |
of | τοῦ | tou | too |
| Christ, | Χριστοῦ | christou | hree-STOO |
| doing | ποιοῦντες | poiountes | poo-OON-tase |
| the | τὸ | to | toh |
| will | θέλημα | thelēma | THAY-lay-ma |
of | τοῦ | tou | too |
| God | θεοῦ | theou | thay-OO |
| from | ἐκ | ek | ake |
| the heart; | ψυχῆς | psychēs | psyoo-HASE |
Cross Reference
कलस्सी 3:22
सेवकहरू, हर कुरामा आफ्नो संसारिक मालिकहरूले भनेको मान। मालिकहरूको अनुपस्थितिमा पनि इमान्दारी सित काम गर। किनभने तिमीहरू मानिसहरुलाई खुशी पार्न चेष्टा गरिरहेका छौनौ। तिमीहरु प्रभु स्वंयलाई खुशी पार्न चेष्टा गरिरहेका छौ। यसकारण इमान्दारीपूर्वक आज्ञा पालन गर किन कि तिमीहरूले प्रभुलाई सम्मान गर्दैछौ।
1 थिस्सलोनिकी 2:4
होइन, हामी सुसमाचर सुनाउँछौं किनकि परमेश्वरले हामीलाई परिक्षा लिनु भएको छ र यसो गर्नको लागि विश्वास गर्नुभएको छ। यसकारण जब हामी बोल्छौं हामी मानिसहरूलाई खुशी पार्ने कोशिश गर्दैनौं। हामी त परमेश्वरलाई खुशी पार्न चाहन्छौं। परमेश्वर नै एक हुनुहुन्छ जसले हाम्रो हृदय जाँच्नु हुन्छ।
गलाती 1:10
अनि के मलाई नै स्वीकार गरून् भनी मानिसहरूलाई मैले विश्वास गराउने चेष्टा गर्दैछु भन्ने तिमीहरू सझंन्छौ? होइन! मैले परमेश्वरलाई मात्र खुशी पार्ने चेष्टा गर्दैछु। मैले मानिसहरूलाई खुशी पार्न चाहेको छु र? यदि अझै मानिसहरूलाई नै खुशी पार्ने चेष्टा गर्दै थिएँ भने म येशू ख्रीष्टको सेवक बन्ने थिइनँ।
फिलिप्पी 2:12
मेरा प्रिय साथीहरू! तिमीहरूले सँधै भनेको कुरा मानेकाछौ। जब म तिमीहरूसित थिएँ, तिमीहरू परमेश्वरको आज्ञाकारी थियौ। यो अझ धेरै महत्वपूर्ण कुरो छ कि अहिले मेरो अनुपस्थितिमा पनि तिमीहरूले परमेश्वरको आज्ञा मान्छौ। मेरो सहायता बिनै पनि तिमीहरूले आफ्नो मुक्तिकोलागि कोशिश गर। परमेश्वरको डर र आदर गरेर यसो गर।
मत्ती 7:21
‘मलाई प्रभु, प्रभु, भन्ने हरेक मानिस स्वर्गको राज्यमा प्रवेश गर्न पाउनेछैन। तर जसले स्वर्गमा हुनुहुने मेरो पिताको इच्छा पालन गर्छ। उसले स्वर्गको राज्यमा प्रवेश गर्न पाउनेछ।
1 पत्रुस 4:2
तिमीहरु स्वयंलाई तयार पार जसद्वारा तिमीहरु परमेश्वरको इच्छा अनुसारको कार्यमा बाँचेको जीवन उपयोग गर्नेछौ अनि मानिसहरुको विचार अनुसार होइन।
हिब्रू 13:21
म प्रार्थना गर्दछु, परमेश्वरले आफू खुशी हुने काम हामीमा येशू ख्रीष्टद्वारा गराउनु हुनेछ। येशूको सदा महिमा होस्। आमिन।
मत्ती 12:50
जसले स्वर्गको मेरो पिताले चाहनु भए झैं गर्दछ उनीहरूनै मेरा भाइ, बहिनी र आमा हुन्।”
कलस्सी 1:9
तिमीहरूको बारेमा यी सब कुराहरू हामीले सुनेको दिनदेखि, हामी तिमीहरूकोलागि लगातार प्रार्थना गरिरहेका छौ। हामी निम्नलिखित कारणहरूकोलागि प्रार्थना गर्छौं:परमेश्वरको इच्छा अनुसार जम्मै कुराहरूमा तिमीहरूको परिपक्क ज्ञान होस, आत्मिक कुराहरू बुझ्नलाई ज्ञान र शक्ति बढोस्।
हिब्रू 10:36
तिमीहरूलाई चाहिएको धैर्य हो। परमेश्वरले चाहनु भएको कुरो गरेपछि उहाँले वाचा गरेको कुरो तिमीहरूले पाउने छौं।
एफिसी 5:17
यसर्थ मूर्ख नबन। सट्टामा, प्रभूले तिमीलाई के गराउन चाहनुहुन्छ, बुझ।
रोमी 6:17
विगतमा तिमीहरू पापको दास थियौ। पापले तिमीहरूलाई अधिनमा राखेको थियो। तर परमेश्वरलाई धन्यवाद छ, तिमीहरूले ती आदेश हृदयले पालन गर्यौ जुन तिमीहरूलाई दिइयो।
यर्मिया 24:7
म तिनीहरूलाई म नै परमप्रभु हुँ भनेर चिन्ने योग्यता दिन्छु। तिनीहरू मेरा मानिसहरू हुनेछन् अनि म तिनीहरूका परमेश्वर हुँ, किनभने तिनीहरू पूर्ण-हृदयहरूले म तर्फ फर्कनेछन्।
यर्मिया 3:10
इस्राएलकी अविश्वासी बहिनी यहूदा मकहाँ मन खोलेर आएन। उसले खुल्ला हृदयले आए की झैं निहुँ गरी।” यो सन्देश परमप्रभुबाट आएको हो।
1 यूहन्ना 2:17
मानिसहरुको इच्छा अनुसारको चीजहरु लिएर संसार अघि बढिरहेकोछ। तर त्यो मानिस जो परमेश्वरले चाहेको गर्छ त्यो सधैंको निम्ति रहन्छ।ख्रीष्टको शत्रुहरुलाई नपछ्याऊ
1 पत्रुस 2:15
यसर्थ जब तिमीहरु असल कर्म गर्छौ, जसले तिमीहरुको विषयमा मूर्खतापूर्वक कुरा गर्छ उसको मुख थुन। परमेश्वरले चाहनु भएको कुरा यही हो।
कलस्सी 4:12
येशू ख्रीष्टका सेवक इपाफ्रासले पनि आफ्नो नमस्कार पठाएका छन्। उनी तिमीहरूकै समूहका हुन्। उनी सधैं तिमीहरूका लागि प्रार्थना गर्दछन्। तिमीहरू आत्मिक रूपले परिपक्क होऊ र पमेश्वरले चाहेका सबै कुरा तिमीहरूसित होस् भन्दै उनी प्रार्थना गर्छन्।