Ephesians 4:10
येशू तल आउनु भयो र उहाँ नै हुनुहुन्छ जो माथि जानु भयो। उहाँ सबभन्दा अल्गो आकाशमा जानु भयो। त्यो आफुमा पूर्ण होस् भनेर ख्रीष्टले यस्तो गर्नुभयो।
Ephesians 4:10 in Other Translations
King James Version (KJV)
He that descended is the same also that ascended up far above all heavens, that he might fill all things.)
American Standard Version (ASV)
He that descended is the same also that ascended far above all the heavens, that he might fill all things.)
Bible in Basic English (BBE)
He who went down is the same who went up far over all the heavens so that he might make all things complete.)
Darby English Bible (DBY)
He that descended is the same who has also ascended up above all the heavens, that he might fill all things;
World English Bible (WEB)
He who descended is the one who also ascended far above all the heavens, that he might fill all things.
Young's Literal Translation (YLT)
he who went down is the same also who went up far above all the heavens, that He may fill all things --
| He that | ὁ | ho | oh |
| descended | καταβὰς | katabas | ka-ta-VAHS |
| is | αὐτός | autos | af-TOSE |
| same the | ἐστιν | estin | ay-steen |
| also | καὶ | kai | kay |
| that | ὁ | ho | oh |
| ascended up | ἀναβὰς | anabas | ah-na-VAHS |
| above far | ὑπεράνω | hyperanō | yoo-pare-AH-noh |
| all | πάντων | pantōn | PAHN-tone |
| τῶν | tōn | tone | |
| heavens, | οὐρανῶν | ouranōn | oo-ra-NONE |
| that | ἵνα | hina | EE-na |
| fill might he | πληρώσῃ | plērōsē | play-ROH-say |
| τὰ | ta | ta | |
| all things.) | πάντα | panta | PAHN-ta |
Cross Reference
हिब्रू 7:26
यसर्थ उहाँ हामीलाई चाहिएको जस्तै प्रकारको प्रधान पूजाहारी हुनुहुन्छ। उहाँ पवित्र र निर्दोष हुनुहुन्छ। उहाँ शुद्ध र पापीहरूका प्रभावदेखि टाढा हुनुहुन्छ। अनि उहाँ स्वर्गभन्दा पनि माथि उठेको हुनुहुन्छ।
हिब्रू 4:14
हाम्रोमा महाप्रधान पूजाहारी छन् जो स्वर्गका परमेश्वरकहाँ जानुभएको छ. उहाँ परमेश्वरका पुत्र, येशू हुनुहुन्छ। यसर्थ, हामीले स्वीकार गरेको विश्वासमा दृढ रहौं।
मत्ती 24:34
म तिमीहरूलाई साँचो भन्दछु, यस पुस्ताका मानिसहरू जीवित रहदा नै यी कुराहरू हुनेछन्।
प्रेरित 1:9
येशूले प्रेरितहरूलाई ती कुराहरू भनिसके पछि उहाँ माथि आकाश सम्म उचालिनु भयो। प्रेरितहरूले हेर्दा हेर्दै येशू बादलभित्र पस्नु भयो अनि तिनीहरूले उहाँलाई देख्न सकेनन्।
कलस्सी 1:19
यो परमेश्वरको इच्छा थियो कि उनको सम्पूर्णता ख्रीष्ट मै बाँचिरहोस्।
कलस्सी 2:9
परमेश्वरको सम्पूर्णता ख्रीष्टमा शारिरीक रूपमा छ।
हिब्रू 9:23
यी सब स्वर्गीय कुराहरूको नक्कल मात्र हुन्। यी सबै नमूनाहरूलाई पशुको बलिले शुद्ध पार्नु पर्थ्यो। तर स्वर्गका सकली कुराहरू यी भन्दा असल बलिहरूले स्वच्छ पार्नुपर्छ।
हिब्रू 8:1
हामी के भन्दै छौँ त्यसको सार यो हो हाम्रा प्रधान पूजाहारी हुनुहुन्छ। उहाँ स्वर्गमा परमेश्वर को सिंहासनको दाहिनेपट्टि बस्नु भएको छ।
1 तिमोथी 3:16
निःसन्देह हाम्रो आराधनाको जीवनको रहस्य महान छःउहाँ हाम्रो निम्ति मानिसको रूपमा प्रकट हुनुभयो, आत्माद्वारा उहाँ सत्य सावित हुनुहुन्छ। उहाँ स्वर्गदूत अघि देखा पर्नुभयो, सुसमाचार अन्य जातिहरूमा प्रचारित गरियो, विश्वका मानिसहरूले उहाँलाई विश्वास गरे। अनि महिमामा उहाँ स्वर्ग सम्म उचालिनु भएकोछ।
एफिसी 3:19
ख्रिष्टको प्रेम मानव समझ भन्दा बाहिर छ।
एफिसी 1:20
त्यही महा शक्तिद्वारा परमेश्वरले ख्रीष्टलाई मृत्युबाट उठाउनु भएको थियो र स्वर्गमा उहाँले आफ्नो दाहिनेपट्टीराख्नुभएको थियो।
रोमी 16:25
परमेश्वरको महिमा होस्। परमेश्वरले मात्र तिमीहरूका विश्वासलाई बलियो पार्न सक्नु हुन्छ। उहाँले सुसमाचारको प्रयोग गर्नुसक्नु हुन्छ जुन म तिमीहरूको विश्वास दरिलो बनाउन प्रचार गर्दछु। त्यो सुसमाचार जुन म प्रचार गर्छु त्यो येशू ख्रीष्टको बारेमा छ।
रोमी 15:9
ख्रीष्ट सेवक बन्नु भयो ताकि गैर-यहूदीहरूले परमेश्वरप्रति उहाँको करूणाको प्रशंसा गरून्। धर्मशास्त्रले भन्छः“यसैले म गैर-यहूदीहरूमा तिमीहरूलाई धन्यावाद दिनेछु, म तिमीहरूको नामको स्तुति गाउनेछु।”
यूहन्ना 1:16
उहाँ वचन अनुग्रह र सत्यको भण्डार हुनुहुन्छ। हामीले उहाँबाट धेरै आशिष पाएका छौं।
यूहन्ना 19:24
यसर्थ सिपाहीहरूले आपसमा भने, “यसलाई हामीले भाग गर्न च्यात्न हुँदैन। यसलाई चिट्ठा लगाऊ कसको नाउँमा पर्छ।” धर्मशास्त्रमा भने जस्तै त्यो हुनगयोः“तिनीहरूले आपसमा मेरा लुगाहरू बाँडे अनि मेरो लुगामा चिट्ठा हाले।” भजनसंग्रह 22:18सिपाहीहरूले त्यसै गरे।
यूहन्ना 19:28
त्यसपछि, येशूले जान्नुभयो कि सबै कामहरू सिद्धियो। उहाँले धर्मशास्त्रमा लेखिएको सिद्ध होस् भनि भन्नुभयो, “मलाई तिर्खा लाग्यो।”
यूहन्ना 19:36
यी सबै कुराहरू घटे ताकि धर्मशास्त्र साँचो हुन्छः “उहाँको एउटै हड्डी पनि भाँचिनछैन।”
प्रेरित 1:11
ती दुइजना मानिसहरूले प्रेरितहरूलाई भने, “गालीलका मानिसहरू, तिमीहरू यहाँ किन आकाशतर्फ हेर्दै उभिरहेकाछौ? तिमीहरूले येशूलाई तिमीहरूदेखि स्वर्ग-आरोहण भएको देख्यौ। जसरी तिमीहरूले उहाँलाई जानु भएको देख्यौ त्यसरी नै उहाँ फर्की आउनु हुनेछ।”
प्रेरित 2:33
यसकारण परमेश्वरले उहाँको दाहिने पट्टि येशूलाई उठाउनु भयो। परमेश्वरले उहाँलाई पवित्र आत्मा दिनु भयो, जो उहाँले दिन प्रतिज्ञा गर्नु भएको थियो। अनि उहाँले त्यो पवित्र आत्मा खनाउनु भयो जो तिमीहरूले अहिले देख्छौ अनि सुन्छौ।
प्रेरित 3:18
परमेश्वरले सबै अगमवक्ताहरूको माध्यमद्वारा भनिसक्नु भएको थियो कि ख्रीष्ट पीडित हुनेछन् र मर्नेछन्। मैले तिमीहरूलाई भनेकोछु कसरी परमेश्वरले यी कुराहरू पूर्ण गर्नुभयो।
प्रेरित 13:32
हाम्रा पूर्वजहरूलाई दिएको प्रतिज्ञाको बारेमा सुसमाचार हामी तिमीहरूलाई भन्छौ।
रोमी 9:25
होशेको कितावमा धर्मशास्त्रले भन्दछः“जो मानिसहरू मेरा होइनन्, म भन्नेछु ती मेरा मानिसहरू हुन्। अनि ती मानिसहरू जसलाई मैले प्रेम गरिनँ, म भन्नेछु तिनीहरूलाई प्रेम गर्छु।”
लूका 24:44
उहाँले तिनीहरूलाई भन्नुभयो, “जब म तिमीहरूसँग थिएँ मैले के भने त्यो सम्झना गर। मैले भने, मोशाको व्यवस्थामा अगमवक्ताहरूको पुस्तकमा मेरो विषयमा भनिएको अनि भजनसंग्रहमा भनिएका प्रत्येक कुरा पूरा हुनेछ।”