2 इतिहास 32
1 हिजकियाहले यी सबै कुराहरू विश्वास पूर्वक गरि सकेपछि, अश्शूरका राजा सनहेरीब यहूदा देश माथि आक्रमण गर्न आए। सनहेरीब अनि तिनका सेनाले किल्लाका बाहिर छाउनी बसाए। तिनले यसो गरे जसमा कि ती शहरहरूलाई परास्त गर्नका निम्ति तिनले योजना बनाउन सकून्। सनहेरीब ती शहरहरूलाई आफ्नै निम्ति जित्न चाहन्थे।
2 हिजकियाहले जान्दथे कि सनहेरीब यरूशलेममा यसलाई आक्रमण गर्न आएको हो।
3 तब हिजकियाहले आफ्ना अधिकारीहरू अनि सैनिक अधिकारीहरू सित कुरा-कानी गरे। तिनीहरू सबै शहर बाहिरका जल स्रोतका पानी रोकि दिन सहमत भए। ती अधिकारीहरू अनि सैन्य अधिकारीहरूले हिजकियाहलाई सहयोग गरे।
4 धेरै मानिसहरू साथ आए अनि सबै जल-स्रोत अनि देशको मध्य भागबाट बग्ने खोलालाई बन्द गरिदिए। तिनीहरूले भने, “अश्शूरका राजाले अधिक पानी पाउने छैन जब तिनी यहाँ आउँछन्।”
5 हिजकियाहले यरूशलेमलाई अझ अधिक सुदृढ बनाए। तिनले यो काम यसरी गरेः तिनले पर्खालका सबै अंशहरू फेरि बनाए जो भत्किएका थिए। तिनले पर्खाल माथि किल्लाहरू बनाए। तिनले पहिलो पर्खालको बाहिर पट्टि अर्को पर्खाल पनि निर्माण गरे। तिनले यरूशलेमको पुरानो अंशको पूर्व तिरको सुदृढ स्थानहरूलाई फेरि निर्माण गरे। तिनले अनेक हतियारहरू अनि ढालहरू बनाए।
6 हिजकियाहले युद्धका अधिकारीहरूलाई मानिसहरू प्रति जिम्मावार रहनुका निम्ति चुने।
7 तिनले यी अधिकारीहरूसित शहर द्वार नजिकको खुल्ला स्थानमा भेट गरे। हिजकियाहले ती अधिकारीहरूसित कुरा-कानी गरे अनि तिनीहरूलाई उत्सहित तुल्याए। तिनले भने, “दृढ अनि साहसी बन। अश्शूरका राजा वा तिनीसित भएका विशाल सेनासित नडराऊ वा सूर्ता नगर। अश्शूरका राजा जो तिनीसित भएको शक्ति भन्दा हामीसित महान शक्ति छ।
8 अश्शूरका राजाका मानिसहरू मात्र छन्। तर हामी सित परमप्रभु हाम्रा परमेश्वर साथ हुनुहुन्छ। हाम्रा परमेश्वरले हामीलाई सहायता गर्नु हुने छ। हाम्रा लडाईहरू उहाँले लडी दिनु हुनेछ।” यसरी यहूदाका राजा हिजकियाहले मानिसहरूलाई उत्साह दिए अनि तिनीहरूलाई शक्तिशाली अनुभव गराए।
9 अश्शूरका राजा सनहेरीब अनि तिनका सबै सेनाहरू लाकीश शहरको नजिकमा छाउनी लाएर बसेका थिए जसमा कि तिनीहरूले यसलाई परास्त गर्न सकून्। तब सनहेरीबले आफ्ना अधिकारीहरूलाई यहूदाका राजा हिजकियाह अनि यरूशलेमका सबै मानिसहरूका निम्ति सनहेरीबाका अधिकारीहरूसित संन्देश थियो।
10 तिनीहरूले भने, “अश्शूरका राजा सनहेरीब यसो भन्नु हुन्छ, ‘तिमीहरू के कुरामा विश्वास गर्छौ जसले तिमीहरूलाई युद्धको स्थितिमा पनि यरूशलेममा बसिरहन सिकायौ?
11 हिजकियाहले तिमीहरूलाई मूर्ख बनाउँदै छन्। तिमीहरूलाई छल गरेर यरूशलेममा बसिरहन लाएका छन् जसमा कि तिमीहरू भोक र तिर्खाद्वारा मर्ने छौ। हिजकियाहले तिमीहरूलाई भन्छन्, “परमप्रभु हाम्रा परमेश्वरले हामीलाई अश्शूरका राजा देखि बचाउँनु हुन्छ।”
12 हिजकियाह आफैले परमप्रभुको उच्च स्थानहरू अनि वेदीहरू हटाए। तिनले तिमी यहूदा अनि यरूशलेमका मानिसहरूलाई भने कि तिमीहरूले केवल एउटा वेदीमा मात्र पूजा गर्नु पर्छ अनि धूप बाल्नु पर्छ।
13 निश्चय नै तिमीहरू जान्दछौ कि मेरा पुर्खाहरू अनि मैले अन्य देशका मानिसहरू प्रति के गरेका छु? अन्य देशहरूका देवताहरूले आफ्ना मानिसहरूलाई बचाउँन सकेनन्। ती देवाताहरूले तिनीहरूका मानिसहरूलाई नष्ट गर्न देखि मलाई रोक्न सकेनन्।
14 मेरा पुर्खाहरूले ती देशहरूलाई ध्वंश गरे। कुनै यस्तो देवता छैन जसले मलाई उहाँका मानिसहरूलाई नष्ट गर्न देखि रोक्न सक्छन्। यसर्थ तिम्रो देवताले तिमीहरूलाई म बाट बचाउँन सक्छन् भनी तिमी सोच्छौ?
15 हिजकियाहलाई तिमीहरूले मूर्ख तुल्याउन वा तिमीहरूलाई छल्न नदेऊ। तिनी प्रति विश्वास नगर किनभने कुनै राष्ट्र वा राज्यका कुनै पनि देवता आफ्ना मानिसहरूलाई म वा मेरा पुर्खाहरूबाट बचाउँन कहिले पनि समर्थ भएनन्। यसर्थ तिम्रा देवताले तिमीहरूलाई नष्ट गर्न बाट मलाई रोक्न सक्छन् भनी नसोच।”‘
16 अश्शूरका राजाका अधिकारीहरूले परमप्रभु परमेश्वरको विरूद्ध अनि परमेश्वरका सेवक हिजकियाहको विरूद्ध अत्यन्त नराम्रा कुराहरू भने।
17 अश्शूरका राजाले पत्रहरू पनि लेखे जसमा परमप्रभु इस्राएलका परमेश्वरको अपमान गरिएको थियो। यी शब्दहरू अश्शूरका राजाद्वारा पत्रहरूमा भनेको थिएः “अन्य राष्ट्रहरूका देवताहरूले तिनीहरूका मानिसहरूलाई ध्वंश गर्नबाट मलाई रोक्न सकेनन्। यस्तै प्रकारले हिजकियाहका परमेश्वरले उहाँका मानिसहरूलाई ध्वंश गर्नबाट मलाई रोक्न समर्थ हुने छैनन्।”
18 तब अश्शूरका राजाका अधिकारीहरूले यरूशलेमका मानिसहरूलाई जोडले कराए जो शहरका पर्खालमा थिए। ती अधिकारीले हिब्रू भाषा प्रयोग। गरे जब तिनीहरू माथि भएका मानिसहरू प्रति कराए। अश्शूरका राजाका ती अधिकारीहरूले यरूशलेमका मानिसहरूलाई भयभीत तुल्याउन भनी यसो गरे। तिनीहरूले ती कुराहरू भने जसद्वारा तिनीहरू यरूशलेम शहरलाई कब्जा गर्न सकून्।
19 ती अधिकारीहरूले संसारका मानिसहरूले पूजा गर्ने देवताहरूको विरूद्ध नराम्रा कुराहरू भने। ती देवताहरू केवल मानिसहरूले अफ्ना हातहरू द्वारा बनाएका कुराहरू हुन्। त्यही प्रकारले, ती अधिकारीहरूले त्यस्तै नराम्रा कुराहरू यरूशलेमका परमेश्वरको विरूद्ध भने।
20 राजा हिजकियाह अनि अगमवक्ता यशौया-आमोसका छोराले यो समस्याको विषयमा प्रार्थना गरे। तिनीहरूले ठूलो आवाजमा स्वर्गतिर हेरेर प्रार्थना गरे।
21 तब परमप्रभुले अश्शूरका राजाको छाउनीमा एक स्वर्गदूतलाई पठाउनु भयो। त्यो स्वर्गदूतले अश्शूरी सेनाका सबै सैनिकहरू अनि प्रमुखहरू र अधिकारीहरूलाई मारिदिए। यसर्थ अश्शूरका राजा आफ्नै देशतर्फ फर्किए, अनि तिनका मानिसहरू तिनी प्रति लज्जित थिए। तिनी आफ्ना देवताको मन्दिर भित्र गए अनि तिनका आफ्नै केही छोराहरूले तिनलाई त्यही तरवार द्वारा मारिदिए।
22 यसरी परमप्रभुले हिजकियाह अनि यरूशलेमका मानिसहरूलाई अश्शूरका राजा सनहेरीब अनि सबै अन्य मानिसहरूबाट बचाउँनु भयो। परमप्रभुले हिजकियाह अनि यरूशलेमका मानिसहरूको हेरचाह गरिदिनु भयो।
23 धेरै मानिसहरूले यरूशलेममा परमप्रभुका निम्ति उपहारहरू ल्याए अनि यहूदाका राजा हिजकियाहका निम्ति मूल्यवान वस्तुहरू ल्याए। त्यस समयदेखि सबै राष्ट्रहरूले हिजकियाहलाई सम्मान गरे।
24 ती दिनहरूमा हिजकियाह साह्रै बिरामी भए अनि मृत्युको नजिक पुगे। तिनले परमप्रभुलाई प्रार्थना गरे। परमप्रभु हिजकियाहसित बोल्नु भयो अनि तिनलाई संकेत दिनु भयो।
25 तर हिजकियाहको हृदय घमण्डले भरिएको थियो, यसर्थ तिनले परमेश्वरको दयालुपन प्रति परमेश्वरलाई धन्यवाद चढाएनन्। यसै कारणले गर्दा परमेश्वर हिजकियाह अनि यहूदा र यरूशलेमका मानिसहरू प्रति क्रोधित हुनु भयो।
26 तर हिजकियाह अनि यरूशलेममा बस्ने ती मानिसहरूले तिनीहरूको हृदय र जीवनलाई परिवर्त्तन गरे। तिनीहरू नम्र भए र घमण्ड गर्न छोडे त्यसकारण हिजकियाह जीवित रहेसम्म परमप्रभुको क्रोध तिनीहरूमाथि परेन।
27 हिजकियाहसित धेरै धन अनि सम्मान थिए। तिनले चाँदी, सुन, मूल्यवान रत्न, मसाला, ढाल अनि सबै किसिमका चीजहरू राख्ने स्थानहरू बनाए।
28 हिजकियाहका अन्न, नयाँ दाख मद्य अनि तेलहरू, ती मानिसहरूले पठाएका वस्तुहरू, राख्ने भंण्डारहरू थिए। तिनका सबै किसिमका पशुहरू राख्ने पशुशालाहरू अनि भेडाहरू राख्ने र्खकहरू थिए।
29 हिजकियाहले अनेक शहरहरू पनि निर्माण गरे अनि तिनले धेरै भेंडा अनि गाई बस्तुहरूका बथानहरू पनि प्राप्त गरे। परमेश्वरले हिजकियाहलाई धेरै धन-सम्पत्ति दिनु भयो।
30 यो हिजकियाह नै थिए जसले यरूशलेममा गीहोन जल स्रोतको माथिल्लो स्रोत बन्द गरिदिए अनि ती पानीलाई दाऊदको शहरको पश्चिम तर्फ बगेर जाने तुल्याए। अनि तिनले गरेका हरेक कुरामा हिजकियाह सफल रहे।
31 एक समयमा बाबेलका प्रमुखहरूले हिजकियाह कहाँ दूतहरू पठाए। ती दूतहरूले एक अदभूत संकेतको बारेमा सोधे जो राष्ट्रहरूमा प्रकट भएको थियो। जब तिनीहरू आए, परमेश्वरले तिनको परिक्षा गर्न अनि हिजकियाहको मनमा के छ ती सबै जान्नका निम्ति हिजकियाहलाई एक्लै छाड्नु भयो।
32 हिजकियाहले गरेका अन्य कुराहरू र उनको परमेश्वर प्रतिको विश्वासयोग्यता, “आमोसका छोरो यशैया अगमवक्ताको दर्शन” भनिने पुस्तक अनि “यहूदा अनि इस्राएलका राजाहरूका इतिहास” भनिने पुस्तकमा लेखिएका छन्।
33 हिजकियाहको मृत्यु भयो अनि आफ्ना पुर्खाहरूसित गाडिए। मानिसहरूले हिजकियाहलाई डाँडामा गाडे जहाँ दाऊदका पुर्खाहरूका चिहानहरू छन्। यहूदाका अनि यरूशलेममा बस्ने सबै मानिसहरूले हिजकियाहलाई सम्मान प्रदान गरे जब तिनको मृत्यु भयो। मनश्शे हिजकियाहका स्थानमा नयाँ राजा भए। मनश्शे हिजकियाहका छोरा थिए।मनश्शे यहूदाका राजा
1 After these things, and the establishment thereof, Sennacherib king of Assyria came, and entered into Judah, and encamped against the fenced cities, and thought to win them for himself.
2 And when Hezekiah saw that Sennacherib was come, and that he was purposed to fight against Jerusalem,
3 He took counsel with his princes and his mighty men to stop the waters of the fountains which were without the city: and they did help him.
4 So there was gathered much people together, who stopped all the fountains, and the brook that ran through the midst of the land, saying, Why should the kings of Assyria come, and find much water?
5 Also he strengthened himself, and built up all the wall that was broken, and raised it up to the towers, and another wall without, and repaired Millo in the city of David, and made darts and shields in abundance.
6 And he set captains of war over the people, and gathered them together to him in the street of the gate of the city, and spake comfortably to them, saying,
7 Be strong and courageous, be not afraid nor dismayed for the king of Assyria, nor for all the multitude that is with him: for there be more with us than with him:
8 With him is an arm of flesh; but with us is the Lord our God to help us, and to fight our battles. And the people rested themselves upon the words of Hezekiah king of Judah.
9 After this did Sennacherib king of Assyria send his servants to Jerusalem, (but he himself laid siege against Lachish, and all his power with him,) unto Hezekiah king of Judah, and unto all Judah that were at Jerusalem, saying,
10 Thus saith Sennacherib king of Assyria, Whereon do ye trust, that ye abide in the siege in Jerusalem?
11 Doth not Hezekiah persuade you to give over yourselves to die by famine and by thirst, saying, The Lord our God shall deliver us out of the hand of the king of Assyria?
12 Hath not the same Hezekiah taken away his high places and his altars, and commanded Judah and Jerusalem, saying, Ye shall worship before one altar, and burn incense upon it?
13 Know ye not what I and my fathers have done unto all the people of other lands? were the gods of the nations of those lands any ways able to deliver their lands out of mine hand?
14 Who was there among all the gods of those nations that my fathers utterly destroyed, that could deliver his people out of mine hand, that your God should be able to deliver you out of mine hand?
15 Now therefore let not Hezekiah deceive you, nor persuade you on this manner, neither yet believe him: for no god of any nation or kingdom was able to deliver his people out of mine hand, and out of the hand of my fathers: how much less shall your God deliver you out of mine hand?
16 And his servants spake yet more against the Lord God, and against his servant Hezekiah.
17 He wrote also letters to rail on the Lord God of Israel, and to speak against him, saying, As the gods of the nations of other lands have not delivered their people out of mine hand, so shall not the God of Hezekiah deliver his people out of mine hand.
18 Then they cried with a loud voice in the Jews’ speech unto the people of Jerusalem that were on the wall, to affright them, and to trouble them; that they might take the city.
19 And they spake against the God of Jerusalem, as against the gods of the people of the earth, which were the work of the hands of man.
20 And for this cause Hezekiah the king, and the prophet Isaiah the son of Amoz, prayed and cried to heaven.
21 And the Lord sent an angel, which cut off all the mighty men of valour, and the leaders and captains in the camp of the king of Assyria. So he returned with shame of face to his own land. And when he was come into the house of his god, they that came forth of his own bowels slew him there with the sword.
22 Thus the Lord saved Hezekiah and the inhabitants of Jerusalem from the hand of Sennacherib the king of Assyria, and from the hand of all other, and guided them on every side.
23 And many brought gifts unto the Lord to Jerusalem, and presents to Hezekiah king of Judah: so that he was magnified in the sight of all nations from thenceforth.
24 In those days Hezekiah was sick to the death, and prayed unto the Lord: and he spake unto him, and he gave him a sign.
25 But Hezekiah rendered not again according to the benefit done unto him; for his heart was lifted up: therefore there was wrath upon him, and upon Judah and Jerusalem.
26 Notwithstanding Hezekiah humbled himself for the pride of his heart, both he and the inhabitants of Jerusalem, so that the wrath of the Lord came not upon them in the days of Hezekiah.
27 And Hezekiah had exceeding much riches and honour: and he made himself treasuries for silver, and for gold, and for precious stones, and for spices, and for shields, and for all manner of pleasant jewels;
28 Storehouses also for the increase of corn, and wine, and oil; and stalls for all manner of beasts, and cotes for flocks.
29 Moreover he provided him cities, and possessions of flocks and herds in abundance: for God had given him substance very much.
30 This same Hezekiah also stopped the upper watercourse of Gihon, and brought it straight down to the west side of the city of David. And Hezekiah prospered in all his works.
31 Howbeit in the business of the ambassadors of the princes of Babylon, who sent unto him to inquire of the wonder that was done in the land, God left him, to try him, that he might know all that was in his heart.
32 Now the rest of the acts of Hezekiah, and his goodness, behold, they are written in the vision of Isaiah the prophet, the son of Amoz, and in the book of the kings of Judah and Israel.
33 And Hezekiah slept with his fathers, and they buried him in the chiefest of the sepulchres of the sons of David: and all Judah and the inhabitants of Jerusalem did him honour at his death. And Manasseh his son reigned in his stead.
2 Chronicles 20 in Tamil and English
1 पछि मोआबी, अम्मोनी अनि केही मिनुई मानिसहरू यहोशापातसित युद्ध शुरू गर्न आए।
It came to pass after this also, that the children of Moab, and the children of Ammon, and with them other beside the Ammonites, came against Jehoshaphat to battle.
2 केही मानिसहरू आए अनि यहोशापातलाई भने, “एदोमबाट एक विशाल सेना तपाईंको विरूद्ध आउँदैछ। तिनीहरू खारा समुद्रको पल्लो छेउबाट आउँदैछन्। तिनीहरू हसासोन-तामारमा आइसकेका छन्।” हासासोन-तामारलाई एन-गदी पनि भनिन्छ।
Then there came some that told Jehoshaphat, saying, There cometh a great multitude against thee from beyond the sea on this side Syria; and, behold, they be in Hazazon-tamar, which is En-gedi.
3 यहोशापात भयभीत भए अनि के गर्नु पर्ने भनी तिनले परमप्रभुसित सोध्ने निश्चय गरे। तिनले यहूदाका हरेकलाई उपवासको निम्ति समयको घोषणा गरे।
And Jehoshaphat feared, and set himself to seek the Lord, and proclaimed a fast throughout all Judah.
4 यहूदाका मानिसहरू परमप्रभुसित सहायताको याचना गर्न एक साथ भेला भए। तिनीहरू यहूदाका सबै शहरहरूबाट परमप्रभुलाई सहायता माग्न आए।
And Judah gathered themselves together, to ask help of the Lord: even out of all the cities of Judah they came to seek the Lord.
5 यहोशापात नयाँ आँगनको सामुन्ने परमप्रभुको मन्दिरमा थिए। तिनी यहूदा अनि यरूशलेमका मानिसहरूको सभामा उभिए।
And Jehoshaphat stood in the congregation of Judah and Jerusalem, in the house of the Lord, before the new court,
6 तिनले भने,“हाम्रा पुर्खाहरूका परमप्रभु परमेश्वर, तपाईं स्वर्गमा परमेश्वर हुनुहुन्छ। तपाईंले सबै राष्ट्रहरूका सबै देशहरूमाथि शासन गर्नु हुन्छ। तपाईंसित शक्ति अनि बल छन्। कुनै व्यक्ति तपाईंको विरूद्ध उठ्न सक्तैन।
And said, O Lord God of our fathers, art not thou God in heaven? and rulest not thou over all the kingdoms of the heathen? and in thine hand is there not power and might, so that none is able to withstand thee?
7 तपाईं हाम्रा परमेश्वर हुनुहुन्छ। तपाईंले यो देशमा बस्ने मानिसहरूलाई छोडन बाध्य तुल्याउनु भयो। तपाईंले तपाईंका इस्राएली मानिसहरूका सामुन्ने यो काम गर्नु भयो। तपाईंले यो देश सदाको निम्ति अब्राहामका सन्तानहरूलाई दिनु भयो। अब्राहम तपाईंका मित्र थिए।
Art not thou our God, who didst drive out the inhabitants of this land before thy people Israel, and gavest it to the seed of Abraham thy friend for ever?
8 अब्राहमका सन्तानहरू यो देशमा बस्थे अनि तिनीहरूले तपाईंको नाउँमा एउटा मन्दिर निर्माण गरे।
And they dwelt therein, and have built thee a sanctuary therein for thy name, saying,
9 तिनीहरूले भने, ‘यदि हामी माथि कष्ट आइपरे अर्थात तरवार, दण्ड, रोग वा अनिकाल, हामी यो मन्दिरको सामुन्ने अनि तपाईंको सामुन्ने उभिने छौं। तपाईंको नाउँ यो मन्दिरमा छ। हामी तपाईंलाई पुकार्ने छौं जब हामी कष्टमा पर्छौ। त्यसबेला तपाईंले हाम्रो बिन्ती सुनिदिनु हुनेछ अनि हामीलाई बचाउँनु हुनेछ।’
If, when evil cometh upon us, as the sword, judgment, or pestilence, or famine, we stand before this house, and in thy presence, (for thy name is in this house,) and cry unto thee in our affliction, then thou wilt hear and help.
10 “तर अहिले, अम्मोन, मोआब अनि सेईर पर्वतका मानिसहरू यहाँ आएका छन्। तपाईंले त्यस बेला इस्राएलका मानिसहरूलाई तिनीहरूको देशमा जानदिनुभएन जब इस्राएलका मानिसहरू मिश्रदेशबाट आए। यसर्थ इस्राएलका मानिसहरू फर्किएका थिए अनि ती मानिसहरूलाई ध्वंश गरेका थिएनन्।”
And now, behold, the children of Ammon and Moab and mount Seir, whom thou wouldest not let Israel invade, when they came out of the land of Egypt, but they turned from them, and destroyed them not;
11 तर हेर्नुहोस् तिनीहरूलाई ध्वंश नगरेकोमा ती मानिसहरूले हामीलाई कस्तो प्रकारको पुरस्कार दिए। तिनीहरू हामीलाई तपाईंको भूमिदेखि निकाल्न वाध्य तुल्याउन आएका छन्। तपाईंले यो भूमि हामीलाई दिनु भयो।
Behold, I say, how they reward us, to come to cast us out of thy possession, which thou hast given us to inherit.
12 हाम्रा परमेश्वर, तिनीहरूलाई दण्ड दिनु होस्। यो विशाल सेनाको विरूद्ध हाम्रो केही शक्ति छैन, जो हामी विरूद्ध आउँदैछन्। के गर्नु पर्ने सो हामी जान्दैनौं। त्यसै कारणले हामी सहायताका निम्ति तपाईं तिर हेर्दछौं।”
O our God, wilt thou not judge them? for we have no might against this great company that cometh against us; neither know we what to do: but our eyes are upon thee.
13 यहूदाका समस्त मानिसहरू तिनीहरूका बालकहरू, पत्नीहरू अनि छोरा-छोरीहरू परमप्रभुको सामुन्ने उभिए।
And all Judah stood before the Lord, with their little ones, their wives, and their children.
14 तब परमप्रभुको आत्मा यहजीएल माथि उत्रिए। यहजीएल जकर्याहका छोरा थिए। जकर्याह बनायाहका छोरा थिए। बनायाह यीएलका छोरा अनि यीएल मतन्याहका छोरा थिए। यहजीएल एक लेवी अनि आसापका सन्तान थिए सभाको माँझमा।
Then upon Jahaziel the son of Zechariah, the son of Benaiah, the son of Jeiel, the son of Mattaniah, a Levite of the sons of Asaph, came the Spirit of the Lord in the midst of the congregation;
15 यहजीएलले भने, “मेरो कुरा सुन्नुहोस् राजा यहोशापात, यहूदा अनि यरूशलेममा बस्ने समस्त मानिसहरू। परमप्रभुले तपाईंलाई यसो भन्नु हुन्छः ‘यो विशाल सेनाको बारेमा भयभीत पनि नहोऊ सुर्ता पनि नगर किनभने यो युद्ध तिमीहरूको युद्ध होइन। यो परमेश्वरको युद्ध हो।
And he said, Hearken ye, all Judah, and ye inhabitants of Jerusalem, and thou king Jehoshaphat, Thus saith the Lord unto you, Be not afraid nor dismayed by reason of this great multitude; for the battle is not yours, but God’s.
16 भोलि त्यहाँ तल जाऊ अनि ती मानिसहरूसित युद्ध गर। तिनीहरू सीसको उकालो भएर माथि आउने छन्। तिमीहरूले तिनीहरूलाई यरूएल मरूभूमिको अर्को छेऊमा भएको बेंसीको छेउमा भेट्नेछौ।
To morrow go ye down against them: behold, they come up by the cliff of Ziz; and ye shall find them at the end of the brook, before the wilderness of Jeruel.
17 यो युद्धमा तिमीहरूले लड्नु पर्नेछैन। आफ्ना स्थानहरूमा सुदृढ भएर बस। परमप्रभुले तिमीहरूलाई बचाउँनु भएको तिमीहरूले देख्नेछौ। यहूदा अनि यरूशलेम नडराऊ। सुर्ता नगर। परमप्रभु तिमीहरू साथ हुनुहुन्छ, यसर्थ ती मानिसहरूको विरूद्ध भोलि जाऊ।”‘
Ye shall not need to fight in this battle: set yourselves, stand ye still, and see the salvation of the Lord with you, O Judah and Jerusalem: fear not, nor be dismayed; to morrow go out against them: for the Lord will be with you.
18 यहोशापात तल निहुरिए। तिनको शिरले भूई छोयो। अनि यहूदाका सबै मानिसहरू र यरूशलेममा बस्ने मानिसहरू परमप्रभुको सामुन्ने झुके। अनि तिनीहरू सबैले परमप्रभुको उपासना गरे।
And Jehoshaphat bowed his head with his face to the ground: and all Judah and the inhabitants of Jerusalem fell before the Lord, worshipping the Lord.
19 कहात परिवार समूहका अनि कोरह परिवार समूहका लेवीहरू इस्राएलका परमप्रभु परमेश्वरको स्तुति गर्नका निम्ति उभिए। परमप्रभुको स्तुति गर्दा तिनीहरूको आवाज एकदमै चर्को थियो।
And the Levites, of the children of the Kohathites, and of the children of the Korhites, stood up to praise the Lord God of Israel with a loud voice on high.
20 यहोशापातका सेनाहरू बिहानै तको मरूभूमि तिर गए। तिनीहरू जसै हिंडन थाले यहोशापात उठे र भने, “यहूदाका मानिसहरू अनि तिमी यरूशलेमका मानिसहरू मेरो कुरा सुन। परमप्रभु तिम्रा परमेश्वर माथि विश्वास राख अनि तब सुदृढ रहनेछौ। परमप्रभुका अगमवक्ताहरूमा विश्वास गर। तिमीहरू सफल हुनेछौ।”
And they rose early in the morning, and went forth into the wilderness of Tekoa: and as they went forth, Jehoshaphat stood and said, Hear me, O Judah, and ye inhabitants of Jerusalem; Believe in the Lord your God, so shall ye be established; believe his prophets, so shall ye prosper.
21 यहोशापातले मानिसहरूलाई उत्साहित तुल्याए अनि निर्देशन दिए। त्यसपछि तिनले परमप्रभुका निम्ति गायकहरू चुने। ती गायकहरूलाई परमप्रभु प्रति स्तुति अर्पण गर्नलाई चुनिएका थिए किनभने उहाँ पवित्र आश्चर्यजनक हुनुहुन्छ। तिनीहरू सेनाका अघि हिंडे अनि परमप्रभुको स्तुति गरे। तिनीहरूले गीत गाए, “परमप्रभुको स्तुति गरे, किनभने उहाँको प्रेम सदा-सर्वदा रहिरहन्छ।”
And when he had consulted with the people, he appointed singers unto the Lord, and that should praise the beauty of holiness, as they went out before the army, and to say, Praise the Lord; for his mercy endureth for ever.
22 जसै ती मानिसहरूले गाउन र परमेश्वरको स्तुति गर्न शुरू गरे, परमप्रभुले अम्मोनी, मोआबी अनि सेईर पर्वतका मानिसहरू माथि गुप्त आक्रमण चलाइ दिनु भयो। ती, मानिसहरू थिए जो यहूदा माथि आक्रमण गर्न आएका थिए।
And when they began to sing and to praise, the Lord set ambushments against the children of Ammon, Moab, and mount Seir, which were come against Judah; and they were smitten.
23 अम्मोनी अनि मोआबीहरू सेईर पर्वतबाट आएका मानिसहरूसित लड्न थाले। अम्मोनी अनि मोआबीहरूले सेइर पर्वतका मानिसहरूलाई मारे अनि नष्ट गरि दिए। सेइरका मानिसहरूलाई मारे पछि तिनीहरूले एक अर्कालाई मारे।
For the children of Ammon and Moab stood up against the inhabitants of mount Seir, utterly to slay and destroy them: and when they had made an end of the inhabitants of Seir, every one helped to destroy another.
24 यहूदाका मानिसहरू मरूभूमिमा भएको पहरा राखेको किल्लमा आइपुगे। तिनीहरूले शत्रुका विशाल सेनालाई खोजे। तर तिनीहरूले केवल मृत शरीरहरू मात्र भूइँतिर लडिरहेका देखे। कोही पनि जीवित थिएनन्।
And when Judah came toward the watch tower in the wilderness, they looked unto the multitude, and, behold, they were dead bodies fallen to the earth, and none escaped.
25 यहोशापात अनि तिनका सेना ती शरीरहरूबाट मूल्यवान चीजहरू लिन आए। तिनीहरूले अनेक पशुहरू, धन, बस्त्र अनि मूल्यवान चीजहरू पाए। यहोशापात अनि उनका सेनाले ती बस्तुहरू आफ्नै निम्ति लगे। ती चीजहरू यहोशापात अनि तिनका मानिसहरूले बोक्न सक्ने भन्दा अधिक थिए। तिनीहरूले मृत शरीरहरूबाट मूल्यवान चीजहरू लानलाई तीन दिन लगाए, किनभने चीजहरू अधिक थिए।
And when Jehoshaphat and his people came to take away the spoil of them, they found among them in abundance both riches with the dead bodies, and precious jewels, which they stripped off for themselves, more than they could carry away: and they were three days in gathering of the spoil, it was so much.
26 चौथो दिनमा यहोशापात अनि तिनका सेनाले बराका उपत्यकामा भेट गरे। तिनीहरूले त्यस स्थानमा परमप्रभुको स्तुति गरे। त्यसै कारणले मानिसहरूले त्यस स्थानलाई आज पनि “बराका बेंसी” भन्छन्।
And on the fourth day they assembled themselves in the valley of Berachah; for there they blessed the Lord: therefore the name of the same place was called, The valley of Berachah, unto this day.
27 त्यसपछि यहोशापातले यहूदा अनि यरूशलेमका मानिसहरूलाई यरूशलेममा फर्काएर ल्याए। परमप्रभुले तिनीहरूलाई अत्यन्त खुशी तूल्याउनु भयो।, किनभने तिनीहरूका शत्रुहरू परास्त भए।
Then they returned, every man of Judah and Jerusalem, and Jehoshaphat in the forefront of them, to go again to Jerusalem with joy; for the Lord had made them to rejoice over their enemies.
28 तिनीहरू वीणा, सारङ्गी अनि तुरहीहरू सहित यरूशलेम आए अनि परमप्रभुको मन्दिरमा गए।
And they came to Jerusalem with psalteries and harps and trumpets unto the house of the Lord.
29 सबै नजिकका राज्यहरू परमप्रभु देखी भयभीत भएर डराए किनभने तिनीहरूले सुने कि इस्राएलका शत्रुहरूको विरूद्ध परमप्रभु आफैं लड्नु भएको थियो।
And the fear of God was on all the kingdoms of those countries, when they had heard that the Lord fought against the enemies of Israel.
30 त्यसै कारणले गर्दा यहोशापातका राज्यमा शान्ति थियो। यहोशापातका परमेश्वरले तिनलाई तिनका चारै तिर शान्ति प्रदान गर्नु भयो।
So the realm of Jehoshaphat was quiet: for his God gave him rest round about.
31 यहोशापातले यहूदादेश माथि शासन गरे। यहोशापात पैंतीस वर्षका थिए जब तिनले शासन गर्न शुरू गरे। तिनले पच्चीस वर्षसम्म यरूशलेममा शासन गरे। तिनकी आमाको नाउँ अजूबा थियो। अजूबा शिल्हीकी छोरी थिइन्।
And Jehoshaphat reigned over Judah: he was thirty and five years old when he began to reign, and he reigned twenty and five years in Jerusalem. And his mother’s name was Azubah the daughter of Shilhi.
32 यहोशापातले ठीक प्रकारले आफ्ना पिता आसाले जस्तै जीवन जिए। यहोशापातले आसाको तरिका अनुसरण गर्न छाडेनन्। यहोशापातले परमप्रभुको दृष्टिमा ठीक कार्य गरे।
And he walked in the way of Asa his father, and departed not from it, doing that which was right in the sight of the Lord.
33 तर उच्च स्थानहरूलाई हटाइएन। अनि मानिसहरूले आफ्ना हृदय आफ्ना पुर्खाहरूले अनुसरण गरेका परमेश्वरको अनुसरण गर्न देखि हटाएनन्।
Howbeit the high places were not taken away: for as yet the people had not prepared their hearts unto the God of their fathers.
34 यहोशापातले शुरू देखी अन्तसम्म गरेका अन्य कुराहरू हनानीका छोरा येहूका अधिकारिक उल्लेखमा लेखिएका छन्। यी कुराहरूको नकल गरेर इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा संलग्न गरिएका छन्।
Now the rest of the acts of Jehoshaphat, first and last, behold, they are written in the book of Jehu the son of Hanani, who is mentioned in the book of the kings of Israel.
35 पछि यहूदाका राजा यहोशापातले इस्राएलका राजा अहस्याहसित संन्धि गरे। अहस्थाले नराम्रो गरे।
And after this did Jehoshaphat king of Judah join himself with Ahaziah king of Israel, who did very wickedly:
36 तर्शीशमा जाने जहाजहरू निर्माण गर्नका निम्ति यहोशापात अहस्याहसित मिले। तिनीहरूले जहाजहरू एसोन-गेबेर शहरमा बनाए।
And he joined himself with him to make ships to go to Tarshish: and they made the ships in Ezion-geber.
37 तब एलाजार यहोशापातको विरूद्ध बोले। एलाजारका पिताको नाउँ दोदाबाहु थियो। एलाजार मरेशा शहरका थिए। तिनले भने, “यहोशापात तपाईं अस्याहसित मिल्नु भयो, त्यसै कारणले परमप्रभुले तपाईंका कार्यहरू नष्ट गरिदिनु हुनेछ।” जहाजहरू भत्किए, यसर्थ यहोशापात अनि अहस्याह तिनीहरूलाई तार्शीश पठाउन समर्थ भएनन्।
Then Eliezer the son of Dodavah of Mareshah prophesied against Jehoshaphat, saying, Because thou hast joined thyself with Ahaziah, the Lord hath broken thy works. And the ships were broken, that they were not able to go to Tarshish.