2 राजा 19:22 in Nepali

नेपाली नेपाली बाइबल 2 राजा 2 राजा 19 2 राजा 19:22

2 Kings 19:22
तर कसले तिम्रो अपमान गर्यो र हाँसो गर्यो? तिमीले कसको विरूद्धमा कुरा गर्यौ? तिमी इस्राएलको पवित्रताको विरूद्धमा थियौ। तिमीले घमण्ड साथ व्यवहार गर्यौ?

2 Kings 19:212 Kings 192 Kings 19:23

2 Kings 19:22 in Other Translations

King James Version (KJV)
Whom hast thou reproached and blasphemed? and against whom hast thou exalted thy voice, and lifted up thine eyes on high? even against the Holy One of Israel.

American Standard Version (ASV)
Whom hast thou defied and blasphemed? and against whom hast thou exalted thy voice and lifted up thine eyes on high? `even' against the Holy One of Israel.

Bible in Basic English (BBE)
Against whom have you said evil and bitter things? against whom has your voice been loud and your eyes lifted up? even against the Holy One of Israel.

Darby English Bible (DBY)
Whom hast thou reproached and blasphemed? and against whom hast thou exalted the voice? Against the Holy one of Israel hast thou lifted up thine eyes on high.

Webster's Bible (WBT)
Whom hast thou reproached and blasphemed? and against whom hast thou exalted thy voice, and lifted up thy eyes on high: even against the Holy One of Israel.

World English Bible (WEB)
Whom have you defied and blasphemed? and against whom have you exalted your voice and lifted up your eyes on high? [even] against the Holy One of Israel.

Young's Literal Translation (YLT)
Whom hast thou reproached and reviled? And against whom lifted up a voice? Yea, thou dost lift up on high thine eyes -- Against the Holy One of Israel!


אֶתʾetet
Whom
מִ֤יmee
hast
thou
reproached
חֵרַ֙פְתָּ֙ḥēraptāhay-RAHF-TA
and
blasphemed?
וְגִדַּ֔פְתָּwĕgiddaptāveh-ɡee-DAHF-ta
against
and
וְעַלwĕʿalveh-AL
whom
מִ֖יmee
hast
thou
exalted
הֲרִימ֣וֹתָhărîmôtāhuh-ree-MOH-ta
voice,
thy
קּ֑וֹלqôlkole
and
lifted
up
וַתִּשָּׂ֥אwattiśśāʾva-tee-SA
thine
eyes
מָר֛וֹםmārômma-ROME
high?
on
עֵינֶ֖יךָʿênêkāay-NAY-ha
even
against
עַלʿalal
the
Holy
קְד֥וֹשׁqĕdôškeh-DOHSH
One
of
Israel.
יִשְׂרָאֵֽל׃yiśrāʾēlyees-ra-ALE

Cross Reference

यशैया 5:24
तिनीहरूमाथि नराम्रा घट्नाहरू घट्नेवाला छ। तिनीहरूका भावी सन्तानहरू पराल र पातहरू आगोले जले जस्तो पूर्णरूपले ध्वंस हुनेछन्। तिनीहरूका भावी सन्तानहरू जरैसित मर्नेछन् र धुलो हुनेछन्। तिनीहरूका भावी सन्तानहरू आगोले फूल जलाएर ध्वस्त गरे जस्तो नष्ट हुनेछन् औ खरानी हावामा उडेर जानेछ।ती मानिसहरूले सेनाहरूका परमप्रभुको व्यवस्थालाई पालन गर्न अस्वीकार गर्नेछन्। ती मानिसहरूले इस्राएलका परमपवित्रको सुसमचारलाई निन्दा गरे।

भजनसंग्रह 71:22
अनि म वीणा बजाउने छु र तपाईंको स्तुति-गान गर्नेछु। हे मेरा परमेश्वर, तपाईंमाथि विश्वास गर्न सकिन्छ भनेर म गीत गाउने छु। इस्राएल का एकमात्र पवित्र परमेश्वरको निम्ति म मेरो वीणा बाजामा गीत गाउने छु।

यर्मिया 51:5
इस्राएलका एकमात्र पवित्रको अघि तिनीहरूको भूमि दोषले भरिएको भए पनि सेनाहरूका परमप्रभुले इस्राएल र यहूदालाई एक्लै छोडनु हुन्न।

यशैया 30:15
परमप्रभु मेरा मालिक, इस्राएलका परमपवित्र यही भन्नुहुन्छ, “यदि तिमी मकहाँ फर्किन्छौ भने तिमी सुरक्षित हुनेछौ। अनि ममाथि गरेको भरोसाले तिमीलाई मकहाँ ल्याउने शक्ति हुनेछ। ताकि तिमी शान्तिमा रहन सक्छौ।”तर तिमीहरू त्यसो गर्न चाँहदैनौ।

यशैया 30:11
ती कुराहरूलाई हेर्न छाडिदेऊ जुन साँच्चि नै हुनेछ। हाम्रो बाटोबाट निस्की हाल अनि इस्राएलका परमपवित्रको बारेमा भन्न छोड।”

2 थिस्सलोनिकी 2:4
परमेश्वर वा कुनै पनि चीज जो मानिसहरूले पूजा गर्छन् त्यसले विरोध गर्छ। त्यो दुराचारी मानिस आफैले आफूलाई परमेश्वर अथवा मानिसहरूको आराधना भन्दा माथि राख्छ। त्यो परमेश्वरको मन्दिरमा पनि जान्छ र त्यहाँ बस्छ र आफू परमेश्वर हुँ भन्ने घोषणा गर्छ।

2 कोरिन्थी 10:5
अनि परमेश्वरको ज्ञानको विरूद्धमा उठेको हरेक अहङ्कारलाई नाश गर्छौं। अनि हामी हरेक विचारलाई पक्रन्छौं र त्यसलाई त्याग्ने वा ख्रीष्टलाई मान्ने बनाउँछौं। हरेक विचारलाई ख्रीष्टको आज्ञपालन गर्नलाई वशमा पार्छौ।

दानियल 5:20
“तर जब नबूकदनेस्सर अट्टेरी, ढिट र अभिमानी भए तब तिनी आफ्नो सिंहासनबाट खसालिए र तिनको गौरव तिनीबाट खोसियो।

इजकिएल 28:2
“हे मानिसको छोरो, टायरको राजालाई भन, ‘परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छतिमी धेरै घमण्डी छौ। अनि तिमी भन्छौ, “म एउटा देवता हुँ। म समुद्रको माझमा देवताहरूको आसनमाथि बस्छु।”तर तिमी एउटा मानिस मात्र हौ, परमेश्वर होइनौ। तिमी आफैंलाई एक देवता जतिकै सम्झन्छौ।

यशैया 14:13
तिमीले सधैं आफैले आफूलाई भन्ने गर्दथ्यौ, “म सर्वोच्च परमेश्वर जस्तो उच्च हुनेछु। म आकाशमाथि जानेछु। म मेरो सिंहासन परमेश्वरको ताराहरूमाथि राख्नेछु। म पवित्र पर्वत जफोनको टापुमा बस्नेछु। म धेरै देवताहरूलाई त्यस पर्वतमाथि भेट्नेछु।

यशैया 10:15
मानिस भन्दा बञ्चरो राम्रो होइन जसले बञ्चरोले काट्ने काम गर्छ। मानिस भन्दा आरी राम्रो होइन जसले आरीद्वारा चिर्ने काम गर्छ। अनि मानिस भन्दा लौरो धेरै शक्तिशाली होइन जसले कसैलाई दण्ड दिन यसलाई प्रयोग गर्छ।

हितोपदेश 30:13
केहि मानिसहरू घमण्डी हुन्छन् अनि तिनीहरूले आफूलाई अरू मानिसहरू भन्दा उत्तम सोच्छन्।

भजनसंग्रह 74:22
हे परमेश्वर, उठ्नुहोस् र लडाइँ गर्नुहोस्! सम्झनुहोस्, ती मूर्खहरूले तपाईंलाई दिएका चेतावनी!

भजनसंग्रह 73:9
ती अंहकारीहरू आफूलाई देवता मान्दछन्! तिनीहरूले आफूलाई पृथ्वीको शासक ठान्छन्।

2 राजा 19:6
यशैयाहले तिनीहरूलाई भने, “तिम्रो मालिक हिजकियाहलाई यो सन्देश देऊः ‘परमप्रभु भन्नुहुन्छः अश्शूरका राजाका अधिकारीहरूले मेरो बारेमा गरेका कुराहरूका लागि डर मान्नु पर्दैन।

2 राजा 19:4
सेनापतिका मालिक अश्शूरा राजाले उनलाई जिवित परमप्रभुको विषयमा नराम्रा कुराहरू भन्न पठाएका छन्। हुन सक्छ, परमेश्वरले ती सबै कुराहरू सुन्नु हुन्छ। परमप्रभुले शत्रुलाई सजाय दिनुहुनेछ यसकारण ती मानिसहरूका लागि प्रार्थना गरि दिनुहोस् जो अझै जिउँदै रहेका छन्।”‘

2 राजा 18:28
तब सेनापति जोरसित हिब्रू भाषामा कराएर भने, “महाराजाधिराज, अश्शूरका राजाबाट यो सन्देश सुन।

प्रस्थान 9:17
तिमी अझै पनि मेरो मानिसहरूको विरोधमा छौ कारण तिमीले अझसम्म मुक्ति दिएका छैनौं।

प्रस्थान 5:2
तर फिरऊनले भने, “परमप्रभु को हुनुहुन्छ? मैले किन उहाँको आज्ञा पालन गर्नु पर्छ? मैले किन इस्राएलीहरूलाई जान दिनु पर्छ? म यो परमप्रभुको हो चिन्दिन, अनि म इस्राएलीहरूलाई जान दिंदिनँ।”