1 तिमोथी 6

1 ती जो दासत्वको वशमा छन् तिनीहरूले आफ्ना मालिकहरूलाई पूर्ण आदर दर्शाउनु पर्छ। यदि तिनीहरूले त्यसो गरे परमेश्वरको नाउँ अनि हाम्रो शिक्षाको झूटो निन्दा हुनेछैन।

2 केही दासहरूका मालिकहरू विश्वासी छन्। ती दासहरू अनि मालिकहरू दाज्यू-भाइहरू तर दासहरूले मालिक प्रतिको आफ्नो आदर सत्कारमा कुनै कमी देखाउनु हुँदैन। बरू तिनीहरूले आफ्ना विश्वासी मालिकहरूको अझ राम्ररी सेवा गर्नुपर्छ। किन? किनभने दासहरू तिनीहरूले प्रेम गर्ने ती विश्वासी मालिकहरूलाई सहायता गर्छन्।मानिसहरूलाई तिमीले यी कुराहरू गर्न भन्नु र सिकाउनु पर्छ।

3 कोही मानिसहरूले झूटो कुराहरू सिकाउँछन्। यी कुराहरू हाम्रा प्रभु येशू ख्रीष्टका सत्य शिक्षा अनि परमेश्वरको सेवाको सत्य मार्गसित मेल खाँदैन।

4 झूटा शिक्षा दिने मानिस अहंकारी हुन्छ र केही बुझ्न नसक्ने हुन्छ। यस्तो मानिस बहस-प्रेमी हुन्छ अनि वचनहरू बारे झगडा गर्छ। यसले इर्ष्या, झगडा, अपमान अनि कुशंका ल्याउँछ।

5 यसले दुषित मन हुने मानिसहरूबाट र्तकविर्तक पनि ल्याउँदछ। जसले सत्य गुमाएका हुन्छन्। तिनीहरू संझन्छन् कि परमेश्वरको सेवा गर्नु धनवान बन्ने मार्ग हो।

6 निश्चयनै परमेश्वरको सेवाले मानिसलाई धनवान तुल्याउँछ यदि आफूसित भएको कुरामा उसलाई सन्तोष छ भने।

7 जब हामी संसारमा आयौ, हामीले हामीसित केही पनि ल्याएनौं, उसरी नै, जब हामी मर्छौं यस संसारबाट हामी केही पनि लान सक्तैनौं। जब हामी संसारमा आयौं हामी रित्तो हात आयौं। अनि जब हामी मर्छौं हामी रित्तो हात जान्छौं।

8 यसकारण यदि हामीसित भोजन अनि बस्त्र भए हामी त्यसैमा सन्तुष्ट रहनेछौं।

9 तर मानिसहरू जो धनी हुन चाहन्छन् ती लोभमा फँस्छन् अनि जालमा पर्छन्। तिनीहरू मूर्खातापूर्ण अनि हानिकारक चाहनाको विकाश गर्ने कुरा गर्छन्। जुन कुराहरूले तिनीहरूलाई ध्वंश अनि नष्ट बनाउँदछ।

10 पैसा प्रतिको प्रेमले हर प्रकारको खराबीलाई सृष्टि गर्छ। कसैले त सत्य विश्वासलाई नै त्यागिसकेकाछन् किनभने तिमीहरूमा धेरैभन्दा धेरै धन संग्रह गर्ने प्रबल इच्छा थियो। तर त्यसो गरेर तिनीहरूले आफैलाई घोर दुःख अनि अफसोसमा पारेकाछन्।

11 तर तिमी परमेश्वरका मानिस हौ। अनि त्यसैले यस्ता सबै कुराहरूबाट तिमी अलग बस्नु पर्छ। असल धार्मिकता, भक्ति, विश्वास, प्रेम, धैर्य र नम्रता अपनाउने भरसक कोशीश गर।

12 आफ्नो विश्वासको रक्षा गर्नु दौडमा दगुर्नु जस्तै हो। त्यो दौड जित्न, सक्दो आफ्नो कोशिश गर। अनन्त जीवन प्राप्त गर्ने कोशीश गर जसको निम्ति तिमीलाई आह्वान गरिएकोछ। अनि तिमीले ख्रीष्ट बारे महान् सत्यलाई यसप्रकारले देखेर साक्षी दिएका छौ कि धेरैले त्यो सुनेकाछन्।

13 परमेश्वर अनि ख्रीष्ट येशू को समक्ष म तिमीलाई आज्ञा दिंदछु।ख्रीष्ट येशू नै एक हुनुहुन्छ जसले महान सत्यलाई पन्तियस पिलातसको समक्ष स्वीकार गर्नु भएको थियो। अनि परमेश्वर नै एक हुनुहुन्छ जसले हरेकलाई जीवन दिनुहुन्छ। अब म तिमीलाई भन्छुः

14 तिमीलाई आज्ञा दिए अनुसार काम गर। हाम्रा प्रभु येशू ख्रीष्टको आगमन सम्म यी कुराहरू कुनै त्रुटि र दोष बिना गर्दै गर।

15 ठीक समय भएपछि परमेश्वरले यसो गरिदिन हुनेछ। परमेश्वर परम धन्य, एक मात्र शासक, राजाहरूका राजा र प्रभुहरूका प्रभु हुनुहुन्छ।

16 परमेश्वर एक मात्र अमर हुनुहुन्छ। परमेश्वर यति उज्यालो प्रकाशमा बस्नु हुन्छ कि मानिस त्यसका छेउसम्म पनि जान सक्दैन। परमेश्वरलाई कसैले कहिल्यै देखेको छैन। र कसैले परमेश्वरलाई देख्न। सक्दैन। परमेश्वर प्रति सदा सर्वदा सम्मान अनि शक्ति। आमिन।

17 यो आदेश तिनीहरूलाई देऊ जो यो पृथ्वीका चीजहरूद्वारा धनी भएकाछन्। तिनीहरूलाई घमण्डी नहुनु भन। तिनीहरूलाई आफ्नो आशालाई सम्पत्तिमाथि नराख्नु भन, किनभने सम्पत्ति अनिश्चित बस्दछ। त्यसको साटो तिनीहरूले आफ्नो आशा परमेश्वरमाथि राख्नु पर्छ जसले हामीलाई हरेक कुरो पर्याप्त प्रदान गर्नु हुन्छ।

18 धनीहरूलाई राम्रो काम गर्नु अनि राम्रो काम गरेर धनी हुनु भन्नु। अनि दिनुमा र बाँडनुमा खुशी हुनु भन्नु।

19 त्यसो गरेर तिनीहरूले आफ्नो लागि स्वर्गमा सम्पत्ति सञ्चय गर्नेछन्। त्यो सम्पत्ति नै एउटा गतिलो घडेरी बन्नेछ-जसमाथि तिनीहरूले आफ्नो भविष्यको जीवन निर्माण गर्न सक्नेछन्। तब तिनीहरूले सत्य जीवन पाउनेछन्।

20 तिमोथी, परमेश्वरले तिमीले जुन कुरा सुम्पनु भएकोछ त्यसको रक्षा गर्नु। मूर्ख कुरा अनि धर्म-निन्दा गर्नेहरूदेखि टाढा बस। सत्यको विरुद्ध विवाद गर्नेहरूदेखि तिमी स्वयं अलग बस। तिनीहरूसित केही छ जसलाई तिनीहरू “ज्ञान” भन्छन् तर त्यो वास्तविक ज्ञान होइन।

21 कोही भन्छन् कि तिनीहरूसित “ज्ञान” छ। तिनीहरूले सत्य विश्वासलाई त्यागेकाछन्।परमेश्वरको अनुग्रह तिमीहरू सबै प्रति रहोस्। 

1 Let as many servants as are under the yoke count their own masters worthy of all honour, that the name of God and his doctrine be not blasphemed.

2 And they that have believing masters, let them not despise them, because they are brethren; but rather do them service, because they are faithful and beloved, partakers of the benefit. These things teach and exhort.

3 If any man teach otherwise, and consent not to wholesome words, even the words of our Lord Jesus Christ, and to the doctrine which is according to godliness;

4 He is proud, knowing nothing, but doting about questions and strifes of words, whereof cometh envy, strife, railings, evil surmisings,

5 Perverse disputings of men of corrupt minds, and destitute of the truth, supposing that gain is godliness: from such withdraw thyself.

6 But godliness with contentment is great gain.

7 For we brought nothing into this world, and it is certain we can carry nothing out.

8 And having food and raiment let us be therewith content.

9 But they that will be rich fall into temptation and a snare, and into many foolish and hurtful lusts, which drown men in destruction and perdition.

10 For the love of money is the root of all evil: which while some coveted after, they have erred from the faith, and pierced themselves through with many sorrows.

11 But thou, O man of God, flee these things; and follow after righteousness, godliness, faith, love, patience, meekness.

12 Fight the good fight of faith, lay hold on eternal life, whereunto thou art also called, and hast professed a good profession before many witnesses.

13 I give thee charge in the sight of God, who quickeneth all things, and before Christ Jesus, who before Pontius Pilate witnessed a good confession;

14 That thou keep this commandment without spot, unrebukeable, until the appearing of our Lord Jesus Christ:

15 Which in his times he shall shew, who is the blessed and only Potentate, the King of kings, and Lord of lords;

16 Who only hath immortality, dwelling in the light which no man can approach unto; whom no man hath seen, nor can see: to whom be honour and power everlasting. Amen.

17 Charge them that are rich in this world, that they be not highminded, nor trust in uncertain riches, but in the living God, who giveth us richly all things to enjoy;

18 That they do good, that they be rich in good works, ready to distribute, willing to communicate;

19 Laying up in store for themselves a good foundation against the time to come, that they may lay hold on eternal life.

20 O Timothy, keep that which is committed to thy trust, avoiding profane and vain babblings, and oppositions of science falsely so called:

21 Which some professing have erred concerning the faith. Grace be with thee. Amen.

22 The first to Timothy was written from Laodicea, which is the chiefest city of Phrygia Pacatiana.

Cross Reference

Matthew 10:33
तर जब कुनै मानिस अरूको सम्मुख उभिएर उसले मलाई विश्वास गर्छु भन्न सक्दैन भने त्यो मेरो आफ्नो मानिस होइन भनेर म भन्नेछु। मेरा स्वर्गमा हुने पिताको अघि पनि म यसै भन्नेछु।

Revelation 20:4
तब मैले केही सिंहासनहरु जहाँ मानिसहरु बसेको देखें। यी मानिसहरु तिनीहरु थिए जसलाई न्याय गर्ने अधिकार प्रदान गरिएको थियो। अनि मैले ती मानिसहरुको आत्मा देखें जसलाई मारिएको थियो, किनभने तिनीहरु येशूको सत्यता अनि परमेश्वरको सन्देशप्रति विश्वासी थिए। ती मानिसहरुले त्यो पशु अनि त्यसको मूर्तिको उपासना गरेनन्। तिनीहरुले आफ्ना निधार वा आफ्ना हातमा त्यो पशुको छाप लगाएनन्। ती मानिसहरु फेरि जीवित भए अनि ख्रीष्टसंग एक हजार र्वष सम्म शासन गरे।

Romans 8:17
यदी हामी परमेश्वरका सन्ताहरू हौं भने हामीले आशीर्वाद पाउनेछौं जुन परमेश्वरसित आफ्ना मानिहरूका लागि छ। हामीले ती आशीर्वाद परमेश्वरबाट ख्रीष्टसितै पाउनेछौं। तर हामीले ख्रीष्टले जस्तै दुःख-पीडा सहनु पर्छ त्यसपछि मात्र हामीले पनि ख्रीष्टले जस्तै गौरव प्राप्त गर्नेछौ।

Revelation 20:6
ती मानिसहरु जो पाहिलो पुनरुत्थानमा सहभागी भए तिनीहरु धन्य अनि पवित्र हुन्। यी मानिसहरुमाथि दोस्रो मृत्युको कुनै अधिकार छैन। ती मानिसहरु परमेश्वर अनि ख्रीष्टको निम्ति पूजाहारीहरु हुनेछन्। तिनीहरुले एक हजार र्वषको निम्ति शासन गर्नेछन्।शैतानको पराजय

Luke 12:9
तर यदि कुनै मानिसले अरू मानिसहरूको सामने उसलाई मेरो होइन भने म त्यसलाई मेरो होइन भन्नेछु। यी सब म परमेश्वरका दुतहरूको अघि भन्नेछु।

Luke 9:26
यदि कुनै मानिस म र मेरो वचनसंग लजाउँछ भने जति बेला मेरा पिताको र मेरो महिमा लिएर पवित्र स्वर्गदूतहरूसंग आँउछु त्यति बेला त्योसित म पनि लजाँउछु।

1 John 2:22
यसर्थ, झूटो को हो? यो त्यो मानिस हो जसले येशू ख्रीष्ट छैनन् भन्छ अनि उ ख्रीष्टको शत्रु हो। उसले पिता र पुत्रलाई अस्वीकार गर्छ।

Jude 1:4
कोही मानिसहरु तिमीहरुको समूहमा सुटुक्क पसेका छन्। तिनीहरुले गरिरहेका कुराको निम्ति दोषी ठहर्याई सकिएकोछ। धेरै अघि, अगमवक्ताहरुले तिनीहरुको विषयमा लेखेका थिए। तिनीहरु परमेश्वरका शत्रुहरु हुन्। तिनीहरुले हाम्रा परमेश्वरको अनुग्रहलाई हर तरहको पापकर्म गर्ने अनुमति पत्र बनाएका छन्। तिनीहरु हाम्रा एकमात्र मालिक एवं प्रभु येशू ख्रीष्टलाई अस्वीकार गर्छन्।

Revelation 3:8
मलाई तिमीहरुले गरेका कुराहरु थाहा छन्। मैले तिमीहरु समक्ष ढोका खुला राखेको छु। कुनै व्यक्तिले त्यासलाई बन्द गर्न सक्तैन। तिमीहरुको शक्ति सीमित छ भनी मलाई थाहा छ। तिमीहरुले मेरो उपदेश अनुसरण गरेका छौ। मेरो नाउँ उच्चारण गर्न तिमीहरु डराएका थिएनौ।

Revelation 5:10
यी मानिसहरुलाई तिमीले राज्यको रुप दियौ अनि, तिमीले यी मानिहरुलाई हाम्रा परमेश्वरका निम्ति पूजाहारीहरु बनायौ। अनि तिनीहरुले पृथ्वीमाथि शासन गर्नेछन्।”

Revelation 2:13
मलाई थाहा छ तिमीहरु कहाँ बस्छौ। तिमीहरु त्यहाँ बस्छौ जहाँ शैतानको आफ्नो सिंहासन छ। तर तिमीहरु म प्रति विश्वासी छौ। तिमीहरुले एन्टियासको समयमा पनि म प्रतिको विश्वास बारे भन्न अस्वीकार गरेनौ। एन्टिपास मेरा विश्वासी साक्षी थिए जसलाई तिमीहरुको नगरमा मारियो। तिमीहरुको नगर त्याही हो जहाँ शैतान बस्छ।

Revelation 1:9
म यूहन्ना हुँ अनि म तिमीहरुको भाइ जो कष्टमा राज्यमा अनि धैर्यपूर्वकको सहनशीलतामा सहभागिता गर्छ। म पत्मोस टापूमा थिएँ किनभने म परमेश्वरको सन्देश अनि येशूको सत्यप्रति विश्वासी थिएँ।

1 Peter 4:13
तर तिमीहरु खुशी हुनु पर्छ किनकि तिमीहरु ख्रीष्टका सहभागी बनिरहेकाछौ। तिमीहरु खुशी हुनेछौ अनि आनन्दले पूर्ण रहने छौ जब ख्रीष्टले आफ्नो महिमा देखाउनु हुनेछ।

Proverbs 30:9
यदि मसँग चाहिने भन्दा वेशी भए, मैले तपाईसंगको सम्बध छोडने छु अनि भन्ने छु, “यो परमप्रभु को हो?” यदि म गरीब भए भने चोर बनेर परमेश्वरको नाममा दुर्नाम ल्याउने छु।

Matthew 19:28
येशूले चेलाहरूलाई भन्नुभयो, ‘म तिमीहरूलाई साँचो भन्दछु। जब नयाँ संसारको सृष्टि हुनेछ, मानिसको पुत्र त्यो महान सिंहासनमा बस्नेछ। अनि तिमीहरू पनि इस्राएलका बाह्र कुलमाथि इन्साफ गर्दै बाह्रवटा सिंहासनहरूमा बस्नेछौ।

Matthew 26:35
तर पत्रुसले जवाफ दिए, “म तपाईंलाई कहिल्यै इन्कार गर्नेछैन तपाईं साथै मर्नु परेता पनि म तपाईंलाई इन्कार गर्ने छैन।” अनि सबै चेलाहरूले यही कुरा दोहोर्याए।

Matthew 26:75
तब पत्रुसलाई येशूले भनेका कुराहरूको सम्झना भयो “भाले बास्न अघिनै मलाई तिमीले तीनपल्ट अस्वीकार गर्नेछौ।” त्यसपछि पत्रुस बाहिर गएर धुरूधुरू रोए।

Mark 8:38
अहिले जो बाँचिरहका छन् तिनीहरू अत्यन्त पापमय अनि नराम्रो समयमा बाँचिरहेका छन्। यदि कोही म र मेरो वचनदेखि शर्माउँछ भने म पनि ती मानिससंग शर्माऊछु। उँ त्यत्तिबेला लज्जित हुनेछ जब म पिताको पूर्ण महिमामा र पवित्र दूतगणसंग आउनेछु।”

Mark 10:33
येशूले भन्नुभयो, “हामीहरू यरूशलेम जाँदैछौ। मानिसको पुत्रलाई मुख्य पूजाहारीहरू र शास्त्रीहरूका अघि सुम्पिइने छन्। तिनीहरूले मानिसको पुत्रलाई गैर यहूदीहरूलाई सुम्पनेछन्।

Acts 14:22
ती शहरहरूमा तिनीहरूले चेलाहरूलाई आत्मिकरूपले पराक्रमी तुल्याए। तिनीहरूले उनीहरूलाई विश्वासमा दृढ रहन सहायता गरे। तिनीहरूले भने, “हामी परमेश्वरको राज्यमा अनेक यातनासहेर प्रवेश गर्नु पर्छ।”

Philippians 1:28
अनि आफ्ना विरोधीहरूसित तिमीहरू कुनै प्रकारले पनि डराउने छैनौ। यी सब परमेश्वरका प्रमाणहरू हुन् कि तिमीहरू बचाइनेछौ र तिमीहरूका शत्रुहरू हराइनेछन्।

2 Thessalonians 1:4
यसैले परमेश्वरका अरू मण्डलीहरूमा हामी तिमीहरू बारे गर्व गर्छौं। तिमीहरू आफ्नो विश्वासमा अझै दरिलो बन्दै गएको कुरा हामी अरू मण्डलीहरूमा पाउँछौ। तिमीहरू अनेक कष्टले सताइँदैछौ ता पनि विश्वास छोडेका छैनौं, तर यसको सट्टामा दृढहुँदै जाँदैछौं।

Revelation 1:6
येशूले हामीलाई एउटा राज्यमा परिणत गर्नुभयो। उहाँले आफ्नो पिताको सेवाको लागि हामीलाई पूजाहारीहरु बनाउनु भयो। सदाका निम्ति येशूमा माहिमा अनि शक्ति रहिरहोस्। आमिन।