1 थिस्सलोनिकी 2:2 in Nepali

नेपाली नेपाली बाइबल 1 थिस्सलोनिकी 1 थिस्सलोनिकी 2 1 थिस्सलोनिकी 2:2

1 Thessalonians 2:2
हामी त्यहाँ आउनु भन्दा अघि फिलिप्पीमा ठूलो दुःख पायौं। त्यहाँका मानिसहरूले हाम्रो विरूद्धमा नराम्रा-नराम्रा कुरा गरे। यी सब तिमीहरू जान्दछौ। अनि जब हामी तिमीहरूकहाँ पुग्यौं, त्यस बेला पनि धेरै जना हाम्रो विरुद्धमै थिए। तर हाम्रो परमेश्वरले हामीलाई निर्भयतासित तिमीहरूलाई यो सुसमाचार दिन सहायता गर्नुभयो।

1 Thessalonians 2:11 Thessalonians 21 Thessalonians 2:3

1 Thessalonians 2:2 in Other Translations

King James Version (KJV)
But even after that we had suffered before, and were shamefully entreated, as ye know, at Philippi, we were bold in our God to speak unto you the gospel of God with much contention.

American Standard Version (ASV)
but having suffered before and been shamefully treated, as ye know, at Philippi, we waxed bold in our God to speak unto you the gospel of God in much conflict.

Bible in Basic English (BBE)
But after we had first undergone much pain and been cruelly attacked as you saw, at Philippi, by the help of God we gave you the good news without fear, though everything was against us.

Darby English Bible (DBY)
but, having suffered before and been insulted, even as ye know, in Philippi, we were bold in our God to speak unto you the glad tidings of God with much earnest striving.

World English Bible (WEB)
but having suffered before and been shamefully treated, as you know, at Philippi, we grew bold in our God to tell you the Gospel of God in much conflict.

Young's Literal Translation (YLT)
but having both suffered before, and having been injuriously treated (as ye have known) in Philippi, we were bold in our God to speak unto you the good news of God in much conflict,

But
ἀλλὰallaal-LA
even
καὶkaikay
before,
suffered
had
we
that
after
προπαθόντεςpropathontesproh-pa-THONE-tase
and
καὶkaikay
entreated,
shamefully
were
ὑβρισθέντεςhybristhentesyoo-vree-STHANE-tase
as
καθὼςkathōska-THOSE
ye
know,
οἴδατεoidateOO-tha-tay
at
ἐνenane
Philippi,
Φιλίπποιςphilippoisfeel-EEP-poos
bold
were
we
ἐπαῤῥησιασάμεθαeparrhēsiasamethaay-pahr-ray-see-ah-SA-may-tha
in
ἐνenane
our
τῷtoh

θεῷtheōthay-OH
God
to
ἡμῶνhēmōnay-MONE
speak
λαλῆσαιlalēsaila-LAY-say
unto
πρὸςprosprose
you
ὑμᾶςhymasyoo-MAHS
the
τὸtotoh
gospel
εὐαγγέλιονeuangelionave-ang-GAY-lee-one
of

τοῦtoutoo
God
θεοῦtheouthay-OO
with
ἐνenane
much
πολλῷpollōpole-LOH
contention.
ἀγῶνιagōniah-GOH-nee

Cross Reference

प्रेरित 16:22
भीडले मानिसहरूलाई पावल र सिलासमाथि आक्रमण गर्न साथ दियो। त्यहाँका हाकिमहरूले पावल र सिलासको लुगाहरू च्याती दिए र मानिसहरूलाई कुट्ने आदेश दिए।

प्रेरित 4:13
यहूदी अगुवाहरूले जाने कि पत्रुस र यूहन्नामा कुनै त्यसो खास प्रशिक्षण र शिक्षा छैन रहेछ भनेर। तर अगुवाहरूले पत्रुस र यूहन्ना निडरसाथ बोलेका पनि देखेका थिए। यसैले तिनीहरू छक्क परेका थिए। त्यसपछि मात्र तिनीहरूले पत्रुस र यूहन्ना येशूसंगै रहन्थे भनेर थाहा पाए।

2 तिमोथी 1:12
त्यही सुसमाचार प्रचार गर्नका निम्ति अहिले मैले कष्ट भोग्नु परिरहेको छ। तर म लज्जित छुइन। म उहाँ एक जनालाई जान्दछु जसलाई मैले विश्वास गरें। म विश्वस्त छु कि मलाई उहाँले सुम्पनु भएको कामको रक्षा गर्न त्यस दिनसम्म उहाँ सामर्थ हुनु हुन्छ।

प्रेरित 17:2
लिस्त्रा र आइकोनियमवासी विश्वासीहरूले तिमोथीलाई सम्मान गर्थे। तिनीहरूले उनको विषयमा राम्रो कुरा गर्थे।

कलस्सी 2:1
तिमीहरूलाई सहायता गर्न म भरमग्दूर कोशिश गर्दैछु भन्ने कुरो जनाउन चाहन्छु। अनि म अरूको साथ साँच्चै लाओडिसियामा मानिसहरूलाई सहायता गर्न प्रगाच्च् कोशिशमा छु जसले मलाई देखेकै छैन।

1 थिस्सलोनिकी 1:5
हामीले तिमीहरूकहाँ सुसमाचार ल्यायौं। तर हामीले शब्द मात्र दिएनौं, त्यो सुसमाचारसित शक्ति पनि दियौं। यो हामीले पवित्र आत्मासितअनि निश्चित बुद्धिद्वारा ल्यायौ जुन सत्य हो। त्यसको साथै, हामी तिमीहरूसित रहँदा कसरी रह्यौं त्यो पनि तिमीहरूले जान्यौ।

हिब्रू 11:36
कति जनाको हाँसो उडाइयो कतिलाई कोर्राले चुटियो, अनि कतिलाई साङलाले बाँधेर कैदखानामा फ्याँकियो।

हिब्रू 12:2
हामीले सदा येशूको उदाहरणको पनि अनुसरण गर्नु पर्छ। हाम्रा विश्वासको निम्ति येशू अगुवा हुनुहुन्छ र उहाँले हाम्रा विश्वासलाई पूर्ण गर्नुहुन्छ। उहाँले क्रूसमा मृत्यु अँगाल्नु भयो। परमेश्वरको अघि आनन्दको लागि, उहाँले क्रूसको कष्टलाई झेल्नु भयो। अहिले उहाँ परमेश्वरको सिंहासनको दाहिनेपट्टि बस्नुभएको छ।

1 पत्रुस 2:14
अनि राज्यपालहरुको आज्ञा पालन गर जो राजाद्वारा पठाइएका हुन्। जसले नराम्रो गर्छ त्यसलाई सजाय दिनु र जसले राम्रो काम गर्छ प्रशंसा गर्न तिनीहरु पठाइएका हुन्।

यहूदा 1:3
प्रिय मित्रहरु, म तिमीहरुलाई हामी सबैले एकसाथ सहभागी भएको उद्धारको बारेमा लेख्न खूबै इच्छुक भएको छु। म तिमीहरुलाई परमेश्वरले उहाँको पवित्र मानिसहरुलाई प्रदान गर्नु भएको विश्वासको निम्ति कठिन संर्घष गर्ने उत्साह प्रदान गर्ने इच्छा गर्छु। परमेश्वरले यो विश्वास एकै पल्ट प्रदान गर्नुभयो अनि यो सबै समयको निम्ति पर्याप्त भयो।

फिलिप्पी 1:27
होशियारी हौऊ कि तिमीहरूको जीवन ख्रीष्टको सुसमाचारसित मिल्दो होस्। तब मात्र म तिमीहरूकहाँ आए पनि, तिमीहरूदेखि टाडै बसे पनि तिमीहरू बारे राम्रै कुरा सुन्नेछु। तिमीहरू एउटै उद्देश्य लिएर अघि बढदैछौ र सुसमाचारबाट रहेको विश्वासको निम्ति एक भएर काम गर्दैछौ भन्ने म सुन्नेछु।

एफिसी 6:19
मेरो लागि पनि प्रार्थना गर कि जब म बोल्छु परमेश्वरले मलाई शब्दहरू दिऊन् र सुसमाचारको गुप्त सत्यतालाई म निर्भयसंग भन्नु सकुँ।

प्रेरित 4:31
विश्वासीहरूका प्रार्थना पछि, तिनीहरू जहाँ जुन ठाउँमा भेला भएका थिए त्यो ठाउँ हल्लियो। तिनीहरू पवित्र आत्माले पूर्ण भए, र तिनीहरूले परमेश्वरको सन्देश साहससाथ भने।

प्रेरित 5:41
प्रेरितहरू त्यो सभा छाडेर गए। येशूको नाउँमा यसरी अपमानित पाइनु योग्य भएकोमा उनीहरू खुशी भए।

प्रेरित 6:9
तर कतिपय यूहीहरू आए अनि स्तिपनसंग र्तक गरे। यी यहूदीहरू स्वाधीन सभाघरबाट आएका थिए। यी यहूदीहरू साइरिनीबाट आएका थिए। अलेक्जेन्ड्रिया अनि सिलिसिया अनि एशियाका थिए। तिनीहरूले स्तिफनसंग बहस गरे।

प्रेरित 14:3
तब पावल र बर्णाबास आइकोनियममा लामो समय सम्म बसे र प्रभुको विषयमा निडर भई प्रचार गरे। तिनीहरूले परमेश्वरको दयाको प्रचार गरे। अनि प्रभुले तिनीहरूलाई चमत्कारहरू र आश्चर्यमय कुराहरू गर्ने शक्ति दिनु भएर तिनीहरूका सन्देश प्रमाणित गर्नुभयो।

प्रेरित 15:1
त्यसपछि कतिपय मानिसहरू यहूदियाबाट एन्टिओकमा आए। तिनीहरूले गैर- यहूदी दाज्यु-भाइहरूलाई शिक्षा दिन शूरू गरेः “मोशाको व्यवस्था अनुसार जब सम्म खतना हुदैनौ तबसम्म तिमीहरूको मुक्ति हुने छैन।”

प्रेरित 16:12
त्यसपछि हामी फिलिप्पी गयौं। यो म्यासिडोनिया अञ्चलको मुख्य शहर हो अनि यो रोमीहरूको शहर हो। हामीहरू यहाँ केही दिन बस्यौं।

प्रेरित 16:37
तर पावलले सिपाहीहरूलाई भने, “तिम्रा हाकीमहरूले हामीले गल्ती गरेको कारण प्रमाण गर्न सकेनन्। तर तिमीहरूले हामीलाई मानिसहरूका अगाडी कुट-पिट गरे अनि जेलमा थुने। हामी रोमी नागरिक हौं, यसैले हाम्रो अधिकार छ। अहिले तिनीहरूले हामीलाई गुप्ती रूपमा पठाउन चाहन्छन्? होइन! तिनीहरू स्वयं आउनु पर्छ अनि हामीलाई बाहिर निकाल्नु पर्छ।”

प्रेरित 17:17
त्यस केटीले पावल र हामीलाई पछ्याई। त्यो चिच्याई अनि भनी, “यी मानिसहरू एकदमै सर्वोच्च परमेश्वरको दास हुन्! तिनीहरूले मुक्तिको बाटो तिमीहरूलाई बताइरहेछन।”

प्रेरित 19:8
पावल सभाघरमा गए अनि सहाससंग बोले। तीन महीनासम्म पावलले त्यसै नै गरे। उनले यहूदीहरूसंग वहश गर्थे अनि तिनीहरूलाई परमेश्वरको राज्यको विषयमा प्रेरित गर्थे।

प्रेरित 4:20
हामी चुपचाप बस्न सक्तैनौ। हामीले जे-जे सुन्यौ र देख्यौं हामीले ती कुराहरू मानिसहरूलाई भन्नु पर्छ।”