1 Corinthians 1:7
यसैले हाम्रा प्रभु येशू ख्रीष्टको पुनरागमन र्पखिरहरूञ्जेल तिमीहरूलाई कुनै आत्मिक वरदानको अभाव हुने छैन।
1 Corinthians 1:7 in Other Translations
King James Version (KJV)
So that ye come behind in no gift; waiting for the coming of our Lord Jesus Christ:
American Standard Version (ASV)
so that ye come behind in no gift; waiting for the revelation of our Lord Jesus Christ;
Bible in Basic English (BBE)
So that having every grace you are living in the hope of the revelation of our Lord Jesus Christ;
Darby English Bible (DBY)
so that ye come short in no gift, awaiting the revelation of our Lord Jesus Christ;
World English Bible (WEB)
so that you come behind in no gift; waiting for the revelation of our Lord Jesus Christ;
Young's Literal Translation (YLT)
so that ye are not behind in any gift, waiting for the revelation of our Lord Jesus Christ,
| So that | ὥστε | hōste | OH-stay |
| ye | ὑμᾶς | hymas | yoo-MAHS |
| μὴ | mē | may | |
| behind come | ὑστερεῖσθαι | hystereisthai | yoo-stay-REE-sthay |
| in | ἐν | en | ane |
| no | μηδενὶ | mēdeni | may-thay-NEE |
| gift; | χαρίσματι | charismati | ha-REE-sma-tee |
| for waiting | ἀπεκδεχομένους | apekdechomenous | ah-pake-thay-hoh-MAY-noos |
| the | τὴν | tēn | tane |
| coming | ἀποκάλυψιν | apokalypsin | ah-poh-KA-lyoo-pseen |
| of our | τοῦ | tou | too |
| Lord | κυρίου | kyriou | kyoo-REE-oo |
| Jesus | ἡμῶν | hēmōn | ay-MONE |
| Christ: | Ἰησοῦ | iēsou | ee-ay-SOO |
| Χριστοῦ· | christou | hree-STOO |
Cross Reference
2 पत्रुस 3:12
तिमीहरुले परमेश्वरको दिनको प्रतिक्षा गर्नु पर्छ। तिमीहरुले त्यो दिनको आगमनको दृढतासंग चाहना गर्नु पर्छ। जब त्यो दिनको आगमन हुन्छ, आकाश अग्निले ध्वंश पार्नेछ, अनि आकाशको हरेक वस्तु आगोको रापले पग्लने छन्।
फिलिप्पी 3:20
तर हामी स्वर्गका बासिन्दा हौं। हाम्रा मुक्तिदाताको स्वर्गबाट आगमनको निम्ति हामी र्पखिबसेका छौं। प्रभु येशू ख्रीष्ट हाम्रा मुक्तिदाता हुनुहुन्छ।
रोमी 8:19
परमेश्वरले बनाउनु भएको प्रत्येक वस्तुले ठुलो उत्सुकताको साथ त्यस समयलाई र्पखिरहेकोछ जब परमेश्वरले उहाँका छोराहरू को को हुन् भनेर देखाउनु हुनेछ। त्यो विशेष समय हेर्न सारा संसारको उत्कट अभिलाषा छ।
लूका 17:30
जब मानिसको पुत्र आउनु हुन्छ, एकदमै त्यही हुनेछ।
तीतस 2:13
हाम्रा परम परमेश्वर र मुक्तिदाता येशू ख्रीष्टको आगमनलाई र्पखिंदा हामीले हाम्रो जीवन यसरी नै बाँच्नुपर्छ। उहाँ हाम्रा महान आशा हुनुहुन्छ, उहाँ आफ्ना महिमा सहित आउनु हुनेछ।
हिब्रू 9:28
यसर्थ धेरैका पापहरू हटाउन, ख्रीष्टले एकै पल्ट आफूलाई बलि दिनुभयो। ख्रीष्ट दोस्रो पटक आउनुहुँदैछ तर मानिसको पापको निम्ति होइन, उहाँ दोस्रो पटक तिनीहरूको मुक्तिको निम्ति आउनुहुनेछ जसले, उहाँलाई र्पखिरहेका छन्।
यहूदा 1:21
तिमीहरु स्वयंलाई परमेश्वरको प्रेममा राख। तिमीहरुलाई सदाको निम्ति जीवन प्रदान गर्न उहाँका कृपा सहित प्रभु येशू ख्रीष्टको प्रतीक्षा गर।
1 यूहन्ना 3:2
प्रिय मित्रहरु, अब हामी परमेश्वरका बालकहरु हौं। हामीलाई अझ यो देखाइएको छैन कि भविष्यमा हामी के हुनेछौं। हामी जान्दछौ कि जति बेला ख्रीष्ट आउँनु हुन्छ हामी उहाँ जस्तै हुनेछौं किनभने हामी उहाँको वास्तविक रुप देख्नेछौं।
1 पत्रुस 5:4
तब, जब मुख्य गोठाला आउनु हुन्छ तिमीहरुले महिमाको मुकुट प्राप्त गर्नेछौ। अनि त्यसले आफ्नो सुन्दरता कहिलै हराउने छैन।
1 पत्रुस 4:13
तर तिमीहरु खुशी हुनु पर्छ किनकि तिमीहरु ख्रीष्टका सहभागी बनिरहेकाछौ। तिमीहरु खुशी हुनेछौ अनि आनन्दले पूर्ण रहने छौ जब ख्रीष्टले आफ्नो महिमा देखाउनु हुनेछ।
1 पत्रुस 1:13
यसर्थ सेवाको निम्ति मनलाई तयार पार अनि आत्म-नियन्त्रण गर। तिमीहरुले अनुग्रहकोलागि आशा गर्नु पर्छ जुन तिमीहरुलाई दिइनेछ, जब येशू ख्रीष्ट आउनु हुन्छ।
याकूब 5:7
दाज्यु-भाइ अनि दिदी बहिनीहरू, धैर्य धारण गर, प्रभु येशू आउनु हुँदैछ। यसर्थ, त्यस समयसम्म धैर्य- धारण गर। कृषकहरू खुबै धैर्यवान छन्। कृषकले बहुमूल्य अन्न भूमिबाट उम्रनका निम्ति प्रतीक्षा गर्छ। कृषकले धैर्य साथ आफ्ना फसलले प्रथम वृष्टि अनि अन्तिम वृष्टि प्राप्त नगरूञ्जेल प्रतीक्षा गर्छ।
हिब्रू 10:36
तिमीहरूलाई चाहिएको धैर्य हो। परमेश्वरले चाहनु भएको कुरो गरेपछि उहाँले वाचा गरेको कुरो तिमीहरूले पाउने छौं।
मत्ती 25:1
“त्यसबेला स्वर्गको राज्य दशजना कन्याहरू जस्तै हुनेछ, जो आ-आफ्ना दियो लिएर दुलहा पर्खन गए।
लूका 12:36
त्यो नोकरहरूले झैं व्यवहार गर जो विवाह भोजबाट फर्की आउने आफ्नो मालिकको लागि पर्खी रहेको हुन्छ। मालिक आउँछ अनि ढोका ढक्ढकाउँछ। नोकरले मालिकको निम्ति ढोका खोलिदिन्छ।
1 कोरिन्थी 4:5
यसर्थ ठीक समय अघि मलाई नजाँच, प्रभु नआएसम्म मलाई पर्ख। उहाँले अन्धकारमा लुकेका कुराहरूमा प्रकाश छर्नु हुनेछ। मानिसहरूका मनमा लुकेका कुराहरू उदांगो पारिदिनु हुनेछ। तब प्रत्येक मानिसले परमेश्वरबाट उसले पाउनु पर्ने प्रशंसा पाउनेछ।
2 कोरिन्थी 12:13
कुन विषयमा तिमीहरू अन्य मण्डलीहरू भन्दा निम्न स्तरका थियौ? यसमा मात्र नत्र अन्य कुनै कुरोमा म आफै तिमीहरूकोलागि भार भइन। यस विषयमा म तिमीहरू भन्दा तल भए मलाई क्षमा देऊ।
कलस्सी 3:4
ख्रीष्ट तिम्रो जीवन हो। जब उहाँ आउनु हुन्छ, तिमीहरू उहाँसितै महिमामा देखा पर्नेछौ।
1 थिस्सलोनिकी 1:10
परमेश्वरको पुत्र स्वर्गबाट आउनु हुने प्रतीक्षामा तिमीहरूले मूर्ति-पूजा छोडयौ। परमेश्वरले उहाँको पुत्रलाई मृत्युबाट बौराउनु भयो। उहाँ येशू हुनुहुन्छ जसले परमेश्वरको आउने रिसबाट हामीलाई बचाउनु हुने 2छ।
2 थिस्सलोनिकी 1:7
अनि कष्टमा परेका तिमीहरूलाई परमेश्वरले शान्ति दिनुहुन्छ। परमेश्वरले यस्तै सहायता गर्नुहुन्छ जब प्रभु येशू आउनु हुन्छ। उहाँको शक्तिशाली स्वर्गदूतहरूसित स्वर्गबाट येशू तल आउनु हुनेछ।
1 तिमोथी 6:14
तिमीलाई आज्ञा दिए अनुसार काम गर। हाम्रा प्रभु येशू ख्रीष्टको आगमन सम्म यी कुराहरू कुनै त्रुटि र दोष बिना गर्दै गर।
2 तिमोथी 4:8
अब एउटा मुकुटले मलाई र्पखिबसेको छ। म परमेश्वरसँग ठिक रहेकोले गर्दा मैले त्यो धार्मिकताको मुकुट पाउने छु। हो, उहाँले मलाई त्यो मुकुट त्यस दिन दिनुहुनेछ। उहाँले त्यो मुकुट ती समस्त मानिसहरूलाई दिनुहुनेछ जसले, उहाँको आगमन चाहेकाछन् अनि जसले उहाँको प्रतिक्षा गरेकाछन्।
उत्पत्ति 49:18
“परमप्रभु, म तपाईंको उद्धारको प्रतीक्षामा पर्खिरहेको छु।”गाद