1 Chronicles 23:28
लेवीहरूको काम हारूनका सन्तानहरूलाई परमप्रभुको मन्दिरको सेवाकार्यमा सहायता गर्नुथियो। लेवीहरूले मन्दिरको आँगान अनि मन्दिरका छेउका कोठाहरूको पनि हेरचाह गर्थे। तिनीहरूको काम सबै पवित्र चीज बीजहरूलाई शुद्ध गर्नु अनि परमेश्वरको मन्दिरमा सेवागर्ने काम थियो।
1 Chronicles 23:28 in Other Translations
King James Version (KJV)
Because their office was to wait on the sons of Aaron for the service of the house of the LORD, in the courts, and in the chambers, and in the purifying of all holy things, and the work of the service of the house of God;
American Standard Version (ASV)
For their office was to wait on the sons of Aaron for the service of the house of Jehovah, in the courts, and in the chambers, and in the purifying of all holy things, even the work of the service of the house of God;
Bible in Basic English (BBE)
Their place was by the side of the sons of Aaron in all the work of the house of the Lord, in the open spaces and in the rooms, in the making clean of all the holy things, in doing all the work of the house of the Lord,
Darby English Bible (DBY)
For their place was by the side of the sons of Aaron for the service of the house of Jehovah, over the courts, and over the chambers, and over the purifying of all holy things, and [for] the work of the service of the house of God;
Webster's Bible (WBT)
Because their office was to wait on the sons of Aaron for the service of the house of the LORD, in the courts, and in the chambers, and in the purifying of all holy things, and the work of the service of the house of God;
World English Bible (WEB)
For their office was to wait on the sons of Aaron for the service of the house of Yahweh, in the courts, and in the chambers, and in the purifying of all holy things, even the work of the service of the house of God;
Young's Literal Translation (YLT)
for their station `is' at the side of the sons of Aaron, for the service of the house of Jehovah, over the courts, and over the chambers, and over the cleansing of every holy thing, and the work of the service of the house of God,
| Because | כִּ֣י | kî | kee |
| their office | מַֽעֲמָדָ֞ם | maʿămādām | ma-uh-ma-DAHM |
| on wait to was | לְיַד | lĕyad | leh-YAHD |
| the sons | בְּנֵ֣י | bĕnê | beh-NAY |
| of Aaron | אַֽהֲרֹ֗ן | ʾahărōn | ah-huh-RONE |
| service the for | לַֽעֲבֹדַת֙ | laʿăbōdat | la-uh-voh-DAHT |
| of the house | בֵּ֣ית | bêt | bate |
| Lord, the of | יְהוָ֔ה | yĕhwâ | yeh-VA |
| in | עַל | ʿal | al |
| the courts, | הַֽחֲצֵרוֹת֙ | haḥăṣērôt | ha-huh-tsay-ROTE |
| in and | וְעַל | wĕʿal | veh-AL |
| the chambers, | הַלְּשָׁכ֔וֹת | hallĕšākôt | ha-leh-sha-HOTE |
| and in | וְעַֽל | wĕʿal | veh-AL |
| purifying the | טָהֳרַ֖ת | ṭāhŏrat | ta-hoh-RAHT |
| of all | לְכָל | lĕkāl | leh-HAHL |
| holy things, | קֹ֑דֶשׁ | qōdeš | KOH-desh |
| work the and | וּמַֽעֲשֵׂ֔ה | ûmaʿăśē | oo-ma-uh-SAY |
| of the service | עֲבֹדַ֖ת | ʿăbōdat | uh-voh-DAHT |
| of the house | בֵּ֥ית | bêt | bate |
| of God; | הָֽאֱלֹהִֽים׃ | hāʾĕlōhîm | HA-ay-loh-HEEM |
Cross Reference
नहेम्याह 13:9
तब कोठालाई रीतिपूर्वक शुद्ध गर्ने मैले आदेश गरे। अनि त्यहाँ मैले धूपसहित र अन्नबलि परमेश्वरको मन्दिरका भाँडा-वर्त्तनहरू फर्काएँ।
एज्रा 8:29
यिनीहरू को खूबै होशियारी सित रक्षा गर। जब सम्म तिमीहरूले पूजाहारीहरू अनि लेवीहरूका अगुवाहरू अनि यरूशलेममा इस्राएल कुलका प्रमुखहरू समक्ष परमप्रभुको मन्दिरको कोठाहरू भित्र तौलँदैनौं।”
नहेम्याह 11:24
पतहियाह मशजबेलका छोरा, यहूदाका छोरा जेरहको कुल मानिसहरू सम्बन्धी सबै कुरामा राजाका सल्लाहकार थिए।
नहेम्याह 13:4
यसको अघि पूजाहारी एल्याशीबालाई परमेश्वरको मन्दिरका सेवकहरूको जिम्मामा राखेका थिए। तिनी तोबियाहका (अम्मोनी) वैवाहिक सम्बन्ध थियो।
यर्मिया 35:4
त्यसपछि मैले तिनीहरूलाई मन्दिरभित्र ल्याएँ। हामीहरू हानान जो यिग्दल्याहको छोरो हुन तिनको छोराहरूको कोठामा गयौं हानान परमप्रभुको एकजना भक्त थियो। त्यो कोठाको छेउमा अधिकारीहरूको थियो। यो कोठा शल्लूमको छोरो मासेयाह ढोकेको कोठाको छेउमा थियो। मासेयाह परमप्रभुको मन्दिरको ढोके थियो।
इजकिएल 41:6
छेउको कोठामा तीनवटा विभिन्न तला थियो। त्यो एक अर्कोमाथि थियो। हरेक तलाहरूमा तीस कोठा थियो। छेउको कोठा चारैतिरको पर्खालमा अडिएको थियो। यसकारण मन्दिरको पर्खाल स्वंय कोठाहरूमा अडाएको थिएन।
इजकिएल 41:26
अनि दलानको दुवैपट्टि झ्यालहरूको भित्तामा दलानको माथिल्लो छतमा तथा मन्दिरको चारैतिरको कोठामा खजूरको बोटको चित्र थियो।
इजकिएल 42:3
भवन तीन तला अग्लो अनि बरण्डाहरू थिए। भवन अनि मन्दिरको बीचमा भित्री आँगन 20 हात लामो थियो। अर्कोपट्टि कोठा बाहिर चोकको ढुङ्ग ओछ्याएको पिडीतिर फर्केका थियो।
इजकिएल 42:13
त्यस मानिसले मलाई भन्यो, “चोकको पारिपट्टि दक्षिणको कोठाहरू अनि उत्तरको कोठाहरू पवित्र कोठाहरू हुन। ती पूजाहारीहरूले यी कोठाहरूमा अति पवित्र भोजन खाए। तिनीहरूले महापवित्र भेंटी त्यहाँ खाए। किनकि यो स्थान पवित्र हो। महापवित्र भेटीहरू यी हुन अन्नबलि, पापबलि र दोषबलि।
2 इतिहास 35:11
निस्तार चाडका थुमाहरू मारिए। तब लेवीहरूले पशुहरूका छाला काढे अनि रगत पूजाहारीहरूलाई दिए। पूजाहारीहरूले रगत वेदीमा छर्किदिए।
2 इतिहास 35:3
योशियाहले ती लेवीहरूसँग कुरा-कानी गरे जसले इस्राएलका मानिसहरूलाई शिक्षा दिन्थे अनि जसलाई परमप्रभुको सेवाको निम्ति पवित्र तुल्याइएका थिए। तिनले ती लेवीहरूलाई भने, “पवित्र सन्दूकलाई मन्दिर भित्र राख जसलाई सुलेमानले निर्माण गरे। सुलेमान दाऊदको छोरा थियो। दाऊद इस्राएलका राजा थिए। पवित्र संदूकलाई काँधमा बोकेर एक स्थान देखि अर्को स्थानतिर नलैजाऊ। अब परमप्रभु तिम्रा परमेश्वरको सेवा गर। परमेश्वरका मानिसहरू इस्राएलका मानिसहरूको सेवा गर।
1 राजा 6:5
तब सुलेमानले मन्दिरको मुख्य भागको वरिपरि कोठाहरूको लहर बनाए। यी कोठाहरू एका अर्काको माथि बनाइएका थिए। कोठाहरूको लहर तीन तल्ला अग्लो थियो।
1 इतिहास 9:28
केही द्वारपालकहरूको काम मन्दिरको सेवाहरूमा चलाईने थालहरूको हेरचाह गर्नु थियो। तिनीहरूले यी थालहरू गिन्ति गर्थे जब ति ल्याइन्थे। तिनीहरूले पछि पनि ती थालहरू गिन्ति गर्थे जब ति बाहिर लगिन्थे।
1 इतिहास 18:17
बनायाह करेती अनि पेलेथीहरूका अगुवाइ गर्ने जिम्मामा थिए। बनायाह यहोयादाका छोरा थिए। अनि दाऊदका छोराहरू मुख्य अधिकारीहरू थिए। तिनीहरू राजा दाऊद संग सेवागर्थे।अम्मोनीहरूले दाऊदका मानिसहरूलाई लज्जित तुल्याउँछन्
1 इतिहास 23:4
दाऊदले भने, “24,000 लेवीहरूले परमप्रभुको मन्दिर निर्माण कार्यको हेरचाह गर्नेछन्। 6,000 लेवीहरू सुरक्षा कर्मी अनि न्यायकर्त्ताहरू हुनेछन्।
1 इतिहास 28:13
दाऊदले सुलेमानलाई पूजाहारी अनि लेवीहरूको समूह बारे भने। दाऊदले सुलेमानलाई परमप्रभुको मन्दिरको सेवाका सबै कार्यहरू अनि मन्दिरको सेवामा प्रयोग गरिने सबै चीज-बीजहरूको बारेमा भने।
2 इतिहास 29:5
परमप्रभु परमेश्वरको मन्दिरलाई पवित्र सेवाका निम्ति तयार पार, उहाँ तिमीहरूका पुर्खाहरूले आज्ञा पालन गर्ने परमेश्वर हुनु हुन्छ। मन्दिरबाट ती चीज-बीजहरू हटाइ देऊ जो त्यहाँको होइन। ती चीज बीजहरूले मन्दिरलाई शुद्ध तुल्याउँदैन।
2 इतिहास 29:18
तब तिनीहरू राजा हिजकियाह कहाँ गए। तिनीहरूले तिनलाई भने, “राजा हिजकियाह, हामीले परमप्रभुको मन्दिरको, होमबलिको वेदी अनि मन्दिरका सबै चीजहरू सफा गर्यौं। हामीले रोटीका लहर राख्ने मेच त्यस मेच सित प्रयोग गरिने सबै चीहरू सहित सफा गर्यौं।
2 इतिहास 31:11
तब हिजकियाहले पूजाहारीहरूलाई परमप्रभुको मन्दिरमा भण्डार कक्षहरू बनाउने आदेश दिए। यसर्थ यो काम गरियो।
गन्ती 3:6
“लेवी कुलका जम्मै मानिसहरूलाई ल्याऊ अनि पूजाहारी, हारून सामुन्ने हाजिर गराऊ, तिनीहरू सबै हारून पूजाहारीको सहयोगीहरू हुनेछन्।