1 John 2:12
प्रिय बालकहरु, म तिमीहरुलाई लेख्छु, किनभने तिमीहरुका पापहरु ख्रीष्टद्वारा क्षमा गरिएका छन्।
1 John 2:12 in Other Translations
King James Version (KJV)
I write unto you, little children, because your sins are forgiven you for his name's sake.
American Standard Version (ASV)
I write unto you, `my' little children, because your sins are forgiven you for his name's sake.
Bible in Basic English (BBE)
I am writing to you, my children, because you have forgiveness of sins through his name.
Darby English Bible (DBY)
I write to you, children, because [your] sins are forgiven you for his name's sake.
World English Bible (WEB)
I write to you, little children, because your sins are forgiven you for his name's sake.
Young's Literal Translation (YLT)
I write to you, little children, because the sins have been forgiven you through his name;
| I write | Γράφω | graphō | GRA-foh |
| unto you, | ὑμῖν | hymin | yoo-MEEN |
| little children, | τεκνία | teknia | tay-KNEE-ah |
| because | ὅτι | hoti | OH-tee |
| your | ἀφέωνται | apheōntai | ah-FAY-one-tay |
| ὑμῖν | hymin | yoo-MEEN | |
| sins | αἱ | hai | ay |
| are forgiven you | ἁμαρτίαι | hamartiai | a-mahr-TEE-ay |
| for | διὰ | dia | thee-AH |
| his | τὸ | to | toh |
| ὄνομα | onoma | OH-noh-ma | |
| name's sake. | αὐτοῦ | autou | af-TOO |
Cross Reference
प्रेरित 10:43
प्रत्येक मानिस जसले येशूमाथि विश्वास गर्दछ येशूको नाउँमा उसले पापहरू माफ पाउनेछ। सम्पूर्ण अगमवक्ताहरूले उनको सत्यता सावित गरे।”
प्रेरित 13:38
दाज्यू-भाइहरू तिमीहरूले यो बुझ्नु पर्छः उहाँको मार्फत तिमीहरूको पापहरूका निम्ति क्षमा प्रदान गरिएको छ।
लूका 24:47
तिमीहरूले यी सबै घटना देख्यौ, तिमीहरू नै साक्षी छौं। तिमीहरू जानु पर्छ अनि सबै मानिसहरूमा प्रचार गर कि तिनीहरूको पापहरू क्षमा गर्न सकिन्छ। तिनीहरूलाई भनिदेऊ कि तिनीहरूले आफ्नो हृदय परिवर्तन गर्नै पर्छ अनि आफ्ना पापहरूको दुःख प्रकट गरून्।
भजनसंग्रह 106:8
तर परमेश्वरले आफ्नो नाउँको खातिर हाम्रा पिता-पुर्खाहरूलाई बचाउनु भयो। परमेश्वरले तिनीहरूलाई बचाएर आफ्नो महान् शक्ति देखाउनु भयो।
1 यूहन्ना 1:9
तर यदि हामी हाम्रा पापहरु स्वीकार गर्छौ तब परमेश्वर जो विश्वासयोग्य अनि धर्मी हुनुहुन्छ हाम्रा पापहरु अनि हामीले गरेको जम्मै गल्तीहरु क्षमा गर्नुहुनेछ। परमेश्वरमा जे उचित छ त्यही गर्नुहुन्छ।
1 यूहन्ना 2:1
मेरा प्रिय नानीहरु, म तिमीहरुलाई यो पत्र लेखिरहेकोछु, जसमा कि तिमीहरुले पाप गर्ने छैनौ। तर यदि कुनै व्यक्तिले पाप गर्छ भने, येशू ख्रीष्टले पिताको अघि हामीलाई बचाउनु हुनेछ। येशू धर्मी हुनुहुन्छ।
1 यूहन्ना 2:7
मेरा प्रिय मित्रहरु, म तिमीहरुको तिम्ति नयाँ आदेश लेखिरहेको छैन। यो त्यही आदेश हो जो तिमीहरुले शुरुदेखि पाएका थियौ। यो आदेश तिमीहरुले अघि नै सुनिसकेको शिक्षा हो।
1 यूहन्ना 2:13
पिताहरु, म तिमीहरुलाई लेखिरहेछु, किनभने तिमीहरु उहाँलाई चिन्दछौ, जो शुरुदेखि असित्वमा हुनुहुन्छ। युवा मानिसहरु, म तिमीहरुलाई लेख्दैछु किनभने तिमीहरुले दुष्टलाई परास्त गरेका छौ।
1 यूहन्ना 2:21
मैले तिमीहरुलाई किन लेख्नु? के, मैले तिमीहरुलाई सत्य जान्दैनौं भनेर लेख्नु? अहँ! म यो पत्र तिमीहरुले सत्य जान्दछौ भनेर लेख्छु। अनि तिमीहरु जान्दछौ कि कुनै पनि असत्य सत्यबाट आउँदैन।
1 यूहन्ना 1:7
परमेश्वर ज्योतिमा रहनु हुन्छ। हामी पनि ज्योतिमा बस्नुपर्छ। यदि हामी ज्योतिमा बस्यौं भने हामी एक अर्कोमा सङ्गतिको सहभागी हुन्छौ। अनि जब हामी ज्योतिमा बस्छौं, येशूको रगतले हामीलाई सम्पूर्ण पापबाट धुन्छ।
1 यूहन्ना 1:4
हामी तिमीहरुलाई यी कुराहरु लेखिरहेकाछौं जसद्वारा तिमीहरु आनन्दले परिपूर्ण हुन सक्नेछौ।
कलस्सी 1:14
हामीलाई उहाँले मुक्त पार्नु भयो अनि उहाँमा हाम्रो पापहरु क्षमा गरिएकोछ।
भजनसंग्रह 32:1
त्यो मानिस खुशी हुन्छ जसका पापहरू क्षमा गरिएका छन्। त्यो मानिस एकदमै भाग्यमानी हो जसका पापहरू मेटिएका छन्।
यर्मिया 14:7
“हे परमप्रभु! हाम्रो अर्ध मेले हामीलाई देखे तापनि आफ्नो नाउँको गौरवका निम्ति केही गर्नु होस्। हामी भन्छौ कि हामीले धेरै पल्ट तपाईंलाई त्यागेका हौं अनि तपाईंको विरूद्ध पापहरू गरेका छौं।
लूका 5:20
तिनीहरूको अटल विश्वास देखेर उहाँले भन्नु भयो, “मित्र, तिम्रो पापहरू क्षमा भयो।”
लूका 7:47
यसकारण म तिमीलाई भन्दछु कि उसको धेरै पापाहरू क्षमा भयो। यति स्पष्ट छ कि उसले धेरै माया देखाई। जसलाई कम्ति पाप क्षमा गरिन्छ उसले कम्ती माया पोखाँउछ।”
प्रेरित 4:12
येशू मात्र एक त्यस्तो हुनुहुन्छ जो मानिसहरूलाई बचाउन योग्य हुनु हुन्छ। उहाँको नाँउ मात्र यो संसारका मानिसहरूलाई दिइएको एक शक्ति हो, जसद्वारा हामी बचाइन सक्छौ।”
रोमी 4:6
त्यस्तै प्रकारले, दाऊदले त्यस मानिसको प्रसन्नता व्यक्त गरे जसलाई परमेश्वरले उसको कर्महरू नविचारी धर्मी ठहराउनु हुन्छ। दाऊदले भनेः
एफिसी 1:7
हामी जो ख्रीष्टमा छौं उहाँका रगतबाट मुक्त गराइएका छौं। परमेश्वरकै असीम अनुग्रहले आफ्ना पापहरूबाट हामीले क्षमा पाएकाछौं।
एफिसी 4:32
आपसमा दयालू र कृपालु बन। परमेश्वरले ख्रीष्टमा तिमीहरूलाई क्षमा दिए जस्तै तिमीहरूले पनि एक-अर्कालाई क्षमा देऊ।
भजनसंग्रह 25:11
हे परमप्रभु, मैले धेरै गल्तीहरू गरेको छु। तर, तपाईंको अनुग्रह देखाउनु होस्, मैले जे जति अधर्म कामहरू गरें त्यासलाई क्षमा गरिदिनु होस्।