1 Corinthians 14:2
किनभने जो विभिन्न भाषाहरूमा बोल्छ मानिससँग बोल्दैन, तर उ परमेश्वरसित बोल्छ। कसैले उसलाई बुझ्दैन। उ आत्माद्वारा गुप्ती सत्य बोल्छ।
1 Corinthians 14:2 in Other Translations
King James Version (KJV)
For he that speaketh in an unknown tongue speaketh not unto men, but unto God: for no man understandeth him; howbeit in the spirit he speaketh mysteries.
American Standard Version (ASV)
For he that speaketh in a tongue speaketh not unto men, but unto God; for no man understandeth; but in the spirit he speaketh mysteries.
Bible in Basic English (BBE)
For he who makes use of tongues is not talking to men but to God; because no one has the sense of what he is saying; but in the Spirit he is talking of secret things.
Darby English Bible (DBY)
For he that speaks with a tongue does not speak to men but to God: for no one hears; but in spirit he speaks mysteries.
World English Bible (WEB)
For he who speaks in another language speaks not to men, but to God; for no one understands; but in the Spirit he speaks mysteries.
Young's Literal Translation (YLT)
for he who is speaking in an `unknown' tongue -- to men he doth not speak, but to God, for no one doth hearken, and in spirit he doth speak secrets;
| For | ὁ | ho | oh |
| he that | γὰρ | gar | gahr |
| speaketh | λαλῶν | lalōn | la-LONE |
| tongue unknown an in | γλώσσῃ | glōssē | GLOSE-say |
| speaketh | οὐκ | ouk | ook |
| not | ἀνθρώποις | anthrōpois | an-THROH-poos |
| unto men, | λαλεῖ | lalei | la-LEE |
| but | ἀλλὰ | alla | al-LA |
unto | τῶ | tō | toh |
| God: | θεῷ· | theō | thay-OH |
| for | οὐδεὶς | oudeis | oo-THEES |
| no | γὰρ | gar | gahr |
| man understandeth | ἀκούει | akouei | ah-KOO-ee |
| howbeit him; | πνεύματι | pneumati | PNAVE-ma-tee |
| in the spirit | δὲ | de | thay |
| he speaketh | λαλεῖ | lalei | la-LEE |
| mysteries. | μυστήρια· | mystēria | myoo-STAY-ree-ah |
Cross Reference
1 कोरिन्थी 13:2
मसित अगमवाणी गर्न सक्ने वरदान होला। म परमेश्वरको जम्मै रहस्य बुझूँला र हरेक कुरो जानुँला, अनि मसित यति ठूलो विश्वास होला कि म पहाडहरू पनि हल्लाउन सकुँला। तर यतिको शक्ति ममा आर्जित हुँदा पनि यदि ममा प्रेम नभए म केही होइन।
प्रेरित 19:6
त्यसपछि पावलले तिनीहरूमाथि हातहरू राखिदिए अनि पवित्र आत्मा तिनीहरूमा आउनुभयो। तब तिनीहरूले विभिन्न भाषाहरू बोल्न थाले र अगमवाणीहरू गर्न थाले।
प्रेरित 10:46
यहूदीहरूले ती गैर-यहूदीहरूले विभिन्न भाषाहरू बोलेका र परमेश्वरको स्तुति गरेको सुने। त्यसपछि पत्रुसले भने,
मर्कूस 16:17
अनि विश्वास गर्ने मानिसहरूले प्रमाणका निम्ति यी कुराहरू गर्नेछन्। तिनीहरूले भूताहरू मेरो नाउँमा भगाउने छन्। तिनीहरूले कहिल्यै नसिकेका भाषाहरू बोल्नेछन्।
1 कोरिन्थी 14:18
म परमेश्वरलाई धन्यवाद दिँदछु कारण तिमीहरू सबैको भन्दा म विभिन्न भाषाहरू बोल्न सक्षम छु।
1 कोरिन्थी 15:51
तर सुन, म यो रहस्य तिमीहरूलाई भन्छुः हामीहरू सबै मर्ने छैनौ, तर हामी सबैको परिवर्तन हुनेछ।
एफिसी 3:3
परमेश्वरले मलाई आफ्नो गुप्त योजना दर्शाउनु भयो। यसबारे मैले केही लेखिसकेकैछु।
एफिसी 6:19
मेरो लागि पनि प्रार्थना गर कि जब म बोल्छु परमेश्वरले मलाई शब्दहरू दिऊन् र सुसमाचारको गुप्त सत्यतालाई म निर्भयसंग भन्नु सकुँ।
कलस्सी 1:26
यो गोप्य सत्य शुरूदेखि नै सबै मानिसहरूबाट लुकाएको थियो। तर अब परमेश्वरको पवित्र जनलाई यो गोप्य सत्य प्रकट गराइएको छ।
कलस्सी 2:2
म तिमीहरूलाई दृढ र प्रेमले संगठित बनाउन चाहन्छु म तिमीहरुलाई दरिलो विस्वास मा धनिबनाउन चाहनुहुन्छ। जुन समझदारीबाट आउँदछ। मेरो भन्नुको तात्पर्य हो परमेश्वरले प्रकट गरेको गोप्य सत्य तिनीहरूले पूर्णरूपले जान्नु पर्छ। त्यो सत्य ख्रीष्ट संयम हुनुहुन्छ।
1 तिमोथी 3:9
तिनीहरू परमेश्वरले हामीलाई बताएको सत्यमा दृढ रहनु पर्छ अनि तिनीहरूले जे ठीक छ भनी विश्वास गर्छन् सधैं त्यही गर्नु पर्छ।
1 तिमोथी 3:16
निःसन्देह हाम्रो आराधनाको जीवनको रहस्य महान छःउहाँ हाम्रो निम्ति मानिसको रूपमा प्रकट हुनुभयो, आत्माद्वारा उहाँ सत्य सावित हुनुहुन्छ। उहाँ स्वर्गदूत अघि देखा पर्नुभयो, सुसमाचार अन्य जातिहरूमा प्रचारित गरियो, विश्वका मानिसहरूले उहाँलाई विश्वास गरे। अनि महिमामा उहाँ स्वर्ग सम्म उचालिनु भएकोछ।
प्रकाश 10:7
ती दिनहरुमा जब सातौ स्वर्गदूत आफ्नो तुरही फुक्न तयार हुन्छ, परमेश्वरका गुप्त योजना पूर्ण हुनेछन। यो योजना, परमेश्वरले आफ्ना सेवकहरुलाई भनेको सुसमाचार हो, जो अगमवक्ताहरु हुन्।”
1 कोरिन्थी 14:16
तिमी तिम्रो आत्माले परमेश्वरको प्रशंसा गरौला तर साधारण मानिसले तिम्रो धन्यवादमा “आमिन” भन्न सक्दैन। किनभने तिमीले के भन्दैछौ उसले बुझ्न सक्तैन।
1 कोरिन्थी 14:9
तिमीहरूलाई पनि त्यस्तै हो। तिमीहरूको जिब्रोबाट शब्द प्रष्ट हुनुपर्छ। यदि तिमीले प्रष्टसित बोल्न सकेनौ भने तिमीले के भन्दैछौ कसैले बुझ्न सक्दैन। त्यो खाली तिमी हावासित बोलेको जस्तो मात्र हुनेछ।
1 कोरिन्थी 2:10
परमेश्वरले यी कुराहरू हामीलाई आत्माद्वारा देखाउनु भएकोछ।आत्माले प्रत्येक कुरो बुझ्छ। परमेश्वरको गंभीर रहस्य समेत आत्माले बुझ्छ।
उत्पत्ति 11:7
यसर्थ हामी तिनीहरूको माझमा जाऔं र तिनीहरूको भाषामा खलबल पारिदिऔं जसले गर्दा तिनीहरू एक-अर्काले बोलेको भाषा बुझ्न नसकून्।”
उत्पत्ति 42:23
आफ्ना दाज्यू-भाइहरूसित कुरा गर्नको निम्ति यूसुफले एकजना अनुवादक राखेका थिए। यसर्थ उनका भाइहरूले तिनीहरूको भाषा बुझे भनी जान्न सकेनन्। तर तिनीहरूले के के कुरा गरे तिनले सुने र बुझे।
व्यवस्था 28:49
“परमप्रभुले तिमीहरूसित लडाँई गर्न टाढाबाट एउटा जातिका मानिसहरू ल्याउनुहुनेछ तिनीहरू आकाशबाट गरूडले झम्टे जस्तै आउने छन्। तिमीहरूले तिनीहरूको भाषा बुझ्ने छैनौ।
भजनसंग्रह 49:3
म तिमीहरूलाई ज्ञान र बुद्धिका कुराहरू भन्ने छु। मेरो विचारले तिमीहरुलाई बुझ्न सहायता गर्नेछ।
भजनसंग्रह 78:2
म तिमीहरूलाई यो कथा भन्ने छु। म तिमीहरूलाई यो पुरानो कथा भन्ने छु।
मत्ती 13:11
येशूले जवाफ दिनुभयो, ‘स्वर्गको राज्यको सत्यरहस्यहरूको बारेमा तिमीहरूले मात्र बुझ्नसक्छौ। तर अरूहरूले ती जान्नसक्दैनन्।
मर्कूस 4:11
येशूले भन्नुभयो, “खाली तिमीहरूले मात्र परमेश्वरको राज्यको रहस्य बारे जान्नसकछौ। तर अरू मानिसहरूलाई म दृष्टान्तहरू भनेरै सबै कुरा सिकाउँछु।
प्रेरित 2:4
तिनीहरू सबै पवित्र आत्माले परिपूर्ण भए र तिनीहरूले विभिन्न भाषाहरूमा बोल्न थाले। पवित्र आत्माले तिनीहरूलाई त्यसो गर्न शक्ति प्रदान गर्नुभयो।
प्रेरित 22:9
मानिसहरू जो मसंग थिए तिनीहरूले ज्योति देखे, तर ती एक मसंग जो बात गर्दै हुनुहुन्थ्यो, त्यो आवाज तिनीहरूले सुनेनन्।
रोमी 16:25
परमेश्वरको महिमा होस्। परमेश्वरले मात्र तिमीहरूका विश्वासलाई बलियो पार्न सक्नु हुन्छ। उहाँले सुसमाचारको प्रयोग गर्नुसक्नु हुन्छ जुन म तिमीहरूको विश्वास दरिलो बनाउन प्रचार गर्दछु। त्यो सुसमाचार जुन म प्रचार गर्छु त्यो येशू ख्रीष्टको बारेमा छ।
1 कोरिन्थी 2:7
तर हामी परमेश्वरका गुप्त ज्ञान बताउँदछौ जुन ज्ञान लुकाइको छ। परमेश्वरले यस ज्ञान हाम्रो भलाईकोलागि तयार गर्नु भएको हो। संसार सृष्टि हुनु भन्दा अधि नै उहाँले यो योजना बनाइसक्नु भएको थियो।
1 कोरिन्थी 14:27
जब तिमीहरू भेला हुँदछौ, यदि कुनै मानिसले खाली दुइजना होऊन् अथवा तीनजना भन्दा वेशीले नबोलुन। तिनीहरू एक पछि अर्को पालैसित बोलुन्। अनि अर्को मानिसले तिमीहरूले बोलेको भाषा अनुवाद गरिदिनु पर्छ।
2 राजा 18:26
तब हिल्कियाहका छोरा एल्याकीम, शेब्ना र योआले सेनापतिलाई भने, “कृपया हामीसँग अरामी भाषामा कुरा गर। हामी त्यो भाषा बुझ्छौं। यहूदाको भाषामा हामीसँग कुरा नगर किनभने पर्खालमाथि उभिएका मानिसहरूले सुन्ने छन्।”