Matthew 25 - BBE (Nepali)
1 Then the kingdom of heaven will be like ten virgins, the friends of the bride, who took their lights, and went out with the purpose of meeting the husband.“त्यसबेला स्वर्गको राज्य दशजना कन्याहरू जस्तै हुनेछ, जो आ-आफ्ना दियो लिएर दुलहा पर्खन गए।
2 And five of them were foolish, and five were wise.पाँचवटी कन्याहरू मूर्ख थिए। अनि पाँचवटी कन्याहरू बुद्धिमती थिए।
3 For the foolish, when they took their lights, took no oil with them.ती पाँचवटी मूर्ख कन्याहरूले आफ्ना दीयो लिए तर आफूसित जोगेडा तेल लगेनन्।
4 But the wise took oil in their vessels with their lights.तर पाँचवटी बुद्धिमती कन्याहरूले आफ्ना-आफ्ना दीयोहरू लिए अनि तिनीहरूले जगमा जगेडा तेल पनि बोकेका थिए।
5 Now the husband was a long time in coming, and they all went to sleep.तर दुलहा आउन एकदमै ढीलो भयो। सबै कन्याहरू थकित भए र निदाउन थाले।
6 But in the middle of the night there is a cry, The husband comes! Go out to him.मध्यरातमा कोही करायो, ‘दुलहा आउँदैछन्। उनलाई भेटन बाहिर आऊ।’
7 Then all those virgins got up, and made ready their lights.“तब सबै कन्याहरू ब्युँझिए। तिनीहरूले आ-आफ्ना दीयोहरू तयार पारे।
8 And the foolish said to the wise, Give us of your oil; for our lights are going out.तब बुद्धिहीन कन्याहरूले बुद्धिमती कन्याहरूलाई भने, ‘हामीलाई तिमीहरूको केही तेल देऊ किनभने हाम्रोमा भएको तेल सकियो अनि हाम्रा दीयोहरू निभ्दैछन्।’
9 But the wise made answer, saying, There may not be enough for us and you; it would be better for you to go to the traders and get oil for yourselves.“बुद्धिमती कन्याहरूले जवाफ दिए, ‘होइन! किनभने हाम्रोमा भएको तेल तिमीहरू सबैका लागी पर्याप्त हुँदैन। बरू, तिमीहरू आफै पसलमा गएर आफ्नो लागि तेल किन, त्यो असल हुन्छ।
10 And while they went to get oil, the master came; and those who were ready went in with him to the feast: and the door was shut.“त्यसपछि ती पाँचजना बुद्धिहीन कन्याहरू तेल किन्न गए। जब तिनीहरू जाँदै थिए, त्यसैबेला दुलहा आइपुगे अनि तयार रहेका सबै कन्याहरू दुलहासंग विवाहको भोजमा सामेल भए। त्यसपछि ढोका थुनियो अनि ताला लगाइयो।
11 After that the other virgins came, saying, Lord, Lord, let us in.“केही समयपछि अरू कन्याहरू आए। तिनीहरूले भने, ‘स्वामी, हामीलाई ढोका खोलिदिनु होस् हामीलाई पनि भित्र पस्न दिनहोस्।’
12 But he made answer and said, Truly I say to you, I have no knowledge of you.“दुलहाले जवाफ दिए, ‘तिमीहरूलाई साँचो भन्दछु। म तिमीहरूलाई चिन्दिनँ।’
13 Keep watch, then, because you are not certain of the day or of the hour.“यसकारँ सँधै सर्तक बस। तिमीहरू जान्दैनौ कि मानिसको पुत्र कुन दिन वा कुन समयमा आउने हुन्।”
14 For it is as when a man, about to take a journey, got his servants together, and gave them his property.“स्वर्गको राज्य त्यो मानिस जस्तै हुन्छ जो आफ्नो घर देखि अर्को स्थान तर्फ यात्रा गर्छ। घरबाट निस्कनु भन्दाअघि उसले आफ्नो नोकरहरू बोेलाउँछन् र आफ्ना चीजहरूको जिम्मा तिनीहरूलाई दिन्छन्।
15 And to one he gave five talents, to another two, to another one; to everyone as he was able; and he went on his journey.कुन चाहिं नोकरलेे के कति गर्न सक्छ भनी उसले विचार गरयो। उसले एकजना नोकरलाई पाँच तोडा दियो। अर्कोलाई दुइ तोडा दियो। अनि तेस्रोलाई एक तोडा दियो। त्यसपछि उसले आफ्नो यात्रा शुरू गर्यो।
16 Straight away he who had been given the five talents went and did trade with them, and made five more.नोकर जसलाई पाँच तोडा दिइएको थियो त्यो तुरन्त व्यापार गर्न त्यो स्थान छोडेर हिंडयो। उसले अरू पाँच तोडा बढाउने काम गर्यो।
17 In the same way he who had been given the two got two more.दुइ तोडा पाउनेले पनि त्यसै गर्यो। उसले पनि आफ्नो सबै रूपियाँ व्यापारमा लगायो अनि दुइ तोडा कमायो।
18 But he who was given the one went away and put it in a hole in the earth, and kept his lord's money in a secret place.तर एक तोडा मात्र पैसा पाउने नोकर गयो र भूईमा खाल्डो खन्यो। त्यसले त्यो पैसा खाल्डामा पुर्यो।’
19 Now after a long time the lord of those servants comes, and makes up his account with them.“धेरै समयपछि मालिक घर फकर्यो। उसले नोकरहरूलाई ती रूपियाँहरू तिमीहरूले के के गर्यौ भनेर सोध्यो।
20 And he who had the five talents came with his other five talents, saying, Lord, you gave into my care five talents: see, I have got five more.पाँच तोडा पाउने नोकर पैसा लिएर मालिककहाँ आयो। त्यसले भन्यो, ‘महाशय, तपाईंले मलाई पाँच तोडा विश्वास गरेर जिम्म दिनुभएको थियो। यसकारण अरू पाँच तोडा कमाउनलाई मैले ती रूपियाँ काममा लगाएँ।’
21 His lord said to him, Well done, good and true servant: you have been true in a small thing, I will give you control over great things: take your part in the joy of your lord.“मालिकले जवाफ दिए, ‘तिमीले राम्रो गर्यौ। तिमी असल नोकर हौ जसलाई विश्वास गर्न सकिन्छ। त्यत्ति धेरै पैसा लिएर तिमीले धेरै उन्नति गर्यौ। यसकारण म तिमीलाई अरू धेरै जिम्मावारी दिन सक्छु। आऊ र मसित खुशी मनाऊ’
22 And he who had the two talents came and said, Lord, you gave into my care two talents: see, I have got two more.“त्यसपछि दुइ तोडा पाउने नोकर मालिक कहाँ गयो। त्यसले भन्यो, ‘महाशय तपाईंले मलाई दुइ तोडा जिम्मा दिनुभएको थियो। यसकारण मैले त्यो पैसा उपयाग गरें र अरू दुइ तोडा कमाएँ।’
23 His lord said to him, Well done, good and true servant: you have been true in a small thing, I will give you control over great things: take your part in the joy of your lord.“मालिकले जवाफ दिए, ‘तिमीले राम्रो गर्यौ। तिमी असल नोकर हौ जसलाई विश्वास गर्न सकिन्छ। त्यत्ति थोरै पैसा लिएर तिमीले धेरै उन्नति गर्यौ। यसकारण म तिमीलाई अरू धेरै जिम्मावारी दिनेछु। आऊ र म सित खुशी भनाऊ।’
24 And he who had had the one talent came and said, Lord, I had knowledge that you are a hard man, getting in grain where you have not put seed, and making profits for which you have done no work:“त्यसपछि एक तोडा पाउने नोकर मालिककहाँ आयो। त्यसले भन्यो, महाशय ‘मैले तपाईंलाई धेरै कठोर मानिसको रूपमा जान्न पाएँ। बिऊ नै नरोपी तपाईंले अन्न बटुल्न चाहनु भयो।
25 And I was in fear, and went away, and put your talent in the earth: here is what is yours.यसकारण म धेरै भयभित भएँ। मैले तपाईंको पैसा जमीनमा लुकाएँ तपाईंले दिनुभएको त्यो थौलो यही हो।’
26 But his lord in answer said to him, You are a bad and unready servant; if you had knowledge that I get in grain where I did not put seed, and make profits for which I have done no work,“मालिकले जवाफ दिए, ‘तँ दुष्ट र अल्छे नोकर होस्। बिरूवा नरोपेको ठाउँमा बाली उठाउन आउने र बीरूवा नछरेको ठाउँमा अन्न बटुल्ने भनेर तैंले मलाई भनिस्। त्यसो भए।
27 Why, then, did you not put my money in the bank, and at my coming I would have got back what is mine with interest?तैले मेरो पैसा बैंकमा जम्मा गर्नु पर्दथ्यो। म जब फर्केर आएको हुन्थें त्यसबेला ती सबै पैसा पाउन सक्थें। साथै त्यो पैसा माथि ब्याज पाउँन सक्थें।’
28 Take away, then, his talent and give it to him who has the ten talents.“यसकारण मालिकले अरू नोकरहरूलाई भन्यो, ‘त्यो नोकरबाट पैसाको थैला खोस र जोसित दश तोडा छ उसैलाई देऊ।
29 For to everyone who has will be given, and he will have more: but from him who has not, even what he has will be taken away.जो सित जति धेरैछ उसले अरू धेरै पाउनेछ। तर जोसित केही छैन, उसित भएको पनि उबाट खोसिनेछ।’
30 And put out the servant who is of no profit into the outer dark: there will be weeping and cries of sorrow.त्यसपछि मालिकले भन्यो, ‘यो बेकामे नोकरलाई बाहिर अँध्यारोमा निकलि देऊ। जहाँ मानिसहरू दुख र कष्टमा दाह्रा किट्दै रूवाबासी गरिरहेका छन्।’
31 But when the Son of man comes in his glory, and all the angels with him, then will he be seated in his glory:“मानिसको पुत्र फेरि आउनु हुनेछ। उहाँ अत्यन्त गौरवसँग आउनु हुनेछ। सबै स्वर्गदूतहरू पनि उहाँसंगै आउने छन्। उहाँ राजाको रूपमा सिंहासनमा विराजमान हुनुहुनेछ।
32 And before him all the nations will come together; and they will be parted one from another, as the sheep are parted from the goats by the keeper.उहाँको अधि संसारभरका सबै मानिसहरू भेला हुनेछ्। अनि मानिसको पुत्रले ती मानिसहरूलाई दुइ अलग अलग दलमा बाँडनु हुनेछ। यो भेडा र बाख्राहरूलाई अलग दलमा पारे जस्तै हुनेछ।
33 And he will put the sheep on his right, but the goats on the left.उहाँले भेडाहरूलाई आफ्नो दाहिनेपट्टि राख्नुहुनेछ र बाख्राहरूलाई आफ्नो देब्रेपट्टि राख्नु हुनेछ।
34 Then will the King say to those on his right, Come, you who have the blessing of my Father, into the kingdom made ready for you before the world was:“राजाले आफ्नो दाहीने पट्टि बसेकाहरूलाई भन्नु हुनेछ, ‘आऊ, मेरो पिताले तिमीहरूलाई धेरै आर्शिवाद दिनुभएको छ। आऊ र परमेश्वरले तिमीहरूको लागि प्रतिज्ञा गर्नु भएको राज्य ग्रहन गर। सृष्टिको शुरूदेखि नै यो तिमीहरूको निम्ति तयार गरिएको थियो।
35 For I was in need of food, and you gave it to me: I was in need of drink, and you gave it to me: I was wandering, and you took me in;यो तिमीहरूको राज्य हो, किनभने म भोकाएको बेला तिमीहरूले मलाई खाना दिएका थियौ। म तिर्खाएको बेला तिमीहरूले मलाई पानी पिउन दिएका थियौ। म एक्लै र घरबाट टाडिएको थिएँ, अनि तिमीहरूले मलाई आफ्नो घरमा स्वागत गरेका थियौ।
36 I had no clothing, and you gave it to me: when I was ill, or in prison, you came to me.नाङ्गो थिएँ, अनि तिमीहरूले मलाई लुगाफाटा लगाउन दिएका थियौ। म रोगी थिएँ, अनि तिमीहरूले मलाई स्याहार गरेका थियौ। म कैदी थिएँ, तिमीहरूले मलाई हेर्न आएका थियौ।’
37 Then will the upright make answer to him, saying, Lord, when did we see you in need of food, and give it to you? or in need of drink, and give it to you?“तब धार्मिक मानिसहरूले जवाफ दिनेछन्, ‘परमप्रभु, हामीले तपाईंलाई कहिले, भोकाउनु भएको देख्यौ अनि हामीले भोजन दियौं? हामीले तपाईं तिर्खाउनु भएको कहिले देख्यौ अनि हामीले पानी पिउँन दियौ?
38 And when did we see you wandering, and take you in? or without clothing, and give it to you?हामीले तपाईंलाई कहिले एक्लो घरदेखि टाढिएको देख्यौं र हामीले तपाईंलाई कहिल्यौ आफ्ना घरमा ल्यायौ?
39 And when did we see you ill, or in prison, and come to you?तपाईं कहिले नाङ्गो हुनुहुन्थ्यो र हामीले तपाईंलाई लुगाफाटा लगाउन दियौं। हामीले कहिले तपाईंलाई रोगी देख्यौं वा कैदमा देख्यौं र हामी तपाईंलाई सहयोग गर्न आयौं?’
40 And the King will make answer and say to them, Truly I say to you, Because you did it to the least of these my brothers, you did it to me.“तब राजाले तिनीहरूलाई जवाफ दिने छन्, ‘म तिमीहरूलाई साँचो भन्दछु। यहाँ तिमीहरूले मेरा यी मानिसहरूका निम्ति जे जति गर्यौ, ती जतिनै नगण्य भएता पनि तिमीहरूले मेरा निम्ति गरेका हो।’
41 Then will he say to those on the left, Go from me, you cursed ones, into the eternal fire which is ready for the Evil One and his angels:“त्यसपछि आफ्नो देब्रेपट्टि बसेका मानिसहरूलाई राजाले भन्नेछन्, ‘मदेखि दूर भई जाओ। परमेश्वरले अधिनै तिमीहरूलाई दण्ड दिने निश्चय गर्नु भएको छ। जाऊ सँधै जलिरहने आगोमा पस। त्यो आगो दुष्टहरू र तिनीका दूतहरूकालागि बालिएको हो।
42 For I was in need of food, and you gave it not to me; I was in need of drink, and you gave it not to me:तिमीहरू गइहाल, किनभने म भोकाएको थिएँ, तिमीहरूले केही खान दिएनौ। म तिर्खाएका थिएँ, तिमीहरूले केही पिउन दिएनौ।
43 I was wandering, and you took me not in; without clothing, and you gave me no clothing; ill, and in prison, and you came not to me.म घरदेखि एक्लै र टाढोमा थिएँ, अनि तिमीहरूले मलाई आफ्नो घरमा बोलाएनौ। म नाङ्गो थिएँ, अनि तिमीहरूले मलाई पहिरिनलाई वस्त्रहरू दिएनौ। म रोगी थिएँ, अनि कैदमा थिएँ, तिमीहरूले मेरो परवाह नै गरेनौं।’
44 Then will they make answer, saying, Lord, when did we see you in need of food or drink, or wandering, or without clothing, or ill, or in prison, and did not take care of you?“त्यसपछि तिनीहरूले पनि जवाफ दिए, ‘परमप्रभु, हामीले तपाईंलाई कहिले भोकाएको र तिर्खाएको देख्यौं? हामीले कहिले तपाईंलाई एक्लो घरदेखि टाढो भएको देख्यौं? अनि हामीले तपाईंलाई कहिले नाङ्गो वा विरामी वा कैदमा परेको देख्यौ? अनि यी सब देखेर हामीले मद्दत गरेनौं?।
45 Then will he make answer to them, saying, Truly I say to you, Because you did it not to the least of these, you did it not to me.“त्यसपछि राजाले तिनीहरूलाई जवाफ दिए, ‘म तिमीहरूलाई साँचो भन्दछु, ‘यी मेरा मानिसहरू निम्ति जे पनि तिमीहरूले गरेनौ, यी सबै तिमीहरूले मेरो निम्ति गरेनौ।’
46 And these will go away into eternal punishment; but the upright into eternal life.त्यसपछि ती दुष्ट मानिसहरू सदा-सर्वदा दण्डित हुनको निम्ति जाने छन्। तर असल मानिसहरू चाँहिअनन्त जीवन 2प्राप्त गर्न जानेछन्।”
Nepali Bible