Isaiah 29:9 आश्चर्यचकित र छक्क पर। तर दाखरस पिएर होइन तिमी घरमरिदै लड्नेछौ।
Isaiah 29:9 in Other Translations
King James Version (KJV) Stay yourselves, and wonder; cry ye out, and cry: they are drunken, but not with wine; they stagger, but not with strong drink.
American Standard Version (ASV) Tarry ye and wonder; take your pleasure and be blind: they are drunken, but not with wine; they stagger, but not with strong drink.
Bible in Basic English (BBE) Be surprised and full of wonder; let your eyes be covered and be blind: be overcome, but not with wine; go with uncertain steps, but not because of strong drink.
Darby English Bible (DBY) Be astounded and astonished, blind yourselves and be blind! They are drunken, but not with wine; they stagger, but not with strong drink.
World English Bible (WEB) Stay you and wonder; take your pleasure and be blind: they are drunken, but not with wine; they stagger, but not with strong drink.
Young's Literal Translation (YLT) Tarry and wonder, look ye, yea, look, Be drunk, and not with wine, Stagger, and not with strong drink.
Read Full Chapter :
Isaiah 29
Cross Reference
यशैया 51:21
मलाई ध्यान देऊ, दुखी यरूशलेम। तिमीहरू दाखरस नपिएता पनि एउटा मद पिउने मानिस जस्तै कमजोर छौ। तिमीहरू त्यस, “विषको कचौराबाट” कमजोर छौ।
यशैया 19:14
परमप्रभुले अगुवाहरूलाई दोधार बनाई दिनुभयो। तिनीहरू भडके र मिश्रलाई गल्ती मार्गमा डोर्याए। जे पनि अगुवाहरूले गरे सबै गल्तीहरू नै गरे। तिनीहरू मतवाला मानिसहरू सरह धर्मराउँदै भूईंमा शिथिल भएर लडिरहेका छन्।
यशैया 33:13
“टाढा देशहरूमा हुने मानिसहरू, मैले गरेका ती कुराहरू सुन्। मानिसहरू जो मेरा नजिकमा छौ मेरो शक्तिको बारेमा बुझ।”
यशैया 29:10
परमप्रभुले तिमीहरूमा गहीरो निद्रा ल्याइदिनु भएको छ। परमप्रभुले तिमीहरूका आँखाहरू बन्द गरिदिनु हुनेछ। (अगमवक्ताहरू नै तिमीहरूको आँखाहरू बन्नेछ।) परमप्रभुले तिमीहरूका टाउकाहरू छोपि दिनुहुनेछ (अगमवक्ताहरू तिमीहरूका शिर हुनेछन्।
यशैया 49:26
“ती मानिसहरूले तिमीहरूलाई चोट पुर्याउछन् तर म तिनीहरूलाई आफ्नै शरीरको मासु खान वाध्य गराउनेछु। तिनीहरूका आफ्नै रगत दाखरस जस्तो हुन्छ जो उनीहरूले पिउने छन्। तब प्रत्येक मानिसले जान्नेछन्। कि म परमप्रभुले तिमीहरूलाई बचाउनुभयो। सारा मानिसहरूले जान्नेछन् कि याकूबको शक्तिशाली परमप्रभुले तिमीहरूलाई बचाउनु भयो।”
यशैया 51:17
जाग जाग! यरूशलेम, उठ! परमप्रभु तिमीहरूमाथि अति क्रोधीत हुनु हुन्थ्यो। यसैकारण तिमीहरू दण्डित भयौ। यो दण्ड एक कचौरा विष जस्तो थियो, तिमीहरूले पीउनु नै पर्थ्यो अनि तिमीहरूले यसलाई पियौ।
यर्मिया 2:12
“यस्ता कुराहरू घट्ता आकाशहरूलाई आघात होस्। भीषण भयले थर्थरियोस्।” यो सन्देश परमप्रभुबाट आएको थियो।
यर्मिया 23:9
अगमवक्ताहरूलाई सन्देश अन्तस्करणमा मेरो हृदय भाँचेको छ। मेरो सबै हड्डीहरू कामिरहेकाछन्। यो परमप्रभुको र उहाँको पवित्र वचनको कारणले हो। म मतवाला मानिस जस्तै भएकोछु।
यर्मिया 25:27
“यर्मिया! सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वरले के भन्नुहुन्छ, ती जातिहरूलाई भनिदेऊ यसकारण परमप्रभुले भन्नुहुन्छ, ‘पिऊ, मात, वान्त गर र लड अनि नउठ किनभने म तिमीहरूका माझमा तरवार पठाइरहेछु।’
यशैया 1:2
हे, आकाश र पृथ्वी परमप्रभुको कुरालाई ध्यान लगाएर सुन! परमप्रभु भन्नु हुन्छ,“मैले मेरा नानीहरूलाई पालन-पोषण गरें। मैले तिनीहरूलाई हुर्काएँ, बढाएँ तर तिनीहरू नै मेरो विरोधी भए।
विलाप 4:21
एदोमका मानिसहरू खुशी बन, ऊज भूमिमा बस्नेहरू खुशी बन। तर याद गर, परमप्रभुको कचौरा तिमीहरूका वरिपरि आउने छ। जब तिमी त्यो कचौराबाट पिउछौ तिमीहरू मातिने छौं। अनि आफैंलाई नाङ्गो पार्ने छौ।
हबकूक 1:5
परमप्रभुले उत्तर दिनुभयो, “अन्य जातिहरुलाई हेर, तिनीहरुलाई देखेर छक्कपर्नेछौ! म तिम्रो जीवन कालमा यस्तो गर्नेछु त्यसले तिमीलाई छक्क पर्नेछ। तिमीले यसलाई हेर्नु पर्छ अनि विस्वास गर्नुपर्छ। यदि तिमीलाई यस बिषयमा बताए ता पनि तिमीले बिस्वास गर्ने छैनौ।
मत्ती 26:45
तब येशू चेलाहरूकहाँ आएर भन्नुभयो, “तिमीहरू अझै सुतिरहेका र विश्राम गरीरहेकै छौ? मानिसको पुत्रलाई पापीहरूको हातमा सुम्पिने समय नजिक आइसकेको छ।
मर्कूस 14:41
येशूले तेस्रो पटक प्रार्थना गरिसकेपछि, उहाँ आफ्ना चेलाहरू भएको ठाउँमा आउनुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरू अझै सुतिरहेको अनि विश्राम गरिरहेका छौ अति भयो! मानिसको पुत्रलाई पापी मानिसहरूको हातमा सुम्पिने समय आइपुग्यो।
प्रेरित 13:40
अगमवक्ताहरूले केही घटना घट्नेछ भनेर भने, ‘होशियार! सावधन! यस्तो घटना आफूमा घटन नदेऊ। अगमवक्ताले भनेः
प्रकाश 17:6
मैले देखें कि त्यस स्त्री मातेकी थिई। उसले परमेश्वरको पवित्र मानिसहरु अनि जसले येशूमा आफ्नो विश्वास बताएका थिए तिनीहरुको रगत पिएर मातेकी थिई। जब मैले त्यस स्त्रीलाई देखें, म पुरै आश्चर्य चकित भएँ।
यर्मिया 51:7
बाबेल परमेश्वरको हातमा एक सुनको कचौरा थियो। बाबेलले सारा पृथ्वीलाई मतायो। सारा जाति-जातिहरूले बाबेलको मद्धपान गरे। यसकारण तिनीहरू पागल भए।
यशैया 22:12
यसैले, मेरो मालिक, सेनाहरूका परमप्रभुले मानिसहरू रून र आफ्ना मृत साथीहरूमाथि दुखी बन भनेर भन्नु हुनेछ। मानिसहरूले आफ्ना कपालहरू खौरिनेछन् र शोकपूर्ण पोषाकहरू लगाउनेछन्।
यशैया 28:7
अहिले ती अगुवाहरू मातेकाछन्। पूजाहारीहरू र सबै अगमवक्ताहरू सम्पूर्ण रूपले दाखमद्यमा डुबेकाछन् अनि तिनीहरू भ्रमित भएर धर्मराउँछन्।