Matthew 9 - YLT (Nepali)
1 And having gone to the boat, he passed over, and came to his own city,येशू एउटा डुङ्गामा चढ्नुभयो र झील पारी जानुभयो अनि उहाँ आफ्नो शहरमा पुग्नुभयो।
2 and lo, they were bringing to him a paralytic, laid upon a couch, and Jesus having seen their faith, said to the paralytic, `Be of good courage, child, thy sins have been forgiven thee.'केही मानिसहरू एकजना पक्षवाती रोगीलाई आफूहरू सित लिएर येशू भएकहाँ आए। त्यो मानिस ओछ्यानमै लडीरहेको थियो। येशूले तिनीहरूमा औधी विश्वास भएको देख्नुभयो। अनि उहाँले त्यो पक्षवातीको रोगीलाई भन्नुभयो, ‘सुखी होऊ, जवान मानिस! तिम्रो पापहरू क्षमा गरिएका छन्।’
3 And lo, certain of the scribes said within themselves, `This one doth speak evil.'केही शास्त्रीहरूले यी कुराहरू सुने। तिनीहरूले आफू माझ त्यस कुराको वहस गरे, “यो मानिस परमेश्वरले जस्तै कूरा गर्छ उसले परमेश्वरकै निन्दाको कुरा गरे जस्तो छ।”
4 And Jesus, having known their thoughts, said, `Why think ye evil in your hearts?तिनीहरूले के सोंचिरहेका छन् भनेर येशूले जान्नू भयो अनि उहाँले भन्नुभयो, “किन तिनीहरू यस्ता दुष्ट विचारहरू आफ्नो मनमा राख्छौ?
5 for which is easier? to say, The sins have been forgiven to thee; or to say, Rise, and walk?यो पक्षावती रोगीलाई कुन कुरा भन्न असल छ ‘तिम्रा पापहरू क्षमा गरिए’ अथवा ‘उठ’ र ‘हिंड’ भन्नु।
6 `But, that ye may know that the Son of Man hath power upon the earth to forgive sins -- (then saith he to the paralytic) -- having risen, take up thy couch, and go to thy house.'म तिनीहरूलाई यो देखाउनेछु कि यस पृथ्वीमा मानिसको पुत्रलाई पापको क्षमा गर्ने शक्ति प्राप्त छ। तब येशूले पक्षवातको रोगीलाई भन्नुभयो, ‘उठ तिम्रो बिछ्यौना बोक र घर जाऊ।’
7 And he, having risen, went to his house,अनि त्यो मानिस उठयो र घरतिर लाग्यो।
8 and the multitudes having seen, wondered, and glorified God, who did give such power to men.मानिसहरू यो देखी छक्क परे। मानिसहरूलाई यस्तो शक्ति प्रदान गरेकोमा तिनीहरूले परमेश्वरको प्रशंसा गरे।
9 And Jesus passing by thence, saw a man sitting at the tax-office, named Matthew, and saith to him, `Be following me,' and he, having risen, did follow him.जब येशू गइरहनु भएको थियो, उहाँले एकजना मत्ती नाम गरेको मानिसलाई भेटनु भयो। मत्ती महसूल उठाउने अड्डामा बसिहहेका थिए। येशूले भन्नुभयो, “मसित आऊ।” त्यसपछि मत्ती जुरूक्क उठे र येशूको पछि लागे।
10 And it came to pass, he reclining (at meat) in the house, that lo, many tax-gatherers and sinners having come, were lying (at meat) with Jesus and his disciples,येशू बेलुकीको भोजन मत्तीकै घरमा खान बस्नु भएको बेला त्यहाँ धेरै कर उठाउनेहरू र पापीहरू आएका थिए अनि तिनीहरूले येशू र उहाँका चेलाहरू सँगै भोजन खादै थिए।
11 and the Pharisees having seen, said to his disciples, `Wherefore with the tax-gatherers and sinners doth your teacher eat?'येशूले ती मानिसहरूसँग खाना खाइ रहनु भएको फरिसीहरूले देखे। फरिसीहरूले येशूका चेलाहरूलाई सोधे, ‘किन तिमीहरूका गुरूले कर उठाउनेहरू र पापीहरूसँग बसेर खाना खान्छन्?’
12 And Jesus having heard, said to them, `They who are whole have no need of a physician, but they who are ill;फरिसीहरूले भन्दै गरेको कुरा येशूको सुन्नुभयो। अनि उहाँले भन्नुभयो, “स्वस्थ मानिसहरूलाई वैद्यको आवश्यकता पर्दैन। जो रोगी छ उसैलाई वैद्यको आवश्यकता पर्दछ।
13 but having gone, learn ye what is, Kindness I will, and not sacrifice, for I did not come to call righteous men, but sinners, to reformation.'म तिमीहरूलाई एउटा कुरो भन्नेछु। जाऊ अनि यसको अर्थ के हो सिक ‘म पशुको बलिदान चाहन्न। म मानिसहरूमा दया चाहन्छु।”म यहाँ धार्मिक मानिसहरूलाई भेट्न आएको होइन, ती पापीहरूलाई भेट्न आएको हुँ।’
14 Then come to him do the disciples of John, saying, `Wherefore do we and the Pharisees fast much, and thy disciples fast not?'त्यसपछि यूहन्नाका चेलाहरू येशूकहाँ आए। तिनीहरूले येशूलाई भने, ‘हामी अनि फरिसीहरू धेरै जसो उपवास बस्दछौ। ती तपाईंका चेलाहरू किन उपवास बस्दैनन्?’
15 And Jesus said to them, `Can the sons of the bride-chamber mourn, so long as the bridegroom is with them? but days shall come when the bridegroom may be taken from them, and then they shall fast.येशूले भन्नुभयो, “विवाहको बेलामा जो दुलहासँग हुन्छन्, तिनले दुख मान्दैनन् तर त्यस्तो समय आउँछ जब तिनीहरूबाट दुलहालाई अलग गरिन्छ। तब तिनीहरू दुखी बन्छन् र तिनीहरू उपवास लिन्छन्।
16 `And no one doth put a patch of undressed cloth on an old garment, for its filling up doth take from the garment, and a worse rent is made.‘कसैले पुरानो वस्त्रमा भएको प्वालमा नखुम्चिएको लुगाको टुक्रा टाल्दैन। यदि कसैले त्यसो गरे त्यो टालो पुरानो लुगाबाट च्यातिन्छ र त्यो प्वाल झन नराम्रो हुन्छ।
17 `Nor do they put new wine into old skins, and if not -- the skins burst, and the wine doth run out, and the skins are destroyed, but they put new wine into new skins, and both are preserved together.'कसैले पनि नयाँ दाखरसलाई छालाको पुरानो थैलाहरूमा हाल्दैन। पुरानो थैलीमा कसैले नयाँ दाखरस हाल्यो भने, त्यो थैली फाट्छ र दाखरस पनि नष्ट हुन्छ। यसकारण मानिसहरूले नयाँ थैलाहरूमा नयाँ दाखरस हाल्दछन्। यसरी दाखरस र थैलाहरू दुवै सुरक्षित रहन्छन्।”
18 While he is speaking these things to them, lo, a ruler having come, was bowing to him, saying that `My daughter just now died, but, having come, lay thy hand upon her, and she shall live.'येशू यी कुराहरू भन्दै हुनुहुन्थ्यो, त्यसैबला सभाधरको एकजना प्रमुख उहाँकहाँ आए। येशूको अघि तिनले शिर झुकाए, अनि भने, ‘मेरी छोरी अहिले मरी कृपया आउनुहोस् र तपाईंको हात त्यसमाथि राखिदिनुहोस् अनि त्यसले आफ्नो जीवन फिर्ता पाउनेछ।’
19 And Jesus having risen, did follow him, also his disciples,तुरन्तै यशू उठनु भयो अनि तिनीसित जानुभयो। उहाँका चेलाहरू पनि पछि लागे।
20 and lo, a woman having an issue of blood twelve years, having come to him behind, did touch the fringe of his garments,बाह्र र्वषदेखि रगत बहने रोगले ग्रस्त एउटी स्त्री त्यहाँ थिईना। येशूको पछिल्तिर आएर उनले उहाँको वस्त्रको फेरमा छोइन्।
21 for she said within herself, `If only I may touch his garment, I shall be saved.'तिनले सोच्दै थिइन्, “यदि मैले उहाँको लुगाको फेरमा छोएँ मात्र भने पनि म ठीक भइजानेछु।’
22 And Jesus having turned about, and having seen her, said, `Be of good courage, daughter, thy faith hath saved thee,' and the woman was saved from that hour.येशू पछिल्तिर र्फकिनु भयो र तिनलाई देखेर भन्नुभयो, “हे प्यारी छोरी खुशी होऊ। तिम्रो विश्वासले तिमी निको भएकि छौ।’ त्यतिनै बेला तिनी ठीक भइन्।
23 And Jesus having come to the house of the ruler, and having seen the minstrels and the multitude making tumult,येशू यहुदी शासकसँग हिंडदै हुनुहुन्थ्यो। उहाँ तिनको घरमा पुग्नुभयो। उहाँले मानिसहरूलाई शोक धुन बजाइरहेको देख्नुभयो। उहाँले धेरै मानिसहरूलाई त्यहाँ रोइरहेको देख्नुभयो किनभने युवती मरेकी थिई।
24 he saith to them, `Withdraw, for the damsel did not die, but doth sleep,' and they were deriding him;येशूले भन्नुभयो, ‘पर जाऊ। यो युवती मरेकी छैन। ऊ निदाइरहेकी मात्र छे।” यो देखेर मानिसहरूले उहाँको हाँसो उडाए।
25 but, when the multitude was put forth, having gone in, he took hold of her hand, and the damsel arose,जब मानिसहरूलाई घरबाट बाहिर पठाइयो, तब येशू युवतीको कोठामा प्रवेश गर्नुभयो। उहाँले युवतीको हात समात्नुभयो अनि त्यो युवती जुरुक्क उठी।
26 and the fame of this went forth to all the land.तब यस कुराको खबर सारा मुलुकभरि फिंजियो।येशूद्वारा धेरै मानिसहरू निको भए
27 And Jesus passing on thence, two blind men followed him, calling and saying, `Deal kindly with us, Son of David.'जब येशू त्यो स्थानबाट गईरहनु भएको थियो, दुइजना अन्धो मानिसले उहाँलाई पछ्याए। ती अन्धाहरूले ठूलो स्वरले रूदै भने, “हे दाऊदका पुत्र, कृपया हामीलाई सहायता गर्नुहोस्।”
28 And he having come to the house, the blind men came to him, and Jesus saith to them, `Believe ye that I am able to do this?' They say to him, `Yes, sir.'जब येशू घर भित्र पस्नुभयो, ती अन्धा मानिसहरू उहाँकहाँ आए। उहाँले ती अन्धाहरूलाई भन्नुभयो। “के म तिमीहरूलाई फेरि देख्न सक्ने बनाउँछु भनेर तिमीहरूलाई विश्वास लाग्छ?” अन्धा मानिसहरूले जवाफ दिए, “ज्यू, प्रभु, हामीलाई विश्वास लाग्छ।”
29 Then touched he their eyes, saying, `According to your faith let it be to you,'त्यसपछि येशूले तिनीहरूका आँखाहरू छोएर भन्नुभयो, ‘मैले तिमीहरूलाई देख्नसक्ने बनाउन सक्छु भन्ने विश्वास तिमीहरूसित छ। यस्तै हुन देऊ।”
30 and their eyes were opened, and Jesus strictly charged them, saying, `See, let no one know;'त्यसपछि तिनीहरूले तुरन्तै देख्न सके। येशूले तिनीहरूलाई कडा चेताउनी दिनु भयो, उहाँले भन्नु भयो, “यो कुरा कसैले थाहा पाउनु हुँदैन।’
31 but they, having gone forth, did spread his fame in all that land.तर ती अन्धा मानिसहरू बाहिर गए अनि त्यस क्षेत्रमा चारैतिर येशूको खबर फिंजाए।
32 And as they are coming forth, lo, they brought to him a man dumb, a demoniac,जब ती दुइ मानिसहरू जादै थिए, केही मानिसहरूले अर्को एकजनालाई येशूकहाँ ल्याए। उसलाई भूत लागेको हुनाले त्यो मानिसले बोल्ने शक्ति गुमाएको थियो।
33 and the demon having been cast out, the dumb spake, and the multitude did wonder, saying that `It was never so seen in Israel:'येशूले त्यस मानिसबाट भूत भगाइदिनुभयो। त्यसपछि त्यो मानिस बोल्न थाल्यो। मानिसहरू छक्क पर्दै भन्नलागे, ‘ इस्राएलमा यसप्रकारको घटना पहिले कहिल्यै घटेको थिएन।’
34 but the Pharisees said, `By the ruler of the demons he doth cast out the demons.'तर फरिसीहरूले भने, “भूतहरूको नेता एउटै छ जसले उहाँलाई भूत पाउने शक्ति दिएको छ।”
35 And Jesus was going up and down all the cities and the villages, teaching in their synagogues, and proclaiming the good news of the reign, and healing every sickness and every malady among the people.येशू सारा शहर र गाउँहरू हुँदै यात्रा गर्नुभयो। तिनीहरूका सभाघरहरूमा शिक्षा दिनुभयो अनि राज्यको बारेमा सुसमाचार प्रचार गर्नु भयो। येशूले सबै प्रकारका रोग र बिमारीहरू निको पार्नुभयो।
36 And having seen the multitudes, he was moved with compassion for them, that they were faint and cast aside, as sheep not having a shepherd,उहाँले भीडलाई देख्नूभयो र उनीहरूको निम्ति टिठाउनु भयो। किनभने तिनीहरू असहाय अनि चिन्तित थिए। तिनीहरू गोठालो नभएका भेडाँहरू जस्तै हैरान भई तितर-बितर भएका थिए।
37 then saith he to his disciples, `The harvest indeed `is' abundant, but the workmen few;येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, ‘फसल ता धेरै छन् तर फसल काट्ने खेतालाहरू कम्ती छन्।
38 beseech ye therefore the Lord of the harvest, that he may put forth workmen to His harvest.'प्रभु फसलका मालिक हुनुहुन्छ। उहाँलाई प्रार्थना गर जसद्वारा उहाँले आफ्ना फसल संग्रह गर्न अधिक कर्मीहरू पठाउनू हुनेछ।”
Nepali Bible