Matthew 9 - DBY (Nepali)
1 And going on board the ship, he passed over and came to his own city.येशू एउटा डुङ्गामा चढ्नुभयो र झील पारी जानुभयो अनि उहाँ आफ्नो शहरमा पुग्नुभयो।
2 And behold, they brought to him a paralytic, laid upon a bed; and Jesus, seeing their faith, said to the paralytic, Be of good courage, child; thy sins are forgiven.केही मानिसहरू एकजना पक्षवाती रोगीलाई आफूहरू सित लिएर येशू भएकहाँ आए। त्यो मानिस ओछ्यानमै लडीरहेको थियो। येशूले तिनीहरूमा औधी विश्वास भएको देख्नुभयो। अनि उहाँले त्यो पक्षवातीको रोगीलाई भन्नुभयो, ‘सुखी होऊ, जवान मानिस! तिम्रो पापहरू क्षमा गरिएका छन्।’
3 And behold, certain of the scribes said to themselves, This [man] blasphemes.केही शास्त्रीहरूले यी कुराहरू सुने। तिनीहरूले आफू माझ त्यस कुराको वहस गरे, “यो मानिस परमेश्वरले जस्तै कूरा गर्छ उसले परमेश्वरकै निन्दाको कुरा गरे जस्तो छ।”
4 And Jesus, seeing their thoughts, said, Why do *ye* think evil things in your hearts?तिनीहरूले के सोंचिरहेका छन् भनेर येशूले जान्नू भयो अनि उहाँले भन्नुभयो, “किन तिनीहरू यस्ता दुष्ट विचारहरू आफ्नो मनमा राख्छौ?
5 For which is easier: to say, Thy sins are forgiven; or to say, Rise up and walk?यो पक्षावती रोगीलाई कुन कुरा भन्न असल छ ‘तिम्रा पापहरू क्षमा गरिए’ अथवा ‘उठ’ र ‘हिंड’ भन्नु।
6 But that ye may know that the Son of man has power on earth to forgive sins, (then he says to the paralytic,) Rise up, take up thy bed and go to thy house.म तिनीहरूलाई यो देखाउनेछु कि यस पृथ्वीमा मानिसको पुत्रलाई पापको क्षमा गर्ने शक्ति प्राप्त छ। तब येशूले पक्षवातको रोगीलाई भन्नुभयो, ‘उठ तिम्रो बिछ्यौना बोक र घर जाऊ।’
7 And he rose up and went to his house.अनि त्यो मानिस उठयो र घरतिर लाग्यो।
8 But the crowds seeing [it], were in fear, and glorified God who gave such power to men.मानिसहरू यो देखी छक्क परे। मानिसहरूलाई यस्तो शक्ति प्रदान गरेकोमा तिनीहरूले परमेश्वरको प्रशंसा गरे।
9 And Jesus, passing on thence, saw a man sitting at the tax-office, called Matthew, and says to him, Follow me. And he rose up and followed him.जब येशू गइरहनु भएको थियो, उहाँले एकजना मत्ती नाम गरेको मानिसलाई भेटनु भयो। मत्ती महसूल उठाउने अड्डामा बसिहहेका थिए। येशूले भन्नुभयो, “मसित आऊ।” त्यसपछि मत्ती जुरूक्क उठे र येशूको पछि लागे।
10 And it came to pass, as he lay at table in the house, that behold, many tax-gatherers and sinners came and lay at table with Jesus and his disciples.येशू बेलुकीको भोजन मत्तीकै घरमा खान बस्नु भएको बेला त्यहाँ धेरै कर उठाउनेहरू र पापीहरू आएका थिए अनि तिनीहरूले येशू र उहाँका चेलाहरू सँगै भोजन खादै थिए।
11 And the Pharisees seeing [it], said to his disciples, Why does your teacher eat with tax-gatherers and sinners?येशूले ती मानिसहरूसँग खाना खाइ रहनु भएको फरिसीहरूले देखे। फरिसीहरूले येशूका चेलाहरूलाई सोधे, ‘किन तिमीहरूका गुरूले कर उठाउनेहरू र पापीहरूसँग बसेर खाना खान्छन्?’
12 But [Jesus] hearing it, said, They that are strong have not need of a physician, but those that are ill.फरिसीहरूले भन्दै गरेको कुरा येशूको सुन्नुभयो। अनि उहाँले भन्नुभयो, “स्वस्थ मानिसहरूलाई वैद्यको आवश्यकता पर्दैन। जो रोगी छ उसैलाई वैद्यको आवश्यकता पर्दछ।
13 But go and learn what [that] is -- I will have mercy and not sacrifice; for I have not come to call righteous [men] but sinners.म तिमीहरूलाई एउटा कुरो भन्नेछु। जाऊ अनि यसको अर्थ के हो सिक ‘म पशुको बलिदान चाहन्न। म मानिसहरूमा दया चाहन्छु।”म यहाँ धार्मिक मानिसहरूलाई भेट्न आएको होइन, ती पापीहरूलाई भेट्न आएको हुँ।’
14 Then come to him the disciples of John, saying, Why do we and the Pharisees often fast, but thy disciples fast not?त्यसपछि यूहन्नाका चेलाहरू येशूकहाँ आए। तिनीहरूले येशूलाई भने, ‘हामी अनि फरिसीहरू धेरै जसो उपवास बस्दछौ। ती तपाईंका चेलाहरू किन उपवास बस्दैनन्?’
15 And Jesus said to them, Can the sons of the bridechamber mourn so long as the bridegroom is with them? But days will come when the bridegroom will have been taken away from them, and then they will fast.येशूले भन्नुभयो, “विवाहको बेलामा जो दुलहासँग हुन्छन्, तिनले दुख मान्दैनन् तर त्यस्तो समय आउँछ जब तिनीहरूबाट दुलहालाई अलग गरिन्छ। तब तिनीहरू दुखी बन्छन् र तिनीहरू उपवास लिन्छन्।
16 But no one puts a patch of new cloth on an old garment, for its filling up takes from the garment and a worse rent takes place.‘कसैले पुरानो वस्त्रमा भएको प्वालमा नखुम्चिएको लुगाको टुक्रा टाल्दैन। यदि कसैले त्यसो गरे त्यो टालो पुरानो लुगाबाट च्यातिन्छ र त्यो प्वाल झन नराम्रो हुन्छ।
17 Nor do men put new wine into old skins, otherwise the skins burst and the wine is poured out, and the skins will be destroyed; but they put new wine into new skins, and both are preserved together.कसैले पनि नयाँ दाखरसलाई छालाको पुरानो थैलाहरूमा हाल्दैन। पुरानो थैलीमा कसैले नयाँ दाखरस हाल्यो भने, त्यो थैली फाट्छ र दाखरस पनि नष्ट हुन्छ। यसकारण मानिसहरूले नयाँ थैलाहरूमा नयाँ दाखरस हाल्दछन्। यसरी दाखरस र थैलाहरू दुवै सुरक्षित रहन्छन्।”
18 As he spoke these things to them, behold, a ruler coming in did homage to him, saying, My daughter has by this died; but come and lay thy hand upon her and she shall live.येशू यी कुराहरू भन्दै हुनुहुन्थ्यो, त्यसैबला सभाधरको एकजना प्रमुख उहाँकहाँ आए। येशूको अघि तिनले शिर झुकाए, अनि भने, ‘मेरी छोरी अहिले मरी कृपया आउनुहोस् र तपाईंको हात त्यसमाथि राखिदिनुहोस् अनि त्यसले आफ्नो जीवन फिर्ता पाउनेछ।’
19 And Jesus rose up and followed him, and [so did] his disciples.तुरन्तै यशू उठनु भयो अनि तिनीसित जानुभयो। उहाँका चेलाहरू पनि पछि लागे।
20 And behold, a woman, who had had a bloody flux [for] twelve years, came behind and touched the hem of his garment;बाह्र र्वषदेखि रगत बहने रोगले ग्रस्त एउटी स्त्री त्यहाँ थिईना। येशूको पछिल्तिर आएर उनले उहाँको वस्त्रको फेरमा छोइन्।
21 for she said within herself, If I should only touch his garment I shall be healed.तिनले सोच्दै थिइन्, “यदि मैले उहाँको लुगाको फेरमा छोएँ मात्र भने पनि म ठीक भइजानेछु।’
22 But Jesus turning and seeing her, said, Be of good courage, daughter; thy faith has healed thee. And the woman was healed from that hour.येशू पछिल्तिर र्फकिनु भयो र तिनलाई देखेर भन्नुभयो, “हे प्यारी छोरी खुशी होऊ। तिम्रो विश्वासले तिमी निको भएकि छौ।’ त्यतिनै बेला तिनी ठीक भइन्।
23 And when Jesus was come to the house of the ruler, and saw the flute-players and the crowd making a tumult,येशू यहुदी शासकसँग हिंडदै हुनुहुन्थ्यो। उहाँ तिनको घरमा पुग्नुभयो। उहाँले मानिसहरूलाई शोक धुन बजाइरहेको देख्नुभयो। उहाँले धेरै मानिसहरूलाई त्यहाँ रोइरहेको देख्नुभयो किनभने युवती मरेकी थिई।
24 he said, Withdraw, for the damsel is not dead, but sleeps. And they derided him.येशूले भन्नुभयो, ‘पर जाऊ। यो युवती मरेकी छैन। ऊ निदाइरहेकी मात्र छे।” यो देखेर मानिसहरूले उहाँको हाँसो उडाए।
25 But when the crowd had been put out, he went in and took her hand; and the damsel rose up.जब मानिसहरूलाई घरबाट बाहिर पठाइयो, तब येशू युवतीको कोठामा प्रवेश गर्नुभयो। उहाँले युवतीको हात समात्नुभयो अनि त्यो युवती जुरुक्क उठी।
26 And the fame of it went out into all that land.तब यस कुराको खबर सारा मुलुकभरि फिंजियो।येशूद्वारा धेरै मानिसहरू निको भए
27 And as Jesus passed on thence, two blind [men] followed him, crying and saying, Have mercy on us, Son of David.जब येशू त्यो स्थानबाट गईरहनु भएको थियो, दुइजना अन्धो मानिसले उहाँलाई पछ्याए। ती अन्धाहरूले ठूलो स्वरले रूदै भने, “हे दाऊदका पुत्र, कृपया हामीलाई सहायता गर्नुहोस्।”
28 And when he was come to the house, the blind [men] came to him. And Jesus says to them, Do ye believe that I am able to do this? They say to him, Yea, Lord.जब येशू घर भित्र पस्नुभयो, ती अन्धा मानिसहरू उहाँकहाँ आए। उहाँले ती अन्धाहरूलाई भन्नुभयो। “के म तिमीहरूलाई फेरि देख्न सक्ने बनाउँछु भनेर तिमीहरूलाई विश्वास लाग्छ?” अन्धा मानिसहरूले जवाफ दिए, “ज्यू, प्रभु, हामीलाई विश्वास लाग्छ।”
29 Then he touched their eyes, saying, According to your faith, be it unto you.त्यसपछि येशूले तिनीहरूका आँखाहरू छोएर भन्नुभयो, ‘मैले तिमीहरूलाई देख्नसक्ने बनाउन सक्छु भन्ने विश्वास तिमीहरूसित छ। यस्तै हुन देऊ।”
30 And their eyes were opened; and Jesus charged them sharply, saying, See, let no man know it.त्यसपछि तिनीहरूले तुरन्तै देख्न सके। येशूले तिनीहरूलाई कडा चेताउनी दिनु भयो, उहाँले भन्नु भयो, “यो कुरा कसैले थाहा पाउनु हुँदैन।’
31 But they, when they were gone out, spread his name abroad in all that land.तर ती अन्धा मानिसहरू बाहिर गए अनि त्यस क्षेत्रमा चारैतिर येशूको खबर फिंजाए।
32 But as these were going out, behold, they brought to him a dumb man possessed by a demon.जब ती दुइ मानिसहरू जादै थिए, केही मानिसहरूले अर्को एकजनालाई येशूकहाँ ल्याए। उसलाई भूत लागेको हुनाले त्यो मानिसले बोल्ने शक्ति गुमाएको थियो।
33 And the demon having been cast out, the dumb spake. And the crowds were astonished, saying, It has never been seen thus in Israel.येशूले त्यस मानिसबाट भूत भगाइदिनुभयो। त्यसपछि त्यो मानिस बोल्न थाल्यो। मानिसहरू छक्क पर्दै भन्नलागे, ‘ इस्राएलमा यसप्रकारको घटना पहिले कहिल्यै घटेको थिएन।’
34 But the Pharisees said, He casts out the demons through the prince of the demons.तर फरिसीहरूले भने, “भूतहरूको नेता एउटै छ जसले उहाँलाई भूत पाउने शक्ति दिएको छ।”
35 And Jesus went round all the cities and the villages, teaching in their synagogues, and preaching the glad tidings of the kingdom, and healing every disease and every bodily weakness.येशू सारा शहर र गाउँहरू हुँदै यात्रा गर्नुभयो। तिनीहरूका सभाघरहरूमा शिक्षा दिनुभयो अनि राज्यको बारेमा सुसमाचार प्रचार गर्नु भयो। येशूले सबै प्रकारका रोग र बिमारीहरू निको पार्नुभयो।
36 But when he saw the crowds he was moved with compassion for them, because they were harassed, and cast away as sheep not having a shepherd.उहाँले भीडलाई देख्नूभयो र उनीहरूको निम्ति टिठाउनु भयो। किनभने तिनीहरू असहाय अनि चिन्तित थिए। तिनीहरू गोठालो नभएका भेडाँहरू जस्तै हैरान भई तितर-बितर भएका थिए।
37 Then saith he to his disciples, The harvest [is] great and the workmen [are] few;येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, ‘फसल ता धेरै छन् तर फसल काट्ने खेतालाहरू कम्ती छन्।
38 supplicate therefore the Lord of the harvest, that he send forth workmen unto his harvest.प्रभु फसलका मालिक हुनुहुन्छ। उहाँलाई प्रार्थना गर जसद्वारा उहाँले आफ्ना फसल संग्रह गर्न अधिक कर्मीहरू पठाउनू हुनेछ।”
Nepali Bible