Bible

Matthew 4 - YLT (Nepali)

1 Then Jesus was led up to the wilderness by the Spirit, to be tempted by the Devil,यसपछि आत्माले येशूलाई मरुभूमिमा लगेर गयो। दुष्टात्माद्वारा परीक्षा गर्नको निम्ति त्यहाँ लगिएको थियो।

2 and having fasted forty days and forty nights, afterwards he did hunger.चालीस दिन र चालीस रात येशूले केही खानु भएन। यसपछि उहाँ भोकाउनु भयो।

3 And the Tempter having come to him said, `If Son thou art of God -- speak that these stones may become loaves.'शैतान येशू कहाँ परीक्षा गर्नलाई आयो र भन्यो, ‘यदि तपाईं परमेश्वरका पुत्र हुनूहुन्छ भने यी ढुङ्गाहरू रोटी होऊन् भनी आज्ञा दिनुहोस्।”

4 But he answering said, `It hath been written, Not upon bread alone doth man live, but upon every word coming forth from the mouth of God.'जवाफमा येशूले भन्नुभयो, ‘धर्मशास्त्रमा यस्तो लेखिएको‘मानिस रोटी खाएर मात्र बाँच्दैन, परमेश्वरको मुखबाट निस्केको हरेक वचनले बाँच्दछ।”‘

5 Then doth the Devil take him to the `holy' city, and doth set him on the pinnacle of the temple,त्यसपछि शैतानले येशूलाई पवित्र शहर यरूशलेममा लग्यो। त्यो दुष्टात्माले येशूलाई मन्दिरको गजूरमाथि राख्यो।

6 and saith to him, `If Son thou art of God -- cast thyself down, for it hath been written, that, His messengers He shall charge concerning thee, and on hands they shall bear thee up, that thou mayest not dash on a stone thy foot.'शैतानले भन्यो, ‘यदि तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने, यहाँबाट तल हाम फालनुहोस्। किनभने धर्मशास्त्रमा यस्तो लेखिएको छ‘परमेश्वरले तपाईंको निम्ति स्वर्गदूतहरूलाई खटाउनु हुनेछ, अनि तिनीहरूले तपाईंलाई हात-हातमा उचाल्नेछन्, जसद्वारा, तपाईंको खुट्टाहरू ढुङ्गामा बजारिने छैनन्।”‘

7 Jesus said to him again, `It hath been written, Thou shalt not tempt the Lord thy God.'येशूले जवाफ दिनुभयो, “धर्मशास्त्रमा यस्तो पनि लेखिएको छतैंले परमप्रभु आफ्नो परमेश्वरलाई परीक्षा नगर्नु।’

8 Again doth the Devil take him to a very high mount, and doth shew to him all the kingdoms of the world and the glory of them,त्यसपछि शैतानले येशूलाई एउटा अति अल्गो पर्वतमा पुर्यायो। उसले येशूलाई संसारका सबै राज्यहरू, त्यहाँ भएका वैभव देखायो।

9 and saith to him, `All these to thee I will give, if falling down thou mayest bow to me.'शैतानले भन्यो, “यदि तपाईंले घोप्टो परेर मलाई दण्डवत् गर्नुभयो भने यी सब थोक म तपाईंलाई दिनेछु।’

10 Then saith Jesus to him, `Go -- Adversary, for it hath been written, The Lord thy God thou shalt bow to, and Him only thou shalt serve.'येशूले शैतानलाई भनुभयो, “म देखि टाढा भइहाल, शैतान। धर्मशास्त्रमा यस्तो लेखिएको छ, ‘तैंले परमप्रभु आफ्नो परमेश्वरलाई दण्डवत् गर्नु पर्छ अनि उहाँकै मात्र सेवा गर्न पर्छ।”

11 Then doth the Devil leave him, and lo, messengers came and were ministering to him.त्यसपछि शैतानले येशूलाई छोडिदियो। त्यसपछि केही स्वर्गदूतहरू येशूकहाँ आएर उहाँको सेवा-टहल गरे।

12 And Jesus having heard that John was delivered up, did withdraw to Galilee,येशूले यूहन्ना थुनामा परे भन्ने कुरा सुन्नु भयो। त्यसपछि उहाँ गालील तर्फ लाग्नुभयो।

13 and having left Nazareth, having come, he dwelt at Capernaum that is by the sea, in the borders of Zebulun and Naphtalim,येशू नासरतमा बस्नु भएन। उहाँ गालिल झीलको नजिकको कर्फनहुम नगरमा बस्नु भयो। कर्फनहुम जबुलून अनि नप्तालीका क्षेत्रमा पर्छ।

14 that it might be fulfilled that was spoken through Isaiah the prophet, saying,येशूले यशैया अगमवक्ताद्वारा बोलिएको यिनै वचनलाई पूरा गर्नका निम्ति यसो गर्नु भयो,

15 `Land of Zebulun and land of Naphtali, way of the sea, beyond the Jordan, Galilee of the nations! --“जबुलूनको मुलुक र नप्तालीको मुलुक, यर्दन नदीपारि समुन्द्रको किनार गालील, गैर-यहूदीहरूको मुलुक-

16 the people that is sitting in darkness saw a great light, and to those sitting in a region and shadow of death -- light arose to them.'जहाँका मानिसहरू अन्धकारमा थिए, तिनीहरूले एउटा ठूलो ज्योति देखे विहान झैं अँध्यारो मुलुकमा बस्नेहरूको निम्ति ज्योति उदायो। मुलुकको चिहान जस्तै ठाउँमा बाँच्न परेको थियो।”

17 From that time began Jesus to proclaim and to say, `Reform ye, for come nigh hath the reign of the heavens.'यसै बेलादेखि येशूले प्रचार गर्न थाल्नुभयो। उहाँले भन्नलाग्नुभयो, “तिमीहरू पश्चत्ताप गर अनि आफ्नो रहन-सहन परिवर्त्तन गर, किनभने, स्वर्गको राज्य नजिक आइपुगेको छ।”

18 And Jesus, walking by the sea of Galilee, saw two brothers, Simon named Peter and Andrew his brother, casting a drag into the sea -- for they were fishers --गालील झीलका छेउ भएर येशू हिडिरहनु भएको थियो। उहाँले दुइजना दाज्यू-भाइलाई देख्नुभयो पत्रुस भनिने शिमोन र तिनको भाइ अन्द्रियास दुवै दाज्यू-भाइ माछामार्ने जलहारी थिए। अनि तिनीहरूले समुन्द्रमा जाल हानेर माछा मार्दैं थिए।

19 and he saith to them, `Come ye after me, and I will make you fishers of men,'येशूले भन्नुभयो, “मेरो पछि लाग र म तिमीहरूलाई मानिसहरूका जलहारी बनाउनेछु।’

20 and they, immediately, having left the nets, did follow him.शिमोन र अन्द्रियास दुवैले आफ्नो जालहरू त्यति नै बेला छाडिदिए र येशूको पछिलागे।

21 And having advanced thence, he saw other two brothers, James of Zebedee, and John his brother, in the boat with Zebedee their father, refitting their nets, and he called them,गालील झील भएर येशू हिंड्दै जानुभयो। उहाँले अरू दुइजना दाज्यू-भाइलाई देख्नुभयो, याकूब र यूहन्ना ती जब्दीका छोराहरू थिए। तिनीहरूले जाल बुन्दै गरेका देख्नु भयो। येशूले ती दुइ दाज्यू-भाइलाई पनि बोलाउनु भयो।

22 and they, immediately, having left the boat and their father, did follow him.तिनीहरूले पनि तुरन्तै आफ्नो डुङ्गा र आफ्नो बाबुलाई छोडेर येशूको पछि लागे।:17-19)

23 And Jesus was going about all Galilee teaching in their synagogues, and proclaiming the good news of the reign, and healing every disease, and every malady among the people,येशूले गालीलका सबै ठाउँहरूमा यात्रा गर्नुभयो। उहाँले तिनीहरूको सभाघरहरूमा सिकाउन लाग्नुभयो अनि स्वर्गको राज्यको बारेमा सुसमाचार प्रचार गर्नुभयो। उहाँले मानिसहरूमा भएका हरेक किसिमका रोग र शारीरिक कमजोरीहरूलाई निको पार्नुभयो।

24 and his fame went forth to all Syria, and they brought to him all having ailments, pressed with manifold sicknesses and pains, and demoniacs, and lunatics, and paralytics, and he healed them.उहाँको कीर्ति सिरियाभरि फिंजियो, अनि मानिसहरूले शारीरिक रूपले रोगी भएका सबै रोगीहरूलाई उहाँकहाँ ल्याउन थाले। ती रोगी मानिसहरू अनेक प्रकारका रोग र कष्टले पीडित थिए। कतिजना मानिसहरू एकदमै नराम्रा रोगले पीडित थिए भने कतिजना भूत-प्रेत र पिशाच लागेकाहरू थिए। कतिजना छारेरोग लागेकाहरू र कतिजना पक्षवात भएकाहरू थिए। येशूले तिनीहरू सबैलाई निको पार्नुभयो।

25 And there followed him many multitudes from Galilee, and Decapolis, and Jerusalem, and Judea, and beyond the Jordan.धेरै-धेरै मानिसहरूले उहाँलाई पछ्याउन लागे। ती मानिसहरू गालील, डेकापोलिसयरूशलेम, यहूदिया तथा यर्दन नदी पारिका अन्य इलाकाबाट आएकाहरू थिए।

Nepali Bible