Matthew 24 - YLT (Nepali)
1 And having gone forth, Jesus departed from the temple, and his disciples came near to show him the buildings of the temple,जसै येशू मन्दिर छोडेर कतै जानु हुँदैथियो उहाँको चेलाहरू मन्दिरको भवनहरू देखाउन भनी आए।
2 and Jesus said to them, `Do ye not see all these? verily I say to you, There may not be left here a stone upon a stone, that shall not be thrown down.'येशूले चेलाहरूलाई भन्नुभयो, “यी भवनहरू देख्दैछौ? म तिमीहरूलाई साँचो भन्दछु यी भवनहरू ध्वंस पारिनेछन्। कुनै ढुङ्गा अर्को ढुङ्गामाथि रहने छैन।”
3 And when he is sitting on the mount of the Olives, the disciples came near to him by himself, saying, `Tell us, when shall these be? and what `is' the sign of thy presence, and of the full end of the age?'त्यसको केही बेरपछि येशू जैतून डाँडामा बसिरहनु भएको थियो। चेलाहरू येशूको साथमा एकान्तमा आए। तिनीहरूले भने, “यो घटना कहिले हुनेछ कृपया हामीलाई पनि भन्नुहोस्। तपाईंको आगमनको र संसारको अन्तको संकेत के हुनेछ?”
4 And Jesus answering said to them, `Take heed that no one may lead you astray,येशूले भन्नुभयो, “होशियार बस। तिमीहरूलाई कसैले मुर्ख बनाउन नपाओस्।
5 for many shall come in my name, saying, I am the Christ, and they shall lead many astray,धेरै मानिसहरू आउनेछन् र मेरो नाम लिनेछन्। तिनीहरूले ‘म नै ख्रीष्ट हुँ।’ भनी धेरैलाई मूर्खबनाउनेछन्।
6 and ye shall begin to hear of wars, and reports of wars; see, be not troubled, for it behoveth all `these' to come to pass, but the end is not yet.तिमीहरूले लँडाईका बारेमा सुन्नेछौ। अनितिमीहरूले अब हुने लँडाईका बारेमा पनि समाचार सुन्नेछौ। तर डराउनु पर्दैन। यी सब घटनाहरू हुनैपर्छ। तर अन्त्य अझ आइहाल्ने छैन।
7 `For nation shall rise against nation, and kingdom against kingdom, and there shall be famines, and pestilences, and earthquakes, in divers places;किनभने एक जातिले अर्को जातिको विरोध गर्नेछ अनि राज्य राजयको विरोधमा युद्ध हुनेछ। अनि धेरै ठाउँमा अनिकाल लाग्नेछ अनि भूँईचालो जानेछ।
8 and all these `are' the beginning of sorrows;यी सबै थोक सुत्केरी व्याथा लागे झैं आइलाग्ने छन्।
9 then they shall deliver you up to tribulation, and shall kill you, and ye shall be hated by all the nations because of my name;त्यसपछि तिमीहरूलाई मानिसहरूले नराम्रो व्यवहार गर्नेछन्। मानिसहरूले तिमीहरूलाई शासकहरूको हातमा सुम्पने र सताउनेछन् र मार्नेछन्। तिमीहरूले ममाथि विश्वास गरेकै कारण मानिसहरूद्वारा तिमीहरू घृणित हुनेछौ।
10 and then shall many be stumbled, and they shall deliver up one another, and shall hate one another.त्यसबेला धेरै विश्वासीहरूले आफ्नो विश्वास हराउनेछन्। तिनीहरूले एका-अर्कालाई विरोध गर्नेछन् र एक-अर्कालाई घृणा गर्नेछन्।
11 `And many false prophets shall arise, and shall lead many astray;अनेकौं झूटा अगमवक्ताहरू घृणा गर्नेछन्। तिनीहरूले मानिसहरूलाई झुटो कुराहरूमा विश्वास गराउने कोशिश गर्नेछन्।
12 and because of the abounding of the lawlessness, the love of the many shall become cold;संसारैभरि थुप्रै दुष्टहरूदेखा पर्नेछन्। अनि एकदमै विश्वासीहरूले प्रेम देखाउने छैनन्।
13 but he who did endure to the end, he shall be saved;तर अन्त्यसम्मै जो दृढ रहन्छ उही नै सुरक्षित हुनेछ।
14 and this good news of the reign shall be proclaimed in all the world, for a testimony to all the nations; and then shall the end arrive.संसारैभरि परमेश्वरको राज्यको बारेमा सुसमाचारहरू प्रचार गरिनेछ। प्रत्येक राष्ट्रलाई नै यी कुराहरू भनिनेछ। त्यसपछि अन्त्य आउने छ।
15 `Whenever, therefore, ye may see the abomination of the desolation, that was spoken of through Daniel the prophet, standing in the holy place (whoever is reading let him observe)“दानियल अगमवक्ताले ‘यस्तो खराब कुराहरूलेविध्वंश ल्याउने छ भनी बताएका थिए। तिमीहरूले यस्तो डरलाग्दा कुराहरू पवित्र ठाउँ अनि मन्दिरमा उभिएर देख्नेछौ।” यी कुरा पढने मानिसले यसको अर्थ बुझ्नुपर्छ।
16 then those in Judea -- let them flee to the mounts;“त्यसबेला यहूदियाका मानिसहरू पहाडतिर भाग्नु पर्नेछ।
17 he on the house-top -- let him not come down to take up any thing out of his house;मानिसहरू कतै नरोकिई समय खेर नफाली, भाग्नेछन्। यदि कुनै मानिस घरको छानामा छ भने घरबाट केही लिनलाई ऊ तल ओर्लिन हुँदैन।
18 and he in the field -- let him not turn back to take his garments.यदि कोही खेतमा छ भने उ पनि कोट लिनलाई फर्की जानु हुँदैन।
19 `And wo to those with child, and to those giving suck in those days;त्यसबेला, गर्भवती भएका स्त्रीहरू र अनि दूध पिउने शिशूलाई दुध चुसाउने आमाहरूका निम्ति खुबै दुखपूर्ण हुनेछ।
20 and pray ye that your flight may not be in winter, nor on a sabbath;विश्राम र जाडोको समयमा यसरी भाग्नु नपरोस् भनी प्रार्थना गर।
21 for there shall be then great tribulation, such as was not from the beginning of the world till now, no, nor may be.किन? किनभने त्यसबेला अत्यन्त दुख हुनेछ।सृष्टिको शुरू भएदेखि अहिलेसम्म संसारमा यस्तो दुख भएको थिएन। पछि कहील्यै पनि भविष्यमा यस्तो दुख आइपर्ने छैन।
22 And if those days were not shortened, no flesh would have been saved; but because of the chosen, shall those days be shortened.परमेश्वरले त्यो महासंकटको समय छोट्याउनुभएको छ। यदि त्यो समय छोट्याइएन भने, कुनै मानिस पनि बाँच्ने छैन। तर आफूले चुनेका मानिसहरूलाई मद्दत गर्नलाई परमेश्वरले त्यो समयलाई छोटो पार्नु भएकोछ।
23 `Then if any one may say to you, Lo, here `is' the Christ! or here! ye may not believe;त्यसबेला कसै-कसैले तिमीहरूलाई यसो भन्नसक्छन, ‘हेर, ख्रीष्ट यहाँ हुनुहुन्छ।’ अथवा अर्का कसैले भन्नसक्छ, ‘अहाँ त्यहाँ हुनुहुन्छ।’ तर तिनीहरूलाई विश्वास नगर।
24 for there shall arise false Christs, and false prophets, and they shall give great signs and wonders, so as to lead astray, if possible, also the chosen.झूटो ख्रीष्ट र झूटो अगमवक्ताहरू देखा पर्नेछन् ठूला-ठूला कुराहरू र चमत्कारहरू गर्नेछन्। सम्भव भए परमेश्वरले चुन्नु भएका मानिसहरूलाई समेत धोका दिनका निम्ति तिनीहरूले यसो गर्नेछन्।
25 Lo, I did tell you beforehand.हेर, मैले अधिबाटै यस बारेमा तिमीहरूलाई सर्तक गराएकोछु।
26 `If therefore they may say to you, Lo, in the wilderness he is, ye may not go forth; lo, in the inner chambers, ye may not believe;“कसैले भन्नेछ, ‘ख्रीष्ट मरुभूमिमा हुनुहुन्छ।’ तर तिमीहरू ख्रीष्टलाई भेट्न मरुभूमि तिर नजाऊ। अरू कसैले भन्नसक्छ, ‘ख्रीष्ट त्यो कोठामा हुनुहुन्छ।’ तर त्यसलाई विश्वास नगर।
27 for as the lightning doth come forth from the east, and doth appear unto the west, so shall be also the presence of the Son of Man;जब मानिसको पुत्रको आगमन हुन्छ सबै मानिसहरूले देख्न पाउनेछन्। यसबेला आकाशमा बिजुली चम्केर चारैतिर उज्यालो भएजस्तो हुनेछ। र त्यो उज्यालो चारैतिर देखिनेछ।
28 for wherever the carcase may be, there shall the eagles be gathered together.गिद्धहरू जम्मा भएको देखेर तिमीहरू त्यहाँ सीनो छ भनेर जान्न सक्छौ त्यसैगरी मेरो आगंमन त्यस्तै प्रत्यक्ष हुनेछ।
29 `And immediately after the tribulation of those days, the sun shall be darkened, and the moon shall not give her light, and the stars shall fall from the heaven, and the powers of the heavens shall be shaken;“ती दिनका संकटहरूपछि तुरन्तै।‘घाम अँध्यारो हुनेछ, अनि जूनले पनि आफ्नो चमक दिने छैन। ताराहरू आकाशबाट झर्नेछन्, अनि आकाशका सबै चीजहरू हेरफेर हुनेछन्।’
30 and then shall appear the sign of the Son of Man in the heaven; and then shall all the tribes of the earth smite the breast, and they shall see the Son of Man coming upon the clouds of the heaven, with power and much glory;“त्यसबेला आकाशमा केही चिन्ह देखीने छन् र ती मानिसको पुत्रको चिन्ह हुनेछन्। संसारभरिका सबै मानिसहरू रूनेछन्। सबै मानिसहरूले मानिसको पुत्रलाई आकाशमा बादलसँग आँउदै गरेको देख्नेछन्। मानिसको पुत्र शक्ति र महान गौरव लिएर आउनेछन्।
31 and he shall send his messengers with a great sound of a trumpet, and they shall gather together his chosen from the four winds, from the ends of the heavens unto the ends thereof.चारै दिशाबाट आकासको एक छेऊ देखि अर्को छेउसम्म परमेश्वरद्वारा चुनिएको मानिसहरूलाई भेला गर्न मानिसको पुत्रले तुरहीको आवाज सहित स्वर्गदूतहरूलाई पठाउनु हुनेछ।
32 `And from the fig-tree learn ye the simile: When already its branch may have become tender, and the leaves it may put forth, ye know that summer `is' nigh,“नेभाराको रूखले तिमीहरूलाई शिक्षा दिनेछ जब नेभाराको रूखको हाँगाहरू हरियो देखिन्छन् पालुवा फेर्दै गरेको देखेर तिमीहरू जान्दछौ ग्रीष्म ऋतु नजिक छ।
33 so also ye, when ye may see all these, ye know that it is nigh -- at the doors.तिमीहरूसित पनि यस्तै हुनेछ। जब तिमीहरू यस्तो भएको देख्छौ, त्यसबेला तिमीहरूलाई समय नजिक छ र त्यो आउने लागेको छ भनी थाहा हुनेछ।
34 Verily I say to you, this generation may not pass away till all these may come to pass.म तिमीहरूलाई साँचो भन्दछु, यस पुस्ताका मानिसहरू जीवित रहदा नै यी कुराहरू हुनेछन्।
35 The heaven and the earth shall pass away, but my words shall not pass away.आकाश र पृथ्वी ध्वंस गरिनेछ, तर मैले बोलेका शब्दहरू कहिल्यै नाश हुनेछैनन्।:32-37;
36 `And concerning that day and the hour no one hath known -- not even the messengers of the heavens -- except my Father only;“त्यो घट्ना कहिले घट्नेछ भनेर कुनै मानिसले पनि त्यो समय र दिन जान्दैन। पुत्र आफै र स्वर्गदूतहरूले पनि जान्दैनन्। तर पिताले मात्र जान्नुहुन्छ।
37 and as the days of Noah -- so shall be also the presence of the Son of Man;मानिसको पुत्र आउदा, त्यसबेला त्यस्तै स्थिति हुनेछ जस्तो स्थिति नूहको समयमा भएको थियो।
38 for as they were, in the days before the flood, eating, and drinking, marrying, and giving in marriage, till the day Noah entered into the ark,त्यसबेला जल-प्रलय हुन अघि मानिसहरू खाइ पिइरहेका थिए। मानिसहरू विवाह गर्दै थिए र आफ्नो छोरा अनि छोरीहरूलाई विवाह गर्न दिइरहेका थिए। नूह जहाजभित्र नचडुञ्जेलसम्म मानिसहरूले यसो गरिरहेका थिए।
39 and they did not know till the flood came and took all away; so shall be also the presence of the Son of Man.मानिसहरूले के भइरहेको छ भनी केही जानेका थिएनन्। तर त्यसैबेला जलप्रलय भयो अनि सबै नष्ट भयो। मानिसको पुत्रको आगमनको समयमा पनि यस्तै हुनेछ।
40 Then two men shall be in the field, the one is received, and the one is left;दुइजना मानिसहरू खेतमा काम गरिरहेका हुनेछन्। एकजनालाई उठाइने छ र अर्कोलाई छोडिइनेछ।
41 two women shall be grinding in the mill, one is received, and one is left.दुइजना स्त्रीहरू जाँतोमा अन्न पिंधिरहेका हुनेछन्। एउटालाई लगिनेछ र अर्कोलाई छोडिनेछ।
42 `Watch ye therefore, because ye have not known in what hour your Lord doth come;“यसकारण सधै तयार बस। कतिबेला तिमीहरूका परमप्रभु आउनु हुनेछ भन्ने कुरा तिमीहरूलाई थाहा हुने छैन।
43 and this know, that if the master of the house had known in what watch the thief doth come, he had watched, and not suffered his house to be broken through;याद गर यदी घरको मालिकले चोर कतिबेला आउँछ भनेर थाहा पाएको भए ऊ तयार भएर बस्ने थियो। ऊ सर्तक रहने थियो र चोरलाई धरभित्र पास्न दिदैन थियो।
44 because of this also ye, become ye ready, because in what hour ye do not think, the Son of Man doth come.यसकारण तिमीहरू पनि तयार बस। मानिसको पुत्र यस्तो समयमा आउनेछ जसको तिमीहरूले आशा गरेका हुने छैनौ।
45 `Who, then, is the servant, faithful and wise, whom his lord did set over his household, to give them the nourishment in season?“बुद्धिमान र विश्वासी नोकर को चाँहि छ र मालिकले उसलाई आफ्ना सबै नोकरहरूलाई भन्दा विशेष जिम्मवारी सुम्पिन्छ र अरू सबैमाथि ठीक ठीक समयमा खानेकुराको प्रबन्ध गर्ने जिम्मामा लगाउँछ।
46 Happy that servant, whom his lord, having come, shall find doing so;जब मालिक आउँछ र नोकरलाई दिइएको काम गरिरहेको भेट्दछ, भने त्यो नोकर धन्य को हो।
47 verily I say to you, that over all his substance he will set him.म तिमीहरूलाई साँचो भन्दछु। त्यो मालिकले उसलाई आफूसित भएको सारा सम्पत्तिमाथि जिम्मा लगाउछ उसले प्रत्येक कुराहरूको हेरचाह गर्न पाउँछ।
48 `And, if that evil servant may say in his heart, My Lord doth delay to come,तर नोकर नै दुष्ट छ र आफ्नो मालिक झट्ट आउँदैन भनेर सम्झन्छ भने त्यसबेला के हुन्छ?
49 and may begin to beat the fellow-servants, and to eat and to drink with the drunken,त्यसपछि उसले अरू नोकहरूलाई पिट्न थाल्छ। उ आफूजस्तै अरू मानिसहरूसँग बसेर खान र पिउन लाग्छ।
50 the lord of that servant will arrive in a day when he doth not expect, and in an hour of which he doth not know,अनि जब मालिक नसोचेको दिनमा आइपुग्नेछ। जब कि उसले आशा नगरेको दिन र नसम्झेको समयमा आइपुग्नेछ।
51 and will cut him off, and his portion with the hypocrites will appoint; there shall be the weeping and the gnashing of the teeth.त्यसपछि मालिकबाट ऊ दण्डित हुनुपर्छ। मालिकले उसलाई कपटीहरूसँग सामेल गराइदिनेछ। त्यहाँ मानिसहरूको रूवावसी र दाह्रा किटाई हुनेछन्।
Nepali Bible