Bible

Matthew 22 - WEB (Nepali)

1 Jesus answered and spoke again in parables to them, saying,मानिसहरूलाई बुझाउनका निम्ति येशूले केही दृष्टान्तहरू भन्नुभयो।

2 "The Kingdom of Heaven is like a certain king, who made a marriage feast for his son,“स्वर्गका राज्य एउटा राजा जस्तै हो, जसले आफ्नो छोराको विवाहमा भोजनको व्यवस्था गर्छन्।

3 and sent out his servants to call those who were invited to the marriage feast, but they would not come.राजाले केही मानिसहरूलाई भोजमा निम्तो गरेका थिए। जब भोज तयार भयो, राजाले आफ्ना नोकरहरूलाई ती मानिसहरूलाई बोलाउन पठाए। तर मानिसहरूले राजाको यस भोजमा उपास्थित हुन अस्वीकार गरे।

4 Again he sent out other servants, saying, 'Tell those who are invited, "Behold, I have made ready my dinner. My oxen and my fatlings are killed, and all things are ready. Come to the marriage feast!"'“तब राजाले अझ धेरै नोकरहरू पठाए। राजाले नोकरहरूलाई यसो भनेका थिए, ‘मैले निम्ताएका ती मानिसहरूलाई खाना तयार भयो भनेर भन्नु। मैले मेरा गोरूहरू अनि पुष्टयाएका पशुहरू मारेकोछु। सबै कुरा तयारी छ। विवाहको भोजमा सामेल हुन आऊ।’

5 But they made light of it, and went their ways, one to his own farm, another to his merchandise,“नोकरहरूले ती मानिसहरूलाई भोजमा आउने आग्रह गरे। तर तिनीहरू नोकरहरूको कुरा सुन्न अस्वीकीर गरे। ती मानिसहरू आ-आफ्नै काममा लागे। एकजना आफ्नो खेतमा गए, अनि अर्को आफ्नो व्यापारतिर लागे।

6 and the rest grabbed his servants, and treated them shamefully, and killed them.कसैले नोकरहरूलाई समातेर पीटे अनि तिनीहरूलाई मारिदिए।

7 When the king heard that, he was angry, and he sent his armies, destroyed those murderers, and burned their city.यो सुनेर राजा क्रोधित भए। राजाले आफ्नो सेना पठाए, ती हत्याराहरूलाई मारे अनि तिनीहरूको शहर जलाएर भष्म पारिदिए।

8 "Then he said to his servants, 'The wedding is ready, but those who were invited weren't worthy.“त्यसपछि, राजाले आफ्ना नोकरहरूलाई भने, ‘विवाहको भोज तयारी छ। मैले ती मानिसहरूलाई बोलाएको हुँ, तर तिनीहरू यो भोजमा सामेल हुन योग्यको भएनन्।

9 Go therefore to the intersections of the highways, and as many as you may find, invite to the marriage feast.'यसकारण तिमीहरू गल्लीका कुना कुनामा जाऊ अनि देखेकाहरू जतिलाई भोजमा सामेल हुन निम्त्याएर ल्याऊ। तिनीहरूलाई मेरो भोजमा आऊ भनिदेऊ।’

10 Those servants went out into the highways, and gathered together as many as they found, both bad and good. The wedding was filled with guests.अनि नोकरहरू गल्लीहरूतिर गए। तिनीहरूले भेटेसम्म सबैलाई भेला पारे। तिनीहरूले राम्रा मानिसहरू सबैलाइ भोजमा सामेल गराउन लगे। त्यो ठाउँ मानिसै-मानिसको भीडले भरियो।

11 But when the king came in to see the guests, he saw there a man who didn't have on wedding clothing,त्यसपछि ती खाँदैगरेका मानिसहरूलाई हेर्न भनी राजा आए। कुनै एकजनालाई विवाहको पोशाकमा नभएको राजाले भेट्टाए।

12 and he said to him, 'Friend, how did you come in here not wearing wedding clothing?' He was speechless.राजाले भने, ‘मित्र, तिमी यहाँ भित्र कसरी आयौ? विवाहको लागि लाउने पोशाक तिमीले लगाएका छैनौ।’ तर त्यो मानिस केही बोलेन।

13 Then the king said to the servants, 'Bind him hand and foot, take him away, and throw him into the outer darkness; there is where the weeping and grinding of teeth will be.'अनि राजाले आफ्ना नोकहरूलाई भने, ‘त्यसका हात खुट्टा बाँधेर त्यसलाई अँध्यारोमा फलिदेऊ जहाँ मानिसहरू दुखले रूवाबसी गर्दै र दाह्रा किट्दै बस्छन्।’

14 For many are called, but few chosen."“हो धेरै मानिसहरू बोलाइएका हुन्छन्। तर चुनिएका थोरै मात्र छन्।”केही यहूदी नेताहरू येशूलाई झुक्याउन खोज्छन्

15 Then the Pharisees went and took counsel how they might entrap him in his talk.तब फरिसीहरूले त्यो स्थान छाडे जहाँ येशूले सिकाँउदै हुनुहुन्थ्यो। येशूलाई प्रश्नहरूको जालमा पार्न तिनीहरू सहमत भए।

16 They sent their disciples to him, along with the Herodians, saying, "Teacher, we know that you are honest, and teach the way of God in truth, no matter who you teach, for you aren't partial to anyone.फरिसीहरूले येशूलाई फँसाउन केही मानिसहरू पठाए। तिनीहरूले केही आफ्नै मानिसहरू र केही हेरोदी दलका मानिसहरूलाई पठाए। ती मानिसहरूले भने, “गुरूज्यू, तपाईं अति इमान्दार हुनूहुन्छ भनेर हामी जान्दछौ। हामी जान्दछौं तपाईंले परमेश्वरको मार्ग बारे ठीकसित सिकाउनुहुन्छ। तपाईं कसैसित डराउनु हुन्न। तपाईंको अधि सबै मानिसहरू समान छन्। यसर्थ हामीलाई तपाईंका धारणा भन्नु होस्।

17 Tell us therefore, what do you think? Is it lawful to pay taxes to Caesar, or not?"सिजरलाई महसूल तिर्नु उचित हो कि होइन”

18 But Jesus perceived their wickedness, and said, "Why do you test me, you hypocrites?तर ती मानिसहरूले नराम्रो जालसाजी गर्दैछन् भनेर येशूले बुझी हाल्नुभयो। अनि उहाँले भन्नुभयो, “तिमीहरू कपटीहरू हौ। केही झूटो निहुँमा तिमीहरू मलाई फँसाउन चाहन्छौ?

19 Show me the tax money." They brought to him a denarius.महसूल तिर्नमा उपयोग गरीने सिक्का मलाई देखाऊ।” ती मानिसहरूले येशूलाई एक चाँदीको सिक्का देखाए।

20 He asked them, "Whose is this image and inscription?"येशूले फेरि भन्नुभयो, “सिक्कामा कसको चित्र छ? अनि कसको नाम त्यहाँ अंकित छ।”

21 They said to him, "Caesar's." Then he said to them, "Give therefore to Caesar the things that are Caesar's, and to God the things that are God's."येशूले फेरि भन्नुभयो, “जो सिजरको हो त्यो सिजरलाई देऊ र जो परमेश्वरको परमेश्वरलाई देऊ।

22 When they heard it, they marveled, and left him, and went away.ती मानिसहरूले येशूले भन्नुभएको कुरा सुने, र तिनीहरू छक्क परे। अनि येशूलाई त्यही छोडेर तिनीहरू गए।

23 On that day Sadducees (those who say that there is no resurrection) came to him. They asked him,त्यही दिन केही सदुकीहरू येशूकहाँ आए। सदुकीहरू विश्वास गर्थे कि कुनै मानिस मृत्युबाट बौरी उठ्ने छैन। सदुकीहरूले येशूलाई एउटा प्रश्न गरे;

24 saying, "Teacher, Moses said, 'If a man dies, having no children, his brother shall marry his wife, and raise up seed for his brother.'तिनीहरूले भने, “गुरूज्यू, मोशाले भने अनुसार कुनै विवाहित पुरूष बालबच्चा नभईकन मर्यो भने उसको भाईले आफ्ना दाज्यूका निम्ति सन्तानहरू जन्माउन त्यस विधवा आइमाईलाई विवाह गर्नसक्छ।

25 Now there were with us seven brothers. The first married and died, and having no seed left his wife to his brother.हामी बीच सातजना दाज्यू-भाइहरू थिए। जेठाले विवाह गर्यो र मर्यो। उसको कुनै बालबच्चा थिएन। यसर्थ उसको भाइले विधवी भाउज्यूलाई विवाह गर्यो।

26 In like manner the second also, and the third, to the seventh.त्यसपछि त्यो दोस्रो भाइ पनि मर्यो। त्यस्तै घटना तेस्रो भाइसँग पनि घट्‌यो र त्यस्तै अरू दाज्यू-भाइहरूसँग गर्दै सात दाज्यू-भाइसम्म घट्यो।

27 After them all, the woman died.तिनीहरू सबै मरेपछि त्यो आईमाई पनि मरी।

28 In the resurrection therefore, whose wife will she be of the seven? For they all had her."तर ती सातैजना दाज्यू-भाइहरूले त्यस आईमाईलाई विवाह गरेका थिए। तब पुनरूत्थनामा त्यो स्त्रीको पति कुन चाही हुनेछ?”

29 But Jesus answered them, "You are mistaken, not knowing the Scriptures, nor the power of God.येशूले जवाफ दिनुभयो, “तिमीहरू योकुरा बुझ्दैनौ किनभने धर्मशास्त्रमा के लेखेको छ त्यो तिमीहरू जान्दैनौ। परमेश्वरको शक्तिको विषयमा पनि तिमीहरू केही जान्दैनौ।

30 For in the resurrection they neither marry, nor are given in marriage, but are like God's angels in heaven.त्यसबेला जब मानिसहरू मृत्युबाट बौरिउठ्छन् त्यहाँ विवाहको प्रश्न नै आँउदैन। मानिसहरू त्यहाँ एक-अर्का संग विवाह गर्ने छैनन्। सबै मानिसहरू स्वर्गका स्वर्गदूतहरू झैं हुनेछन्।

31 But concerning the resurrection of the dead, haven't you read that which was spoken to you by God, saying,यसकारण पुनरूत्थानको विषयमा परमेश्वरले तिमीहरूलाई के भन्नु भएको छ त्यो पढेका छैनौ।

32 'I am the God of Abraham, and the God of Isaac, and the God of Jacob?' God is not the God of the dead, but of the living."परमेश्वरले भन्नुभएको छ, ‘म अब्राहामको परमेश्वर, इसहाकको परमेश्वर, अनि याकूब का परमेश्वर हुँ।’यसको मतलब परमेश्वर मृत मानिसहरूका परमेश्वर हुनुहुन्न तर जिंउदा मानिसहरूसँग हुनु हुन्छ।”

33 When the multitudes heard it, they were astonished at his teaching.मानिसहरूले सुने र येशूको शिक्षामा तिनीहरू छक्क परे।

34 But the Pharisees, when they heard that he had put the Sadducees to silence, gathered themselves together.येशूले सदुकीहरूदलाई यसरी जवाफ दिएर तिनीहरूलाई चुप बनाई दिनू भएको सुनेर फरिसीहरू जम्मा भए।

35 One of them, a lawyer, asked him a question, testing him.एकजना फरिसी मोशाको व्यवस्था प्रति निकै ज्ञान भएको थियो। त्यो फरिसीले येशूलाई परीक्षा गर्ने इच्छा गर्यो।

36 "Teacher, which is the greatest commandment in the law?"त्यस फरिसीले येशूलाई सोध्यो, “गुरूज्यू, व्यवस्थामा सबैभन्दा ठूलो आज्ञा कुन हो?”

37 Jesus said to him, "'You shall love the Lord your God with all your heart, and with all your soul, and with all your mind.'येशूले जवाफ दिनुभयो, “तिमीले आफ्ना परमप्रभु परमेश्वरलाई प्रेम गर्नुपर्छ। आफ्नो सम्पूर्ण हृदयदेखि, सम्पूर्ण आत्मादेखि र सम्पूर्ण मनदेखि प्रेम गर्नुपर्छ।’

38 This is the first and great commandment.यहीनै पहिलो र सबै भन्दा महान आज्ञा हो।

39 A second likewise is this, 'You shall love your neighbor as yourself.'दोस्रो आज्ञा पहिलो जस्तै छ ‘आफूलाई जस्तै अरू मानिसलाई पनि प्रेम गर्नु।’

40 The whole law and the prophets depend on these two commandments."अगमवक्ताहरूका सबै व्यवस्था र रचनाहरू यिनै दुइ आज्ञाहरूमा आधारित छन्।”

41 Now while the Pharisees were gathered together, Jesus asked them a question,जब फरिसीहरू त्यहाँ भेला भईरहेका थिए, येशूले तिनीहरूलाई एउटा प्रश्न गर्नुभयो,

42 saying, "What do you think of the Christ? Whose son is he?" They said to him, "Of David."“ख्रीष्टको विषयमा तिमीहरूको के धारणा छ? उहाँ कसको पुत्र हुनुहुन्छ।”फरिसीहरूले जवाफ दिए, “ख्रीष्ट दाऊदका पुत्र हुन्।”

43 He said to them, "How then does David in the Spirit call him Lord, saying,त्यसपछि येशूले फरिसीहरूलाई भन्नुभयो, “यदि त्यसो भए दाउदले उहाँलाई किन ‘परमप्रभु’ भने? दाऊद पवित्र आत्माको शक्तिद्वारा बोलिरहेका थिए।

44 'The Lord said to my Lord, Sit on my right hand, Until I make your enemies a footstool for your feet?'दाऊदले भने, ‘प्रभुले मेरो प्रभुलाई भन्नुभयो, मेरो दाहिनेपटि बस, अनि म तिम्रो शत्रुहरूलाई तिम्रा वशमा राख्नेछु।’

45 "If then David calls him Lord, how is he his son?"दाऊदले ख्रीष्टलाई ‘परमप्रभु’ भन्दछन्। त्यसो भए कसरी ऊ दाऊदको पुत्र हुनसक्छ?”

46 No one was able to answer him a word, neither dared any man from that day forth ask him any more questions.कुनै पनि फरिसीहरूले येशूको यो प्रश्नको जवाफ दिन सकेनन्। अनि त्यसदिनदेखि कसैले पनि येशूलाई अझ बढता प्रश्नहरू गर्ने साहस गरेनन्।

Nepali Bible