Bible

Matthew 22 - BBE (Nepali)

1 And Jesus, talking to them again in stories, said:मानिसहरूलाई बुझाउनका निम्ति येशूले केही दृष्टान्तहरू भन्नुभयो।

2 The kingdom of heaven is like a certain king, who made a feast when his son was married,“स्वर्गका राज्य एउटा राजा जस्तै हो, जसले आफ्नो छोराको विवाहमा भोजनको व्यवस्था गर्छन्।

3 And sent out his servants to get in the guests to the feast: and they would not come.राजाले केही मानिसहरूलाई भोजमा निम्तो गरेका थिए। जब भोज तयार भयो, राजाले आफ्ना नोकरहरूलाई ती मानिसहरूलाई बोलाउन पठाए। तर मानिसहरूले राजाको यस भोजमा उपास्थित हुन अस्वीकार गरे।

4 Again he sent out other servants, with orders to say to the guests, See, I have made ready my feast: my oxen and my fat beasts have been put to death, and all things are ready: come to the feast.“तब राजाले अझ धेरै नोकरहरू पठाए। राजाले नोकरहरूलाई यसो भनेका थिए, ‘मैले निम्ताएका ती मानिसहरूलाई खाना तयार भयो भनेर भन्नु। मैले मेरा गोरूहरू अनि पुष्टयाएका पशुहरू मारेकोछु। सबै कुरा तयारी छ। विवाहको भोजमा सामेल हुन आऊ।’

5 But they gave no attention, and went about their business, one to his farm, another to his trade:“नोकरहरूले ती मानिसहरूलाई भोजमा आउने आग्रह गरे। तर तिनीहरू नोकरहरूको कुरा सुन्न अस्वीकीर गरे। ती मानिसहरू आ-आफ्नै काममा लागे। एकजना आफ्नो खेतमा गए, अनि अर्को आफ्नो व्यापारतिर लागे।

6 And the rest put violent hands on his servants, and did evil to them, and put them to death.कसैले नोकरहरूलाई समातेर पीटे अनि तिनीहरूलाई मारिदिए।

7 But the king was angry; and he sent his armies, and those who had put his servants to death he gave to destruction, burning down their town with fire.यो सुनेर राजा क्रोधित भए। राजाले आफ्नो सेना पठाए, ती हत्याराहरूलाई मारे अनि तिनीहरूको शहर जलाएर भष्म पारिदिए।

8 Then he said to his servants, The feast is ready but the guests were not good enough.“त्यसपछि, राजाले आफ्ना नोकरहरूलाई भने, ‘विवाहको भोज तयारी छ। मैले ती मानिसहरूलाई बोलाएको हुँ, तर तिनीहरू यो भोजमा सामेल हुन योग्यको भएनन्।

9 Go then to the cross-roads, and get all those whom you see to come to the bride-feast.यसकारण तिमीहरू गल्लीका कुना कुनामा जाऊ अनि देखेकाहरू जतिलाई भोजमा सामेल हुन निम्त्याएर ल्याऊ। तिनीहरूलाई मेरो भोजमा आऊ भनिदेऊ।’

10 And those servants went out into the streets, and got together all those whom they came across, bad and good: and the feast was full of guests.अनि नोकरहरू गल्लीहरूतिर गए। तिनीहरूले भेटेसम्म सबैलाई भेला पारे। तिनीहरूले राम्रा मानिसहरू सबैलाइ भोजमा सामेल गराउन लगे। त्यो ठाउँ मानिसै-मानिसको भीडले भरियो।

11 But when the king came in to see the guests, he saw there a man who had not on a guest's robe;त्यसपछि ती खाँदैगरेका मानिसहरूलाई हेर्न भनी राजा आए। कुनै एकजनालाई विवाहको पोशाकमा नभएको राजाले भेट्टाए।

12 And he says to him, Friend, how came you in here not having a guest's robe? And he had nothing to say.राजाले भने, ‘मित्र, तिमी यहाँ भित्र कसरी आयौ? विवाहको लागि लाउने पोशाक तिमीले लगाएका छैनौ।’ तर त्यो मानिस केही बोलेन।

13 Then the king said to the servants, Put cords round his hands and feet and put him out into the dark; there will be weeping and cries of sorrow.अनि राजाले आफ्ना नोकहरूलाई भने, ‘त्यसका हात खुट्टा बाँधेर त्यसलाई अँध्यारोमा फलिदेऊ जहाँ मानिसहरू दुखले रूवाबसी गर्दै र दाह्रा किट्दै बस्छन्।’

14 For out of all to whom the good news has come, only a small number will get salvation.“हो धेरै मानिसहरू बोलाइएका हुन्छन्। तर चुनिएका थोरै मात्र छन्।”केही यहूदी नेताहरू येशूलाई झुक्याउन खोज्छन्

15 Then the Pharisees went and had a meeting to see how they might make use of his words to take him.तब फरिसीहरूले त्यो स्थान छाडे जहाँ येशूले सिकाँउदै हुनुहुन्थ्यो। येशूलाई प्रश्नहरूको जालमा पार्न तिनीहरू सहमत भए।

16 And they sent to him their disciples, with the Herodians, saying, Master, we see that you are true, and that you are teaching the true way of God, and have no fear of anyone, because you have no respect for a man's position.फरिसीहरूले येशूलाई फँसाउन केही मानिसहरू पठाए। तिनीहरूले केही आफ्नै मानिसहरू र केही हेरोदी दलका मानिसहरूलाई पठाए। ती मानिसहरूले भने, “गुरूज्यू, तपाईं अति इमान्दार हुनूहुन्छ भनेर हामी जान्दछौ। हामी जान्दछौं तपाईंले परमेश्वरको मार्ग बारे ठीकसित सिकाउनुहुन्छ। तपाईं कसैसित डराउनु हुन्न। तपाईंको अधि सबै मानिसहरू समान छन्। यसर्थ हामीलाई तपाईंका धारणा भन्नु होस्।

17 Give us, then, your opinion of this: Is it right to give tax to Caesar, or not?सिजरलाई महसूल तिर्नु उचित हो कि होइन”

18 But Jesus saw their trick and said, Oh false ones, why are you attempting to put me in the wrong?तर ती मानिसहरूले नराम्रो जालसाजी गर्दैछन् भनेर येशूले बुझी हाल्नुभयो। अनि उहाँले भन्नुभयो, “तिमीहरू कपटीहरू हौ। केही झूटो निहुँमा तिमीहरू मलाई फँसाउन चाहन्छौ?

19 Let me see the tax money. And they gave him a penny.महसूल तिर्नमा उपयोग गरीने सिक्का मलाई देखाऊ।” ती मानिसहरूले येशूलाई एक चाँदीको सिक्का देखाए।

20 And he said to them, Whose is this image and name on it?येशूले फेरि भन्नुभयो, “सिक्कामा कसको चित्र छ? अनि कसको नाम त्यहाँ अंकित छ।”

21 They say to him, Caesar's. Then he said to them, Give to Caesar the things which are Caesar's, and to God the things which are God's.येशूले फेरि भन्नुभयो, “जो सिजरको हो त्यो सिजरलाई देऊ र जो परमेश्वरको परमेश्वरलाई देऊ।

22 And hearing it, they were full of wonder, and went away from him.ती मानिसहरूले येशूले भन्नुभएको कुरा सुने, र तिनीहरू छक्क परे। अनि येशूलाई त्यही छोडेर तिनीहरू गए।

23 On the same day there came to him the Sadducees, who say that there is no coming back from the dead: and they put a question to him, saying,त्यही दिन केही सदुकीहरू येशूकहाँ आए। सदुकीहरू विश्वास गर्थे कि कुनै मानिस मृत्युबाट बौरी उठ्ने छैन। सदुकीहरूले येशूलाई एउटा प्रश्न गरे;

24 Master, Moses said, If a man, at the time of his death, has no children, let his brother take his wife, and get a family for his brother;तिनीहरूले भने, “गुरूज्यू, मोशाले भने अनुसार कुनै विवाहित पुरूष बालबच्चा नभईकन मर्यो भने उसको भाईले आफ्ना दाज्यूका निम्ति सन्तानहरू जन्माउन त्यस विधवा आइमाईलाई विवाह गर्नसक्छ।

25 Now there were among us seven brothers; and the first was married and at his death, having no seed, gave his wife to his brother;हामी बीच सातजना दाज्यू-भाइहरू थिए। जेठाले विवाह गर्यो र मर्यो। उसको कुनै बालबच्चा थिएन। यसर्थ उसको भाइले विधवी भाउज्यूलाई विवाह गर्यो।

26 In the same way the second and the third, up to the seventh.त्यसपछि त्यो दोस्रो भाइ पनि मर्यो। त्यस्तै घटना तेस्रो भाइसँग पनि घट्‌यो र त्यस्तै अरू दाज्यू-भाइहरूसँग गर्दै सात दाज्यू-भाइसम्म घट्यो।

27 And last of all the woman came to her end.तिनीहरू सबै मरेपछि त्यो आईमाई पनि मरी।

28 When they come back from the dead, then, whose wife will she be of the seven? because they all had her.तर ती सातैजना दाज्यू-भाइहरूले त्यस आईमाईलाई विवाह गरेका थिए। तब पुनरूत्थनामा त्यो स्त्रीको पति कुन चाही हुनेछ?”

29 But Jesus said to them in answer, You are in error, not having knowledge of the Writings, or of the power of God.येशूले जवाफ दिनुभयो, “तिमीहरू योकुरा बुझ्दैनौ किनभने धर्मशास्त्रमा के लेखेको छ त्यो तिमीहरू जान्दैनौ। परमेश्वरको शक्तिको विषयमा पनि तिमीहरू केही जान्दैनौ।

30 For when they come back from the dead there are no husbands and wives, but they are as the angels in heaven.त्यसबेला जब मानिसहरू मृत्युबाट बौरिउठ्छन् त्यहाँ विवाहको प्रश्न नै आँउदैन। मानिसहरू त्यहाँ एक-अर्का संग विवाह गर्ने छैनन्। सबै मानिसहरू स्वर्गका स्वर्गदूतहरू झैं हुनेछन्।

31 But about the dead coming back to life, have you no knowledge of what was said to you by God in the Writings:यसकारण पुनरूत्थानको विषयमा परमेश्वरले तिमीहरूलाई के भन्नु भएको छ त्यो पढेका छैनौ।

32 I am the God of Abraham, and the God of Isaac, and the God of Jacob? God is not the God of the dead but of the living.परमेश्वरले भन्नुभएको छ, ‘म अब्राहामको परमेश्वर, इसहाकको परमेश्वर, अनि याकूब का परमेश्वर हुँ।’यसको मतलब परमेश्वर मृत मानिसहरूका परमेश्वर हुनुहुन्न तर जिंउदा मानिसहरूसँग हुनु हुन्छ।”

33 And the people hearing it were surprised at his teaching.मानिसहरूले सुने र येशूको शिक्षामा तिनीहरू छक्क परे।

34 But the Pharisees, hearing how the mouths of the Sadducees had been stopped, came together;येशूले सदुकीहरूदलाई यसरी जवाफ दिएर तिनीहरूलाई चुप बनाई दिनू भएको सुनेर फरिसीहरू जम्मा भए।

35 And one of them, a teacher of the law, put a question to him, testing him, and saying,एकजना फरिसी मोशाको व्यवस्था प्रति निकै ज्ञान भएको थियो। त्यो फरिसीले येशूलाई परीक्षा गर्ने इच्छा गर्यो।

36 Master, which is the chief rule in the law?त्यस फरिसीले येशूलाई सोध्यो, “गुरूज्यू, व्यवस्थामा सबैभन्दा ठूलो आज्ञा कुन हो?”

37 And he said to him, Have love for the Lord your God with all your heart, and with all your soul, and with all your mind.येशूले जवाफ दिनुभयो, “तिमीले आफ्ना परमप्रभु परमेश्वरलाई प्रेम गर्नुपर्छ। आफ्नो सम्पूर्ण हृदयदेखि, सम्पूर्ण आत्मादेखि र सम्पूर्ण मनदेखि प्रेम गर्नुपर्छ।’

38 This is the first and greatest rule.यहीनै पहिलो र सबै भन्दा महान आज्ञा हो।

39 And a second like it is this, Have love for your neighbour as for yourself.दोस्रो आज्ञा पहिलो जस्तै छ ‘आफूलाई जस्तै अरू मानिसलाई पनि प्रेम गर्नु।’

40 On these two rules all the law and the prophets are based.अगमवक्ताहरूका सबै व्यवस्था र रचनाहरू यिनै दुइ आज्ञाहरूमा आधारित छन्।”

41 Now while the Pharisees were together, Jesus put a question to them, saying,जब फरिसीहरू त्यहाँ भेला भईरहेका थिए, येशूले तिनीहरूलाई एउटा प्रश्न गर्नुभयो,

42 What is your opinion of the Christ? whose son is he? They say to him, The Son of David.“ख्रीष्टको विषयमा तिमीहरूको के धारणा छ? उहाँ कसको पुत्र हुनुहुन्छ।”फरिसीहरूले जवाफ दिए, “ख्रीष्ट दाऊदका पुत्र हुन्।”

43 He says to them, How then does David in the Spirit give him the name of Lord, saying,त्यसपछि येशूले फरिसीहरूलाई भन्नुभयो, “यदि त्यसो भए दाउदले उहाँलाई किन ‘परमप्रभु’ भने? दाऊद पवित्र आत्माको शक्तिद्वारा बोलिरहेका थिए।

44 The Lord said to my Lord, Be seated at my right hand, till I put under your feet all those who are against you?दाऊदले भने, ‘प्रभुले मेरो प्रभुलाई भन्नुभयो, मेरो दाहिनेपटि बस, अनि म तिम्रो शत्रुहरूलाई तिम्रा वशमा राख्नेछु।’

45 If David then gives him the name of Lord, how is he his son?दाऊदले ख्रीष्टलाई ‘परमप्रभु’ भन्दछन्। त्यसो भए कसरी ऊ दाऊदको पुत्र हुनसक्छ?”

46 And no one was able to give him an answer, and so great was their fear of him, that from that day no one put any more questions to him.कुनै पनि फरिसीहरूले येशूको यो प्रश्नको जवाफ दिन सकेनन्। अनि त्यसदिनदेखि कसैले पनि येशूलाई अझ बढता प्रश्नहरू गर्ने साहस गरेनन्।

Nepali Bible