Mark 6 - WEB (Nepali)
1 He went out from there. He came into his own country, and his disciples followed him.येशूले त्यस ठाऊँ छोडनुभयो अनि उहाँ आफ्नो शहर र्फकनुभयो। उहाँका चेलाहरू उहाँसंगै गए।
2 When the Sabbath had come, he began to teach in the synagogue, and many hearing him were astonished, saying, "Where did this man get these things?" and, "What is the wisdom that is given to this man, that such mighty works come about by his hands?विश्रामको दिनमा येशूले सभाघरमा शिक्षा दिन शुरू गर्नुभयो। धेरै मानिसहरू उहाँको शिक्षा सुनेर छक्क परे, तिनीहरूले भने, “योमानिसले यो शिक्षा कहाँबाट पायो? यो ज्ञान उहाँले कहाँबाट पाएका हुन्? कसले उहाँलाई यो दिएका हुन्? अनि यस्तो आश्चर्य-कर्महरू गर्ने शक्ति उहाँले कहाँबाट पाएका हुन्?
3 Isn't this the carpenter, the son of Mary, and brother of James, Joses, Judas, and Simon? Aren't his sisters here with us?" They were offended at him.के उहाँ त्यही सिकर्मी होईनन्? अनि के उहाँकी आमा मरियम अनि याकूब, योसेफ, यहूदा र सिमोन भाइहरू होइनन्? अनि के उहाँका बहिनीहरू यहाँ हामीसंग छैनन्?” ती मानिसहरूले येशूलाई स्वीकार गर्न सकेनन्।
4 Jesus said to them, "A prophet is not without honor, except in his own country, and among his own relatives, and in his own house."येशूले मानिसहरूलाई भन्नुभयो, “अरू मानिसहरूले अगमवक्तालाई आदर गर्दछन्। तर आफ्नै शहरमा आफ्नै आफन्तहरू अनि आफ्नै परिवार माझमा एक अगमवक्ताको आदर हुँदैन।
5 He could do no mighty work there, except that he laid his hands on a few sick people, and healed them.येशूले त्यस शहरमा त्यत्ति धेरै आशचर्य कर्महरू गर्नसक्नु भएन। उहाँले केही पीडित मानिसहरूलाई आफ्नो हात राखेर निको पार्नु वाहेक अरु केही सक्तिको काम गर्नु भएन।
6 He marveled because of their unbelief. He went around the villages teaching.ती मानिसहरूमा विश्वास नदेखेर येशू अत्यन्तै अचम्मित हुनु भयो। त्यसपछि येशू त्यस इलाकाका गाउँहरूतिर जानूभयो र शिक्षा दिन लाग्नुभयो।
7 He called to himself the twelve, and began to send them out two by two; and he gave them authority over the unclean spirits.येशूले बाह्रजना चेलाहरूलाई आफूकहाँ बोलाउनभयो। येशूले तिनीहरूलाई दुई दूई जनाको दलमा पठाऊनु भयो। येशूले दुष्टआत्माहरूमाथि अधिकार जमाउने शक्ति तिनीहरूलाई दिनुभयो।
8 He charged them that they should take nothing for their journey, except a staff only: no bread, no wallet, no money in their purse,येशूले चेलाहरूलाई भन्नुभयोः “यात्रामा जाँदा तिमीहरूले साथमा एउटा लौरो बाहेक केही नबोक्नु। रोटी नबोक, थैली नबोक अनि पटुकामा पैसाहरू पनि नबोक।
9 but to wear sandals, and not put on two tunics.जूत्ता लगाऊ, आफूले लागएको लुगाफाटाहरू मात्र बोक।
10 He said to them, "Wherever you enter into a house, stay there until you depart from there.जब तिमीहरू कुनै घरमा पस्छौ, तब त्यो शहर नछोडेसम्म त्यो घरपनि नछोड।
11 Whoever will not receive you nor hear you, as you depart from there, shake off the dust that is under your feet for a testimony against them. Assuredly, I tell you, it will be more tolerable for Sodom and Gomorrah in the day of judgment than for that city!"यदि कुनै शहरले तिमीहरूलाई स्वागत गरेन वा तिमीहरूको कुरा सुनेन् भने त्यो शहर छोड, शहर छोडदा तिम्रा पैतालाका धूलोहरू पनि टक्टकाइदेऊ। यही नै तिनीहरूलाई चेतावनी हुनेछ।”
12 They went out and preached that people should repent.चेलाहरूले त्यो ठाऊँ छोडी अर्को ठाहरूमा गए। तिनीहरूले मानिसहरूलाई जीवन शैली परिवर्तन गर्नु भने, “तिमीहरूले आफ्नो हृदय र रहन सहन परिवर्तन गर्नुपर्छ।”
13 They cast out many demons, and anointed many with oil who were sick, and healed them.चेलाहरूले मानिसहरूमा भएका धेरै दुष्टआत्माहरूलाई भगाईदिए, अनि तिनीहरूले रोगीहरूलाई भद्राक्षेको तेल घसे र निको पारिदिए।
14 King Herod heard this, for his name had become known, and he said, "John the Baptizer has risen from the dead, and therefore these powers are at work in him."राजा हेरोदले येशूको बारेमा सुने, किनभने अहिलेसम्म यशूलाई सबैले चिनिसकेका थिए। कसै कसैले भने, “ऊ नै बप्तिस्मा दिने यूहन्ना हुन्। मृत्युबाट उहाँलाई बौराइको हो। यसैले उहाँले चमत्कारहरू गर्न सक्नुहुन्छ।”
15 But others said, "It is Elijah." Others said, "It is the Prophet, or like one of the prophets."अरू कति मानिसहरूले भने, “उनी नै एलिया हुन्।”अरू मानिसहरूले भने, “येशू नै अगमवक्ता हुनुहुन्छ। उहाँ अगमवक्ताहरू जस्तै हुनुहुन्छ जो धेरै र्वष अघि थिए।”
16 But Herod, when he heard this, said, "This is John, whom I beheaded. He has risen from the dead."हेरोदले येशूको बारेमा यी सब कुरा सुनिसकेका थिए, तिनेले भने, “मैले टाऊँको काटेर यूहन्नालाई मारेको थिएँ। अहिले यूहन्नानै मृत्युबाट बौरी उठेको छ।”बप्तिस्मा दिने यूहन्ना कसरी मारिए
17 For Herod himself had sent out and arrested John, and bound him in prison for the sake of Herodias, his brother Philip's wife, for he had married her.हेरोद आफैले आफ्ना सिपाही हरूलाई यूहन्नालाई पक्रनु भनेर हुकूम दिएका थिए। अनि यूहन्नालाई झ्यालखानमा राखियो। हेरोदले यी सब काम आफ्नो भाइ फिलिपकी पत्नी हेरोदियासलाई ऋणी तुल्याउन गरेको थिए। तर हेरोदले हेरोदियासलाई विवाह गरेको थिए।
18 For John said to Herod, "It is not lawful for you to have your brother's wife."यूहन्नाले हेरोदलाई भनेका थिए, तिमीलाई तिम्रा भाइकी पत्नीसंग विवाह गर्ने अधिकार छैन।
19 Herodias set herself against him, and desired to kill him, but she couldn't,यसैकारणले गर्दा हेरोदियासले यूहन्नालाई घृणा गर्न थालेकी थिइन। अनि हेरोदियास उसलाई मार्न चाहन्थिइन। तर हेरोदियासले यूहन्नालाई मार्न सकेकी थिइनन्।
20 for Herod feared John, knowing that he was a righteous and holy man, and kept him safe. When he heard him, he did many things, and he heard him gladly.किन भने हेरोद यूहन्नालाई मार्न भयभीत थिए। हेरोदलाई थाहा थियो कि यूहन्नालाई मानिसहरूले एक धार्मिक र पवित्र मानिस हुन् भनेर मान्दथे। वा उपदेश सुन्न हेरोदलाई आनन्द लाग्थ्यो, तर यूहन्नाका उपदेशले हेरोदलाई खुबै बाधा पनि भयो।
21 Then a convenient day came, that Herod on his birthday made a supper for his nobles, the high officers, and the chief men of Galilee.अब हेरोदियासले यूहन्नालाई मार्ने सही समय पाइन। यो घटना हेरोदको जन्मदिनमा भयो। हेरोदले आफ्ना प्रमुख सरकारी अधिकारीहरू सेनाका कप्तानहरू, अनि गालीलका सबै प्रमुख मानिसहरलाई आफ्नो जन्म उत्सवमा बेलुकीको भोज व्यवस्था गरे।
22 When the daughter of Herodias herself came in and danced, she pleased Herod and those sitting with him. The king said to the young lady, "Ask me whatever you want, and I will give it to you."हरोदियासकी छोरी आएर नाची, अनि उसले हेरोद र तिनका अतिथिहरूलाई जो उसंग खाँदै थिए खुशी पारी।अनि राजा हेरोदले आफ्नी छोरीलाई भने, “तिमीले चाहेको केही पनि माग म तिमीलाई त्यो दिनेछु।”
23 He swore to her, "Whatever you shall ask of me, I will give you, up to half of my kingdom."हेरोदले शपथ खाएर त्यसलाई भने, “तिमीले जे पनि माग्दछौ म त्यो दिनेछु तिमीलाई मेरो राज्यकै आधा हिस्सा समेत दिनेछु।”
24 She went out, and said to her mother, "What shall I ask?" She said, "The head of John the Baptizer."छोरी त्यहाँबाटा गई, अनि आफ्नो आमालाई सोधी, “राजा हेरोदसंग म के चीज माँगु?”उसकी आमाले जवाफ दिई, “बप्तिस्मा दिने यूहन्नाको शिर माँग।”
25 She came in immediately with haste to the king, and asked, "I want you to give me right now the head of John the Baptizer on a platter."तत्कालै छोरी राजा भएकहाँ गई, अनि उसले राजालई भनी, “दया गरी मलाई बप्तिस्मा दिने यूहन्नाको शिरको दिनुहोस्। अहिलै नै एउटा थालमा मलाई त्यो ल्याइदिनुहोस्।”
26 The king was exceedingly sorry, but for the sake of his oaths, and of his dinner guests, he didn't wish to refuse her.राजा हेरोद खूबै दुःखीत भए। तर छोरीले मागेको जे चीजपनि पूरा गर्न उस्ले शपथ खाएको थियो। अनि खाना खान बसेका मानिसहरूले उसले भनेका यी सबै कुरा सुनेका थिए। यसैले उसले मागेको कुरा अस्वीकार गर्न हेरोदले चाहेनन्।
27 Immediately the king sent out a soldier of his guard, and commanded to bring John's head, and he went and beheaded him in the prison,त्यसपछि हेरोदले एकजना सैनिकलाई यूहन्नाको शिर ल्याउनु भन्ने हुकुम गर्यो। त्यो सिपाही गयो, अनि यूहन्नाको शिर झ्यालखानमा काट्यो।
28 and brought his head on a platter, and gave it to the young lady; and the young lady gave it to her mother.केही बेरपछि उसले यूहन्नाको शिर एउटा थालमा लिएर आयो। त्यसले शिर त्यो केटीलाई दियो। अनि उसले त्यो आफ्नो आमालाई दिईन्।
29 When his disciples heard this, they came and took up his corpse, and laid it in a tomb.यूहन्नाको चेलाहरूले यो घटना भएको सबै सुने। अनि तिहरू आए र यूहन्नाको लाश लगे अनि त्यसलाई चिहानमा लगेर राखे।
30 The apostles gathered themselves together to Jesus, and they told him all things, whatever they had done, and whatever they had taught.येशूले पठाउनु भएका प्रोरितहरू फर्केर उहाँ कहाँ आइपुगे। तिनीहरू उहाँको वरिपरि भेला भए, अनि तिनीहरूले गरेका र सिकाएका सबै कुरा उहाँलाई सुनाए।
31 He said to them, "You come apart into a deserted place, and rest awhile." For there were many coming and going, and they had no leisure so much as to eat.येशू र उहाँका चेलाहरू खुबै व्यस्त थिए। त्यहाँ धेरै मानिसहरू आउ जाऊ गरिरहेकाथिए। येशू र उहाँका चेलाहरूलाई खानसम्म पनि समय थिएन। उहाँले चेलाहरूलाई भन्नुभयो, “मकहाँ आऊ, हामी सबै एकान्त ठाउँमा जाऊ। त्यहाँ तिमीहरूलाई केही विश्राम मिल्नेछ।”
32 They went away in the boat to a desert place by themselves.यसकारण येशु र उहाँका चेलाहरू डुङ्गामा चढेर एकान्त ठाउँमा जानुभयो।
33 They{TR reads "The multitudes" instead of "They"} saw them going, and many recognized him and ran there on foot from all the cities. They arrived before them and came together to him.तर धेरै मानिसहरूले उहाँहकलाई गएको देखे। तिनीहरूले थाहा पाए उहाँ येशू नै हुनुहुन्छ। अनि सबै शहरका मानिसहरू येशू भएकै तिर दगुरे। येशू पुग्नु भन्दा अघिनै मानिसहरू त्यहाँ पुगे।
34 Jesus came out, saw a great multitude, and he had compassion on them, because they were like sheep without a shepherd, and he began to teach them many things.जब येशू किनारमा पुग्नुभयो, त्यहाँ अनेकौं मानिसहरू उहाँले देख्नु भयो। यो देखेर योशू तिनीहरूप्रति दयालू बन्नुभयो, किनभने तिनीहरू गोठालो बिनाको भेडाहरू जस्तै थिए। अनि उहाँले ती मानिसहरूलाई धेरै कुराहरू सिकाउनु भयो।
35 When it was late in the day, his disciples came to him, and said, "This place is deserted, and it is late in the day.साँझको बेला थियो। येशूका चेलाहरू उहाँकहाँ आए। तिनीहरूले भने, “यो एउटा टाढाको स्थान हो, अनि अहिले अबेर पनि भइसक्यो।
36 Send them away, that they may go into the surrounding country and villages, and buy themselves bread, for they have nothing to eat."यसकारण यी मानिसहरूले, खानाका निम्ति केही किन्न छेउछाउका वस्ती र शहरमा जानलाई पठादिनु होस्।”
37 But he answered them, "You give them something to eat." They asked him, "Shall we go and buy two hundred denarii{200 denarii was about 7 or 8 months wages for an agricultural laborer.} worth of bread, and give them something to eat?"तर येशूले भन्नुभयो, “तिमीहरूले नै तिनीहरूलाई केही खानदेओ।”चेलाहरूले येशूलाई भने, “के! यत्रो मालिसलाई खुवाउन रोटीहरू किन्न हामी जानू? त्यति धेरै रोटीहरू किन्ने पैसा कमाउनलाई हामीले एक महीना काम गर्नु पर्नेछ!”
38 He said to them, "How many loaves do you have? Go see." When they knew, they said, "Five, and two fish."येशूले चेलाहरूलाई भन्नुभयो, “तिमीहरूसंग अहिले कतिवटा रोटी छन्? जाऊ अनि हेर।”चेलाहरूले तिनीहरूसित भएको रोटीहरू गन्ती गरे। तिनीहरू येशूकहाँ आए अनि भने, “हामीसंग पाँचवटा रोटी र दुइवटा माछाका टुक्रा छन्।”
39 He commanded them that everyone should sit down in groups on the green grass.तब येशूले आफ्नो चेलाहरूलाई आज्ञा गर्नुभयो, “सबै मानिसहरूलाई झुण्ड झुण्ड भएर हरियो घाँसमा बस्नु भन।”
40 They sat down in ranks, by hundreds and by fifties.अनि सबै गए अनि झुणड-झुण्डमा चौरमा विभाजित भए प्रत्येक झुण्डमा प्रायः 50 जना वा 100 जना मानिस थिए।
41 He took the five loaves and the two fish, and looking up to heaven, he blessed and broke the loaves, and he gave to his disciples to set before them, and he divided the two fish among them all.उहाँले पाँचवटा रोटी र दुईवटा माछाको टुक्रा लिनुभयो। उहाँले स्वर्गतिर हेर्नुभयो अनि रोटीको निम्ति परमेश्वरलाई धन्यवाद चढाउनु भयो। अनि उहाँले ती रोटीहरू टुक्रा पारेरे मानिसहरूलाई दिनु भनी आफ्ना चेलाहरूलाई दिनुभयो।। उहाँले ती माछाहरूलाई टुक्रा पार्नु भयो अनि प्रत्येकलाई दिनुभयो।
42 They all ate, and were filled.सबैले अघाउञ्जेल खाए।
43 They took up twelve baskets full of broken pieces and also of the fish.मानिसहरूले प्रशस्त खाना खाए पछि चेलाहरूले बाह्रवटा टोकरीहरू उब्रिएका रोटी र माछाका टुक्राहरूले भरे।
44 Those who ate the loaves were{TR adds "about"} five thousand men.त्यहाँ पाँचहजार मानिसहरू थिए जसले खाना खाए।
45 Immediately he made his disciples get into the boat, and to go ahead to the other side, to Bethsaida, while he himself sent the multitude away.तब, येशूले आफ्ना चेलाहरूलाई डुङ्गामा चढेर बेत्सैदामा समुद्रको अर्कोतर्फ जान लगाउनु भयो। केहीसमय पछि उहाँ आउनेछु भनी उहाँले भन्नु भयो। उहाँ ती सबै मानिसहरूलाई आ-आफ्ना घर पठाउन चाहनु हुन्थयो।
46 After he had taken leave of them, he went up the mountain to pray.तिनीहरूलाई विदा गरेपछि, येशू एउटा पहाडतिर प्रार्थना गर्न जानुभयो।
47 When evening had come, the boat was in the midst of the sea, and he was alone on the land.त्यस रात, डुङ्गा समुद्रको बीचमा थियो। अनि योशू चाँहि एकलै भूमिमा हुनुहुन्थ्यो।
48 Seeing them distressed in rowing, for the wind was contrary to them, about the fourth watch of the night he came to them, walking on the sea, and he would have passed by them,येशूले डुङ्गालाई समूद्रको धेरै टाढा पुगेको देख्नुभयो। उहाँले डुङ्गा खियाउनलाई चेलाहरूले कष्ट गरिरहेको देख्नुभयो। किनभने आँधी तिनीहरूको विरूद्ध चलिरहेको थियो। यो त्यस्तै तीन र छः बजे बिहान बिचको समय थियो। उहाँ डुङ्गा भएतिर जानुभयो। उहाँ पानीमा हिडनु भयो। उहाँले लगातार हिंडेर डुङ्गालाई समेत पार गर्ने इच्छा गर्नुभयो।
49 but they, when they saw him walking on the sea, supposed that it was a ghost, and cried out;यसैबेला चेलाहरूले येशूलाई पानीमा आँउदै गरेको देखे, तिनीहरूले सोचे त्यो भूत हो। चेलाहरू डरले चिच्याए।
50 for they all saw him, and were troubled. But he immediately spoke with them, and said to them, "Cheer up! It is I!{Literally, "I AM!"} Don't be afraid."सबै चेलाहरू उहाँलाई देखेर भयभीत भए। तर उहाँले तिनीहरूलाई तुरन्तै भन्नुभयो, “साहस राख, यो म नै हुँ। डराउनु पर्दैन।”
51 He got into the boat with them; and the wind ceased, and they were very amazed among themselves, and marveled;त्यसपछि उहाँ चेलाहरू सहित डुङ्गाभित्र जानुभयो। अनि आँधी शान्त भयष्ठ्वो। चेलाहरू एकदमै छक्क परे।
52 for they hadn't understood about the loaves, but their hearts were hardened.तिनीहरूले येशूले पाँचवाटा रोटीलाई धेरै पारेका देखेका थिए। तर यसको अर्थ के हो भनेर तिनीहरू जान्दैनन् थिए। तिनीहरू यी सब बुझ्नलाई योग्य थिएनन्।
53 When they had crossed over, they came to land at Gennesaret, and moored to the shore.येशूका चेलाहरूले ताल पार गरे। तिनीहरू गनेसरेतको किनारमा आईपुगे। तिनीहरूले डुङ्गालाई त्यहाँ बाँधेर राखे।
54 When they had come out of the boat, immediately the people recognized him,जब तिनीहरूले डुङ्गाबाट बाहिरिए, मानिसहरूले येशूलाई देखे। तिनीहरूले उहाँलाई चिने।
55 and ran around that whole region, and began to bring those who were sick, on their mats, to where they heard he was.ती मानिसहरू त्यो क्षेत्रका वरिपरि दगुर्दै गएर मानिसहरूलाई येशू यहाँ हुनुहुन्छ भन्न लागे। उहाँ भएका ठाँउमा ती मानिसहरूले अनकौं रोगीहरूलाई लिएर आए।
56 Wherever he entered, into villages, or into cities, or into the country, they laid the sick in the marketplaces, and begged him that they might touch just the fringe of his garment; and as many as touched him were made well.येशू त्यस क्षेत्रको शहर, बस्ती र गाउँहरू सबै ठाउँमा जानुभयो। अनि जहाँ-जहाँ उहाँ जानुभयो मानिसहरूले रोगीहरूलाई बजारमा ल्याए। तिनीहरूले येशूलाई ती मानिसहरूलाई केवल उहाँका लुगाको छेउ छुन देनुहोस् भनी बिन्ती गरे, अनि सबै मानिसहरू जसले येशूलाई छोए निको पनि भए।
Nepali Bible