Bible

Mark 5 - BBE (Nepali)

1 And they came to the other side of the sea, into the country of the Gerasenes.येशू र उहाँका चेलाहरू समूद्रको अर्को किनारतिर भएका गिरासिन मानिसहरूकहाँ जानूभयो।

2 And when he had got out of the boat, straight away there came to him from the place of the dead a man with an unclean spirit.जब येशू डुङ्गाबाट बाहिरिनु हुँदै थियो त्यसैबेला चिनहानबाट दुष्ट आत्मा लागेको एउटा मानिस उहाँलाई भेट्न आयो।

3 He was living in the place of the dead: and no man was able to keep him down, no, not with a chain;त्यो मानिस चिहानहरूमा बस्ने गर्दथ्यो। त्यसलाई कसैले अधीन गर्न सकेनन्, यतिसम्म कि साङ्लाले बाँधेर पनि,

4 Because he had frequently been prisoned in chains and iron bands, and the chains had been parted and the bands broken by him: and no man was strong enough to make him quiet.धेरैपल्ट मानिसहरूले त्यसको हात र खुट्टाहरू साङ्लाले बाँधेर राख्ने चेष्टा गरे। तर त्यसले आफ्ना हात र खुट्टामा बाँधेका साङ्लाहरू चुँडाईदिन्थ्यो। त्यसलाई वशमा राख्न कसैको शक्ति थिएन।

5 And all the time, by day and by night, in the place of the dead, and in the mountains, he was crying out and cutting himself with stones.रातदिन चिहानको वरिपरि र पहाडतिर त्यो मानिस डुलिरहन्थ्यो। त्यो चिच्याएर रून्थ्यो, अनि आफैले आफैलाई ढुंगाले काट्दै हिंडथ्यो।

6 And when he saw Jesus from far off, he went quickly to him and gave him worship;जब येशू टाढामा हुनुहुन्थयो, त्यो मानिसले उहाँलाई देख्यो, त्यो येशूकहाँ दगूरेर आयो अनि उहाँका अघि निहुरियो।

7 And crying out with a loud voice he said, What have I to do with you, Jesus, Son of the Most High God? In God's name, do not be cruel to me.येशूले त्यस मानिसलाई भन्नुभयो, “ए दुष्टात्मा, यस मानिसबाट निस्की आइजा।”

8 For Jesus had said to him, Come out of the man, you unclean spirit.अनि त्यो मानिस तिखो स्वरले चिच्यायो, “मबाट तपाईले के चाहनुहुन्छ, येशू, सर्वोच्च परमेश्वरका पुत्र? म परमेश्वरमा शपथ हालेर तपाँईलाई बिन्ती गर्दछु मलाई सजाय नदिनुहोस्!?”

9 And Jesus said, What is your name? And he made answer, My name is Legion, because there are a great number of us.त्यसपछि येशूले त्यस मानिसलाई सोध्नु भयो, “तेरो नाम के हो?”त्यसले उत्तर दियो, “मेरो नाऊँ फौज हो, किनभने हामीहरू धेरै छौं।

10 And he made strong prayers to him not to send them away out of the country.ती दुष्टआत्माहरूले येशूलाई घरि घरि त्यस इलाकाबाट बाहिर निकाला नगरियोस् भनि विन्ती गरे।

11 Now on the mountain side there was a great herd of pigs getting their food.त्यहाँ नजिकैको एउटा पहाडमा धेरै सुँगुरहरूको बथान चरिरहेका थिए।

12 And they said to him, Send us into the pigs, so that we may go into them.दुष्टात्माहरूले येशूलाई बिन्ती गर्नलागे, “हामीलाई सुंगुरहरू भएको ठाऊँमा पठाईदिनुहोस्। हामीलाई तिनीहरू भित्र जान दिनुहोस्।”

13 And he let them do it. And the unclean spirits came out and went into the pigs; and the herd went rushing down a sharp slope into the sea, about two thousand of them; and they came to their death in the sea.अनि येशूले तिनीहरूलाई त्यसै गर्न दिनुभयो। ती सुंगुरहरू डुबे, त्यो बगालमा प्राय 2,000 वटा सुंगुरहरू थिए।

14 And their keepers went running and gave an account of it in the town and in the country. And people came to see what had taken place.सुंगुर चराऊनेहरू पनि भागिगए। तिनीहरू शहर र बस्ती तिर गए, तिनीहरूले भएका सबै घटनाहरू मानिसहरूलाई सुनाए तब मानिसहरू घटना हेर्न आए।

15 And they came to Jesus, and saw the man in whom had been the evil spirits seated, clothed and with full use of his senses, and they were full of fear.मानिसहरू येशूकहाँ आए, तिनीहरूले दुष्टात्मा लागेका मानिसलाई त्यहाँ देखे, त्यस मानिसले लुगाफाटा पहिरिएको थियो, अनि त्यसको मानसिक अवस्था ठीकै थियो। सबै मानिसहरू भयभीत थीए।

16 And those who had seen it gave them an account of what had been done to him who had the evil spirits, and of the fate of the pigs.केही मानिसहरू त्यहाँ थिए जसले येशूले गर्नु भएका कुराहरू देखेका थिए। ती मानिसहरूले अरू मानिसहरूलाई दुष्टात्माले भेट्टाएको त्यस मानिसलाई के भएको थियो त्यो वर्णन गरे। तिनीहरूले सुंगुरहरूको बारेमा पनि सुनाए।

17 And they made a request to him to go out of their country.अनि मानिसहरूले बिन्ती गर्दैं येशूलाई त्यहाँबाट तुरुन्ते जानूहोस् भने।

18 And when he was getting into the boat, the man in whom had been the evil spirits had a great desire to come with him.येशू डुङ्गा मा चढदै हुनुहुन्थ्यो,दुष्टात्माहरूदेखि मुक्त भएको त्यस मानिसले येशूसंगै जानलाई बिन्ती गर्यो।

19 And he would not let him, but said to him, Go to your house, to your friends, and give them news of the great things the Lord has done for you, and how he had mercy on you.तर येशूले त्यस मानिसलाई आफूसंग जान अनुमति दिनुभएन। येशूले भन्नुभयो, “आफ्नो घर-परिवार र साथीहरू भएकहाँ जाऊ, प्रभूले तिम्रो निम्ति जे जति गर्नुभएकोछ, त्यस बारे सबैलाई भन। परमेश्वरले मलाई दया गर्नु भयो भनी तिनीहरूलाई भन”

20 And he went on his way, and made public in the country of Decapolis what great things Jesus had done for him: and all men were full of wonder.तब त्यो मानिस गयो अनि त्यहाँका दश- शहरका मानिसहरूलाई येशूले गर्नु भएको महान कार्यहरूको बारेमा सुनायो। सबै मानिसहरू चकित भए।

21 And when Jesus had gone over again in the boat to the other side, a great number of people came to him: and he was by the sea.येशु डुङ्गामा चढेर समुद्रपार गरी समुद्रको अर्को तर्फ जानुभयो। समुद्रको त्यस किनारमा उहाँका वरिपरि धेरै मानिसहरू भेला भए।

22 And one of the rulers of the Synagogue, Jairus by name, came, and seeing him, went down at his feet,सभाघरका एकजना याइरसले येशूलाई देखे, अनि यशूलाई दण्डवत गरे।

23 And made strong prayers to him, saying, My little daughter is near to death: it is my prayer that you will come and put your hands on her, so that she may be made well, and have life.याईरसले येशूलाई एकोहोरो बिन्ती गरिरहे र भने, आऊनुहोस् र उसमाथि तपाईं को हात राख्नुहोस् त्यसपछि उ निको हुनेछ अनि बाँच्नेछ।”

24 And he went with him; and a great number of people went after him, and came round him.अनि येशू याईरससित जानूभयो। धेरै मानिसहरूले येशूलाई पछ्याए। येशूलाई वरिपरि घेरिएको भीडले उहाँलाई धकेलीरहेको थियो।

25 And a woman, who had had a flow of blood for twelve years,ती मानिसहरूसंग एउटी आईमाई पनि थिई। त्यस आईमाईलाई बाह्र र्वष अघिदेखि रगत बग्ने व्यथा थियो।

26 And had undergone much at the hands of a number of medical men, and had given all she had, and was no better, but even worse,त्यो आईमाई खुबै पीडीत थिई। धेरै वैद्यहरूले त्यसको उपचार गरे। आफ्ना भए जति सबै सम्पत्ति त्यसले खर्च गरेकी थिई, तर उसमा सुधार पटक्कै आएन। त्यसको व्यथा अझ बिग्रँदै गयो।

27 When she had news of the things which Jesus did, went among the people coming after him, and put her hand on his robe.त्यस आईमाईले येशूको बारेमा सुनेकी थिई। मानिसहरूको भीडबाट भएर गई त्यस स्त्री पछिल्तिरबाट येशू कहाँ आई अनि उहाँको वस्त्र छोई।

28 For she said, If I may only put my hand on his robe, I will be made well.त्यसले बिचार गरी, “यदि मैले उहाँको वस्त्र मात्रपनि छुन पाएँ भने म जाती हुनसक्छु।”

29 And straight away the fountain of her blood was stopped, and she had a feeling in her body that her disease had gone and she was well.अनि जब त्यसले उहाँको वस्त्र छोई तत्कालै रगत बग्न बन्द भयो। त्यस त्यस आईमाईले आफ्ना सारा जीउ नै व्यथा मुक्त भएको अनुभव गरी।

30 And straight away Jesus was conscious that power had gone out of him; and, turning to the people, he said, Who was touching my robe?अनि येशूले आफूबाट शक्ति सन्चार भइरहेको अनुभव गर्नुभयो। उहाँ रोकिनु भयो अनि भीडतर्फ र्फकनुभयो, अनि उहाँले सोध्नु भयो, “कसले मेरो वस्त्र छोयो?’

31 And his disciples said to him, You see the people round you on every side, and you say, Who was touching me?चेलाहरूले येशूलाई भने, “तपाईंको वरिपरि यति विध्न मानिसहरू छन। तपाईंलाई ठेल्दैछन्। तर तपाईं सोध्नु हुन्छ मलाई कसले छोयो?”

32 And on his looking round to see her who had done this thing,तर येशूले त्यो छुने मानिसलाई पत्ता लगाऊन घरि घरि हेर्न लाग्नु भयो।

33 The woman, shaking with fear, conscious of what had been done to her, came and, falling on her face before him, gave him a true account of everything.त्यस आईमाईले आफू निको भएको ठानी, अनि त्यो आई अनि येशूको चरणमा घोप्टी त्यो डरले काँपिरहेकी थिई। त्यसले सारा सत्य येशूलाई सुनाई।

34 And he said to her, Daughter, your faith has made you well; go in peace, and be free from your disease.येशूले त्यस आईमाईलाई भन्नुभयो, “हे स्त्री, तिमी निको भयौ किनभने तिमीले विश्वास गर्यौ। शान्तिसित जाऊ। अब तिमी तिम्रो रोगबाट मुक्त भयौ।”

35 And while he was still talking, they came from the ruler of the Synagogue's house, saying, Your daughter is dead: why are you still troubling the Master?येशू अझ्झैसम्म त्यहाँ बोलिरहनु भएको थियो। केही मानिसहरू सभाघरका प्रमुखका घरबाट आए, तिनीहरूले भने, “तिम्रो छोरी मरी सकी। अब गुरूज्यूलाई दुख दिने आवश्यकता छैन।”

36 But Jesus, giving no attention to their words, said to the ruler of the Synagogue, Have no fear, only have faith.तर मानिसहरूले भनेका कुरामा येशूले वास्ता गर्नु भएन। येशूले सभाघरष्ठ्वका प्रमुखलाई भन्नुभयो, “डराउनु पर्दैन, खालि विश्वास गर।”

37 And he did not let anyone come with him, but Peter and James and John, the brother of James.येशूले पत्रुस, याकूब, याकूबका भाइ यूहन्ना बाहेक अरू कसैलाई पनि उहाँको साथमा आउन अनुमति दिनुभएन।

38 And they came to the house of the ruler of the Synagogue; and he saw people running this way and that, and weeping and crying loudly.येशू अनि उहाँका चेलाहरू सभाघरका शासकको घरमा जानू भयो। येशूले मानिसहरू चित्कार गरिरहेको अनि रोईरहेको सुन्नु भयो। त्यहाँ खुब अलमल थियो।

39 And when he had gone in, he said to them, Why are you making such a noise and weeping? The child is not dead, but sleeping.येसू घरभीत्र पस्नुभयो अनि मानिसहरूलाई भन्नुभयो, “तिमीहरू किन यत्रो हल्ला मच्चाई रहेछौ? यो केटी मरेको छैन। उ सुती रहेकी छे।”

40 And they were laughing at him. But he, having sent them all out, took the father of the child and her mother and those who were with him, and went in where the child was.तर तिनीहरूले येशूमाथि हाँसो गरे। येशूले सबै मानिसहरूलाई घरदेखि बाहिर जानभन्नु भयो। उहाँले बालिकाको बाबू आमा अनि आफ्ना तीनजना चेलाहरूलाई राख्नु भयो अनि त्यो बालिका भएको कोठाभित्र जानुभयो।

41 And taking her by the hand, he said to her, Talitha cumi, which is, My child, I say to you, Get up.अनि बालिकाको हात समातेर येशूले भन्नुभयो, “तालिता कूमी!” (जसको अर्थ, “सानी बालिका, म तिमीलाई भन्दैछु उठ!”)

42 And the young girl got up straight away, and was walking about; she being twelve years old. And they were overcome with wonder.सानी बालिका जुरूक्कै उठी अनि हिंड्न लागी। (बालिका 12र्वष पुगेकी थिई) बाबु, आमा र चेलाहरू यो देखी छक्क परे।

43 And he gave them special orders that they were not to say anything of this; and he said that some food was to be given to her.येशूले ती बाबू र आमालाई यसबारेमा कसैलाई पटक्क केही नभन्नु भनेर कडा आज्ञा दिनुभयो, त्यसपछि येशूले त्यस केटीलाई केही खानेकुरा दिनु भनेर अह्राउनुभयो।

Nepali Bible