Bible

Mark 5 - ASV (Nepali)

1 And they came to the other side of the sea, into the country of the Gerasenes.येशू र उहाँका चेलाहरू समूद्रको अर्को किनारतिर भएका गिरासिन मानिसहरूकहाँ जानूभयो।

2 And when he was come out of the boat, straightway there met him out of the tombs a man with an unclean spirit,जब येशू डुङ्गाबाट बाहिरिनु हुँदै थियो त्यसैबेला चिनहानबाट दुष्ट आत्मा लागेको एउटा मानिस उहाँलाई भेट्न आयो।

3 who had his dwelling in the tombs: and no man could any more bind him, no, not with a chain;त्यो मानिस चिहानहरूमा बस्ने गर्दथ्यो। त्यसलाई कसैले अधीन गर्न सकेनन्, यतिसम्म कि साङ्लाले बाँधेर पनि,

4 because that he had been often bound with fetters and chains, and the chains had been rent asunder by him, and the fetters broken in pieces: and no man had strength to tame him.धेरैपल्ट मानिसहरूले त्यसको हात र खुट्टाहरू साङ्लाले बाँधेर राख्ने चेष्टा गरे। तर त्यसले आफ्ना हात र खुट्टामा बाँधेका साङ्लाहरू चुँडाईदिन्थ्यो। त्यसलाई वशमा राख्न कसैको शक्ति थिएन।

5 And always, night and day, in the tombs and in the mountains, he was crying out, and cutting himself with stones.रातदिन चिहानको वरिपरि र पहाडतिर त्यो मानिस डुलिरहन्थ्यो। त्यो चिच्याएर रून्थ्यो, अनि आफैले आफैलाई ढुंगाले काट्दै हिंडथ्यो।

6 And when he saw Jesus from afar, he ran and worshipped him;जब येशू टाढामा हुनुहुन्थयो, त्यो मानिसले उहाँलाई देख्यो, त्यो येशूकहाँ दगूरेर आयो अनि उहाँका अघि निहुरियो।

7 and crying out with a loud voice, he saith, What have I to do with thee, Jesus, thou Son of the Most High God? I adjure thee by God, torment me not.येशूले त्यस मानिसलाई भन्नुभयो, “ए दुष्टात्मा, यस मानिसबाट निस्की आइजा।”

8 For he said unto him, Come forth, thou unclean spirit, out of the man.अनि त्यो मानिस तिखो स्वरले चिच्यायो, “मबाट तपाईले के चाहनुहुन्छ, येशू, सर्वोच्च परमेश्वरका पुत्र? म परमेश्वरमा शपथ हालेर तपाँईलाई बिन्ती गर्दछु मलाई सजाय नदिनुहोस्!?”

9 And he asked him, What is thy name? And he saith unto him, My name is Legion; for we are many.त्यसपछि येशूले त्यस मानिसलाई सोध्नु भयो, “तेरो नाम के हो?”त्यसले उत्तर दियो, “मेरो नाऊँ फौज हो, किनभने हामीहरू धेरै छौं।

10 And he besought him much that he would not send them away out of the country.ती दुष्टआत्माहरूले येशूलाई घरि घरि त्यस इलाकाबाट बाहिर निकाला नगरियोस् भनि विन्ती गरे।

11 Now there was there on the mountain side a great herd of swine feeding.त्यहाँ नजिकैको एउटा पहाडमा धेरै सुँगुरहरूको बथान चरिरहेका थिए।

12 And they besought him, saying, Send us into the swine, that we may enter into them.दुष्टात्माहरूले येशूलाई बिन्ती गर्नलागे, “हामीलाई सुंगुरहरू भएको ठाऊँमा पठाईदिनुहोस्। हामीलाई तिनीहरू भित्र जान दिनुहोस्।”

13 And he gave them leave. And the unclean spirits came out, and entered into the swine: and the herd rushed down the steep into the sea, `in number' about two thousand; and they were drowned in the sea.अनि येशूले तिनीहरूलाई त्यसै गर्न दिनुभयो। ती सुंगुरहरू डुबे, त्यो बगालमा प्राय 2,000 वटा सुंगुरहरू थिए।

14 And they that fed them fled, and told it in the city, and in the country. And they came to see what it was that had come to pass.सुंगुर चराऊनेहरू पनि भागिगए। तिनीहरू शहर र बस्ती तिर गए, तिनीहरूले भएका सबै घटनाहरू मानिसहरूलाई सुनाए तब मानिसहरू घटना हेर्न आए।

15 And they come to Jesus, and behold him that was possessed with demons sitting, clothed and in his right mind, `even' him that had the legion: and they were afraid.मानिसहरू येशूकहाँ आए, तिनीहरूले दुष्टात्मा लागेका मानिसलाई त्यहाँ देखे, त्यस मानिसले लुगाफाटा पहिरिएको थियो, अनि त्यसको मानसिक अवस्था ठीकै थियो। सबै मानिसहरू भयभीत थीए।

16 And they that saw it declared unto them how it befell him that was possessed with demons, and concerning the swine.केही मानिसहरू त्यहाँ थिए जसले येशूले गर्नु भएका कुराहरू देखेका थिए। ती मानिसहरूले अरू मानिसहरूलाई दुष्टात्माले भेट्टाएको त्यस मानिसलाई के भएको थियो त्यो वर्णन गरे। तिनीहरूले सुंगुरहरूको बारेमा पनि सुनाए।

17 And they began to beseech him to depart from their borders.अनि मानिसहरूले बिन्ती गर्दैं येशूलाई त्यहाँबाट तुरुन्ते जानूहोस् भने।

18 And as he was entering into the boat, he that had been possessed with demons besought him that he might be with him.येशू डुङ्गा मा चढदै हुनुहुन्थ्यो,दुष्टात्माहरूदेखि मुक्त भएको त्यस मानिसले येशूसंगै जानलाई बिन्ती गर्यो।

19 And he suffered him not, but saith unto him, Go to thy house unto thy friends, and tell them how great things the Lord hath done for thee, and `how' he had mercy on thee.तर येशूले त्यस मानिसलाई आफूसंग जान अनुमति दिनुभएन। येशूले भन्नुभयो, “आफ्नो घर-परिवार र साथीहरू भएकहाँ जाऊ, प्रभूले तिम्रो निम्ति जे जति गर्नुभएकोछ, त्यस बारे सबैलाई भन। परमेश्वरले मलाई दया गर्नु भयो भनी तिनीहरूलाई भन”

20 And he went his way, and began to publish in Decapolis how great things Jesus had done for him: and all men marvelled.तब त्यो मानिस गयो अनि त्यहाँका दश- शहरका मानिसहरूलाई येशूले गर्नु भएको महान कार्यहरूको बारेमा सुनायो। सबै मानिसहरू चकित भए।

21 And when Jesus had crossed over again in the boat unto the other side, a great multitude was gathered unto him; and he was by the sea.येशु डुङ्गामा चढेर समुद्रपार गरी समुद्रको अर्को तर्फ जानुभयो। समुद्रको त्यस किनारमा उहाँका वरिपरि धेरै मानिसहरू भेला भए।

22 And there cometh one of the rulers of the synagogue, Jairus by name; and seeing him, he falleth at his feet,सभाघरका एकजना याइरसले येशूलाई देखे, अनि यशूलाई दण्डवत गरे।

23 and beseecheth him much, saying, My little daughter is at the point of death: `I pray thee', that thou come and lay thy hands on her, that she may be made whole, and live.याईरसले येशूलाई एकोहोरो बिन्ती गरिरहे र भने, आऊनुहोस् र उसमाथि तपाईं को हात राख्नुहोस् त्यसपछि उ निको हुनेछ अनि बाँच्नेछ।”

24 And he went with him; and a great multitude followed him, and they thronged him.अनि येशू याईरससित जानूभयो। धेरै मानिसहरूले येशूलाई पछ्याए। येशूलाई वरिपरि घेरिएको भीडले उहाँलाई धकेलीरहेको थियो।

25 And a woman, who had an issue of blood twelve years,ती मानिसहरूसंग एउटी आईमाई पनि थिई। त्यस आईमाईलाई बाह्र र्वष अघिदेखि रगत बग्ने व्यथा थियो।

26 and had suffered many things of many physicians, and had spent all that she had, and was nothing bettered, but rather grew worse,त्यो आईमाई खुबै पीडीत थिई। धेरै वैद्यहरूले त्यसको उपचार गरे। आफ्ना भए जति सबै सम्पत्ति त्यसले खर्च गरेकी थिई, तर उसमा सुधार पटक्कै आएन। त्यसको व्यथा अझ बिग्रँदै गयो।

27 having heard the things concerning Jesus, came in the crowd behind, and touched his garment.त्यस आईमाईले येशूको बारेमा सुनेकी थिई। मानिसहरूको भीडबाट भएर गई त्यस स्त्री पछिल्तिरबाट येशू कहाँ आई अनि उहाँको वस्त्र छोई।

28 For she said, If I touch but his garments, I shall be made whole.त्यसले बिचार गरी, “यदि मैले उहाँको वस्त्र मात्रपनि छुन पाएँ भने म जाती हुनसक्छु।”

29 And straightway the fountain of her blood was dried up; and she felt in her body that she was healed of her plague.अनि जब त्यसले उहाँको वस्त्र छोई तत्कालै रगत बग्न बन्द भयो। त्यस त्यस आईमाईले आफ्ना सारा जीउ नै व्यथा मुक्त भएको अनुभव गरी।

30 And straightway Jesus, perceiving in himself that the power `proceeding' from him had gone forth, turned him about in the crowd, and said, Who touched my garments?अनि येशूले आफूबाट शक्ति सन्चार भइरहेको अनुभव गर्नुभयो। उहाँ रोकिनु भयो अनि भीडतर्फ र्फकनुभयो, अनि उहाँले सोध्नु भयो, “कसले मेरो वस्त्र छोयो?’

31 And his disciples said unto him, Thou seest the multitude thronging thee, and sayest thou, Who touched me?चेलाहरूले येशूलाई भने, “तपाईंको वरिपरि यति विध्न मानिसहरू छन। तपाईंलाई ठेल्दैछन्। तर तपाईं सोध्नु हुन्छ मलाई कसले छोयो?”

32 And he looked round about to see her that had done this thing.तर येशूले त्यो छुने मानिसलाई पत्ता लगाऊन घरि घरि हेर्न लाग्नु भयो।

33 But the woman fearing and trembling, knowing what had been done to her, came and fell down before him, and told him all the truth.त्यस आईमाईले आफू निको भएको ठानी, अनि त्यो आई अनि येशूको चरणमा घोप्टी त्यो डरले काँपिरहेकी थिई। त्यसले सारा सत्य येशूलाई सुनाई।

34 And he said unto her, Daughter, thy faith hath made thee whole; go in peace, and be whole of thy plague.येशूले त्यस आईमाईलाई भन्नुभयो, “हे स्त्री, तिमी निको भयौ किनभने तिमीले विश्वास गर्यौ। शान्तिसित जाऊ। अब तिमी तिम्रो रोगबाट मुक्त भयौ।”

35 While he yet spake, they come from the ruler of the synagogue's `house' saying, Thy daughter is dead: why troublest thou the Teacher any further?येशू अझ्झैसम्म त्यहाँ बोलिरहनु भएको थियो। केही मानिसहरू सभाघरका प्रमुखका घरबाट आए, तिनीहरूले भने, “तिम्रो छोरी मरी सकी। अब गुरूज्यूलाई दुख दिने आवश्यकता छैन।”

36 But Jesus, not heeding the word spoken, saith unto the ruler of the synagogue, Fear not, only believe.तर मानिसहरूले भनेका कुरामा येशूले वास्ता गर्नु भएन। येशूले सभाघरष्ठ्वका प्रमुखलाई भन्नुभयो, “डराउनु पर्दैन, खालि विश्वास गर।”

37 And he suffered no man to follow with him, save Peter, and James, and John the brother of James.येशूले पत्रुस, याकूब, याकूबका भाइ यूहन्ना बाहेक अरू कसैलाई पनि उहाँको साथमा आउन अनुमति दिनुभएन।

38 And they come to the house of the ruler of the synagogue; and he beholdeth a tumult, and `many' weeping and wailing greatly.येशू अनि उहाँका चेलाहरू सभाघरका शासकको घरमा जानू भयो। येशूले मानिसहरू चित्कार गरिरहेको अनि रोईरहेको सुन्नु भयो। त्यहाँ खुब अलमल थियो।

39 And when he was entered in, he saith unto them, Why make ye a tumult, and weep? the child is not dead, but sleepeth.येसू घरभीत्र पस्नुभयो अनि मानिसहरूलाई भन्नुभयो, “तिमीहरू किन यत्रो हल्ला मच्चाई रहेछौ? यो केटी मरेको छैन। उ सुती रहेकी छे।”

40 And they laughed him to scorn. But he, having put them all forth, taketh the father of the child and her mother and them that were with him, and goeth in where the child was.तर तिनीहरूले येशूमाथि हाँसो गरे। येशूले सबै मानिसहरूलाई घरदेखि बाहिर जानभन्नु भयो। उहाँले बालिकाको बाबू आमा अनि आफ्ना तीनजना चेलाहरूलाई राख्नु भयो अनि त्यो बालिका भएको कोठाभित्र जानुभयो।

41 And taking the child by the hand, he saith unto her, Talitha cumi; which is, being interpreted, Damsel, I say unto thee, Arise.अनि बालिकाको हात समातेर येशूले भन्नुभयो, “तालिता कूमी!” (जसको अर्थ, “सानी बालिका, म तिमीलाई भन्दैछु उठ!”)

42 And straightway the damsel rose up, and walked; for she was twelve years old. And they were amazed straightway with a great amazement.सानी बालिका जुरूक्कै उठी अनि हिंड्न लागी। (बालिका 12र्वष पुगेकी थिई) बाबु, आमा र चेलाहरू यो देखी छक्क परे।

43 And he charged them much that no man should know this: and he commanded that `something' should be given her to eat.येशूले ती बाबू र आमालाई यसबारेमा कसैलाई पटक्क केही नभन्नु भनेर कडा आज्ञा दिनुभयो, त्यसपछि येशूले त्यस केटीलाई केही खानेकुरा दिनु भनेर अह्राउनुभयो।

Nepali Bible