Bible

Mark 4 - DBY (Nepali)

1 And again he began to teach by the sea. And a great crowd was gathered together to him, so that going on board ship he sat in the sea, and all the crowd were close to the sea on the land.अर्को समय, येशू समुद्रको किनारमा हुनुहुन्थ्यो अनि मानिसहरूलाई उपदेश दिन लाग्नु भयो। धेरै धेरै मानिसहरू येशूको वरिपरि भेलाभए। यसर्थ येशू समुद्रमा एउटा डुङ्गामा चढनु भयो, अनि त्यहाँ बस्नुभयो। सबै मानिसहरू समुद्रको किनारमा नै रहे।

2 And he taught them many things in parables. And he said to them in his doctrine,येशूले डुङ्गाबाट शिक्षा दिनु भयो। येशूले तिनीहरूलाई दृष्टान्तको उपयोग गरेर धेरै कुराहरू सिकाउनु भयो। उहाँले भन्नुभयो,

3 Hearken: Behold, the sower went forth to sow.“सुन! एकजना किसान बीऊ छर्न गयो।

4 And it came to pass as he sowed, one fell by the wayside, and the birds came and devoured it.जब त्यसले बीऊहरू छर्यो केही बीऊहरू बाटोमा छरियो, चराचुरूङ्गीहरू आए, अनि ती बीऊहरू खाईदिए।

5 And another fell on the rocky ground, where it had not much earth, and immediately it sprung up out [of the ground] because it had no depth of earth;केही बीऊहरू चट्टान भएको भूईमा छरिए जहाँ त्यत्ति माटो थिएन। माटोको गहिराई नभएकोले त्यहाँ छिट्टै ती बिरूवाहरू उम्रे।

6 and when the sun arose it was burnt up, and because of its not having any root, it withered.तर जब घाम लाग्यो, ती बिरुवाहरू ओइलाएर सुकीगए किनभने तिनीहरूको जरा त्यत्ति गहिरोसम्म थिएन।

7 And another fell among the thorns, and the thorns grew up and choked it, and it yielded no fruit.कतिपय बीऊहरू काँडाघारीमा पर्यो, जब काँडाहरू बढे आए, ती बिरूवाहरूलाई त्यसले राम्ररी बढन दिएन। अनि ती बिरूवाहरूमा फल लाग्न सकेन।

8 And another fell into the good ground, and yielded fruit, growing up and increasing; and bore, one thirty, and one sixty, and one a hundred.केही बीऊहरू राम्रा माटोमा परे, राम्रा माटोमा ती उम्रिए। ती बढे अनि फल दिनसक्ने भए, केही बोटहरूले तीस गुणा, केहीले साठी गुणा र केहीले सय गुणा जति फल फलाए।”

9 And he said, He that has ears to hear, let him hear.अनि येशूले भन्नुभयो, “तिमीहरू जसले सुनिरहेकाछौ, मेरो कुरा सुन।”

10 And when he was alone, those about him with the twelve asked him [as to] the parables.अनि जब येशू एक्लै हुनु हुन्थ्यो, बाह्रजना प्रेरितहरू र उहाँका अरू चेलाहरूले उहाँले भन्नुभएको दृष्टान्तहरूको बारेमा सोध्न थाले।

11 And he said to them, To you is given [to know] the mystery of the kingdom of God; but to them who are without, all things are done in parables,येशूले भन्नुभयो, “खाली तिमीहरूले मात्र परमेश्वरको राज्यको रहस्य बारे जान्नसकछौ। तर अरू मानिसहरूलाई म दृष्टान्तहरू भनेरै सबै कुरा सिकाउँछु।

12 that beholding they may behold and not see, and hearing they may hear and not understand, lest it may be, they should be converted and they should be forgiven.किनकि तिनीहरू हेर्न त हेर्छन् तर तिनीहरू देख्दैनन्, तिनीहरू सुन्न त सुन्छन्, तिनीहरू बुझ्दैनन् यदि तिनीहरूले देखे र बुझे भने, तिनीहरू बद्लिनेछन् र क्षमा पाउनेछन।’”

13 And he says to them, Do ye not know this parable? and how will ye be acquainted with all the parables?येशूले आफ्ना चेलाहरूलाई भन्नूभयो, “के तीमीहरूले यो कथा बुझ्न सवछौ? यदि तिमीहरूले बुझन सकेनौ भने कसरी अरू दृष्टान्त भुझ्ने छौ?

14 The sower sows the word:यो किसान त्यस्तै एक जना मानिस जस्तै हो जसले परमेश्वरको वचनलाई छर्दछ।

15 and these are they by the wayside where the word is sown, and when they hear, immediately Satan comes and takes away the word that was sown in them.कहिलेकहीं ती वचनहरू बाटोतिर छरिन्छन। यी सब ती मानिसहरू जस्तै हुन् जसले परमेश्वरको वचन सुन्दछ, अनि शैतान आउँछ अनि तिनीहरूमा रोपिएका वचनलाई लगेर जान्छ।

16 And these are they in like manner who are sown upon the rocky places, who when they hear the word, immediately receive it with joy,अरूहरू चट्टान भएको माटोमा छरिएका बीऊहरू जस्तै हुन तिनीहरू वचन सुन्दछन् अनि तत्कालै आनन्दसाथ स्वीकार गर्दछन्।

17 and they have no root in themselves, but are for a time: then, tribulation arising, or persecution on account of the word, immediately they are offended.तर तिनीहरूले आफ्नो जीवनमा गहिरो रूपमा ती वचनहरू ग्रहण गर्दैनन्। तिनीहरूले क्षणिक रूपमा मात्र यसलाई ग्रहण गर्दछन्। र जब वचनको कारणले तिनीहरू संकट अनि खेदोमा पर्छन् झट्टै तिनीहरूले विश्वास छोडिदिन्छन्।

18 And others are they who are sown among the thorns: these are they who have heard the word,अरू मानिसहरू काँढाघारीमा परेको बीऊहरू जस्तै हुन, तिनीहरू वचनहरू सुन्द्छन्।

19 and the cares of life, and the deceitfulness of riches, and the lusts of other things, entering in, choke the word, and it becomes unfruitful.अनि यी कुराहरू तिनीहरूका जीवनमा आइपर्छ जीवनको चिन्ता, रूपियाँ पैसाको लालच, अनि अरू त्यस्तै थोकहरूको चाहना। यस्ता कुराहरूको कारणले वचनहरूको विकास हुन सक्तैन। अनि वचनहरू तिनीहरूका जीवनमा फलदायी पनि हुँदैनन्।

20 And these are they who have been sown on the good ground, such as hear the word and receive it, and bear fruit; one thirty, and one sixty, and one a hundred [fold].अरू मानिसहरू मलिलो माटामा रोपिएका बीऊहरू झैं हुन्छन्। तिमीहरू वचन सुन्दछन् ग्रहण गर्दछन् अनि वचनहरू तिनीहरूमा बढदछन् र फल दिने योग्य हुन्छन् केहिले तीस गुणा, केहिले साठी गुणा, अनि केहिले सय गुणा सम्म।”

21 And he said to them, Does the lamp come that it should be put under the bushel or under the couch? [Is it] not that it should be set upon the lamp-stand?अनि येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले कुनै दियोलाई पाथीमुनि वा खाटमुनि राख्न भनेर ल्याऊछौ? होईन तिमीहरूले दियोलाई सामदानमथि राख्नलाई ल्याऊँछौ।

22 For there is nothing hidden which shall not be made manifest; nor does any secret thing take place, but that it should come to light.लुकाइएका प्रत्येक कुराहरू देखा पर्छ। सबै गुप्त कुराहरुमा प्रकाशमा आउनेछन्।

23 If any one have ears to hear, let him hear.तिमीहरू जसले मलाई सुनिरहेका छौ, सुन।”

24 And he said to them, Take heed what ye hear; with what measure ye mete, it shall be meted to you; and there shall be [more] added to you.तब उहाँले भन्नुभयो, “तिमीहरूले जे पनि सुन्छौ त्यस कुराहरुमथि राम्ररी बिचार गर। तिमीहरूले जे जति अरूलाई दिदँछौ त्यत्तिनै परमेश्वरले तिमीहरूलाई दिनुहुनेछ।

25 For whosoever has, to him shall be given; and he who has not, even what he has shall be taken from him.तर परमेश्वरले तिमीहरूलाई अझ अधिक दिनुहुनेछ। जोसित छ उसले अझ धेरै पाऊनेछ। तर जससित छैन, आफुसित भएको त्यो पनि उसले हराउनु पर्नेछ।”

26 And he said, Thus is the kingdom of God, as if a man should cast the seed upon the earth,त्यसपछि येशूले भन्नुभयो, “परमेश्वरको राज्य एकजना मानिस जस्तै हो जसले जमीनमा बीऊ छर्दछ।

27 and should sleep and rise up night and day, and the seed should sprout and grow, he does not know how.बिऊहरू उम्रेर बढन थाल्दछ। मानिस सुतेको होस् वा ऊठेको त्यो दिन होस् कि रात होस् कि रात होस् बीऊ उम्रंदै जान्छ। मानिसहरूले जान्दैन त्यो कसरी उम्रन्छ।

28 The earth bears fruit of itself, first [the] blade, then an ear, then full corn in the ear.कसैको सहयता नपाई नै जमीनले अन्न उर्माछ, पहिले बोट उम्रन्छ, त्यसपछि बाला अनि त्यसरीनै बोटभरि अन्नको दाना लाग्दछ।

29 But when the fruit is produced, immediately he sends the sickle, for the harvest is come.जब अन्न पाक्छ, मानिसले त्यसलाई काट्दछ। यो नै फसल काट्ने उचित समय हो।”

30 And he said, How should we liken the kingdom of God, or with what comparison should we compare it?त्यसपछि येशूले भन्नुभयो, “परमेश्वरको राज्य यस्तै हो भनेर हामी के-को दृष्टान्त उपयोग गर्न सकछौ? यसको वर्णन गर्न कुन दृष्टान्त उपयोग गर्न सक्छौ?

31 As to a grain of mustard [seed], which, when it is sown upon the earth, is less than all seeds which are upon the earth,परमेश्वरको राज्य रायोको दाना जस्तै हो, रायोको दाना एकदमै सानो बीऊ हो जसलाई भूइँमा छरिन्छ।

32 and when it has been sown, mounts up and becomes greater than all herbs, and produces great branches, so that the birds of heaven can roost under its shadow.तर जब तिमीहरूले यसको बीऊ छर्दछौ, यो उम्रदै बढछ, अनि यो तिमीहरूको बगैंचामा सबैभन्दा अग्लो बोट भएर देखा पर्दछ। यसको ठूला-ठूला हाँगाहरू हुन्छन्, जंङ्गली चराचुरूङ्गीहरू आउँदछन् अनि गुँड बनाएर आफूलाई कडा घामबाट जोगऊँदछ।”

33 And with many such parables he spoke the word to them, as they were able to hear,येशूले मानिसहरूलाई सिकाऊन यस्ता थुप्रै दृष्टान्त भन्नुभयो। उहाँले तिनीहरूले जतिसम्म बुझ्दछन् त्यही स्तरसम्म सिकाउनुभयो।

34 but without a parable spoke he not to them; and in private he explained all things to his disciples.मानिसहरूलाई सिकाउनलाई येशूले दृष्टान्त उपयोग गर्नुभयो। तर जब येशू र उहाँका चेलाहरूमात्र एकान्तमा एकत्र भएका हुन्थे, येशूले तिनीहरूलाई सबै कुरा व्याख्या गरिदिनु हुन्थ्यो।

35 And on that day, when evening was come, he says to them, Let us go over to the other side:त्यसदिन साँझमा येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “हामी समूद्र पारि जाउँ।”

36 and having sent away the crowd, they take him with [them], as he was, in the ship. But other ships also were with him.येशू र चेलाहरूले मानिसहरूलाई त्यहीं छोडे। उनीहरू सबै येशू पहिले चढिरहनू भएको डुङ्गाद्वारा गए। उनीहरूसँग अरू डुङ्गाहरू पनि थिए।

37 And there comes a violent gust of wind, and the waves beat into the ship, so that it already filled.समुद्रमा त्यस बेला डरलागदो आँधी चल्यो। समूद्रका छालहरूले डुङ्गाको छेऊमा हान्यो, अनि डुङ्गामा पानी पस्न लाग्यो, डुङ्गा प्राय पानीले भरिन लाग्यो।

38 And *he* was in the stern sleeping on the cushion. And they awake him up and say to him, Teacher, dost thou not care that we are perishing?येशू डुङ्गाको पछिल्लो पट्टि हुनुहुन्थ्यो सिरानीमा टाउको राखेर उहाँ निदाइरहनु भएको थियो। चेलाहरू गएर उहाँलाई बिउँझाए। तिनीहरूले भने, “हे गुरूज्यू, हामीहरू डुब्दैछौं। के वास्ता गर्नुहुन्न?”

39 And awaking up he rebuked the wind, and said to the sea, Silence; be mute. And the wind fell, and there was a great calm.तब येशू जुरूक्क उठ्नुभयो अनि त्यो आँधीलाई हकार्नुभयो। येशूले समूद्रलाई भन्नू भयो, “चूपचाप बस शान्त हो। अनि तत्कालै आँधी थामियो अनि ताल शान्त बन्यो।

40 And he said to them, Why are ye [thus] fearful? how [is it] ye have not faith?येशूले चेलाहरूलाई भन्नूभयो, “तिमीहरू किन यस्तो कायर? तिमीहरूमा अझ्पनि विश्वास छैन?”

41 And they feared [with] great fear, and said one to another, Who then is this, that even the wind and the sea obey him?चेलाहरू खुबै डराए अनि एक-अर्कासित बहस गर्न लागे, “उहाँ कस्तो प्रकारको मानिस हुनुहुन्छ? यतिसम्म कि आँधी र छालहरूले पनि उहाँको आज्ञा मान्दछ।”

Nepali Bible