Bible

Mark 3 - DBY (Nepali)

1 And he entered again into the synagogue; and there was there a man having his hand dried up.अर्को दिन योशू सभाघरमा जानुभयो, त्यहाँ एकजना मानिसको एउटाहात सुकेको थियो।

2 And they watched him if he would heal him on the sabbath, that they might accuse him.कोही यहूदीहरू त्यहाँ येशूले विश्रामको दिनमा त्यसलाई निको पार्नुहुन्छ, कि भनी उहाँको ध्यान सहित चियो गर्दैथिए, तब तिनीहरूले दोष लाउन चाहाँन्थे।

3 And he says to the man who had his hand dried up, Rise up [and come] into the midst.येशूले त्यो सुकेको हात भएको मानिसलाई भन्नुभयो, यहाँ खडा हौ, अनि सबै मानिसहरूले तिमीलाई देख्न सक्नेछन्।

4 And he says to them, Is it lawful on the sabbath to do good or to do evil, to save life or to kill? But they were silent.अनि येशूले मानिसहरूलाई भन्नुभयो, विश्रामको दिनमा, कुन चाँहि काम गर्न अनुमति दिइन्छः असल गर्न वा खराब

5 And looking round upon them with anger, distressed at the hardening of their heart, he says to the man, Stretch out thy hand. And he stretched [it] out, and his hand was restored.गर्नकसैको प्राण बचाँउन वा नाश गर्न मानिसहरूले येशूलाई कुनै जवाफ दिएनन्। 5येशूले चारै तिर मानिसहरूलाई रिसाएर हेर्नुभयो, उहाँ खूबै दु:खीत बन्नुभयो किनभने तिनीहरू कठोर हृदयका थिए। येशूले त्यस मानिसलाई भन्नुभयो, तिम्रो हात मलाई देखाऊ त्यस मानिसले आफ्नो हात येशूको अघि पसार्यो अनि तुरून्तै निको भइहाल्यो।

6 And the Pharisees going out straightway with the Herodians took counsel against him, how they might destroy him.तब फरिसीहरू बाहिर गए, हेरोदीहरूलाई लिएर येशूलाई कसरी मार्नै भनेर योजना बनाउन शुरू गरे।

7 And Jesus withdrew with his disciples to the sea; and a great multitude from Galilee followed him, and from Judaea,येशू आफ्नो चेलाहरूसित समुद्रतिर जानुभयो। गालीलका अनेकौं मानिसहरूले उहाँलाई पछ्याए।

8 and from Jerusalem, and from Idumaea and beyond the Jordan; and they of around Tyre and Sidon, a great multitude, having heard what things he did, came to him.यहूदिया, यरूशलेम, इदूमिआ यर्दननदीको अर्कोतर्फ अनि टायर र सीदोनका इलाकाबाट पनि धेरै मानिसहरू त्यहाँ आई पुगे। ती मानिसहरू येशूले गरेका सबै कुराहरू सुन्ने आएका थिए।

9 And he spoke to his disciples, in order that a little ship should wait upon him on account of the crowd, that they might not press upon him.उहाँले ती सबै मानिसहरूलाई देख्नुभयो, अनि उहाँले आफ्नो चेलाहरूलाई एउटा सानो डुङ्गा तयार गर्नु भन्नुभयो। उहाँले यस्तो आदेश गर्नुभयो किनभने भीडको कारणले थिचोमिचो पो हुने होकि भन्ने डर थियो

10 For he healed many, so that they beset him that they might touch him, as many as had plagues.येशूले धेरै मानिसहरूलाई निको तुल्याउनु भएको थियो। यसर्थ सबै रोगी मानिसहरूले उहाँलाई छुन भनेर ठेलमठेला गदर्थे।

11 And the unclean spirits, when they beheld him, fell down before him, and cried saying, *Thou* art the Son of God.कसैलाई दुष्टआत्मा लागेको थियो, जब त्यो दुष्टआत्माले येशूलाई देख्यो, तिनीहरूले उहाँ अघि शिर निहुराए, अनि कराए, तपाई परमेश्वरका पुत्र हुनुहुन्छ।

12 And he rebuked them much, that they might not make him manifest.तर उहाँ को हुनुहुन्छ मानिसहरूलाई नचिनाउनु भनी ती दुष्टआत्माहरूलाई कडा आज्ञा दिनुभयो।

13 And he goes up into the mountain, and calls whom he himself would, and they went to him.त्यसपछि येशू पहाडमाथि लाग्नुभयो। येशूले केही मानिसहरूलाई आफू कहाँ बोलाउनु भयो। ती मानिसहरूलाई येशूले नै छान्नु भएको थियो। ती मानिसहरू येशू भएकहाँ पुगे।

14 And he appointed twelve that they might be with him, and that he might send them to preach,येशूले बाह्रजनालाई चुन्नु भयो अनि तिनीहरूलाई “प्रेरित” भनेर भन्नुयो। येशूले ती बाह्रजना मानिसहरूलाई उहाँसित बस्नु, अनि प्रचारका निम्ति, अरू स्थानमा पठाउन चाहनुहुन्थ्यो।

15 and to have power [to heal diseases, and] to cast out demons.अनि येशूले ती मानिसहरूलाई अरू मानिसहरूमा लागेको दुष्ट आत्मा हटाउने शक्ति प्राप्त होस् भन्ने चाहनुहुन्थ्यो।

16 And he gave to Simon the surname of Peter;येशूले छान्नु भएका ती बाह्रजना मानिसहरू थिए सिमोन (जसलाई उहाँले पत्रुस नाउ दिनु भएको थियो),

17 and James the [son] of Zebedee, and John the brother of James, and he gave them the surname of Boanerges, that is, Sons of thunder;याकूब र यूहन्ना, जब्दीका छोराहरु (जसलाई येशूले “बोअनर्गेश” नाउँ दिनुभएको थियो जसको अर्थ हुन्छ गर्दनका छोराहरु),

18 and Andrew, and Philip, and Bartholomew, and Matthew, and Thomas, and James the [son] of Alphaeus, and Thaddaeus, and Simon the Cananaean,अन्द्रियास, फिलिप, बारथोलोमाई, मत्ती, थोमा, याकूब (अल्फयसको छोरो,) थेदियस, सिमोन कनानी,

19 and Judas Iscariote, who also delivered him up. And they come to [the] house.अनि यहूदा इस्करियेती जसले येशूसित विश्वासघात गरेको थियो।

20 And again a crowd comes together, so that they cannot even eat bread.त्यसपछि, येशू घर जानुभयो। तर फेरि अनेकौं मानिसहरू त्यहाँ भेला भए, त्यहाँ यति विघ्न मानिसहरू थिए कि येशू र आफ्ना चेलाहरूले भोजन खान पनि पाउनु भएन।

21 And his relatives having heard [of it] went out to lay hold on him, for they said, He is out of his mind.येशूका परिवारका सदस्यहरूले यी सबै थाहा पाए। तिनीहरूले उहाँको मन ठेगानमा छैन भनी उहाँको जिम्मा लिन तिनीहरू आए।

22 And the scribes who had come down from Jerusalem said, He has Beelzebub, and, By the prince of the demons he casts out demons.अनि यरूशलेमबाट आएका व्यवस्थाका शास्त्रीहरूले भने, “बालजिबुल(शैतान) उहाँभित्र रहेको छ! उसले दुष्टआत्मा हरूको मालिकद्वारा अधिकार पाएर मानिसहरूमा भएको दुष्ट आत्माहरू भगाउँदछ।”

23 And having called them to [him], he said to them in parables, How can Satan cast out Satan?यसकारण येशूले सबैलाई एकत्र गर्नु भयो अनि मानिसहरूलाई शिक्षा दिनलाई नीति कथाहरूको दृष्टान्त दिनु भयो। येशूले भन्नुभयो, “शैतानले शैतानलाई मानिसहरूबाट कसरी निकाल्न सक्छ?

24 And if a kingdom has become divided against itself, that kingdom cannot subsist.यदि कुनै राज्य विभक्त भएर आफ्नै विरूद्ध झगडा गरे, त्यो धेरै दिन चल्न सक्तैन।

25 And if a house has become divided against itself, that house cannot subsist.अनि एक परिवार विभक्त भएर, अनि फुट भएका अंश एक अर्कासित लडिरहे त्यो परिवारको रूपमा खडा रहन सक्तैन।

26 And if Satan rise up against himself, and is divided, he cannot subsist, but has an end.जब शैतान शैतानसंगै र आफ्नै मानिसहरूसंगै झगडा गर्छ त्यो धेरै दिन टिक्न सक्तैन। यो अवस्थामा शैतानको अन्त हुनेछ।

27 But no one can, having entered into his house, plunder the goods of the strong [man] unless he first bind the strong [man], and then he will plunder his house.यदि कुनै मानिस एकजना बलवान मानिसको घरमा उसका चीजबीज चोर्न भनी पस्न चाहान्छ भने उसले पहिले त्यो बलवान मानिसलाई डोरीले बाध्नु पर्छ, तब मात्र त्यसले त्यो बलवान मानिसको घरबाट चीजहरू लुटन सक्दछ।

28 Verily I say unto you, that all sins shall be forgiven to the sons of men, and all the injurious speeches [with] which they may speak injuriously;म तिमीहरूलाई साँचो भन्दछु, मानिसहरूले गरेका सबै पापहरू अनि निन्दाहरू क्षमा हुनेछ।

29 but whosoever shall speak injuriously against the Holy Spirit, to eternity has no forgiveness; but lies under the guilt of an everlasting sin;तर पवित्र आत्माका विरुद्ध कसैले गरेका खराब कुराहरू कहिल्यै क्षमा हुनेछैन। किनभने उ सधैं त्यो पापको दोषी बन्नु पर्नेछ।”

30 -- because they said, He has an unclean spirit.येशूले यसो भन्नुभयो किनभने शास्त्रीहरूले येशूभित्र दुष्टात्मा रहेको छ भनेका थिए।

31 And his brethren and his mother come, and standing without sent to him calling him.तब येशूका आमा र भाइहरू आए, उनीहरू बाहिरै खडा भएर एकजनालाई येशूलाई बोलउन पठाए।

32 And a crowd sat around him. And they said to him, Behold, thy mother and thy brethren seek thee without.धेरै मानिसहरू येशूको वरिपरि बसेका थिए। तिनीहरूले येशूलाई भने, “तापईका आमा र भाइहरू तपाईंलाई पर्खी बाहिर बसिरहेकाछन्।”

33 And he answered them, saying, Who is my mother or my brethren?येशूले उत्तर दिनु भयो, “को चाँहि मेरा आमा हुन्? को चाँहि मेरा भाइहरू हुन्?”

34 And looking around in a circuit at those that were sitting around him, he says, Behold my mother and my brethren:तब येशूले आफ्ना वरिपरि गोलो भएर बसेका मानिसहरूलाई हेर्नुभयो। उहाँले भन्नुभयो, “यी मानिसहरू नै मेरा आमा र भाइहरू हुन।

35 for whosoever shall do the will of God, *he* is my brother, and sister, and mother.मेरा साँच्चा भाइ बहिनीहरू र आमा तिनीहरूनै हुन् जसले परमेश्वरले चाहे अनुसार कर्म गर्दछन्।”

Nepali Bible