Luke 4 - WEB (Nepali)
1 Jesus, full of the Holy Spirit, returned from the Jordan, and was led by the Spirit into the wildernessयेशू यर्दन नदीदेखि र्फकिनुभयो। उहाँ पवित्र आत्माले भरिपूर्ण हुनुहुन्थो। त्यो आत्माले उहाँलाई उजाडस्थान तिर डोर्यायो।
2 for forty days, being tempted by the devil. He ate nothing in those days. Afterward, when they were completed, he was hungry.त्यहाँ चालीस दिनसम्म उहाँलाई शैतानले परिक्षा लियो। उहाँले त्यसबेला केही पनि खानु भएन। जब ती दिनहरू बिते, उहाँ खुबै भोकाउनु भयो।
3 The devil said to him, "If you are the Son of God, command this stone to become bread."शैतानले उहाँलाई भन्यो, “यदि तिमी परमेश्वरको पुत्र हौ भने, यो ढुङ्गालाई रोटी बनिने आज्ञा देऊ।”
4 Jesus answered him, saying, "It is written, 'Man shall not live by bread alone, but by every word of God.'"उहाँले उत्तर दिनुभयो, “धर्माशास्त्रमा यो लेखिएको छःरोटी खाएर मात्र मानिसहरू जीउँदो रहँदैन।”
5 The devil, leading him up on a high mountain, showed him all the kingdoms of the world in a moment of time.तब शैतानले येशूलाई एउटा अग्लो ठाँउमा लग्यो अनि एकै क्षण्मा पृथ्वीभरी रहेका सवै राज्यहरू देखायो।
6 The devil said to him, "I will give you all this authority, and their glory, for it has been delivered to me; and I give it to whomever I want.तब शैतानले येशूलाई भन्यो, “म तपाँईलाई यी सबै राज्यहरूको अधिकार, शक्तिहरू र तिनीहरूमा भएको गौरवसंगै दिनेछु। यी सबै मलाई दिइएको छ। म यी सब कसैलाई पनि दिनसक्छु।
7 If you therefore will worship before me, it will all be yours."यदि तपाँईले मलाई उपासना गरे म यी सब तपाईंलाई दिनेछु।”
8 Jesus answered him, "Get behind me Satan! For it is written, 'You shall worship the Lord your God, and him only shall you serve.'"उहाँले उत्तर दिनुभयो, “धर्मशास्त्रमा यो लेखिएको छ ‘तिमीले परमप्रभु तिम्रो परमेश्वरको उपासना गर्नु पर्छ। अनि उहाँको मात्र सेवा गर्नुपर्छ!”‘
9 He led him to Jerusalem, and set him on the pinnacle of the temple, and said to him, "If you are the Son of God, cast yourself down from here,तब त्यो शैतानले येशूलाई यरूशलेममा पुर्यायो अनि उहाँलाई मन्दिरको टुप्पामा उभ्यायो। त्यसले येशूलाई भन्यो, “यदि तपाँई परमेश्वरको पुत्र हुनुहुनछ भने यहाँबाट फाल हान्नु होस्!
10 for it is written, 'He will give his angels charge concerning you, to guard you;'किनभने धर्मशास्त्रमा यो लेखिएको छः‘उहाँले तिम्रो रक्षाको लगि आफ्नो स्वर्गदूतहरूलाई आज्ञा गर्नुहुनेछ।’
11 and, 'On their hands they will bear you up, Lest perhaps you dash your foot against a stone.'"यो पनि लेखिएको छतिनीहरूले तिमीलाई हातहातै थाम्मनेछन्, जसद्वारा तिम्रो पाउ ढुङ्गामा बजारिने छैन।”‘
12 Jesus answering, said to him, "It has been said, 'You shall not tempt the Lord your God.'"येशूले उत्तर दिनु भयोः “यो पनि धर्मशास्त्रमा भनिएको छःपरमप्रभु तिम्रो परमेश्वरको परीक्षा लिनु हुँदैन।”‘
13 When the devil had completed every temptation, he departed from him until another time.शैतानले येशूलाई प्रत्येक पक्षबाट सताई सके पछि उसको अनुकूल समय नआउन्जेल सम्मका निम्ति छोडेर गयो।
14 Jesus returned in the power of the Spirit into Galilee, and news about him spread through all the surrounding area.येशू पवित्र आत्माको शक्ति लिएर गालीलमा फर्कूनु भयो। गालीलभरि उहाँको बारेमा समचारहरू फैलियो।
15 He taught in their synagogues, being glorified by all.उहाँले तिनीहरूको सभा घरहरूमा सिकाउन शुरू गर्नुभयो। सबै मानिसहरूले उहाँको प्रशंसा गरे।
16 He came to Nazareth, where he had been brought up. He entered, as was his custom, into the synagogue on the Sabbath day, and stood up to read.येशूले आफु हुर्केको शहर नासरतको पनि यात्रा गर्नु भयो। विश्रामको दिनमा अघि झैं उहाँ सभाघरमा जानु भयो। उहाँ त्यहाँ (धर्मग्रन्थबाट) केही पढनलाई उभिनु भयो।
17 The book of the prophet Isaiah was handed to him. He opened the book, and found the place where it was written,यशैया अगमवक्ताद्वारा लेखिएको ग्रन्थ उहाँलाई दिईएको थियो। उहाँले ग्रन्थ पल्टाउनु भयो अनि एक ठाउँ जहाँ निम्नलिखित कुरा लेखिएको भेट्टाउनु भयोः
18 "The Spirit of the Lord is on me, Because he has anointed me to preach good news to the poor. He has sent me to heal the brokenhearted, To proclaim release to the captives, Recovering of sight to the blind, To deliver those who are crushed,परमप्रभुको आत्मा ममथि छ। परमेश्वरले मलाई अभिषेक गर्नुभएकोछ, केही पनि नभएका मानिसहरूमा सुसमाचारहरू सुनाउनलाई परमेश्वरले मलाई घोषणा गर्नु पठाउनु भएकोछ, कैदीहरूलाई मुक्त पार्न अनि अन्धो मानिसहरूलाई देख्न सक्ने पार्न अनेकौं यातनामा पिल्सिएका मानिसहरूलाई मुक्त पार्न परमेश्वरले मलाई पठाउनु भएकोछ।
19 And to proclaim the acceptable year of the Lord."अनि घोषणा गर्न कि आफ्नो मानिसहरूलाई बचाउन परमप्रभुको उचित समय आएको छ।”
20 He closed the book, gave it back to the attendant, and sat down. The eyes of all in the synagogue were fastened on him.उहाँले ग्रन्थ बन्द गर्नुभयो। उहाँले त्यो ग्रन्थ सहयोगीलाई दिएर त्यहीं बस्नुभयो। सभा घरमा भएका प्रत्येक मानिसले उहाँ लाई हेरिरहेका थिए।
21 He began to tell them, "Today, this Scripture has been fulfilled in your hearing."येशू तिनीहरूसंग बोल्न थाल्नु भयो उहाँले भन्नु भयो,“मैले तिमीहरू अघि जो धर्मग्रन्थको अंश पढे त्यो आज पढदै गर्दा नै पूर्ण भयो।”
22 All testified about him, and wondered at the gracious words which proceeded out of his mouth, and they said, "Isn't this Joseph's son?"सबै मानिसहरूले येशूको प्रसंशा गरे। उहाँको मिठासपूर्ण शब्दहरूमा तिनीहरू छक्क परे। तिनीहरूले भने, “कसरी उहाँले यसरी बोल्नु सक्नु भएको? के उहाँ यूसुफका पुत्र हुनुहुन्न?’
23 He said to them, "Doubtless you will tell me this parable, 'Physician, heal yourself! Whatever we have heard done at Capernaum, do also here in your hometown.'"येशूले तिनीहरूलाई भन्नु भयो, “म जान्दछु कि तिमीहरूले मलाई यो उखान भन्नेछौ, ए वैध! आफैंलाई निको पार।’ तिमीले आफ्नै शहरमा पनि त्यही गर।”‘
24 He said, "Most assuredly I tell you, no prophet is acceptable in his hometown.त्यसपछि उहाँले भन्नु भयो, “म तिमीहरूलाई साँचो भन्दछु। अगमवक्तालाई आफ्नै गाँउ शहरमा कहिल्यै स्वीकार गरिदैन।
25 But truly I tell you, there were many widows in Israel in the days of Elijah, when the sky was shut up three years and six months, when a great famine came over all the land.म जे भन्दैछु त्यो साँचो हो। एलियाको समयमा साढे तीन र्वषसम्म इस्राएलको जमीनमा ठूलो अनिकाल पर्यो। सारा देशमा कतै पनि खाने कुरा थिएन। त्यसबेला इस्राएलमा विधवाहरू थुप्रै थिए।
26 Elijah was sent to none of them, except to Zarephath, in the land of Sidon, to a woman who was a widow.तर एलियालाइ ती कुनै विधवाकोमा पठाइएन। सीदोन प्रदेशको सारपत भन्ने ठाउँमा चाँहि एलियालाई एउटी विधवाकोमा पठाइयो।
27 There were many lepers in Israel in the time of Elisha the prophet, yet not one of them was cleansed, except Naaman, the Syrian."अनि अगमवक्ता एलिशाको समयमा इस्राएलमा धेरै कोडका रोगीहरू थिए। तर नामान बाहेक कसैलाई पनि निको पारिएन। अनि नामान इस्राएलवासी नभई सिरियावासी थिए।”
28 They were all filled with wrath in the synagogue, as they heard these things.सबै मानिसहरू जो सभा घरमा थिए यो कुराहरू सुने अनि साह्रै रिसाए।
29 They rose up, threw him out of the city, and led him to the brow of the hill that their city was built on, that they might throw him off the cliff.मानिसहरू उठे अनि येशूलाई शहर छाडनु वाध्य गराए। तिनीहरूको शहर एउटा टाकूरामा अवस्थित थियो। तिनीहरूले येशूलाई टाकुराको किनारामा पुरयाए अनि तिनीहरू उहाँलाई तल खसाल्न चाहन्थे।
30 But he, passing through the midst of them, went his way.तर उहाँ तिनीहरूको माझबाट निस्केर जानु भयो।:21-28)
31 He came down to Capernaum, a city of Galilee. He was teaching them on the Sabbath day,गालीलको कफर्नुहम भन्ने शहरमा येशू जानु भयष्ठ्वो। उहाँले विश्रामको दिन मानिसहरूलाई शिक्षा दिनु भयो।
32 and they were astonished at his teaching, for his word was with authority.तिनीहरू येशूको शिक्षामा छक्क पर्थे कारण उहाँ अधिकारसित सिकाउँनुहुन्थ्यो।
33 In the synagogue there was a man who had a spirit of an unclean demon, and he cried out with a loud voice,सभाघरमा एकजाना दुष्टआत्मा लागेको मानिस थियो। त्यो मानिस ठूलो स्वरमा चिच्यायो।
34 saying, "Ah! what have we to do with you, Jesus of Nazareth? Have you come to destroy us? I know you who you are: the Holy One of God!"हे नासरतको येशू! हामीबाट तपाईं के चाहनुहुन्छ? के हामीलाई नाश गर्नु तपाईं यहाँ आउनष्ठ्वु भएको हो? म तपाईंलाई जान्दछु परमेश्वरका एक पवित्र जन्।”
35 Jesus rebuked him, saying, "Be silent, and come out of him!" When the demon had thrown him down in their midst, he came out of him, having done him no harm.तर येशूले त्यो दुष्टात्मालाई हकार्नु भयो, “चूप लाग्। यो मानिसदेखि निस्कि हाल्।” त्यो दुष्टआत्माले मानिसहरूकै अघिपट्टि त्यो मानिसलाई भूँइमा पछारिदियो। त्यसपछि दुष्ट आत्माले त्यो मानिसलाई केही नोक्सान नगरी छाडी दियो।
36 Amazement came on all, and they spoke together, one with another, saying, "What is this word? For with authority and power he commands the unclean spirits, and they come out!"सबै मानिसहरू छक्क परे अनि आपसमा कुरा गरे, “यसको अर्थ के हो? येशूले त अधिकार अनि शक्तिसित दुष्ट आत्माहरूलाई निस्कन आज्ञा गर्नु हुन्छ औ तिनीहरू पनि निस्की हाल्छन्।”
37 News about him went out into every place of the surrounding region.त्यसपछि त्यस इलाकाको प्रत्येक ठाऊँमा येशूको कीर्ति फैलियो।
38 He rose up from the synagogue, and entered into Simon's house. Simon's mother-in-law was afflicted with a great fever, and they begged him for her.येशूले सभा घर छाडनु भयो। उहाँ शिमोनको घरमा जानु भयो। शिमोनको सासू कडा ज्वरोले सिकिस्त बिमारी थिईन्। तिनीहरूले उहाँलाई तिनका निम्ति केही गरिदिनुहोस् भनी विन्ती गरे।
39 He stood over her, and rebuked the fever; and it left her. Immediately she rose up and served them.येशू तिनको नजिक जानु भयो अनि जरोलाई हट्ने आज्ञा दिनु भयो। जरो झट्टै हरायो। तब तिनी उठिन अनि तिनीहरूको सेवामा लागिन्।
40 When the sun was setting, all those who had any sick with various diseases brought them to him; and he laid his hands on every one of them, and healed them.घाम अस्ताउन लागदा सबै मानिसहरू ज-जसका आफ्ना मानिसहरू बिरामीहरू थिए तिनीहरूलाई येशूकहाँ ल्याए। तिनीहरू बेग्ला बेग्लै रोगले पीडीत थिए। उहाँले प्रत्येक बिरामीलाई छुनु भयो अनि तिनीहरूलाई जाती पार्नु भयो।
41 Demons also came out from many, crying out, and saying, "You are the Christ, the Son of God!" Rebuking them, he didn't allow them to speak, because they knew that he was the Christ.धेरै मानिसहरूदेखि भूतहरू बाहिर निस्के। तिनीहरू चिच्याउँदै थिए, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ।” तर उहाँले ती भूतहरूलाई चूप बस्ने आज्ञा दिनु भयो। येशू नै ख्रीष्ट हुनुहुन्थ्यो भनेर भूतहरूले जानेका थिए।
42 When it was day, he departed and went into an uninhabited place, and the multitudes looked for him, and came to him, and held on to him, so that he wouldn't go away from them.अर्को दिन येशू एकान्त ठाउँमा जानुभयो। तर भीडले उहाँलाई खोजिरहेको थियो औ उहाँ भएको जग्गामा तिनीहरू आए। जब तिनीहरूले येशूलाई देखे, तिनीहरूले उहाँलाई तिनीहरूलाई नछाडनु भनि विन्ती गर्दैं थिए।
43 But he said to them, "I must preach the good news of the Kingdom of God to the other cities also. For this reason I have been sent."तर येशूले तिनीहरूलाई भन्नु भयो, “मैले अरू शहरहरूमा पनि परमेश्वरको राज्य को बारे सुसमाचारहरु भन्नु पर्छ। यसैकारण मलाई फठाइएको छ।”
44 He was preaching in the synagogues of Galilee.तब येशूले यहूदियाका सभा घरहरूमा प्रचार गर्नु भयो।
Nepali Bible