Bible

Luke 4 - BBE (Nepali)

1 And Jesus, full of the Holy Spirit, came back from the Jordan, and was guided by the Spirit in the waste landयेशू यर्दन नदीदेखि र्फकिनुभयो। उहाँ पवित्र आत्माले भरिपूर्ण हुनुहुन्थो। त्यो आत्माले उहाँलाई उजाडस्थान तिर डोर्यायो।

2 For forty days, being tested by the Evil One. And he had no food in those days; and when they came to an end, he was in need of food.त्यहाँ चालीस दिनसम्म उहाँलाई शैतानले परिक्षा लियो। उहाँले त्यसबेला केही पनि खानु भएन। जब ती दिनहरू बिते, उहाँ खुबै भोकाउनु भयो।

3 And the Evil One said to him, If you are the Son of God, give orders to this stone to become bread.शैतानले उहाँलाई भन्यो, “यदि तिमी परमेश्वरको पुत्र हौ भने, यो ढुङ्गालाई रोटी बनिने आज्ञा देऊ।”

4 And Jesus made answer to him, It has been said in the Writings, Bread is not man's only need.उहाँले उत्तर दिनुभयो, “धर्माशास्त्रमा यो लेखिएको छःरोटी खाएर मात्र मानिसहरू जीउँदो रहँदैन।”

5 And he took him up and let him see all the kingdoms of the earth in a minute of time.तब शैतानले येशूलाई एउटा अग्लो ठाँउमा लग्यो अनि एकै क्षण्मा पृथ्वीभरी रहेका सवै राज्यहरू देखायो।

6 And the Evil One said, I will give you authority over all these, and the glory of them, for it has been given to me, and I give it to anyone at my pleasure.तब शैतानले येशूलाई भन्यो, “म तपाँईलाई यी सबै राज्यहरूको अधिकार, शक्तिहरू र तिनीहरूमा भएको गौरवसंगै दिनेछु। यी सबै मलाई दिइएको छ। म यी सब कसैलाई पनि दिनसक्छु।

7 If then you will give worship to me, it will all be yours.यदि तपाँईले मलाई उपासना गरे म यी सब तपाईंलाई दिनेछु।”

8 And Jesus in answer said to him, It has been said in the Writings, Give worship to the Lord your God, and be his servant only.उहाँले उत्तर दिनुभयो, “धर्मशास्त्रमा यो लेखिएको छ ‘तिमीले परमप्रभु तिम्रो परमेश्वरको उपासना गर्नु पर्छ। अनि उहाँको मात्र सेवा गर्नुपर्छ!”‘

9 And he took him to Jerusalem and put him on the highest point of the Temple and said to him, If you are the Son of God, let yourself go down from here; for it is said in the Writings,तब त्यो शैतानले येशूलाई यरूशलेममा पुर्यायो अनि उहाँलाई मन्दिरको टुप्पामा उभ्यायो। त्यसले येशूलाई भन्यो, “यदि तपाँई परमेश्वरको पुत्र हुनुहुनछ भने यहाँबाट फाल हान्नु होस्!

10 He will give his angels orders to take care of you:किनभने धर्मशास्त्रमा यो लेखिएको छः‘उहाँले तिम्रो रक्षाको लगि आफ्नो स्वर्गदूतहरूलाई आज्ञा गर्नुहुनेछ।’

11 And, In their hands they will keep you up, so that your foot may not be crushed against a stone.यो पनि लेखिएको छतिनीहरूले तिमीलाई हातहातै थाम्मनेछन्, जसद्वारा तिम्रो पाउ ढुङ्गामा बजारिने छैन।”‘

12 And Jesus made answer and said to him, It is said in the Writings, You may not put the Lord your God to the test.येशूले उत्तर दिनु भयोः “यो पनि धर्मशास्त्रमा भनिएको छःपरमप्रभु तिम्रो परमेश्वरको परीक्षा लिनु हुँदैन।”‘

13 And when all these tests were ended the Evil One went away from him for a time.शैतानले येशूलाई प्रत्येक पक्षबाट सताई सके पछि उसको अनुकूल समय नआउन्जेल सम्मका निम्ति छोडेर गयो।

14 And Jesus came back to Galilee in the power of the Spirit, and the news of him went through all the country round about.येशू पवित्र आत्माको शक्ति लिएर गालीलमा फर्कूनु भयो। गालीलभरि उहाँको बारेमा समचारहरू फैलियो।

15 And he was teaching in their Synagogues and all men gave him praise.उहाँले तिनीहरूको सभा घरहरूमा सिकाउन शुरू गर्नुभयो। सबै मानिसहरूले उहाँको प्रशंसा गरे।

16 And he came to Nazareth, where he had been as a child, and he went, as his way was, into the Synagogue on the Sabbath, and got up to give a reading.येशूले आफु हुर्केको शहर नासरतको पनि यात्रा गर्नु भयो। विश्रामको दिनमा अघि झैं उहाँ सभाघरमा जानु भयो। उहाँ त्यहाँ (धर्मग्रन्थबाट) केही पढनलाई उभिनु भयो।

17 And the book of the prophet Isaiah was given to him and, opening the book, he came on the place where it is said,यशैया अगमवक्ताद्वारा लेखिएको ग्रन्थ उहाँलाई दिईएको थियो। उहाँले ग्रन्थ पल्टाउनु भयो अनि एक ठाउँ जहाँ निम्नलिखित कुरा लेखिएको भेट्टाउनु भयोः

18 The Spirit of the Lord is on me, because I am marked out by him to give good news to the poor; he has sent me to make well those who are broken-hearted; to say that the prisoners will be let go, and the blind will see, and to make the wounded free from their chains,परमप्रभुको आत्मा ममथि छ। परमेश्वरले मलाई अभिषेक गर्नुभएकोछ, केही पनि नभएका मानिसहरूमा सुसमाचारहरू सुनाउनलाई परमेश्वरले मलाई घोषणा गर्नु पठाउनु भएकोछ, कैदीहरूलाई मुक्त पार्न अनि अन्धो मानिसहरूलाई देख्न सक्ने पार्न अनेकौं यातनामा पिल्सिएका मानिसहरूलाई मुक्त पार्न परमेश्वरले मलाई पठाउनु भएकोछ।

19 To give knowledge that the year of the Lord's good pleasure is come.अनि घोषणा गर्न कि आफ्नो मानिसहरूलाई बचाउन परमप्रभुको उचित समय आएको छ।”

20 And shutting the book he gave it back to the servant and took his seat: and the eyes of all in the Synagogue were fixed on him.उहाँले ग्रन्थ बन्द गर्नुभयो। उहाँले त्यो ग्रन्थ सहयोगीलाई दिएर त्यहीं बस्नुभयो। सभा घरमा भएका प्रत्येक मानिसले उहाँ लाई हेरिरहेका थिए।

21 Then he said to them, Today this word has come true in your hearing.येशू तिनीहरूसंग बोल्न थाल्नु भयो उहाँले भन्नु भयो,“मैले तिमीहरू अघि जो धर्मग्रन्थको अंश पढे त्यो आज पढदै गर्दा नै पूर्ण भयो।”

22 And they were all giving witness, with wonder, to the words of grace which came from his mouth: and they said, Is not this the son of Joseph?सबै मानिसहरूले येशूको प्रसंशा गरे। उहाँको मिठासपूर्ण शब्दहरूमा तिनीहरू छक्क परे। तिनीहरूले भने, “कसरी उहाँले यसरी बोल्नु सक्नु भएको? के उहाँ यूसुफका पुत्र हुनुहुन्न?’

23 And he said to them, Without doubt you will say to me, Let the medical man make himself well: the things which to our knowledge were done at Capernaum, do them here in your country.येशूले तिनीहरूलाई भन्नु भयो, “म जान्दछु कि तिमीहरूले मलाई यो उखान भन्नेछौ, ए वैध! आफैंलाई निको पार।’ तिमीले आफ्नै शहरमा पनि त्यही गर।”‘

24 And he said to them, Truly I say to you, No prophet is honoured in his country.त्यसपछि उहाँले भन्नु भयो, “म तिमीहरूलाई साँचो भन्दछु। अगमवक्तालाई आफ्नै गाँउ शहरमा कहिल्यै स्वीकार गरिदैन।

25 Truly I say to you, There were a number of widows in Israel in the days of Elijah, when the heaven was shut up for three years and six months and there was no food in the land;म जे भन्दैछु त्यो साँचो हो। एलियाको समयमा साढे तीन र्वषसम्म इस्राएलको जमीनमा ठूलो अनिकाल पर्यो। सारा देशमा कतै पनि खाने कुरा थिएन। त्यसबेला इस्राएलमा विधवाहरू थुप्रै थिए।

26 But Elijah was not sent to one of them, but only to Zarephath, in the land of Sidon, to a woman who was a widow.तर एलियालाइ ती कुनै विधवाकोमा पठाइएन। सीदोन प्रदेशको सारपत भन्ने ठाउँमा चाँहि एलियालाई एउटी विधवाकोमा पठाइयो।

27 And there were a number of lepers in Israel in the time of Elisha the prophet, and not one of them was made clean, but only Naaman the Syrian.अनि अगमवक्ता एलिशाको समयमा इस्राएलमा धेरै कोडका रोगीहरू थिए। तर नामान बाहेक कसैलाई पनि निको पारिएन। अनि नामान इस्राएलवासी नभई सिरियावासी थिए।”

28 And all who were in the Synagogue were very angry when these things were said to them.सबै मानिसहरू जो सभा घरमा थिए यो कुराहरू सुने अनि साह्रै रिसाए।

29 And they got up and took him out of the town to the edge of the mountain on which their town was, so that they might send him down to his death.मानिसहरू उठे अनि येशूलाई शहर छाडनु वाध्य गराए। तिनीहरूको शहर एउटा टाकूरामा अवस्थित थियो। तिनीहरूले येशूलाई टाकुराको किनारामा पुरयाए अनि तिनीहरू उहाँलाई तल खसाल्न चाहन्थे।

30 But he came through them and went on his way.तर उहाँ तिनीहरूको माझबाट निस्केर जानु भयो।:21-28)

31 And he came down to Capernaum, a town of Galilee; and he was giving them teaching on the Sabbath.गालीलको कफर्नुहम भन्ने शहरमा येशू जानु भयष्ठ्वो। उहाँले विश्रामको दिन मानिसहरूलाई शिक्षा दिनु भयो।

32 And they were surprised at his teaching, for his word was with authority.तिनीहरू येशूको शिक्षामा छक्क पर्थे कारण उहाँ अधिकारसित सिकाउँनुहुन्थ्यो।

33 And there was a man in the Synagogue who had an unclean spirit; and he gave a loud cry and said,सभाघरमा एकजाना दुष्टआत्मा लागेको मानिस थियो। त्यो मानिस ठूलो स्वरमा चिच्यायो।

34 Let us be! what have we to do with you, Jesus of Nazareth? have you come to put an end to us? I have knowledge who you are, the Holy One of God.हे नासरतको येशू! हामीबाट तपाईं के चाहनुहुन्छ? के हामीलाई नाश गर्नु तपाईं यहाँ आउनष्ठ्वु भएको हो? म तपाईंलाई जान्दछु परमेश्वरका एक पवित्र जन्।”

35 And Jesus said to him, Be quiet, and come out of him. And when the evil spirit had put him down on the earth in the middle of them, he came out of him, having done him no damage.तर येशूले त्यो दुष्टात्मालाई हकार्नु भयो, “चूप लाग्। यो मानिसदेखि निस्कि हाल्।” त्यो दुष्टआत्माले मानिसहरूकै अघिपट्टि त्यो मानिसलाई भूँइमा पछारिदियो। त्यसपछि दुष्ट आत्माले त्यो मानिसलाई केही नोक्सान नगरी छाडी दियो।

36 And wonder came on them all and they said to one another, What are these words? for with authority and power he gives orders to the evil spirits and they come out.सबै मानिसहरू छक्क परे अनि आपसमा कुरा गरे, “यसको अर्थ के हो? येशूले त अधिकार अनि शक्तिसित दुष्ट आत्माहरूलाई निस्कन आज्ञा गर्नु हुन्छ औ तिनीहरू पनि निस्की हाल्छन्।”

37 And there was much talk about him in all the places round about.त्यसपछि त्यस इलाकाको प्रत्येक ठाऊँमा येशूको कीर्ति फैलियो।

38 And he got up and went out of the Synagogue and went into the house of Simon. And Simon's wife's mother was very ill with a burning heat; and in answer to their prayers for herयेशूले सभा घर छाडनु भयो। उहाँ शिमोनको घरमा जानु भयो। शिमोनको सासू कडा ज्वरोले सिकिस्त बिमारी थिईन्। तिनीहरूले उहाँलाई तिनका निम्ति केही गरिदिनुहोस् भनी विन्ती गरे।

39 He went near her, and with a sharp word he gave orders to the disease and it went away from her; and straight away she got up and took care of their needs.येशू तिनको नजिक जानु भयो अनि जरोलाई हट्ने आज्ञा दिनु भयो। जरो झट्टै हरायो। तब तिनी उठिन अनि तिनीहरूको सेवामा लागिन्।

40 And at sundown all those who had anyone ill with any sort of disease, took them to him, and he put his hands on every one of them and made them well.घाम अस्ताउन लागदा सबै मानिसहरू ज-जसका आफ्ना मानिसहरू बिरामीहरू थिए तिनीहरूलाई येशूकहाँ ल्याए। तिनीहरू बेग्ला बेग्लै रोगले पीडीत थिए। उहाँले प्रत्येक बिरामीलाई छुनु भयो अनि तिनीहरूलाई जाती पार्नु भयो।

41 And evil spirits came out of a number of them, crying out and saying, You are the Son of God. But he gave them sharp orders not to say a word, because they had knowledge that he was the Christ.धेरै मानिसहरूदेखि भूतहरू बाहिर निस्के। तिनीहरू चिच्याउँदै थिए, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ।” तर उहाँले ती भूतहरूलाई चूप बस्ने आज्ञा दिनु भयो। येशू नै ख्रीष्ट हुनुहुन्थ्यो भनेर भूतहरूले जानेका थिए।

42 And when it was day, he came out and went to a waste place; and great numbers of people came looking for him, and they came to him and would have kept him from going away.अर्को दिन येशू एकान्त ठाउँमा जानुभयो। तर भीडले उहाँलाई खोजिरहेको थियो औ उहाँ भएको जग्गामा तिनीहरू आए। जब तिनीहरूले येशूलाई देखे, तिनीहरूले उहाँलाई तिनीहरूलाई नछाडनु भनि विन्ती गर्दैं थिए।

43 But he said to them, I have to give the good news of the kingdom of God in other towns, because that is why I was sent.तर येशूले तिनीहरूलाई भन्नु भयो, “मैले अरू शहरहरूमा पनि परमेश्वरको राज्य को बारे सुसमाचारहरु भन्नु पर्छ। यसैकारण मलाई फठाइएको छ।”

44 And he was teaching in the Synagogues of Galilee.तब येशूले यहूदियाका सभा घरहरूमा प्रचार गर्नु भयो।

Nepali Bible