Luke 3 - YLT (Nepali)
1 And in the fifteenth year of the government of Tiberius Caesar -- Pontius Pilate being governor of Judea, and Herod tetrarch of Galilee, and Philip his brother, tetrarch of Ituraea and of the region of Trachonitis, and Lysanias tetrarch of Abilene --सिजर टिबेरियसको पन्ध्रौं र्वषमा पन्तियस पिलातस यहूदियाका राज्यपाल थिए, अनि जब हेरोद गालीलका शासक थिए तिनको भाइ फिलिप इतुरिया र त्राखोनितिसका शासक थिए अनि लुसानियास अबलेनका शासक थिए।
2 Annas and Caiaphas being chief priests -- there came a word of God unto John the son of Zacharias, in the wilderness,जब अन्नास र कैयाफा प्रधान पूजाहारीहरू भएका थिए उजाड स्थानमा जकरियाको छोरो यूहन्नाले परमेश्वरको वचन पाए।
3 and he came to all the region round the Jordan, proclaiming a baptism of reformation -- to remission of sins,तिनी यर्दन नदीको वरिपरिको जम्मै स्थानहरूमा गए। तिनीहरूको पाप मोचनको लागि बप्तिस्मा लिएर हृदय र जीवन परिवर्तन गर्ने बारेमा तिनले मानिसहरूलाई प्रचार गर्दै थिए।
4 as it hath been written in the scroll of the words of Isaiah the prophet, saying, `A voice of one crying in the wilderness, Prepare ye the way of the Lord, straight make ye His paths;यी सबै कुराहरू अगमवक्ता यशैयाले लेखेको पुस्तकको वर्णन अनुसार भयोः“उजाड स्थानमा कराइरहेको आवाजः परमप्रभुका निम्ति मार्ग तयार पार। उहाँको पथहरू सोझो पार।
5 every valley shall be filled, and every mountain and hill shall be made low, and the crooked shall become straightness, and the rough become smooth ways;प्रत्येक खाल्डा पुरिनेछ। अनि हरेक डाँडा र ढिस्का सम्म पारिनेछ, अप्ठेरा बाटोहरू समतल पारिनेछन अनि दुर्गम् बाटोहरू सहज बनाइन्छन्!
6 and all flesh shall see the salvation of God.'सबै मानिसहरूले परमेश्वरको मुक्तिको दर्शन गर्नेछन्।”‘
7 Then said he to the multitudes coming forth to be baptised by him, `Brood of vipers! who did prompt you to flee from the coming wrath?यूहन्नाद्वारा बप्तिस्मा लिनलाई मानिसहरू आए। यूहन्नाले तिनीहरूलाई भने, “तिमीहरू विषालू साँपहरू जस्तै छौ! तिमीहरूलाई परमेश्वरको क्रोध जो आँउदैछ त्यबाट भाग्न कसले भन्यो?
8 make, therefore, fruits worthy of the reformation, and begin not to say within yourselves, We have a father -- Abraham; for I say to you, that God is able out of these stones to raise children to Abraham;तिमीहरूले आफ्नो हृदय परिवर्तन गरसकेकाछौ भन्ने देखाउनलाई उचित कामहरू गर्नुपर्छ। घमण्ड नगर अनि अब्राहामनै हाम्रा पिता हुन् नभन। म तिमीहरूलाई भन्छु कि परमेश्वरले अब्राहामका लागि यी चट्टानहरूबाट पनि सन्तान उत्पन्न गर्न सक्नुहुन्छ।
9 and already also the axe unto the root of the trees is laid, every tree, therefore, not making good fruit is cut down, and to fire it is cast.'रूखहरू काट्नलाई बन्जरो पनि तयार छ। प्रत्येक रुख जसले असल फल फलाउदैन त्यो काटिनेछ अनि आगोमा फालिनेछ।”
10 And the multitudes were questioning him, saying, `What, then, shall we do?'मानिसहरूले यूहन्नालाई सोधे, “हामीले के गर्नु पर्ने हो?”
11 and he answering saith to them, `He having two coats -- let him impart to him having none, and he having victuals -- in like manner let him do.'यूहन्नाले उत्तर दिए, “यदि तिमीहरूसित दुइवटा दौरा छ भने अर्को नहुनेलाई एउटा देऊ। खानेकुरा छ भने पनि अरूलाई बाँड।”
12 And there came also tax-gatherers to be baptised, and they said unto him, `Teacher, what shall we do?'कर उठाउनेहरू पनि यूहन्नाकहाँ आए। तिनीहरूले बप्तिस्मालिन चाहँन्थे। तिनीहरूले यूहन्नालाई भने, “गुरुज्यू, हामीले के गर्नु पर्छ?”
13 and he said unto them, `Exact no more than that directed you.'यूहन्नाले तिनीहरूलाई भने, “तिमीहरूलाई जति उठाउने आदेश छ त्यो भन्ष्ठ्वदा ज्यादा कर नउठाऊ।”
14 And questioning him also were those warring, saying, `And we, what shall we do?' and he said unto them, `Do violence to no one, nor accuse falsely, and be content with your wages.'कोही सिपाहरूले यूहन्नालाई सोधे, “हामीले चाँहि के गर्ने?”यूहन्नाले तिनीहरूलाई भने, “बलपूर्वक मानिसहरूबाट पैसा नलेउ। कसैको बारेमा झुटो नबोल। आफुले कमाएको जे जति पैसा छ त्यसैमा सन्तुष्ट होऊ।”
15 And the people are looking forward, and all are reasoning in their hearts concerning John, whether or not he may be the Christ;सबै मानिसहरु ख्रिष्ट आउनु हुन्छ भन्ने प्रतिक्षामा थिए अनि यूहन्नाको बारेमा अचम्म मानिरहेका थिए। तिनीहरुले सोचे, “के उहाँनै ख्रिष्ट हुनुहुन्छत?”
16 John answered, saying to all, `I indeed with water do baptise you, but he cometh who is mightier than I, of whom I am not worthy to loose the latchet of his sandals -- he shall baptise you with the Holy Spirit and with fire;यूहन्नले प्रत्येकलाई उत्तर दिए, “म तीमीहरूलाई पानीद्वार बप्तिस्मा दिन्छु तर म पछि जुन एकजना आउनु हुनेछ उहाँले मैले भन्दा धेरै महान कार्य गर्न सक्नु हुन्छ। म उहाँको जुत्ताको फिता मात्र पनि खोल्ने योग्यको छैन। उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा गर्नु हुनेछ।
17 whose winnowing shovel `is' in his hand, and he will thoroughly cleanse his floor, and will gather the wheat to his storehouse, and the chaff he will burn with fire unquenchable.'उहाँ खला सफा पार्नु तयार हुनुहुन्छ। उहाँले राम्रो अन्नालाइ भूसदेखि अलग पार्नु हुनेछ। उहाँले असल अन्नालाई उहाँको ढुकुटीमा थुपार्नु हुनेछ। अनि नराम्रो जति उहाँले कहिल्यै ननिभ्ने आगोमा जलाइदिनु हुनेछ।”
18 And, therefore, indeed with many other things, exhorting, he was proclaiming good news to the people,त्यसपछि तिनले मानिसहरूलाई धेरै अरू कूराहरूले उत्साह दिए अनि सुसमाचारहरू उनीहरूलाई भने। यूहन्नाले सुसमाचाहरू लगातार सुनाउन थाले।
19 and Herod the tetrarch, being reproved by him concerning Herodias the wife of Philip his brother, and concerning all the evils that Herod did,हेरोदले आफ्नो भाइकी पत्नी हेरोदियाससँग अनैतिक सम्बन्ध राखेकोले यूहन्नाले शासक हेरोदलाई झपारेका थिए, हेरोदले गरेको अरू पनि धेरै दुष्ट कार्यहरूका निम्ति यूहन्नाले उसलाई झपारेका थिए।
20 added also this to all, that he shut up John in the prison.हेरोदले त्यस्तै नराम्रो काम गरेको थियो उसले यूहन्नालाई झ्यालखानामा पनि थुनेको थियो। हेरोदले गरेको नराम्रो कामहरूमा यो एउटा थप हो।
21 And it came to pass, in all the people being baptised, Jesus also being baptised, and praying, the heaven was opened,जब सबै मानिसहरूलाई बप्तिस्मा गराइयो, येशू पनि आउनु भयो अनि बप्तिस्मा लिनु भयो। येशूले प्रार्थना गरिरहनू भएको बेला आकाश खोलियो।
22 and the Holy Spirit came down in a bodily appearance, as if a dove, upon him, and a voice came out of heaven, saying, `Thou art My Son -- the Beloved, in thee I did delight.'अनि शारीरिक रूपमा ढुकुर झैं उहाँमाथि पवित्र आत्मा आउनुभयो। त्यसपछि स्वर्गबाट एउटा आवाज आयो, “तिमी मेरा पुत्र हौ अनि म तिमीलाई प्रेम गर्छु। म तिमीसंग अत्यन्त आनान्दित छु।”
23 And Jesus himself was beginning to be about thirty years of age, being, as was supposed, son of Joseph,जब येशूले आफ्नो कार्य गर्न थाले त्यसबेला उहाँको उमेर झण्डै तीस र्वष पुगेको थियो। मानिसहरूले सोचेका थिए येशू यूसुफको पुत्र हुनुहुन्छ। यूसुफ एलीका पुत्र थिए।
24 the `son' of Eli, the `son' of Matthat, the `son' of Levi, the `son' of Melchi, the `son' of Janna, the `son' of Joseph,एली मत्तातका पुत्र थिए। मत्तात लेवीका पुत्र थिए। लेवी मल्कीका पुत्र थिए। मल्की यान्नाका पुत्र थिए। यान्ना यूसुफका पुत्र थिए।
25 the `son' of Mattathias, the `son' of Amos, the `son' of Naum, the `son' of Esli,यूसुफ मत्तायियासका पुत्र थिए। मत्ताथियास आमोसका पुत्र थिए। आमोस नहूमका पुत्र थिए। नहूम इसलीका पुत्र थिए। इसली नग्गैका पुत्र थिए।
26 the `son' of Naggai, the `son' of Maath, the `son' of Mattathias, the `son' of Semei, the `son' of Joseph, the `son' of Juda,नग्गै माथका पुत्र थिए। माथ मत्ताथियासका पुत्र थिए। मत्ताथियास सेमैनका पुत्र थिए। सेमैन योसेखका पुत्र थिए। योसेख योदाका पुत्र थिए।
27 the `son' of Joanna, the `son' of Rhesa, the `son' of Zerubbabel, the `son' of Shealtiel,योदा योहन्नका पुत्र थिए। योआनन रेसाका पुत्र थिए। रेसा यरूबाबेल का पुत्र थिए। यरूबाबेल शालतिएलका पुत्र थिए शालतिएल नेरीका पुत्र थिए।
28 the `son' of Neri, the `son' of Melchi, the `son' of Addi, the `son' of Cosam, the `son' of Elmodam, the `son' of Er,नेरी मल्कीका पुत्र थिए। कोसाम एलमादमका पुत्र थिए। अद्दी कोसामका पुत्र थिए। कोसाम एलमादमका पुत्र थिए। एलमादम एरका पुत्र थिए।
29 the `son' of Jose, the `son' of Eliezer, the `son' of Jorim, the `son' of Matthat,एर यहोशूका पुत्र थिए। यहोशू एलिएजरका पुत्र थिए। एलीएजर योरीमका पुत्र थिए। योरीम मत्तातका पुत्र थिए। मत्तात लेवीका पुत्र थिए।
30 the `son' of Levi, the `son' of Simeon, the `son' of Juda, the `son' of Joseph, the `son' of Jonan, the `son' of Eliakim,लेवी शिमियोनका पुत्र थिए। शिमियोन यहूदाका पुत्र थिए। यहूदा यूसुफका पुत्र थिए। यूसुफ योनानाका पुत्र थिए। योनान एल्याकीमका पुत्र थिए।
31 the `son' of Melea, the `son' of Mainan, the `son' of Mattatha, the `son' of Nathan,एल्याकीम मलेआकाम पुत्र थिए। मलेआ भिन्नाका पुत्र थिए। भिन्ना मत्ताथाका पुत्र थिए। मत्ताथा नातानका पुत्र थिए। नातान दाऊदका पुत्र थिए।
32 the `son' of David, the `son' of Jesse, the `son' of Obed, the `son' of Booz, the `son' of Salmon, the `son' of Nahshon,दाऊद यिशैका पुत्र थिए। यिशै ओबेदका पुत्र थिए। ओबेद बोअजका पुत्र थिए। बोअज सल्मोनका पुत्र थिए। सल्मोन नहशोनका पुत्र थिए।
33 the `son' of Amminadab, the `son' of Aram, the `son' of Esrom, the `son' of Pharez,नहशोम अम्मीनादबका पुत्र थिए। अम्मीनादाब आरामका पुत्र थिए। आराम हेस्रोनका पुत्र थिए। हेस्रोन फारेसका पुत्र थिए। फारेस यहूदाका पुत्र थिए।
34 the `son' of Judah, the `son' of Jacob, the `son' of Isaac, the `son' of Abraham, the `son' of Terah, the `son' of Nahor,यहूदा याकूबका पुत्र थिए। याकूब इसहाकका पुत्र थिए। इसहाक अब्राहामका पुत्र थिए। अब्राहाम तेरहका पुत्र थिए। तेरह नाहोरका पुत्र थिए।
35 the `son' of Serug, the `son' of Reu, the `son' of Peleg, the `son' of Eber,नाहोर सरूगका पुत्र थिए। सरूग रऊका पुत्र थिए। रऊ पेलेगका पुत्र थिए। पेलेग एबेरका पुत्र थिए। एबेर शेलहका पुत्र थिए।
36 the `son' of Salah, the `son' of Cainan, the `son' of Arphaxad, the `son' of Shem, the `son' of Noah, the `son' of Lamech,शेलह केनानक पुत्र थिए। केनान अर्पक्षदक पुत्र थिए। अर्पक्षदक शेमका पुत्र थिए। शेम नूहका पुत्र थिए। नूह लेमेखका पुत्र थिए।
37 the `son' of Methuselah, the `son' of Enoch, the `son' of Jared, the `son' of Mahalaleel,लेमेख मतूशेलहका पुत्र थिए। मतूशेलह हनोकका पुत्र थिए। हनोक येरेदका पुत्र थिए। येरेद महलालेलका पुत्र थिए। महलालेल केनानका पुत्र थिए।
38 the `son' of Cainan, the `son' of Enos, the `son' of Seth, the `son' of Adam, the `son' of God.केनान एनोशका पुत्र थिए। एनोश शेतका पुत्र थिए। शेत आदमका पुत्र थिए। आदम परमेश्वरका पुत्र थिए।
Nepali Bible