Bible

Luke 3 - ASV (Nepali)

1 Now in the fifteenth year of the reign of Tiberius Caesar, Pontius Pilate being governor of Judaea, and Herod being tetrarch of Galilee, and his brother Philip tetrarch of the region of Ituraea and Trachonitis, and Lysanias tetrarch of Abilene,सिजर टिबेरियसको पन्ध्रौं र्वषमा पन्तियस पिलातस यहूदियाका राज्यपाल थिए, अनि जब हेरोद गालीलका शासक थिए तिनको भाइ फिलिप इतुरिया र त्राखोनितिसका शासक थिए अनि लुसानियास अबलेनका शासक थिए।

2 in the highpriesthood of Annas and Caiaphas, the word of God came unto John the son of Zacharias in the wilderness.जब अन्नास र कैयाफा प्रधान पूजाहारीहरू भएका थिए उजाड स्थानमा जकरियाको छोरो यूहन्नाले परमेश्वरको वचन पाए।

3 And he came into all the region round about the Jordan, preaching the baptism of repentance unto remission of sins;तिनी यर्दन नदीको वरिपरिको जम्मै स्थानहरूमा गए। तिनीहरूको पाप मोचनको लागि बप्तिस्मा लिएर हृदय र जीवन परिवर्तन गर्ने बारेमा तिनले मानिसहरूलाई प्रचार गर्दै थिए।

4 as it is written in the book of the words of Isaiah the prophet, The voice of one crying in the wilderness, Make ye ready the way of the Lord, Make his paths straight.यी सबै कुराहरू अगमवक्ता यशैयाले लेखेको पुस्तकको वर्णन अनुसार भयोः“उजाड स्थानमा कराइरहेको आवाजः परमप्रभुका निम्ति मार्ग तयार पार। उहाँको पथहरू सोझो पार।

5 Every valley shall be filled, And every mountain and hill shall be brought low; And the crooked shall become straight, And the rough ways smooth;प्रत्येक खाल्डा पुरिनेछ। अनि हरेक डाँडा र ढिस्का सम्म पारिनेछ, अप्ठेरा बाटोहरू समतल पारिनेछन अनि दुर्गम् बाटोहरू सहज बनाइन्छन्!

6 And all flesh shall see the salvation of God.सबै मानिसहरूले परमेश्वरको मुक्तिको दर्शन गर्नेछन्।”‘

7 He said therefore to the multitudes that went out to be baptized of him, Ye offspring of vipers, who warned you to flee from the wrath to come?यूहन्नाद्वारा बप्तिस्मा लिनलाई मानिसहरू आए। यूहन्नाले तिनीहरूलाई भने, “तिमीहरू विषालू साँपहरू जस्तै छौ! तिमीहरूलाई परमेश्वरको क्रोध जो आँउदैछ त्यबाट भाग्न कसले भन्यो?

8 Bring forth therefore fruits worthy of repentance, and begin not to say within yourselves, We have Abraham to our father: for I say unto you, that God is able of these stones to raise up children unto Abraham.तिमीहरूले आफ्नो हृदय परिवर्तन गरसकेकाछौ भन्ने देखाउनलाई उचित कामहरू गर्नुपर्छ। घमण्ड नगर अनि अब्राहामनै हाम्रा पिता हुन् नभन। म तिमीहरूलाई भन्छु कि परमेश्वरले अब्राहामका लागि यी चट्टानहरूबाट पनि सन्तान उत्पन्न गर्न सक्नुहुन्छ।

9 And even now the axe also lieth at the root of the trees: every tree therefore that bringeth not forth good fruit is hewn down, and cast into the fire.रूखहरू काट्नलाई बन्जरो पनि तयार छ। प्रत्येक रुख जसले असल फल फलाउदैन त्यो काटिनेछ अनि आगोमा फालिनेछ।”

10 And the multitudes asked him, saying, What then must we do?मानिसहरूले यूहन्नालाई सोधे, “हामीले के गर्नु पर्ने हो?”

11 And he answered and said unto them, He that hath two coats, let him impart to him that hath none; and he that hath food, let him do likewise.यूहन्नाले उत्तर दिए, “यदि तिमीहरूसित दुइवटा दौरा छ भने अर्को नहुनेलाई एउटा देऊ। खानेकुरा छ भने पनि अरूलाई बाँड।”

12 And there came also publicans to be baptized, and they said unto him, Teacher, what must we do?कर उठाउनेहरू पनि यूहन्नाकहाँ आए। तिनीहरूले बप्तिस्मालिन चाहँन्थे। तिनीहरूले यूहन्नालाई भने, “गुरुज्यू, हामीले के गर्नु पर्छ?”

13 And he said unto them, Extort no more than that which is appointed you.यूहन्नाले तिनीहरूलाई भने, “तिमीहरूलाई जति उठाउने आदेश छ त्यो भन्ष्ठ्वदा ज्यादा कर नउठाऊ।”

14 And soldiers also asked him, saying, And we, what must we do? And he said unto them, Extort from no man by violence, neither accuse `any one' wrongfully; and be content with your wages.कोही सिपाहरूले यूहन्नालाई सोधे, “हामीले चाँहि के गर्ने?”यूहन्नाले तिनीहरूलाई भने, “बलपूर्वक मानिसहरूबाट पैसा नलेउ। कसैको बारेमा झुटो नबोल। आफुले कमाएको जे जति पैसा छ त्यसैमा सन्तुष्ट होऊ।”

15 And as the people were in expectation, and all men reasoned in their hearts concerning John, whether haply he were the Christ;सबै मानिसहरु ख्रिष्ट आउनु हुन्छ भन्ने प्रतिक्षामा थिए अनि यूहन्नाको बारेमा अचम्म मानिरहेका थिए। तिनीहरुले सोचे, “के उहाँनै ख्रिष्ट हुनुहुन्छत?”

16 John answered, saying unto them all, I indeed baptize you with water; but there cometh he that is mightier than I, the latchet of whose shoes I am not worthy to unloose: he shall baptize you in the Holy Spirit and `in' fire:यूहन्नले प्रत्येकलाई उत्तर दिए, “म तीमीहरूलाई पानीद्वार बप्तिस्मा दिन्छु तर म पछि जुन एकजना आउनु हुनेछ उहाँले मैले भन्दा धेरै महान कार्य गर्न सक्नु हुन्छ। म उहाँको जुत्ताको फिता मात्र पनि खोल्ने योग्यको छैन। उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा गर्नु हुनेछ।

17 whose fan is in his hand, thoroughly to cleanse his threshing-floor, and to gather the wheat into his garner; but the chaff he will burn up with unquenchable fire.उहाँ खला सफा पार्नु तयार हुनुहुन्छ। उहाँले राम्रो अन्नालाइ भूसदेखि अलग पार्नु हुनेछ। उहाँले असल अन्नालाई उहाँको ढुकुटीमा थुपार्नु हुनेछ। अनि नराम्रो जति उहाँले कहिल्यै ननिभ्ने आगोमा जलाइदिनु हुनेछ।”

18 With many other exhortations therefore preached he good tidings unto the people;त्यसपछि तिनले मानिसहरूलाई धेरै अरू कूराहरूले उत्साह दिए अनि सुसमाचारहरू उनीहरूलाई भने। यूहन्नाले सुसमाचाहरू लगातार सुनाउन थाले।

19 but Herod the tetrarch, being reproved by him for Herodias his brother's wife, and for all the evil things which Herod had done,हेरोदले आफ्नो भाइकी पत्नी हेरोदियाससँग अनैतिक सम्बन्ध राखेकोले यूहन्नाले शासक हेरोदलाई झपारेका थिए, हेरोदले गरेको अरू पनि धेरै दुष्ट कार्यहरूका निम्ति यूहन्नाले उसलाई झपारेका थिए।

20 added this also to them all, that he shut up John in prison.हेरोदले त्यस्तै नराम्रो काम गरेको थियो उसले यूहन्नालाई झ्यालखानामा पनि थुनेको थियो। हेरोदले गरेको नराम्रो कामहरूमा यो एउटा थप हो।

21 Now it came to pass, when all the people were baptized, that, Jesus also having been baptized, and praying, the heaven was opened,जब सबै मानिसहरूलाई बप्तिस्मा गराइयो, येशू पनि आउनु भयो अनि बप्तिस्मा लिनु भयो। येशूले प्रार्थना गरिरहनू भएको बेला आकाश खोलियो।

22 and the Holy Spirit descended in a bodily form, as a dove, upon him, and a voice came out of heaven, Thou art my beloved Son; in thee I am well pleased.अनि शारीरिक रूपमा ढुकुर झैं उहाँमाथि पवित्र आत्मा आउनुभयो। त्यसपछि स्वर्गबाट एउटा आवाज आयो, “तिमी मेरा पुत्र हौ अनि म तिमीलाई प्रेम गर्छु। म तिमीसंग अत्यन्त आनान्दित छु।”

23 And Jesus himself, when he began `to teach', was about thirty years of age, being the son (as was supposed) of Joseph, the `son' of Heli,जब येशूले आफ्नो कार्य गर्न थाले त्यसबेला उहाँको उमेर झण्डै तीस र्वष पुगेको थियो। मानिसहरूले सोचेका थिए येशू यूसुफको पुत्र हुनुहुन्छ। यूसुफ एलीका पुत्र थिए।

24 the `son' of Matthat, the `son' of Levi, the `son' of Melchi, the `son' of Jannai, the `son' of Joseph,एली मत्तातका पुत्र थिए। मत्तात लेवीका पुत्र थिए। लेवी मल्कीका पुत्र थिए। मल्की यान्नाका पुत्र थिए। यान्ना यूसुफका पुत्र थिए।

25 the `son' of Mattathias, the `son' of Amos, the `son' of Nahum, the `son' of Esli, the `son' of Naggai,यूसुफ मत्तायियासका पुत्र थिए। मत्ताथियास आमोसका पुत्र थिए। आमोस नहूमका पुत्र थिए। नहूम इसलीका पुत्र थिए। इसली नग्गैका पुत्र थिए।

26 the `son' of Maath, the `son' of Mattathias, the `son' of Semein, the `son' of Josech, the `son' of Joda,नग्गै माथका पुत्र थिए। माथ मत्ताथियासका पुत्र थिए। मत्ताथियास सेमैनका पुत्र थिए। सेमैन योसेखका पुत्र थिए। योसेख योदाका पुत्र थिए।

27 the `son' of Joanan, the `son' of Rhesa, the `son' of Zerubbabel, the `son' of Shealtiel, the `son' of Neri,योदा योहन्नका पुत्र थिए। योआनन रेसाका पुत्र थिए। रेसा यरूबाबेल का पुत्र थिए। यरूबाबेल शालतिएलका पुत्र थिए शालतिएल नेरीका पुत्र थिए।

28 the `son' of Melchi, the `son' of Addi, the `son' of Cosam, the `son' of Elmadam, the `son' of Er,नेरी मल्कीका पुत्र थिए। कोसाम एलमादमका पुत्र थिए। अद्दी कोसामका पुत्र थिए। कोसाम एलमादमका पुत्र थिए। एलमादम एरका पुत्र थिए।

29 the `son' of Jesus, the `son' of Eliezer, the son of Jorim, the `son' of Matthat, the `son' of Levi,एर यहोशूका पुत्र थिए। यहोशू एलिएजरका पुत्र थिए। एलीएजर योरीमका पुत्र थिए। योरीम मत्तातका पुत्र थिए। मत्तात लेवीका पुत्र थिए।

30 the `son' of Symeon, the `son' of Judas, the `son' of Joseph, the `son' of Jonam, the `son' of Eliakim,लेवी शिमियोनका पुत्र थिए। शिमियोन यहूदाका पुत्र थिए। यहूदा यूसुफका पुत्र थिए। यूसुफ योनानाका पुत्र थिए। योनान एल्याकीमका पुत्र थिए।

31 the `son' of Melea, the `son' of Menna, the `son' of Mattatha, the `son' of Nathan, the `son' of David,एल्याकीम मलेआकाम पुत्र थिए। मलेआ भिन्नाका पुत्र थिए। भिन्ना मत्ताथाका पुत्र थिए। मत्ताथा नातानका पुत्र थिए। नातान दाऊदका पुत्र थिए।

32 the `son' of Jesse, the `son' of Obed, the `son' of Boaz, the `son' of Salmon, the `son' of Nahshon,दाऊद यिशैका पुत्र थिए। यिशै ओबेदका पुत्र थिए। ओबेद बोअजका पुत्र थिए। बोअज सल्मोनका पुत्र थिए। सल्मोन नहशोनका पुत्र थिए।

33 the `son' of Amminadab, the `son' of Arni, the `son' of Hezron, the `son' of Perez, the `son' of Judah,नहशोम अम्मीनादबका पुत्र थिए। अम्मीनादाब आरामका पुत्र थिए। आराम हेस्रोनका पुत्र थिए। हेस्रोन फारेसका पुत्र थिए। फारेस यहूदाका पुत्र थिए।

34 the `son' of Jacob, the `son' of Isaac, the `son' of Abraham, the `son' of Terah, the `son' of Nahor,यहूदा याकूबका पुत्र थिए। याकूब इसहाकका पुत्र थिए। इसहाक अब्राहामका पुत्र थिए। अब्राहाम तेरहका पुत्र थिए। तेरह नाहोरका पुत्र थिए।

35 the `son' of Serug, the `son' of Reu, the `son' of Peleg, the `son' of Eber, the `son' of Shelah,नाहोर सरूगका पुत्र थिए। सरूग रऊका पुत्र थिए। रऊ पेलेगका पुत्र थिए। पेलेग एबेरका पुत्र थिए। एबेर शेलहका पुत्र थिए।

36 the `son' of Cainan, the `son' of Arphaxad, the `son' of Shem, the `son' of Noah, the `son' of Lamech,शेलह केनानक पुत्र थिए। केनान अर्पक्षदक पुत्र थिए। अर्पक्षदक शेमका पुत्र थिए। शेम नूहका पुत्र थिए। नूह लेमेखका पुत्र थिए।

37 the `son' of Methuselah, the `son' of Enoch, the `son' of Jared, the `son' of Mahalaleel, the `son' of Cainan,लेमेख मतूशेलहका पुत्र थिए। मतूशेलह हनोकका पुत्र थिए। हनोक येरेदका पुत्र थिए। येरेद महलालेलका पुत्र थिए। महलालेल केनानका पुत्र थिए।

38 the `son' of Enos, the `son' of Seth, the `son' of Adam, the `son' of God.केनान एनोशका पुत्र थिए। एनोश शेतका पुत्र थिए। शेत आदमका पुत्र थिए। आदम परमेश्वरका पुत्र थिए।

Nepali Bible