Luke 22:69
तर अब उसो, मानिसको पुत्र परमेश्वरको सिंहासनको दाहिनेपट्टी बस्नेछ।”
Luke 22:69 in Other Translations
King James Version (KJV)
Hereafter shall the Son of man sit on the right hand of the power of God.
American Standard Version (ASV)
But from henceforth shall the Son of man be seated at the right hand of the power of God.
Bible in Basic English (BBE)
But in the future the Son of man will be seated at the right hand of the power of God.
Darby English Bible (DBY)
but henceforth shall the Son of man be sitting on the right hand of the power of God.
World English Bible (WEB)
From now on, the Son of Man will be seated at the right hand of the power of God."
Young's Literal Translation (YLT)
henceforth, there shall be the Son of Man sitting on the right hand of the power of God.'
| Hereafter | ἀπὸ | apo | ah-POH |
| τοῦ | tou | too | |
| shall | νῦν | nyn | nyoon |
| the | ἔσται | estai | A-stay |
| Son | ὁ | ho | oh |
of | υἱὸς | huios | yoo-OSE |
| man | τοῦ | tou | too |
| sit | ἀνθρώπου | anthrōpou | an-THROH-poo |
| on | καθήμενος | kathēmenos | ka-THAY-may-nose |
| hand right the | ἐκ | ek | ake |
| of | δεξιῶν | dexiōn | thay-ksee-ONE |
| the | τῆς | tēs | tase |
| power | δυνάμεως | dynameōs | thyoo-NA-may-ose |
| of | τοῦ | tou | too |
| God. | θεοῦ | theou | thay-OO |
Cross Reference
Mark 16:19
यी सबै तिनीहरूसित बोलीसक्नु भएपछि प्रभु येशूलाई स्वर्गतिर लगियो। त्यहाँ येशू परमेश्वरको दाहिनेपट्टि बस्नु भयो।
Psalm 110:1
परमप्रभुले मेरो प्रभुलाई भन्नुभयो, “जति बेला सम्म म तिम्रा शत्रुहरूलाई तिम्रो अधीनमा पार्दिन त्यस बेलासम्म मेरो दाहिनेपट्टि बस्।”
Hebrews 1:3
पुत्रले परमेश्वरको महिमा प्रतिबिम्बित गर्नुहुन्छ। उहाँ परमेश्वरको स्वभावको पूर्ण प्रतिरूप हुनुहुन्छ। उहाँले हरेक कुरालाई आफ्नो शक्तिशाली आदेशको अधीनमा राख्नुहुन्छ। उहाँले मानिसहलाई उनीहरूको पापहरूदेखि शुद्ध तुल्याउनु भयो र स्वर्गमा परमेश्वरको दाहिने हातपट्टि बस्नुभयो।
Ephesians 1:20
त्यही महा शक्तिद्वारा परमेश्वरले ख्रीष्टलाई मृत्युबाट उठाउनु भएको थियो र स्वर्गमा उहाँले आफ्नो दाहिनेपट्टीराख्नुभएको थियो।
Acts 2:34
दाऊद स्वर्गमा चढिगएनन्। यो त येशू हुनुहुन्थ्यो जो स्वर्ग जानुभयो। दाऊद आफैले भनेः‘परमप्रभुले मेरो प्रभुलाई भन्नु भयोः मेरो दाहिने त10र्फ बस,
Mark 14:62
येशूले जवाफ दिनुभयो, “हो, म नै परमेश्वरको पुत्र हूँ। तिमीहरूले मानिसको पुत्रलाई सर्वशक्तिमानको दाहिने पट्टि बसेर स्वर्गको बादलसित आउँदै गरेको देख्नेछौ।”
Matthew 26:64
येशूले भन्नुभयो, “हो, म नै हुँ। तर म भन्दछु भविष्यमा तपाईंले मानिसको पुत्रलाई परमेश्वरको दाहिनेपट्टि बसिरहेको र स्वर्गको बादलमा आउँदै गरेको देख्नु हुनेछ।”
Matthew 22:44
दाऊदले भने, ‘प्रभुले मेरो प्रभुलाई भन्नुभयो, मेरो दाहिनेपटि बस, अनि म तिम्रो शत्रुहरूलाई तिम्रा वशमा राख्नेछु।’
Daniel 7:13
“मैले राती मेरो दर्शनमा हेरिरहेको थिएँ अनि मैले आकाशको बादलमाथि मानिसको पुत्र जस्तै कोही आउँदै गरेको देखें। उहाँ त्यहाँ प्राचीन राजाकहाँ आउनु भयो अनि उहाँको सामु उपस्थित गराइयो।
Revelation 22:1
तब त्यो स्वर्गदूतले मलाई जीवन-जलको नदी देखाए। नदी स्फटिक जस्तो चम्किलो थियो। त्यो नदी परमेश्वर अनि भेंडाको पाठाको सिंहासनबाट बगिरेहको थियो।
Revelation 3:21
“म हरेक मानिसलाई, जसले विज. प्राप्त गर्छ, मेरो सिंहासनमा मसित बस्न अधिकार दिनेछु। त्यसरी मैले विजय प्राप्त गरें अनि म उनीसित उनको सिंहासनमा बसे.
1 Peter 3:22
अहिले येशू स्वर्गमा जानु भएकोछ। उहाँ परमेश्वरको दाहिने तर्फ हुनुहुन्छ। उहाँ स्वर्गदूतहरु, अधिकारीहरु अनि शक्तिहरुमाथि शासन चलाउनु हुन्छ।
Hebrews 12:2
हामीले सदा येशूको उदाहरणको पनि अनुसरण गर्नु पर्छ। हाम्रा विश्वासको निम्ति येशू अगुवा हुनुहुन्छ र उहाँले हाम्रा विश्वासलाई पूर्ण गर्नुहुन्छ। उहाँले क्रूसमा मृत्यु अँगाल्नु भयो। परमेश्वरको अघि आनन्दको लागि, उहाँले क्रूसको कष्टलाई झेल्नु भयो। अहिले उहाँ परमेश्वरको सिंहासनको दाहिनेपट्टि बस्नुभएको छ।
Hebrews 8:1
हामी के भन्दै छौँ त्यसको सार यो हो हाम्रा प्रधान पूजाहारी हुनुहुन्छ। उहाँ स्वर्गमा परमेश्वर को सिंहासनको दाहिनेपट्टि बस्नु भएको छ।
Colossians 3:1
जब तिमीहरू मृत्युबाट ख्रीष्टसितै उठायौ स्वर्गका ती वस्तुहरू पाउने कोशिशगर जहाँ परमेश्वरको दाहिने तर्फ ख्रीष्टलाई बसाइएकोछ।
Ephesians 4:8
त्यसैले शास्त्रमा यस्तो भनिएको छः“उहाँमाथि आकाशमा जानुभयो, आफूसित कैदलाई बन्दी बनाएर लानु भयो अनि उहाँले मानिसलाई उपहारहरू दिनुभयो।”
Romans 8:34
परमेश्वरका मानिसहरूलाई कसले दोषी हो भनी भन्न सक्छ? कसैले सक्तैन! ख्रीष्ट येशू हाम्रा निम्ति मर्नुभयो, तर त्यति मात्र होइन, उहाँ मृत्युबाट जीवित पनि हुनुभयो। अनि उहाँ परमेश्वरको दाहिनेपट्टि हुनुहुन्छ र हाम्रा निम्ति परमेश्वरलाई बिन्ति गरिरहनु भएको छ।
Acts 7:55
तर स्तिफनस पवित्र-आत्माले परिपूर्ण थिए। स्तिफनसले उँभो आकाश तिर हेरे। उनले परमेश्वरको महिमा देखे। अनले यशूलाई परमेश्वरको दाहिने तर्फ उभिरहेको देखे।