Luke 18 - YLT (Nepali)
1 And he spake also a simile to them, that it behoveth `us' always to pray, and not to faint,त्यसपछि येशूले चेलाहरूलाई संधैं प्रार्थना गर्नु अनि कहिल्यै निराश नहुनु भनेर शिक्षा दिनुभयो। योशूले तिनीहरूलाई सिकाउन यस्तो दृष्टान्त भन्नुभयो
2 saying, `A certain judge was in a certain city -- God he is not fearing, and man he is not regarding --“कुनै एउटा शहरमा एकजना न्यायधीश बस्थे। उसले परमेश्वर बारे वास्तै गर्दैन थिए। उसले यो पनि वास्ता गर्दैन थिए कि मानिसहरूले उसको बारेमा के-के सोच्छन्।
3 and a widow was in that city, and she was coming unto him, saying, Do me justice on my opponent,त्यही शहरमा एकजना नारी थिई। त्यसको लोग्ने मरिसकेको थियो। त्यो विधवाले धेरै पल्ट त्यो न्यायाधीशलाई भनी, यहाँ एउटा मानिस छ जसले मलाई अन्याय गर्दैछ। मेरो अधिकार बचाई दिनुहोस्।’
4 and he would not for a time, but after these things he said in himself, Even if God I do not fear, and man do not regard,तर न्यायाधीशले त्यस विधवालाई कुनै प्रकारको सहायता गर्न चाहेनन्। लामो समय पछि नयायाधीशले बिचार गर्यो, परमेश्वरको बारेमा म वास्तै राख्तिनँ। अनि मानिसहरूले मेरो विषयमा के सोच्छन् त्यसको पनि म वास्ता र्गदिन।
5 yet because this widow doth give me trouble, I will do her justice, lest, perpetually coming, she may plague me.'तर यो विधवाले भने मलाई हैरान पारी। यदि त्यसले चाहेका न्याय गरिदिएँ भने उसले मलाई छोडिदिने छे।नत्र घरी-घरी आउँनेछे अनि त्यसले मलाई हैरान बनाउँनेछे।”‘
6 And the Lord said, `Hear ye what the unrighteous judge saith:तब प्रभुले भन्नुभयो, “सुन! त्यो अन्यायी न्यायाधिशले जे भन्यो, त्यसमा केही अर्थ छ।
7 and shall not God execute the justice to His choice ones, who are crying unto Him day and night -- bearing long in regard to them?रके परमेश्वरले छानेका मानिसहरूलाई न्याय दिनुहुदैन्? तिनीहरू रात-दिन उहाँसंग कराउँछन्। परमेश्वरले आफ्नो मानिसहरूलाई भन्नुहुन्छ, परमेश्वरले आफ्नो मानिसहरूलाई ठिक न्याय दिनु हुनेछ। उहाँ उनीहरुलाई उत्तर दिनु ढिलाई गर्नु हुन्न।
8 I say to you, that He will execute the justice to them quickly; but the Son of Man having come, shall he find the faith upon the earth?'म तिमीलाई भन्दछु, उहाँले आफ्ना मानिसहरुलाई तुरन्तै सहाएता गर्नु हुन्छ। तर जब मानसको पुत्र फेरि आउनु हुन्छ, के उहाँले पृथ्वीमा उहाँलाई विश्वास गर्ने मानिसहरू पाउनहुन्छ?”
9 And he spake also unto certain who have been trusting in themselves that they were righteous, and have been despising the rest, this simile:कतिजना मानिसहरूले सोचे कि तिनीहरू खुबै असल छन्। तिनीहरूले प्रत्येकलाई हेला गर्छन्। येशूले भयोः
10 `Two men went up to the temple to pray, the one a Pharisee, and the other a tax-gatherer;“कुनै एक समयमा फरिसी र एकजना महसूल उठाउने मानिस थिए। एकदिन ती दुवै मन्दिरमा प्रार्थना गर्न गए।
11 the Pharisee having stood by himself, thus prayed: God, I thank Thee that I am not as the rest of men, rapacious, unrighteous, adulterers, or even as this tax-gatherer;फरिसी कर उठाउनेदेखि केही टाडा उभियो। जब त्यो फरिसीले प्रार्थना शुरू गर्यो, त्यसेल भन्यो, हे परमेश्वर, तपाईंलाई धन्यवाद दिन्छु किनभने म अरू जस्तो नराम्रो मानिस होइन। म चोरी, ठग र व्यभिचारी पापहरू र्गदिन। म तपाईंलाई धन्यवाद चढाउँछु कारण म यो महसूल उठाउने जस्तो नराम्रो होइन।
12 I fast twice in the week, I give tithes of all things -- as many as I possess.म असल छु; हप्तामा दुइपल्ट उपवास बस्छु अनि आफ्नो कमाईबाट दशांश दिन्छु।’
13 `And the tax-gatherer, having stood afar off, would not even the eyes lift up to the heaven, but was smiting on his breast, saying, God be propitious to me -- the sinner!“त्यो महसूल उठाउने एक्लै अलि पर उभिरहेको थियो। जब त्यसले प्रार्थना गरयो, त्यसले स्वर्गपट्टी पनि हेरेन। त्यसले परमेश्वरको अघि आफूलाई अति तुच्छ पायो। त्यसले भन्यो, हे परमेश्वर, म प्रति दया गर्नुहोस्। म एउटा पापी हुँ।
14 I say to you, this one went down declared righteous, to his house, rather than that one: for every one who is exalting himself shall be humbled, and he who is humbling himself shall be exalted.'म तिमीहरूलाई भन्दछु, जब त्यो घर गयो, त्यो परमेश्वरसंग ठीक थियो। तर त्यो फारिसी, जसले आफूलाई असल हुँ भन्ने सम्झन्थ्यो त्यो परमेश्वरसँग ठीक थिएन। जुन मानिसले आफूलाई ठूलो ठान्दछ त्यो तुच्छ हुनेछ। तर जुन मानिसले आफूलाई तुच्छ ठान्छ त्यो महान हुनेछ।”
15 And they were bringing near also the babes, that he may touch them, and the disciples having seen did rebuke them,कोही मानिसहरूले आ-आफ्ना बालकहरू येशूकहाँ ल्याँउदै थिए ताकि येशूले तिनीहरूलाई छोएर आशिर्वाद दिनुभएको होस्। तर चेलाहरूले जब देखे, तिनीहरूले मानिसहरूलाई हकारे।
16 and Jesus having called them near, said, `Suffer the little children to come unto me, and forbid them not, for of such is the reign of God;तर येशूले ती ससाना बालहरूलाई बोलाउनु भयो अनि चेलाहरूलाई भन्नुभयो, “ती स साना बालकहरूलाई मकहाँ आउन देऊ। तिनीहरूलाई नरोक। किनभने परमेश्वरको राज्य यी बालकहरू जस्तै मानिसहरूको हो।
17 verily I say to you, Whoever may not receive the reign of God as a little child, may not enter into it.'म तिमीहरूलाई साँचो भन्दछु तिमीहरूले ससाना बालकले केही थोक ग्रहण गरे जस्तै परमेश्वरको राज्यलाई पनि ग्रहण गर्नु पर्छ। नत्र तिमीहरू कहिल्यै प्रवेश गर्ने छैनौ!”
18 And a certain ruler questioned him, saying, `Good teacher, what having done -- shall I inherit life age-during?'एकजना यहूदी अगूवाले येशूलाई सोधे, “हे उत्तम गुरु, अनन्त जीवन पाउँन मैले के गर्नु पर्छ?”
19 And Jesus said to him, `Why me dost thou call good? no one `is' good, except One -- God;येशूले तिनलाई भन्नुभयो, “तिमीले मलाई किन उत्तम भन्दछौ? केवल परमेश्वर मात्र उत्तम हुनुहुन्छ।
20 the commands thou hast known: Thou mayest not commit adultery, Thou mayest do no murder, Thou mayest not steal, Thou mayest not bear false witness, Honour thy father and thy mother.'तैपनि म तिम्रो प्रश्नको उत्तर दिन्छु। तिमीले परमेश्वरको आज्ञाहरू जान्दछौः व्यभिचार नगर्नु कसैको हत्या नगर्नु, नचोर्नु, अरूको विषयमा झुटो नबोल्नु, बाबु-आमालाई सम्मान गर्नु।’“
21 And he said, `All these I did keep from my youth;'तर ती अगुवलाले भने, “म सानोदेखि यी आज्ञाहरू पालन गर्दै आएको छु।”‘
22 and having heard these things, Jesus said to him, `Yet one thing to thee is lacking; all things -- as many as thou hast -- sell, and distribute to the poor, and thou shalt have treasure in heaven, and come, be following me;'जब येशूले यस्तो सुन्नभयो, उहाँले त्यो अगुवालाई भन्नुभयो, “तर त्यहाँ अझै एउटा तिमीले गर्नु पर्न काम बाँकी छ। तिम्रोमा भएको सबै चीजहरू बिक्री गर अनि पैसाहरू गरीब मानिसहरूलाई बाँडिदेऊ अनि स्वर्गमा तिमीले इनाम पाउनेछौ। त्यसपछि तिमी आऊ अनि मलाई पछयाऊ!”
23 and he, having heard these things, became very sorrowful, for he was exceeding rich.तर जब उसले यी कुराहरू सुन्यो ऊ अत्यन्त दुःखी भयो किनभने त्यो मानिस साह्रै धनी थियो।
24 And Jesus having seen him become very sorrowful, said, `How hardly shall those having riches enter into the reign of God!जब येशूले त्यो मानिसलाई दुःखी भएको देख्नु भयो, उहाँले भन्नुभयो, “साँच्चै धनी मानिसलाई परमेश्वरको राज्यमा प्रवेश गर्नु कठिन छ।
25 for it is easier for a camel through the eye of a needle to enter, than for a rich man into the reign of God to enter.'हो, धनी मानिसलाई परमेश्वको राज्यमा प्रवेश गर्नुभन्दा ता बरू ऊँटलाई सियोको नाँथ्रीबाट छिर्नु सजिलो पर्छ।”
26 And those who heard, said, `And who is able to be saved?'जब त्यहाँ भएका मानिसहरूले यो सुने, तिनीहरूले भने, “त्यसो भए कसले उद्धार पाउँछ?”
27 and he said, `The things impossible with men are possible with God.'येशूले भन्नुभयो, “जे मानिसको निम्ति असम्भव काम छ परमेश्वरको निम्ति सम्भव छ।”
28 And Peter said, `Lo, we left all, and did follow thee;'पत्रुसले भने, “के हामीले सबै कुरा त्याग्यौं तपाईंको अनुयायी भएकाछौं?”
29 and he said to them, `Verily I say to you, that there is not one who left house, or parents, or brothers, or wife, or children, for the sake of the reign of God,येशूले भन्नुभयो, “म तिमीहरूलाई साँचो भन्दछु। प्रत्येक मानिस जसले आफ्नो घर, पत्नी, दाज्युभाइहरू, आमाबाबु, अथवा बालकहरू परमेश्वरको राज्यका निम्ति छोडेको छ
30 who may not receive back manifold more in this time, and in the coming age, life age-during.'तिनले यो जीवनमा यी सब भन्दा धेरै पाउनेछ। अनि जब त्यो मानिस मर्छ, त्यसले परमेश्वरसंग संधैंको लागी बस्ने मौका पाउनेछ।”
31 And having taken the twelve aside, he said unto them, `Lo, we go up to Jerusalem, and all things shall be completed -- that have been written through the prophets -- to the Son of Man,त्यसपछि येशूले बाहै प्रेरितहरूलाई अर्को तिर लानु भयो, उहाँले तिनीहरूलाई भन्नुभयो, “सुन! हामीहरू यरूशलेम जाँदैछौं। मानसको पुत्रका विषयमा अगमवक्ताहरूले जे-जे लेखेकाछन् ती सबै पूरा हुनेछन्।
32 for he shall be delivered up to the nations, and shall be mocked, and insulted, and spit upon,उहाँकै मानिसहरू उहाँको विरुद्धमा जानेछन् अनि उहाँलाई गैरयहूदीहरूको हातमा सुम्पिनेछन्। तिनीहरुले उहाँको उपहाँस गर्नेछन्, अनि उहाँलाई थुक्ने छन्।
33 and having scourged they shall put him to death, and on the third day he shall rise again.'तिनीहरुले उहाँलाई कोर्रा लाउँने छन् अनि मार्नेछन्। तर उहाँ मरेको तीन दिनपछि, फेरि बौरी उठ्नु हुनेछ।”
34 And they none of these things understood, and this saying was hid from them, and they were not knowing the things said.प्रेरितहरले यी कूराहरूको अर्थ बुझ्ने चेष्टा गरे, तर ती वास्तविक कुरा बुझ्न सकेनन् कारण यो तिनीहरूबाट लुकेको थियो अनि तिनीहरूले केही पनि बुझेनन्।
35 And it came to pass, in his coming nigh to Jericho, a certain blind man was sitting beside the way begging,येशू यरीको शहर नजिक आइपुग्नु भयो। त्यहाँ एकजना अन्धो मानिस बाटेको छेऊमा बसिरहेको थियो। त्यो अन्धोले मानिसहरूसंग भीख मागिरहेको थियो।
36 and having heard a multitude going by, he was inquiring what this may be,जब त्यसले त्यही बाटोबाट भीड आएको चाल पायो, त्यसले सोध्यो, “के भइरहेको छ?”
37 and they brought him word that Jesus the Nazarene doth pass by,ती मानिसहरूले त्यसलाई भने, “नासरतको येशू यो बाटो आउनु हुँदैछ।
38 and he cried out, saying, `Jesus, Son of David, deal kindly with me;'त्यो अन्धो मानिस अत्यन्त र्हषित भयो अनि भन्यो, “येशू दाऊदका पुत्र। ममाथि दया गर्नोस्!”
39 and those going before were rebuking him, that he might be silent, but he was much more crying out, `Son of David, deal kindly with me.'मानिसहरू जो भीड अगाडी थिए त्यो अन्धो मानिलाई गाली गर्न लागे। तिनीहरूले त्यसलाई नबोल्नु भने। तर त्यो अन्धो मानिस जोड जोडले चिच्यायो, “दाऊदका पुत्र! ममाथि दया गर्नोस्।”
40 And Jesus having stood, commanded him to be brought unto him, and he having come nigh, he questioned him,येशू त्यहाँ उभिनु भयो अनि भन्नुभयो, “त्यो अन्धो मानसलाई मकहाँ ल्याऊ!” जब त्यो अन्धो मानिस येशू भएकोमा पुग्यो, उहाँले सोध्नु भयो,
41 saying, `What wilt thou I shall do to thee?' and he said, `Sir, that I may receive sight.'“तिमीले मबाट के गरिदिएको चाहन्छौ ?”त्यो अन्धो मानिसले भन्यो, “हे प्रभु म फेरि देख्न चाहन्छु”
42 And Jesus said to him, `Receive thy sight; thy faith hath saved thee;'येशू ले त्यसलाई भन्नुभयो, “दृष्टि पाऊ, तिम्रो विश्वासले तिमीलाई बचाएको छ।”
43 and presently he did receive sight, and was following him, glorifying God; and all the people, having seen, did give praise to God.त्यसपछि त्यो मानिसले देख्न सक्ने भयो। त्यसले परमेश्वरलाई धन्यावाद चढाउँदै येशूलाई पछ्याउन लाग्यो। जति पनि मानिसहरूले यी सब देखे तिनीहरूले परमेश्वरको प्रशंसा गर्न थाले।
Nepali Bible