Bible

Luke 16 - YLT (Nepali)

1 And he said also unto his disciples, `A certain man was rich, who had a steward, and he was accused to him as scattering his goods;येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “एकजना धनी मानिस थिए। तिनले आफ्नो व्यापारको हेरचाहको निम्ति एकजना भण्डारे नियुक्त गरेका थिए। केही समय पछि त्यो धनी मानिसले चाल पाए कि त्यस भण्डारेले उसको सम्पत्ति नष्ट पार्दै थियो।

2 and having called him, he said to him, What `is' this I hear about thee? render the account of thy stewardship, for thou mayest not any longer be steward.यसकारण तिनले त्यो भण्डारेलाई बोलाए अनि भने, मैले तिम्रो बारेमा सुनेकोछु। तिमीले खर्च गरेको मेरो रूपियाँ- पैसाको विवरण देऊ। अब उसो तिमी मेरो भण्डारे रहन पाउने छैनौ।द्भ्य

3 `And the steward said in himself, What shall I do, because my lord doth take away the stewardship from me? to dig I am not able, to beg I am ashamed: --त्यसपछि त्यो भण्डारेले आफैं सोच्न लाग्यो, मैले के गर्नु पर्ने हो? मेरो मालिकले मलाई कामबट निकाल्नेवाला छन्। खेतमा काम गर्ने मेरो शक्ति छैन। मलाई माग्नु पनि लाज लाग्छ।

4 I have known what I shall do, that, when I may be removed from the stewardship, they may receive me to their houses.म जान्दछु मैले के गर्नु पर्छ ताकि जब मैले मेरो काम गुमाउँछु, अरू मानिसहरूले मलाई तिनीहरूको घरमा बोलाउने छन्।

5 `And having called near each one of his lord's debtors, he said to the first, How much dost thou owe to my lord?यसकारण त्यो भण्डारेले ज-जसले पैसा लगेका थिए प्रत्येकलाई बोलायो। त्यसले पहिलो मानिसलाई भन्यो, तिमीले मेरो मालिकलाई कति तिर्नु पर्छ?द्भ्य

6 and he said, A hundred baths of oil; and he said to him, Take thy bill, and having sat down write fifty.त्यस मानिसले भन्यो, मैले तिनलाई चार हजार किलोग्राम जैतून तेल दिनुपर्छ। त्यो भण्डारीले त्यसलाई भन्यो, यहाँ तिम्रो सूची छ, बसेर झट्टै सूची घटाउने काम गर र दुईहजार किलोग्राम लेख।

7 `Afterward to another he said, And thou, how much dost thou owe? and he said, A hundred cors of wheat; and he saith to him, Take thy bill, and write eighty.त्यसपछि भण्डारीले अर्को मानिसलाई भन्यो, तिमीले मेरो मालिकलाई कति तिर्नुपर्छ?’ त्यस मानिसले भन्यो, ‘मैले तिनलाई एक सय बस्ता गहूँ दिनुपर्छ। तब त्यो भण्डारीले भन्यो, यहाँ तिम्रो सूची छ। यसलाई घटाऊ अनि अस्सी बस्ता लेख।द्भ्य

8 `And the lord commended the unrighteous steward that he did prudently, because the sons of this age are more prudent than the sons of the light, in respect to their generation.पछि मालिकले त्यो इमान्दारहीन भण्डारीको प्रशंसा करे किनभने उसले चलाकी साथ काम गरयो। हो, संसारिक मानिसहरू आत्मिक मानिसहरू भन्दा तिनीहरूको मानिसहरूसित व्यवहारमा चतुर हुन्छन्।

9 and I say to you, Make to yourselves friends out of the mammon of unrighteousness, that when ye may fail, they may receive you to the age-during tabernacles.“म तिमीहरूलाई भन्दछु, संसारमा भएका तिम्रा चिजहरू प्रयोग गरेर आफ्नो मित्रहरू बनाऊ। जब ती चीजहरू सकिन्छ, तब तिमीहरूलाई अनन्त बास स्थानमा स्वागत हुनेछ।

10 `He who is faithful in the least, `is' also faithful in much; and he who in the least `is' unrighteous, is also unrighteous in much;यदि कुनै मानिसलाई सानो कुरोमा विश्वास गर्न सकिन्छ भने ठूला-ठूला कुरामा पनि विश्वास गर्न सकिन्छ। यदि मानिस स-साना कुराहरुमा इमान्दीरहीन छ भे ठूला-ठूला कुरामा पनि इमान्दारहीन हुन्छ।

11 if, then, in the unrighteous mammon ye became not faithful -- the true who will entrust to you?यदि तिमीलाई सांसारिक सम्पत्तिमा विश्वास गर्न सकिंदैन, तिमीहरूलाई कसरी साँचो सम्पत्तिको लागि विश्वास गरिन्छ

12 and if in the other's ye became not faithful -- your own, who shall give to you?यदि तिमीहरूले अर्काको सामानहरूमा विश्वासी प्रमाण गर्न सकेनौ भने तिमीहरूलाई कसले तिमीहरूकै सामानहरू दिनेछ?

13 `No domestic is able to serve two lords, for either the one he will hate, and the other he will love; or one he will hold to, and of the other he will be heedless; ye are not able to serve God and mammon.'एकै समयमा एउटा नोकरले दुइजना मालिक्को सेवा गर्न सक्तैन। त्यो नोकरले एकजना मालिकलाई घृणा गर्छ अनि अर्कोलाई प्रेम गर्छ, अथवा त्यो एकजनाको भक्त हुन्छ भने अर्कोलाई मन पराउँदैन। एकै समयमा तिमीहरूले परमेश्वर र सम्पत्तिको सेवा गर्न सक्तैनौ।”

14 And also the Pharisees, being lovers of money, were hearing all these things, and were deriding him,फरिसीहरूले यी सब सुनिरहेका थिए। फरिसीहरूले येशूको निन्दा गरे किनभने तिनीहरू सबैले धनलाई प्रेम गर्थ।

15 and he said to them, `Ye are those declaring yourselves righteous before men, but God doth know your hearts; because that which among men is high, `is' abomination before God;येशूले ती फरिसीहरूलाई भन्नुभयो, “तिमीहरू मानिसहरूको अघि भलादमीको स्वभाव देखाँउछौ। तिमीहरू भित्र के छ परमेश्वर जान्नु हुन्छ। जुन कुरो मानिसको लागि मूल्यवान छ परमेश्वरको निम्ति त्यसको केही मूल्य छैन।

16 the law and the prophets `are' till John; since then the reign of God is proclaimed good news, and every one doth press into it;“परमेश्वरले मानिसहरू मोशाको व्यस्था र अगमवक्ताहरूका ग्रन्थहरू अनुसार बाँचेको चाहनुहुन्छ। तर बप्तिस्मा दिने यूहन्ना आएपछि नै परमेश्वरको राज्यको सुसमाचार सुनाइयो। अनेकौं मानिसहरू परमेश्वरको राज्यमा पस्न पाउनलाई परिश्रम गरिरहेका छन्

17 and it is easier to the heaven and the earth to pass away, than of the law one tittle to fall.व्यवस्थाको सूक्ष्म अंश पनि परिवर्त्तन गरिनु भन्दा स्वर्ग र पृथ्वी नै अल्पिनु अझ सजिलो छ।

18 `Every one who is sending away his wife, and marrying another, doth commit adultery; and every one who is marrying her sent away from a husband doth commit adultery.“यदी कुनै मानसले आफ्नो पत्नीसंग छुटानाम गर्छ र अर्को स्त्रीलाई विवाह गर्छ भने, ऊ व्यभिचार पापको दोषी हुनेछ। अनि कुनै मानिसले छुटानामा भएकी स्त्रीलाई विवाह गर्छ भने त्यसलाई पनि व्यभिचार गरेकै पाप लाग्नेछ।”

19 `And -- a certain man was rich, and was clothed in purple and fine linen, making merry sumptuously every day,येशूले भन्नुभयो, “एउटा धनी मानिस थियो। उसले बहुमूल्य लुगाहरू लगाउँथ्यो।

20 and there was a certain poor man, by name Lazarus, who was laid at his porch, full of sores,त्यहाँ लजरस नाउँ गरेको रएक गरीब मानिस बस्थ्यो त्यो त्यस धनी मानिसको घरको ढोका अघि सुती रहन्थ्यो। त्यसको शरीर घावै घावले भरिएको थियो।

21 and desiring to be filled from the crumbs that are falling from the table of the rich man; yea, also the dogs, coming, were licking his sores.यदि त्यसले त्यस धनी मानिसले खाएर उब्रेको खान पाए पनि सन्तुष्ट हुन्थ्यो। कहिले काँही कुकुरहरूले त्यसको घाव चाटिरहेका हुन्थे।

22 `And it came to pass, that the poor man died, and that he was carried away by the messengers to the bosom of Abraham -- and the rich man also died, and was buried;केही समय पछि लाजरस मर्यो। स्वर्गदूतहरूले लाजरसलाई बोकरे अब्राहम को काखमा सुम्पिदिए। त्यो धनी मानिस पनि मर्यो अनि उसलाई गाडीयो ।

23 and in the hades having lifted up his eyes, being in torments, he doth see Abraham afar off, and Lazarus in his bosom,त्यसलाई नरकलोकमा पठाइयो अनि खुबैै कष्ठमा परयो। त्यो धनी मानिसले टाडोबाट अब्राहामले लाजरसलाई आफ्नो काखमा लिएको देख्यो।

24 and having cried, he said, Father Abraham, deal kindly with me, and send Lazarus, that he may dip the tip of his finger in water, and may cool my tongue, because I am distressed in this flame.त्यसले चिच्याएर भन्यो, ‘हे पिता अब्राहम, ममाथि दया गर्नुहोस्! लाजरसलाई मकहाँ पठाइदिनुहोस् ताकि त्यसले आफ्नो औंला पानीमा चोब्न सक्छ र मेरो जिब्रोलाई शीतल पारिदिओस्।’ किनभने यी ज्वालामा म कष्ट पाइरहेकोछु।’

25 `And Abraham said, Child, remember that thou did receive -- thou -- thy good things in thy life, and Lazarus in like manner the evil things, and now he is comforted, and thou art distressed;तर अब्राहमले भने, हे मेरो छोरो, सम्झ, तिमी कसरी बाँचिरहेका थियौ? तिम्रो जिवनमा दामीदामी धेरै चीजहरू थिए। लाजरसकोमा सबै नराम्रो चीजहरू मात्र थिए। अहिले त्यो यहाँ सुखमा छ, अनि तिमी चाँही कष्ट पाइरहेछौ।

26 and besides all these things, between us and you a great chasm is fixed, so that they who are willing to go over from hence unto you are not able, nor do they from thence to us pass through.तिमीहरू र हाम्रो बीचमा पनि एउटा ठूलो खाडल छ। यहाँबाट कोही पनि तिमीहरू भएकोमा पुग्न सक्तैन अनि त्यहाँबाट पनि कोही यता तर्न सक्तैन।

27 `And he said, I pray thee, then, father, that thou mayest send him to the house of my father,त्यो धनी मानिसले भन्यो, तब हे पिता अब्राहाम। लाजरसलाई पृथ्वीमा मेरो बाबुको घर पठाइदिनुहोस्।

28 for I have five brothers, so that he may thoroughly testify to them, that they also may not come to this place of torment.मेरा पाँचजना भाइहरू छन्। यदि लाजरसले तिनीहरूलाई चेताउनी दिए भने, तिनीहरू यो कष्टमय ठाउँमा आउने छैनन्।

29 `Abraham saith to him, They have Moses and the prophets, let them hear them;तर अब्राहाले भने, तिनीहरूको लागि पढन मोशाको व्यवस्था र अगमवक्ताहरूको ग्रन्थहरू छन्, तिनीहरूले तिनीहरूबाट नै सुनुन्।

30 and he said, No, father Abraham, but if any one from the dead may go unto them, they will reform.तर त्यो धनी मानिसले भन्यो, होइन! पिता अब्राहाम! यदि कोही मरेकाहरूबाट एक जना त्यहाँ गए, तिनीहरूले विश्वास गर्नेछन् अनि हृदय र जीवन परिवर्तन गर्नेछन्।’

31 And he said to him, If Moses and the prophets they do not hear, neither if one may rise out of the dead will they be persuaded.'फेरि अब्राहामले भने, ‘होइन! यदि तिम्रा भाइहरूले मोशा र अगमवक्ताहरूलाई सुन्दैनन् भने, तिनीहरूले मृत्युबाट उठेर आएकाहरूलाई पनि ध्यान दिदैनन्।”‘

Nepali Bible