Luke 15 - YLT (Nepali)
1 And all the tax-gatherers and the sinners were coming nigh to him, to hear him,अनेकौं महसूल उठाउनेहरू र पापीहरू येशूकहाँ उहाँबाट सुन्न आए।
2 and the Pharisees and the scribes were murmuring, saying -- This one doth receive sinners, and doth eat with them.'तब फरिसीहरू र व्यवस्थाका शास्त्रीहरूले विरोध प्रकट गर्न थाले, “हेर! यो मानिसले पापीहरूलाई पनि ग्रहण गर्छ अनि संगै बसेर खान्छ।”
3 And he spake unto them this simile, saying,त्यसपछि येशूले तिनीहरूलाई यो दृष्टान्त सुनाउनु भयोः
4 `What man of you having a hundred sheep, and having lost one out of them, doth not leave behind the ninety-nine in the wilderness, and go on after the lost one, till he may find it?“तिमीहरूमध्ये कसैको सय वटा भेंडाहरू छन् अनि ती मध्ये एउटा हरायो, त्यो उनान्सय भेंडालाई छोडेर हराएको एउटा भेडा खोज्न जान्छ। त्यो भेडा जब सम्म पाउदैन ऊ खोजी रहने छ।
5 and having found, he doth lay `it' on his shoulders rejoicing,अनि जब उसले हराएको भेडा पाउँछ ऊ अति खुशी हुन्छ। त्यो मानिसले भेडालाई आफ्नो काँधमा बोकेर ल्याउनेछ।
6 and having come to the house, he doth call together the friends and the neighbours, saying to them, Rejoice with me, because I found my sheep -- the lost one.जब त्यो मानिस उसको घरमा फर्केर आउँछ, आफ्नो साथीहरू र छिमेकीहरूकोमा जान्छ अनि भन्छ, म जस्तै खुशी होऊ, किनभने मैले हराएको भेडा पाएको छु।’
7 `I say to you, that so joy shall be in the heaven over one sinner reforming, rather than over ninety-nine righteous men, who have no need of reformation.त्यस्तै प्रकारले म भन्दछु, तिमीहरूलाई स्वर्गमा अति आनन्द हुन्छ जब एउटा पापीले आफ्नो हृदय परिवर्तन गर्छ अनि अन्य उनान्सय धार्मिक मानिसहरूले आफ्नो हृदय परिवर्त्तन गर्नु कुनै आवश्यक पर्दैन।
8 `Or what woman having ten drachms, if she may lose one drachm, doth not light a lamp, and sweep the house, and seek carefully till that she may find?“मानौ एउटी स्त्रीसँग दशवटा चाँदीका सिक्काहरू छन्, यदि उसले एउटा सिक्का हराई, त्यसले बत्ती बाल्छे अनि त्यो घरमा खोज्दै बढार्छे। जबसम्म उसले सिक्का पाउँदिन खुब ध्यानपूर्वक खोज्छे।
9 and having found, she doth call together the female friends and the neighbours, saying, Rejoice with me, for I found the drachm that I lost.अनि जब उसले त्यो हराएको सिक्का पाउँछे, उसले आफ्नो साथीहरू र छिमेकीहरूलाई बोलाएर भन्छे, मानिस खुशी होऊ किनभने मैले हराएको सिक्का पाएँ।’
10 `So I say to you, joy doth come before the messengers of God over one sinner reforming.'त्यसरी नै, म भन्दछु, जब एकजना पापीले आफ्नो हृदय परिवर्तन गर्छ भने परमेश्वरको दुतहरूको अघि खुशी छाउँछ।”
11 And he said, `A certain man had two sons,त्यसपछि येशूले भन्नुभयो, “एकजना मानिसको दुइ पुत्रहरू थिए।
12 and the younger of them said to the father, Father, give me the portion of the substance falling to `me', and he divided to them the living.कान्छो छोरोले आफ्नो बाबुलाई भन्यो, पिता हाम्रो सम्पत्तिमा मेरो भागमा जे जति अंश पर्छ मलाई दिनुहोस्।’
13 `And not many days after, having gathered all together, the younger son went abroad to a far country, and there he scattered his substance, living riotously;केही दिन पछि कान्छो छोरोले आफ्नो सबै सम्पत्ति बटुल्यो अनि त्यो टाडो देशमा गयो। त्यहाँ त्यसले मूर्खले झैं आफ्नो रूपियाँ-पैसा सब खर्च गर्यो।
14 and he having spent all, there came a mighty famine on that country, and himself began to be in want;आफुसित जे जति थियो सबै त्यसले स्वाहा पार्यो। तब, त्यो ठाउँमा खडेरी पर्यो, अनि पानी पटक्कै परेन। देशभरी मानिसहरूले खानेकुरा पाउन छाडे। त्यो खुबै भोकायो अनि उसलाई पैसाको पनि आवश्यकता पर्यो।
15 and having gone on, he joined himself to one of the citizens of that country, and he sent him to the fields to feed swine,अनि त्यस ठाँउको कुनै एकजना मानिसकहाँ गयो अनि आफ्नो जीविकाको लागि त्यसले त्यहाँ काम लियो। अनि उसले त्यसलाई खेतमा सूँगुरहरू हेर्न पठायो।
16 and he was desirous to fill his belly from the husks that the swine were eating, and no one was giving to him.त्यो मानिस त्यत्ति भोकाएको थियो कि उसले जुन चारो सूँगुरहरूले खाँदैथ्यो खान खोज्यो। तर कसैले त्यसलाई केही दिएन।
17 `And having come to himself, he said, How many hirelings of my father have a superabundance of bread, and I here with hunger am perishing!तब उसले आफूलाई मूर्ख भएको अनुभव गरयो। उसले भन्यो, मेरा बाबुको जति नोकरहरू छन् तिनीहरूकोमा आवश्यक भन्दा वेशी खाना छ । तर म यहाँ भोकले मर्न लागेको छु।
18 having risen, I will go on unto my father, and will say to him, Father, I did sin -- to the heaven, and before thee,म उठ्छु अनि यहाँबाट बाबुकहाँ जान्छु अनि म उनलाई भन्नेछु हे पिता! मैले परमेश्वर अनि तपाईंको अघि पनि पाप गरें
19 and no more am I worthy to be called thy son; make me as one of thy hirelings.म तपाईंको छोरो भनिनु अब उसो योग्यको छैन। मलाई तपाईंकै अकजना नोकर झैं राख्नु होस्।
20 `And having risen, he went unto his own father, and he being yet far distant, his father saw him, and was moved with compassion, and having ran he fell upon his neck and kissed him;यसरी त्यो केटो उठयो अनि आफनो बाबु भेट्न गयो।“जब निकै पर देखि उ आँउदै थियो, त्यसको बाबुले देखे अनि आफ्नो छोरोप्रति बाबूको मनमा खुबै दया जाग्यो। अनि बाबु छोरो भएकहाँ दगुर्दै गएर अँगालो हाले औ म्वाँई खाए।
21 and the son said to him, Father, I did sin -- to the heaven, and before thee, and no more am I worthy to be called thy son.छोरोले तिनलाई भन्यो, हे पिता, मैले परमेश्वर र तपाईंको अघि पाप काम गरेको छु। म तपाईंको छोरो भनिनु अब उसो योग्यको छैन।’
22 `And the father said unto his servants, Bring forth the first robe, and clothe him, and give a ring for his hand, and sandals for the feet;तर उसको बाबुले उसको नोकरहरूलाई अह्राए, चाँडो राम्रा-राम्रा लुगाफाटा ल्याऊ अनि यसलाई लगाई देऊ। हातमा औंठी पनि लगाईदेऊ अनि खुट्टामा जुत्ता पनि लगाईदेऊ।
23 and having brought the fatted calf, kill `it', and having eaten, we may be merry,त्यो मोटो बाछा ल्याऊ, त्यसलाई मार अनि हामी खाएर भोज मनाउँछौं।
24 because this my son was dead, and did live again, and he was lost, and was found; and they began to be merry.किनभने यो मेरो छोरो मरेको थियो, तर अहिले ऊ जीवित फर्की आएको छ। ऊ हराएको थियो, तर उसलाई अहिले पाइएको छ।’ त्यपछि तिनीहरूले भोजको व्यवस्था गरे।
25 `And his elder son was in a field, and as, coming, he drew nigh to the house, he heard music and dancing,“उसको जेठो छोरो खेतमा थियो। ऊ बिस्तारै घरमा आयो। उसले त्यहाँ नाच गान भइहेको सुन्यो।
26 and having called near one of the young men, he was inquiring what these things might be,यसर्थ जेठो छोराले एकजना नोकरलाई बोलाएर सोध्यो,‘यी सब के भइरहेको छ?’
27 and he said to him -- Thy brother is arrived, and thy father did kill the fatted calf, because in health he did receive him back.नोकरले उत्तर दियो, तिम्रो भाइ फर्केरे आएको छ। तिम्र बाबुले भाइ सुकशल फर्केर आएकोमा तिनी अत्यन्तै खुशी छन्।
28 `And he was angry, and would not go in, therefore his father, having come forth, was entreating him;त्यो जेठो छोरो रिसायो अनि भोजमा जान मन गरेन। यसर्थ उसको बाबु आफैं गएर तिनलाई उत्सवमा सम्मिलित हुन आग्रह गरे।
29 and he answering said to the father, Lo, so many years I do serve thee, and never thy command did I transgress, and to me thou didst never give a kid, that with my friends I might make merry;त्यो छोरोले बाबुलाई भन्यो, मैले यत्रो र्वषसम्म नोकर झै तपाईंको सेवा गरें। मैले सधैं तपाईंको आज्ञा पालन गरें। तर मेरो निम्ति तपाईंले एउटा सानो पाठो सम्म दिनु भएन ताकि म मेरा मित्रहरूसंग भोज मनाउँन सक्थें।
30 but when thy son -- this one who did devour thy living with harlots -- came, thou didst kill to him the fatted calf.तर तपाईंको यो छोराले आफ्नो पुरै सम्मपत्ति वेश्याहरूको संगतमा उडाएको हो। अनि ऊ घर आउँदा चाँहि मोटो बाछो समेत मार्नु लाउनु भयो।
31 `And he said to him, Child, thou art always with me, and all my things are thine;अनि बाबुले छोरालाई भने, ए छोरो! तिमी त मसंग सँधै छौ। मेरोमा भएको सारा सम्पत्ति तिम्रै हो।
32 but to be merry, and to be glad, it was needful, because this thy brother was dead, and did live again, he was lost, and was found.'हामी सबै खुशी होऊ र भोजन गरौं। किनभने तिम्रोभाई मरेको थियो अनि जिउँदो फर्की आएको छ। ऊ हराएको थियो तर अहिले पाइएको छ।”‘
Nepali Bible