Bible

Leviticus 22 - YLT (Nepali)

1 And Jehovah speaketh unto Moses, saying,परमप्रभुले मोशालाई भन्नुभयो,

2 `Speak unto Aaron, and unto his sons, and they are separated from the holy things of the sons of Israel, and they pollute not My holy name in what they are hallowing to Me; I `am' Jehovah.“हारून र त्यसका छोराहरूलाई भनः इस्राएलका मानिसहरूले मलाई जे चढाउँछन ती चीजहरू पवित्र हुन्छन्। ती मेरा हुन् यसकारण तिमी पूजाहारीहरूले यी चीजहरू नचलाउनु। यदि तिमीहरूले आफ्नो लागि ती पवित्र चीजहरू चलायौ भने तब तिमीहरूले मेरो पवित्र नामको आदर नगरेको बुझिन्छ। म परमप्रभु हुँ।

3 `Say unto them, To your generations, any man who draweth near, out of all your seed, unto the holy things which the sons of Israel do sanctify to Jehovah, and his uncleanness on him -- even that person hath been cut off from before Me; I `am' Jehovah.हारून अनि उसका छोराहरूलाई भनिदेऊ। यदि तिमीहरूका सन्तानहरूबाट कसैले यी चीजहरू छुन्छ जब त्यो मानिस अशुद्ध छ। त्यस मानिसलाई छुट्‌याउनु पर्छ। इस्राएलका मानिसहरूले ती चीजहरू मलाई दिएका छन्। म परमप्रभु हुँ।

4 `Any man of the seed of Aaron, and is leprous or hath an issue -- of the holy things he doth not eat till that he is clean; and he who is coming against any uncleanness of a person, or a man whose seed of copulation goeth out from him,“यदि हारूनका सन्तानहरू मध्ये कसैलाई छालाको डरलाग्दो रोग अथवा धातु स्त्राव रोग छ भने ऊ शुद्ध नहोउञ्जेलसम्म पवित्र खाद्य खान सक्दैन। यो नियम सबै अशुद्ध पूजाहारीहरूको निम्ति हो। पूजाहारीले शुद्ध हुन सक्छ जब ऊ मरेको शरीर छुन्छ अथवा आफ्नो स्राव गराउँछ।

5 or a man who cometh against any teeming thing which is unclean to him, or against a man who is unclean to him, even any of his uncleanness --उनले कुनै घस्रने अशुद्ध पशुहरू छोए पनि अशुद्ध हुन सक्छन्। के गर्दा अथवा कसरी कुनै व्यक्ति अशुद्ध भयो त्यो कुनै मुख्य कुरा होइन, तर कुनै पूजाहारीले अशुद्ध मानिसलाई छुँदा नै अशुद्ध भइहाल्छन्।

6 the person who cometh against it -- hath even been unclean till the evening, and doth not eat of the holy things, but hath bathed his flesh with water,यी चीजहरू मध्ये कुनैलाई छुइन्छ त्यो मानिस साँझसम्म अशुद्ध रहन्छ। उसले पानीमा ननुहाएसम्म पवित्र खाद्य खानु सक्दैन।

7 and the sun hath gone in, and he hath been clean, and afterwards he doth eat of the holy things, for it `is' his food;घाम अस्ताएपछि मात्र उनी पवित्र हुनु सक्छन् अनि पवित्र खाना खानु सक्छन्। किन? किनभने पवित्र खाना उसको हुन्छ।

8 a carcase or torn thing he doth not eat, for uncleanness thereby; I `am' Jehovah.“यदि कुनै पूजाहारीले आफैं मरेको अथवा जंगली जनावरले मारेको पशु भेट्छन् उनले त्यो खानु हुँदैन, यदि खान्छन् उनी अशुद्ध हुन्छन्। म परमप्रभु हुँ।

9 `And they have kept My charge, and bear no sin for it, that they have died for it when they pollute it; I `am' Jehovah sanctifying them.“मैले आदेश गरेअनुसार पूजाहारीले गर्नुपर्छ जसले गर्दा तिनीहरू धेरै सजग बस्नु पर्छ। पवित्र चीजहरू तिनीहरूले गर्दा अपवित्र नहुन्। यदि तिनी सजग हुन्छन् भने, तिनीहरू मर्दैनन्। म परमप्रभुले यही विशेष कर्मको निम्ति तिनीहरूलाई अरू मानिसहरूबाट छुट्‌याएको छु।

10 `And no stranger doth eat of the holy thing; a settler of a priest and an hireling doth not eat of the holy thing;पूजाहारीसित बस्ने पाहुना अथवा ज्यालामा काम गर्न आएको मजदूरले पवित्र भोजन खान हुँदैन, पूजाहारीको परिवारले मात्र पवित्र भोजन खान सक्छन्।

11 and when a priest buyeth a person, the purchase of his money, he doth eat of it, also one born in his house; they do eat of his bread.तर पूजाहारीको घरमा जन्मेका कमारा-कमारी अथवा पूजाहारीले आफ्नैं पैसाले किनेको कमारा-कमारीले पनि पवित्र खाद्यको भाग खान सक्छन्।

12 `And a priest's daughter, when she is a strange man's, -- she, of the heave-offering of the holy things doth not eat;पूजाहारीकी छोरीले अर्को परिवारको मानिससँग पनि बिहे गर्न सक्छे। यदि उसले यसो गर्छे भने उसले बलिबाट निकालिएको पवित्र खाद्य खान सक्दिन।

13 and a priest's daughter, when she is a widow, or cast out, and hath no seed, and hath turned back unto the house of her father, as `in' her youth, of her father's bread she doth eat; but no stranger doth eat of it.पूजाहारीको कुनै छोरी विधवा हुनु सक्छे अथवा उसलाई आफ्नो पतिद्वारा छुट्‌याउन सक्छ अनि यदि तिनीहरूका छोरा-छोरीहरूलाई सहायता गर्ने छैन भने ऊ आफ्नो बुबाको घरमा जान सक्छे। तब उसले आफ्नो बुबाको भागबाट केही अंश पवित्र खाद्य खान सक्छे। पूजाहारीको परिवारले मात्र यो भोजन खान सक्छ।

14 `And when a man doth eat of a holy thing through ignorance, then he hath added its fifth part to it, and hath given `it' to the priest, with the holy thing;यदि कुनै मानिसले पवित्र थाहा नपाई खान्छ भने उसले त्यसको पाँचौ भाग थपेर पूजाहारीलाई दिनुपर्छ।

15 and they do not pollute the holy things of the sons of Israel -- that which they lift up to Jehovah,“इस्राएलका मानिसहरूले परमप्रभुलाई बलि चढाउन सक्छन् र यी बलिहरू नै पवित्र बनिन्छन्। यसर्थ पूजाहारीहरूले यी पवित्र बलिहरू अपवित्र पार्नु हुँदैन।

16 nor have caused them to bear the iniquity of the guilt-offering in their eating their holy things; for I `am' Jehovah, sanctifying them.'यदि पूजाहारीहरूले यी उपहारहरूलाई पवित्र मान्दैनन्, तिनीहरूले जब यी पवित्र चीजहरू खान्छन् तब आफ्नो पाप अझै थपिरहेका हुन्छन्। तिनीहरूलाई पवित्र तुल्याउने परमप्रभु म नै हुँ।”

17 And Jehovah speaketh unto Moses, saying,परमप्रभुले मोशालाई भन्नुभयो,

18 `Speak unto Aaron, and unto his sons, and unto all the sons of Israel, and thou hast said unto them, Any man of the house of Israel, or of the sojourners in Israel, who bringeth near his offering, of all his vows, or of all his willing offerings which they bring near to Jehovah for a burnt-offering;“हारून, उनका छोराहरू र इस्राएलका समस्त मानिसहरूलाई भनः इस्राएलमा बसोबास गर्ने विदेशी होस अथवा देशी, त्यस मानिसको बलि कुनै विशेष बलि होस् अथवा त्यो उसको भाकलको बलि होस्।

19 at your pleasure a perfect one, a male of the herd, of the sheep or of the goats;“ती उपहारहरू परमेश्वरलाई चढाउन इच्छा गर्ने मानिसले चढाएका हुन्। यसर्थ कुनै खोट भएको बलि तिमीहरूले ग्रहण गर्नु हुँदैन कारण त्यस्तो बलि म ग्रहण गर्दिनँ।

20 nothing in which `is' blemish do ye bring near, for it is not for a pleasing thing for you.साँढे, बाख्रा अथवा भेडा जुन सुकै उपहार होस् तर त्यो पुरूष अनि निष्खोट हुनुपर्छ।

21 `And when a man bringeth near a sacrifice of peace-offerings to Jehovah, to complete a vow, or for a willing-offering, of the herd or of the flock, it is perfect for a pleasing thing: no blemish is in it;“कुनै व्यक्तिले मेलबलि अथवा परमप्रभुलाई स्वेच्छाले आफ्नो भाकल पूरा गर्न बलि चढाउनु सक्छ, तर त्यो बलि बलियो अनि निष्खोट हुनुपर्छ त्यो साँढे होस् अथवा भेडा।

22 blind, or broken, or maimed, or having a wen, or scurvy, or scabbed -- ye do not bring these near to Jehovah, and a fire-offering ye do not make of them on the altar to Jehovah.तिमीहरूले परमप्रभुको वेदीको आगोमा कुनै प्रकारको रोगी पश उपहार स्वरूपमा चढाउनु हुँदैन। यसर्थ कुनै बलि तिनीहरू परमप्रभुलाई चढाउछौ त्यो अन्धो, लंङ्गडो, अयोग्य अनि चर्मरोग अथवा धातुरोग भोगेको छ भने यस्ता पशुहरू उपहारको रूपमा चढाउनु हुँदैन।

23 `As to an ox or a sheep enlarged or dwarfed -- a willing-offering ye do make it, but for a vow it is not pleasing.“कोही समयमा लामो खुट्टा भएको अथवा खुट्टाहरू ठीकसँग नबढेको साँढे अथवा थुमा पनि हुन्छन्, अनि यदि पशुहरूबाट कसैले परमप्रभुलाई विशेष बलि चढाउन चाहे त्यो परमप्रभुले ग्रहण गर्नु हुन्छ। तर यस्तो पशुको बलि कुनै भाकल गरिएको बलि ग्रहण गर्नुहुन्न।

24 As to a bruised, or beaten, or enlarged, or cut thing -- ye do not bring `it' near to Jehovah; even in your land ye do not do it.“यस्तो पशु नचढाऊ जसको अण्डाकोष कुच्याएको अथवा काटिएको छ। यस्तो आफ्नो भूमिमा नचढाऊ।

25 And from the hand of a son of a stranger ye do not bring near the bread of your God, of any of these, for their corruption `is' in them; blemish `is' in them; they are not pleasing for you.'“यस्ता प्रकारका पशुहरू विदेशीहरूबाट आफ्ना परमेश्वरलाई खाद्यको रूपमा चढाउन न ल्याऊ। किनभने ती पशुहरू घाइते छन् तिनीहरू खोट लागेका छन् अनि ग्रहण योग्य हुँदैनन्।”

26 And Jehovah speaketh unto Moses, saying,परमप्रभुले मोशालाई भन्नुभयो,

27 `When ox or lamb or goat is born, and it hath been seven days under its dam, then from the eighth day and henceforth, it is pleasing for an offering, a fire-offering to Jehovah;“जब बाछो, अथवा पाठा अथवा सानो बोका जन्मन्छ त्यसको माऊले त्यसलाई आफूसंगै सात दिनसम्म राख्नुपर्छ आनि त्यसपछि आठौं दिन यो परमप्रभुद्वारा आगो बलिको रूपमा स्वीकार गरिनेछ।

28 but an ox or sheep -- it and its young one, ye do not slaughter in one day.तर तिमीले त्यही दिन माऊ र पाठो बलि चढाउनु हुँदैन। यो नियम गाईहरू र भेडाहरूमा पनि लाग हुन्छ।

29 `And when ye sacrifice a sacrifice of thanksgiving to Jehovah, at your pleasure ye do sacrifice,“यदि तिमी परमप्रभुलाई धन्यवाद बलि चढाउछौ, तिमीले चढाउँन सक्छौ तर त्यो बलि परमेश्वरलाई ग्रहणयोग्य हुनुपर्छ।

30 on that day it is eaten, ye do not leave of it till morning; I `am' Jehovah;तिमीले त्यो बलि चढाएको पशुको मासु त्यही दिन खाई सक्नुपर्छ भोलि बिहानसम्म बाँकी राख्नु हुँदैन। म परमप्रभु हुँ।

31 and ye have kept my commands, and have done them; I `am' Jehovah;“मेरो आज्ञाहरू याद राख अनि पालन गर। म परमप्रभु हुँ।

32 and ye do not pollute My holy name, and I have been hallowed in the midst of the sons of Israel; I `am' Jehovah, sanctifying you,इस्राएलका मानिसहरूले मलाई विशेष रूपमा स्वीकार गर्नु पर्छ। मेरो नाउँको आदर गर्नु पर्छ। म परमप्रभु हुँ अनि तिमीहरूलाई पवित्र बनाउँछु।

33 who am bringing you up out of the land of Egypt, to become your God; I `am' Jehovah.'मैले तिमीहरूलाई मिश्र देशबाट ल्याएँ। म तिमीहरूको परमेश्वर भएको छु। म परमप्रभु हुँ।”विशेष पवित्र दिनहरू

Nepali Bible