Leviticus 2 - YLT (Nepali)
1 `And when a person bringeth near an offering, a present to Jehovah, of flour is his offering, and he hath poured on it oil, and hath put on it frankincense;“जब कोही मानिस परमप्रभुलाई अन्नबलिको केही बलि चढाउँछ भने त्यो बलि मसिनो पीठोको होस्। त्यसमा तेल खन्याएर पूजाहारीले सुगन्धित धूप हालोस्।
2 and he hath brought it in unto the sons of Aaron, the priests, and he hath taken from thence the fulness of his hand of its flour and of its oil, besides all its frankincense, and the priest hath made perfume with its memorial on the altar, a fire-offering of sweet fragrance to Jehovah;तब उसले त्यो बलि हारूनका छोराहरूकहाँ ल्याउनु पर्छ अनि पूजाहारीले एक मुट्ठी मसिनो अन्नको पीठो, तेल अनि त्यसबाट धूप झिक्नु पर्छ अनि वेदीमा परमप्रभुलाई चढाउने सम्झना भेटीको रूपमा यसलाई चढाउनु पर्छ। यो आगोद्वारा चढाउने भेटी हो अनि यसको वासनाले परमप्रभुलाई प्रसन्न पार्छ।
3 and the remnant of the present `is' for Aaron and for his sons, most holy, of the fire-offerings of Jehovah.बाँकी रहेको अन्नबलि परमप्रभुको अत्यन्तै पवित्र उपहार स्वरूप हारूनका छोराहरूका निम्ति रहोस्।
4 `And when thou bringest near an offering, a present baked in an oven, `it is of' unleavened cakes of flour mixed with oil, or thin unleavened cakes anointed with oil.“यदि तिमी चुलामा पकाएको अन्नबलि चढाउँछौ भने, तेलमा मुछेको अखमिरी मसिनो पिठोको फुलौरा अथवा तेल हालेको अखमिरी रोटी होस्।
5 `And if thine offering `is' a present `made' on the girdel, it is of flour, mixed with oil, unleavened;यदि तिम्रो अन्नबलि तावामा पकाएको अन्नबलि भए त्यो तेलमा मुछेको अखमिरी मसिनो पीठोको होस्।
6 divide thou it into parts, and thou hast poured on it oil; it `is' a present.त्यो मसिनो गरी पिंधेर टुक्राउ अनि त्यसमा तेल खन्याऊ। त्यही अन्नबलि हो।
7 `And if thine offering `is' a present `made' on the frying-pan, of flour with oil it is made,यदि तिमी अन्न भेटील्याउँछौ जो तावामा भूटिएको छ भने यो तेलसित मिसाइएको मसीनो पीठो हुनु पर्छ।
8 and thou hast brought in the present which is made of these to Jehovah, and `one' hath brought it near unto the priest, and he hath brought it nigh unto the altar,“जब तिमीले यी कुनै अन्नबलिहरूबाट बनाइएको परिकार ल्याउँछौ त्यो पूजाहारीलाई देऊ र त्यो पूजाहारीले वेदीमा चढाओस्।
9 and the priest hath lifted up from the present its memorial, and hath made perfume on the altar, a fire-offering of sweet fragrance to Jehovah;पूजाहारीले अन्नभेटीको केही भाग छुट्याउनुपर्छ अनि यसलाई स्मरणीय भेटीको रूपमा जलाउनुपर्छ, अनि वेदीमा परमप्रभुलाई सुगन्धित भेटीको रूपमा चढाउनु पर्छ।
10 and the remnant of the present `is' for Aaron and for his sons, most holy, of the fire-offerings of Jehovah.अन्नबलिबाट रहेको भाग हारून र तिनका छोराहरूको निम्ति हुनुपर्छ। परमप्रभुको निम्ति यो आगोद्वारा चढाएको बलि अति पवित्र हो।
11 No present which ye bring near to Jehovah is made fermented, for with any leaven or any honey ye perfume no fire-offering to Jehovah.“तिमीले खमीर भएको कुनै पनि अन्नबलि परमप्रभुलाई चढाउनु हुँदैन अथवा महबाट बनिएको परमप्रभुको निम्ति उपहार आगोमा जलाउनु हुँदैन। (यहाँ भनिएको मह हुन सक्छ मौरीको नभई फूलहरूको रस हुनसक्छ।)
12 `An offering of first-`fruits' -- ye bring them near to Jehovah, but on the altar they go not up, for sweet fragrance.तिमीहरू वर्षको पहिलो बालीबाट खमीर र मह चढाउन सक्छौ, तर त्यो बलि भेटीलाई सुगन्धित भेटीबनाउन जलाउनु हुँदैन।
13 And every offering -- thy present -- with salt thou dost season, and thou dost not let the salt of the covenant of thy God cease from thy present; with all thine offerings thou dost bring near salt.तिमीले प्रत्येक अन्नबलिमा न्नहालेर ल्याउनुपर्छ। परमेश्वरसित गरेको न्नको करार तिम्रो अन्नबलिबाट हराउनु हुदैन। तिमीले आफ्नो बलि न्नसँगै ल्याउँनुपर्छ।
14 `And if thou bring near a present of first-ripe `fruits' to Jehovah, -- of green ears, roasted with fire, beaten out `corn' of a fruitful field thou dost bring near the present of thy first-ripe `fruits',“यदि तिमीहरू वर्षको अगौटे बालीबाट परमप्रभुलाई भेटी चढाउँछौ भने तिमीहरू पहिले बालीको ताजा अन्नको अघिल्लो भागलाई पिंधेर अन्न पकाएको भेटी बनाउनु पर्छ।
15 and thou hast put on it oil, and laid on it frankincense, it `is' a present;तिमीले त्यसमा तेल अनि सुगन्धित धूप लगाउनुपर्छ। यो अन्नबलि हो।
16 and the priest hath made perfume with its memorial from its beaten out `corn', and from its oil, besides all its frankincense -- a fire-offering to Jehovah.पूजाहारीले परमप्रभुको निम्ति सबै धूपसित पिंधेको अन्नबाट तयार गरेको भेटीको केही भाग तेलसित मिसाएर स्मारकको रूपमा जलाउनु पर्छ।
Nepali Bible