Bible

Leviticus 15 - WBT (Nepali)

1 And the LORD spoke to Moses and to Aaron, saying,परमप्रभुले मोशा र हारूनलाई भन्नु भयो,

2 Speak to the children of Israel, and say to them, When any man hath a running issue out of his flesh, because of his issue he is unclean.“इस्राएलका मानिसहरूलाई बोलाऊ अनि तिनीहरूलाई भनः ‘यदि कुनै मानिसको प्रमेह हुन्छ भने तब त्यो मानिस अशुद्ध हो।

3 And this shall be his uncleanness in his issue: whether his flesh shall run with his issue, or his flesh be stopped from his issue, it is his uncleanness.यदि उसको प्रमेह थामिन्छ अथवा चलि रहन्छ, ऊ अशुद्ध हुन्छ अनि यो उसको अशुद्धता हो।

4 Every bed on which he lieth that hath the issue, is unclean: and every thing on which he sitteth, shall be unclean.“ओछ्यानमा यस्तो मानिस सुत्यो भने प्रत्येक कुरामा ऊ अशुद्ध बनिन्छ। प्रत्येक कुरामा ऊ बसे त्यो पनि अशुद्ध बहुन्छ।

5 And whoever toucheth his bed, shall wash his clothes, and bathe himself in water, and be unclean until the evening.यदि कसैले उसको ओछ्यान छुन्छ भने, ऊ पनि अशुद्ध हुन्छ अनि उसले आफ्नो लुगा धुनु पर्छ अनि पानीमा नुहाउनु पर्छ। साँझसम्म ऊ अशुद्ध रहन्छ।

6 And he that sitteth on any thing on which he sat that hath the issue, shall wash his clothes, and bathe himself in water, and be unclean until the evening.यदि एकजना मानिस कुनै चीजमाथि बस्छ जसमा स्राव भएको मानिस बसेको थियो, उसले आफ्नो लुगा धुनु पर्छ अनि पानीमा नुहाउनु पर्छ। साँझसम्म ऊ अशुद्ध रहन्छ।

7 And he that toucheth the flesh of him that hath the issue, shall wash his clothes, and bathe himself in water, and be unclean until the evening.यदि एकजना मानिसले प्रेमह भएको मानिसलाई छुन्छ, उसले आफ्नो लुगा नुहाएपछि धुनु पर्छ अनि ऊ बेलुकीसम्म आफू अशुद्ध रहने छ।

8 And if he that hath the issue shall spit upon him that is clean; then he shall wash his clothes, and bathe himself in water, and be unclean until the evening.“यदि यस्तो रोगीले कुनै मानिसलाई थुक्यो भने, उसले पानीमा नुहाएर आफ्नो लुगा धोओस् अनि साँझसम्म अशुद्ध रहने छ।

9 And whatever saddle he rideth upon that hath the issue, shall be unclean.त्यो धातुको रोग लागेको मानिस जसमा चढ्छ त्यो अशुद्ध हुन्छ।

10 And whoever toucheth any thing that was under him shall be unclean until the evening; and he that beareth any of those things, shall wash his clothes, and bathe himself in water, and be unclean until the evening.कुनै पनि चीज यदि त्यो रोगी तल रहन्छ अनि उसले छुन्छ भने त्यो अशुद्ध बनिन्छ। जो मानिसले त्यो चीज बोके उसले नुहाएर आफ्नो लुगा धुनुपर्छ अनि साँझसम्म त्यो मानिस अशुद्ध रहनेछ।

11 And whomsoever he toucheth that hath the issue (and hath not rinsed his hands in water) he shall wash his clothes, and bathe himself in water, and be unclean until the evening.“यदि प्रमेह हुने मानिसले कसैलाई हात नधोइ छुन्छ, तब मानिस जो छुइन्छ यो आशुद्ध हुन्छ अनि त्यस मानिसले आफ्नो लुगा धुनु पर्छ, नुहाउनु पर्छ अनि साँझसम्म अशुद्ध रहनेछ।

12 And the vessel of earth that he toucheth who hath the issue, shall be broken: and every vessel of wood shall be rinsed in water.“यदि प्रमेह हुने मानिस माटोको भाँडा छुन्छ, यसलाई फुटाउनु पर्छ अनि काठको भाँडा पानीले पखाल्नु पर्छ।

13 And when he that hath an issue is cleansed of his issue; then he shall number to himself seven days for his cleansing, and wash his clothes, and bathe his flesh in running water, and shall be clean.“जब त्यो रोगी निको हुन्छ, उसले आफ्नो शुद्धिको निम्ति सात दिन पर्खियोस्, आफ्नो लुगा धोओस् अनि ताजा पानीले नुहाओस् अनि त्यो शुद्ध हुनेछ।

14 And on the eighth day he shall take to him two turtle-doves, or two young pigeons, and come before the LORD to the door of the tabernacle of the congregation, and give them to the priest:आठौं दिन दुइवटा परेवा अथवा ढुकुर लिएर ऊ परमप्रभुअघि आउनु पर्छ अनि ती सबै पूजाहारीलाई भेट हुने पालको प्रवेशद्वारमा दिनु पर्छ।

15 And the priest shall offer them, the one for a sin-offering, and the other for a burnt-offering; and the priest shall make an atonement for him before the LORD for his issue.पूजाहारीले दुइवटा चराहरू चढाउनु पर्छ। एउटा पाप बलिको निम्ति अनि अर्को होमबलिको निम्ति चढाउनु पर्नेछ। यस तरीकामा, पूजाहारीले प्रमेह हुने मानिसलाई परमप्रभुअघि शुद्ध बनाउने छन्।

16 And if any man's seed of copulation shall go from him, then he shall wash all his flesh in water, and be unclean until the evening.“यदि कुनै पुरूषको स्वतः वीर्य पतन भए उसले आफ्नो शरीर पानीमा नुहाओस् अनि ऊ साँझसम्म अशुद्ध रहनेछ।

17 And every garment, and every skin on which is the seed of copulation, shall be washed with water, and be unclean until the evening.लुगा अथवा छाला जसमा वीर्य झर्छ धुनु पर्छ अनि ऊ बेलुकीसम्म अशुद्ध रहनेछ।

18 The woman also with whom man shall lie with seed of copulation, they shall both bathe themselves in water, and be unclean until the evening.यदि कुनै स्त्रीसँग सुतेको बेला पुरूषको वीर्य पतन भए ती दुवैले नुहाऊन् अनि साँझसम्म अशुद्ध रहनेछन्।

19 And if a woman shall have an issue, and her issue in her flesh be blood, she shall be put apart seven days: and whoever toucheth her shall be unclean until the evening.“यदि एकजना स्त्रीको मासिक रजस्वला नियमित छ उसको रजस्वलाको अशुद्धता सात दिनसम्म रहनेछ। यदि कसैले उसलाई छुन्छ, ऊ सात दिनसम्म अशुद्ध हुन्छ।

20 And every thing that she lieth upon in her separation shall be unclean: every thing also that she sitteth upon shall be unclean.एउटी स्त्रीको रजस्वला भएको समयमा त्यो जुन चीजहरूमा बस्छिन् अनि सुत्छिन् ती सब अशुद्ध हुन्छन्।

21 And whoever toucheth her bed shall wash his clothes, and bathe himself in water, and be unclean until the evening.कसैले ऊ सुतेको ओछ्यान छोए, त्यसले आफ्नो लुगा धुनुपर्छ, आफूले पनि नुहाउनुपर्छ अनि साँझसम्म अशुद्ध रहनेछ।

22 And whoever toucheth any thing that she sat upon shall wash his clothes, and bathe himself in water, and be unclean until the evening.यदि कुनै मानिसले ऊ बसेको कुनै चीज छोए, उसले आफ्नो लुगा धुनुपर्छ, नुहाउनु पर्छ अनि साँझसम्म अशुद्ध रहनेछ।

23 And if it be on her bed, or on any thing on which she sitteth, when he toucheth it, he shall be unclean until the evening.कसैले त्यो रजस्वाला स्त्री बसेको कुनै चीज छोए उसले आफ्नो लुगा धोओस र साँझसम्म आफैं पनि अशुद्ध रहनेछ।

24 And if any man shall lie with her at all, and her flowers be upon him, he shall be unclean seven days: and all the bed on which he lieth shall be unclean.“कुनै स्त्री रजस्वला भएको समय कसैले ऊसित सहवास गरे त्यो पुरूष सात दिनसम्म अशुद्ध हुन्छ। त्यो पुरूष सुतेको प्रत्येक ओछ्यान नै अशुद्ध हुन्छ।

25 And if a woman shall have an issue of her blood many days out of the time of her separation, or if it shall run beyond the time of her separation; all the days of the issue of her uncleanness shall be as the days of her separation: she shall be unclean.“कुनै स्त्रीको आफ्नो नियमित समय बाहेक धेरै दिनसम्म रजस्वला भइरहे, अथवा नियमित रजस्वलापछि पनि रगत प्रवाह रहे, नियमित रजस्वला भए, ऊ अशुद्ध हुन्छे। ऊ जब सम्म रजस्वला रहन्छ त्यतिञ्जेलसम्म अशुद्ध रहनेछिन्।

26 Every bed on which she lieth all the days of her issue shall be to her as the bed of her separation: and whatever she sitteth upon shall be unclean as the uncleanness of her separation.मासिक रजस्वलाको समयमा जुन ओछ्यानमा त्यो स्त्री सुतछिन् त्यो ओछ्यान पनि त्यतिञ्जेलसम्म अशुद्ध रहन्छ। उसको मासिक रजस्वला हुँदा अशुद्ध भए, उसले छुन्छिन् त्यो चीज अशुद्ध हुन्छ।

27 And whoever toucheth those things shall be unclean, and shall wash his clothes, and bathe himself in water, and be unclean until the evening.मानिससम्म अशुद्ध हुन्छ जसले ती चीजहरू छुन्छ। मानिसले आफ्नो लुगा धुनुपर्छ। अनि पानीमा नुहाएपछि, साँझसम्म अशुद्ध रहन्छ।

28 But if she shall be cleansed of her issue, then she shall number to herself seven days, and after that she shall be clean.त्यस स्त्रीले उसको रजस्वला रोकिएपछि सात दिनसम्म पर्खनुपर्छ। त्यसपछि त्यो स्त्री शुद्ध हुन्छे।

29 And on the eighth day she shall take to her two turtles, or two young pigeons, and bring them to the priest, to the door of the tabernacle of the congregation.तब आठौं दिनमा स्त्रीले दुइवटा ढुकुर अथवा परेवा लिनुपर्छ र तिनीहरू पूजाहारीकहाँ भेट हुने पालको प्रवेशद्वारमा लैजानुपर्छ।

30 And the priest shall offer the one for a sin-offering, and the other for a burnt-offering; and the priest shall make an atonement for her before the LORD for the issue of her uncleanness.तब पूजाहारीले ती दुइवटा मध्ये एउटालाई पापबलिको निम्ति अनि अर्कोलाई होमबलिको निम्ति चढाउनुपर्छ। यसरी पूजाहारीले उसलाई परमप्रभुको सामुन्ने शुद्ध पार्नेछन्।

31 Thus shall ye separate the children of Israel from their uncleanness: that they die not in their uncleanness, when they defile my tabernacle that is among them.“यसर्थ तिमीले इस्राएलका मानिसहरूलाई अशुद्ध भएको विषयमा सतर्क गराउनु पर्छ। यदि तिमी ती मानिसहरूलाई चेताउनी दिंदैनौ भने तिनीहरूले मेरो पवित्र पाललाई अशुद्ध पार्न सक्छन् तब तिनीहरू मर्नु पर्छ।”

32 This is the law of him that hath an issue, and of him whose seed goeth from him, and he is defiled therewith.वीर्य पतन भएकाहरूको निम्ति यी नै विधिहरू हुन्। यी विधिहरू वीर्य पतन हुँदा जो अशुद्ध हुन्छन् तिनीहरूको निम्ति पनि हुन्।

33 And of her that is sick of her flowers, and of him that hath an issue, of the man and of the woman, and of him that lieth with her that is unclean.अनि यी विधिहरू आफ्नो मासिक रजस्वलाबाट अशुद्ध हुने स्त्रीहरूको निम्ति हुन्। अनि अशुद्ध स्त्रीहरूसँग सुतेर जो मानिसहरू अशुद्ध बनिन्छन् उनको निम्ति यी विधिहरू हुन्।

Nepali Bible