Bible

Leviticus 15 - DBY (Nepali)

1 And Jehovah spoke to Moses and to Aaron, saying,परमप्रभुले मोशा र हारूनलाई भन्नु भयो,

2 Speak unto the children of Israel, and say unto them, If any man have a flux from his flesh, because of his flux he is unclean.“इस्राएलका मानिसहरूलाई बोलाऊ अनि तिनीहरूलाई भनः ‘यदि कुनै मानिसको प्रमेह हुन्छ भने तब त्यो मानिस अशुद्ध हो।

3 And this shall be his uncleanness in his flux: whether his flesh run with his flux, or his flesh be closed from his flux, it is his uncleanness.यदि उसको प्रमेह थामिन्छ अथवा चलि रहन्छ, ऊ अशुद्ध हुन्छ अनि यो उसको अशुद्धता हो।

4 Every bed whereon he lieth that hath the flux shall be unclean; and every object on which he sitteth shall be unclean.“ओछ्यानमा यस्तो मानिस सुत्यो भने प्रत्येक कुरामा ऊ अशुद्ध बनिन्छ। प्रत्येक कुरामा ऊ बसे त्यो पनि अशुद्ध बहुन्छ।

5 And whoever toucheth his bed shall wash his garments, and bathe in water, and be unclean until the even.यदि कसैले उसको ओछ्यान छुन्छ भने, ऊ पनि अशुद्ध हुन्छ अनि उसले आफ्नो लुगा धुनु पर्छ अनि पानीमा नुहाउनु पर्छ। साँझसम्म ऊ अशुद्ध रहन्छ।

6 And he that sitteth on any object whereon he sat that hath the flux shall wash his garments, and bathe in water, and be unclean until the even.यदि एकजना मानिस कुनै चीजमाथि बस्छ जसमा स्राव भएको मानिस बसेको थियो, उसले आफ्नो लुगा धुनु पर्छ अनि पानीमा नुहाउनु पर्छ। साँझसम्म ऊ अशुद्ध रहन्छ।

7 And he that toucheth the flesh of him that hath the flux shall wash his garments, and bathe in water, and be unclean until the even.यदि एकजना मानिसले प्रेमह भएको मानिसलाई छुन्छ, उसले आफ्नो लुगा नुहाएपछि धुनु पर्छ अनि ऊ बेलुकीसम्म आफू अशुद्ध रहने छ।

8 And if he that hath the flux spit upon him that is clean, then he shall wash his garments, and bathe in water, and be unclean until the even.“यदि यस्तो रोगीले कुनै मानिसलाई थुक्यो भने, उसले पानीमा नुहाएर आफ्नो लुगा धोओस् अनि साँझसम्म अशुद्ध रहने छ।

9 And what carriage soever he rideth upon that hath the flux shall be unclean.त्यो धातुको रोग लागेको मानिस जसमा चढ्छ त्यो अशुद्ध हुन्छ।

10 And whoever toucheth anything that was under him shall be unclean until the even; and he that carrieth them shall wash his garments, and bathe in water, and be unclean until the even.कुनै पनि चीज यदि त्यो रोगी तल रहन्छ अनि उसले छुन्छ भने त्यो अशुद्ध बनिन्छ। जो मानिसले त्यो चीज बोके उसले नुहाएर आफ्नो लुगा धुनुपर्छ अनि साँझसम्म त्यो मानिस अशुद्ध रहनेछ।

11 And whomsoever he toucheth who hath the flux and hath not rinsed his hands in water -- he shall wash his garments, and bathe in water, and be unclean until the even.“यदि प्रमेह हुने मानिसले कसैलाई हात नधोइ छुन्छ, तब मानिस जो छुइन्छ यो आशुद्ध हुन्छ अनि त्यस मानिसले आफ्नो लुगा धुनु पर्छ, नुहाउनु पर्छ अनि साँझसम्म अशुद्ध रहनेछ।

12 And the vessel of earth that he toucheth who hath the flux shall be broken; and every vessel of wood shall be rinsed in water.“यदि प्रमेह हुने मानिस माटोको भाँडा छुन्छ, यसलाई फुटाउनु पर्छ अनि काठको भाँडा पानीले पखाल्नु पर्छ।

13 And when he that hath a flux is clean of his flux, then he shall count seven days for his cleansing, and wash his clothes, and bathe his flesh in running water, and he shall be clean.“जब त्यो रोगी निको हुन्छ, उसले आफ्नो शुद्धिको निम्ति सात दिन पर्खियोस्, आफ्नो लुगा धोओस् अनि ताजा पानीले नुहाओस् अनि त्यो शुद्ध हुनेछ।

14 And on the eighth day he shall take two turtle-doves, or two young pigeons, and come before Jehovah unto the entrance of the tent of meeting, and give them unto the priest.आठौं दिन दुइवटा परेवा अथवा ढुकुर लिएर ऊ परमप्रभुअघि आउनु पर्छ अनि ती सबै पूजाहारीलाई भेट हुने पालको प्रवेशद्वारमा दिनु पर्छ।

15 And the priest shall offer them, one as a sin-offering, and one as a burnt-offering; and the priest shall make atonement for him before Jehovah for his flux.पूजाहारीले दुइवटा चराहरू चढाउनु पर्छ। एउटा पाप बलिको निम्ति अनि अर्को होमबलिको निम्ति चढाउनु पर्नेछ। यस तरीकामा, पूजाहारीले प्रमेह हुने मानिसलाई परमप्रभुअघि शुद्ध बनाउने छन्।

16 And if any man's seed of copulation pass from him, then he shall bathe his whole flesh in water, and be unclean until the even.“यदि कुनै पुरूषको स्वतः वीर्य पतन भए उसले आफ्नो शरीर पानीमा नुहाओस् अनि ऊ साँझसम्म अशुद्ध रहनेछ।

17 And every garment, and every skin, whereon the seed of copulation shall be, shall be washed with water, and be unclean until the even.लुगा अथवा छाला जसमा वीर्य झर्छ धुनु पर्छ अनि ऊ बेलुकीसम्म अशुद्ध रहनेछ।

18 And a woman with whom a man lieth with seed of copulation -- they shall bathe in water, and be unclean until the even.यदि कुनै स्त्रीसँग सुतेको बेला पुरूषको वीर्य पतन भए ती दुवैले नुहाऊन् अनि साँझसम्म अशुद्ध रहनेछन्।

19 And if a woman have a flux, and her flux in her flesh be blood, she shall be seven days in her separation, and whoever toucheth her shall be unclean until the even.“यदि एकजना स्त्रीको मासिक रजस्वला नियमित छ उसको रजस्वलाको अशुद्धता सात दिनसम्म रहनेछ। यदि कसैले उसलाई छुन्छ, ऊ सात दिनसम्म अशुद्ध हुन्छ।

20 And everything that she lieth upon in her separation shall be unclean; and everything that she sitteth upon shall be unclean.एउटी स्त्रीको रजस्वला भएको समयमा त्यो जुन चीजहरूमा बस्छिन् अनि सुत्छिन् ती सब अशुद्ध हुन्छन्।

21 And whoever toucheth her bed shall wash his garments, and bathe in water, and be unclean until the even.कसैले ऊ सुतेको ओछ्यान छोए, त्यसले आफ्नो लुगा धुनुपर्छ, आफूले पनि नुहाउनुपर्छ अनि साँझसम्म अशुद्ध रहनेछ।

22 And whoever toucheth any object that she sat upon shall wash his garments, and bathe in water, and be unclean until the even.यदि कुनै मानिसले ऊ बसेको कुनै चीज छोए, उसले आफ्नो लुगा धुनुपर्छ, नुहाउनु पर्छ अनि साँझसम्म अशुद्ध रहनेछ।

23 And if it be on the bed, or on anything whereon she sitteth, when he toucheth it, he shall be unclean until the even.कसैले त्यो रजस्वाला स्त्री बसेको कुनै चीज छोए उसले आफ्नो लुगा धोओस र साँझसम्म आफैं पनि अशुद्ध रहनेछ।

24 And if a man lie with her at all, and the uncleanness of her separation come upon him, he shall be unclean seven days; and every bed whereon he lieth shall be unclean.“कुनै स्त्री रजस्वला भएको समय कसैले ऊसित सहवास गरे त्यो पुरूष सात दिनसम्म अशुद्ध हुन्छ। त्यो पुरूष सुतेको प्रत्येक ओछ्यान नै अशुद्ध हुन्छ।

25 And if a woman have her flux of blood many days out of the time of her separation, or if she have the flux beyond the time of her separation, all the days of the flux of her uncleanness shall she be as [in] the days of her separation: she is unclean.“कुनै स्त्रीको आफ्नो नियमित समय बाहेक धेरै दिनसम्म रजस्वला भइरहे, अथवा नियमित रजस्वलापछि पनि रगत प्रवाह रहे, नियमित रजस्वला भए, ऊ अशुद्ध हुन्छे। ऊ जब सम्म रजस्वला रहन्छ त्यतिञ्जेलसम्म अशुद्ध रहनेछिन्।

26 Every bed whereon she lieth all the days of her flux shall be unto her as the bed of her separation; and every object on which she sitteth shall be unclean, according to the uncleanness of her separation.मासिक रजस्वलाको समयमा जुन ओछ्यानमा त्यो स्त्री सुतछिन् त्यो ओछ्यान पनि त्यतिञ्जेलसम्म अशुद्ध रहन्छ। उसको मासिक रजस्वला हुँदा अशुद्ध भए, उसले छुन्छिन् त्यो चीज अशुद्ध हुन्छ।

27 And whoever toucheth them shall be unclean, and shall wash his clothes, and bathe in water, and be unclean until the even.मानिससम्म अशुद्ध हुन्छ जसले ती चीजहरू छुन्छ। मानिसले आफ्नो लुगा धुनुपर्छ। अनि पानीमा नुहाएपछि, साँझसम्म अशुद्ध रहन्छ।

28 And if she be cleansed of her flux then she shall count seven days, and after that she shall be clean.त्यस स्त्रीले उसको रजस्वला रोकिएपछि सात दिनसम्म पर्खनुपर्छ। त्यसपछि त्यो स्त्री शुद्ध हुन्छे।

29 And on the eighth day she shall take two turtle-doves, or two young pigeons, and bring them unto the priest, unto the entrance of the tent of meeting.तब आठौं दिनमा स्त्रीले दुइवटा ढुकुर अथवा परेवा लिनुपर्छ र तिनीहरू पूजाहारीकहाँ भेट हुने पालको प्रवेशद्वारमा लैजानुपर्छ।

30 And the priest shall offer the one as a sin-offering, and the other as a burnt-offering; and the priest shall make atonement for her before Jehovah for the flux of her uncleanness.तब पूजाहारीले ती दुइवटा मध्ये एउटालाई पापबलिको निम्ति अनि अर्कोलाई होमबलिको निम्ति चढाउनुपर्छ। यसरी पूजाहारीले उसलाई परमप्रभुको सामुन्ने शुद्ध पार्नेछन्।

31 And ye shall separate the children of Israel from their uncleanness, that they die not in their uncleanness, when they defile my tabernacle that is in their midst.“यसर्थ तिमीले इस्राएलका मानिसहरूलाई अशुद्ध भएको विषयमा सतर्क गराउनु पर्छ। यदि तिमी ती मानिसहरूलाई चेताउनी दिंदैनौ भने तिनीहरूले मेरो पवित्र पाललाई अशुद्ध पार्न सक्छन् तब तिनीहरू मर्नु पर्छ।”

32 This is the law for him that hath a flux, and for the one whose seed of copulation goeth from him, and who is defiled therewith:वीर्य पतन भएकाहरूको निम्ति यी नै विधिहरू हुन्। यी विधिहरू वीर्य पतन हुँदा जो अशुद्ध हुन्छन् तिनीहरूको निम्ति पनि हुन्।

33 and for a woman who is sick in her separation, and for him that hath his flux; for the man and for the woman, and for him that lieth with her that is unclean.अनि यी विधिहरू आफ्नो मासिक रजस्वलाबाट अशुद्ध हुने स्त्रीहरूको निम्ति हुन्। अनि अशुद्ध स्त्रीहरूसँग सुतेर जो मानिसहरू अशुद्ध बनिन्छन् उनको निम्ति यी विधिहरू हुन्।

Nepali Bible