Psalm 17:13 हे परमप्रभु, उठ्नुहोस र शत्रुतर्फ जानु होस्। तिनीहरूलाई आत्मासमर्पण गर्न बाध्य पार्नुहोस्। तपाईंको आफ्नो तरवार चलाउनु होस् र ती दुष्ट मानिसहरूबाट मलाई बचाउनुहोस्।
Psalm 17:13 in Other Translations
King James Version (KJV) Arise, O LORD, disappoint him, cast him down: deliver my soul from the wicked, which is thy sword:
American Standard Version (ASV) Arise, O Jehovah, Confront him, cast him down: Deliver my soul from the wicked by thy sword;
Bible in Basic English (BBE) Up! Lord, come out against him, make him low, with your sword be my saviour from the evil-doer.
Darby English Bible (DBY) Arise, Jehovah, anticipate him, cast him down: deliver my soul from the wicked, thy sword;
Webster's Bible (WBT) Arise, O LORD disappoint him, cast him down: deliver my soul from the wicked, who is thy sword:
World English Bible (WEB) Arise, Yahweh, Confront him, cast him down. Deliver my soul from the wicked by your sword;
Young's Literal Translation (YLT) Arise, O Jehovah, go before his face, Cause him to bend. Deliver my soul from the wicked, Thy sword,
Cross Reference
Psalm 3:7
हे परमप्रभु, उठ्नु होस्! हे मेरा परमेश्वर, मलाई बचाउनुहोस्! यदि तपाईंले मेरो दुष्ट शत्रुहरूको गालामा हिर्काउनु मात्र भयो भने तपाईंले तिनीहरूका सबै दाँत झारि दिनु हुनेछ।
Psalm 7:11
परमेश्वर असल न्यायाकर्त्ता हुनुहुन्छ, उहाँ सधैं अधर्मको विरूद्ध बोल्नु हुन्छ।
Psalm 22:20
हे परमप्रभु, मेरो प्राण तरवारबाट बचाउँनुहोस्। मेरो बहुमूल्य प्राण ती कुकुरहरूबाट जोगाई दिनुहोस्।
Psalm 44:23
उठ्नु होस्, मेरो स्वामी! किन तपाईं सुतिरहनु भएको छ? उठ्नु होस्! हामीलाई सदाको निम्ति नछोडनु होस्!
Psalm 44:26
हे परमेश्वर, उठूनु होस र हामीलाई सहयोग गर्नुहोस्। तपाईंको स्नेहपूर्ण करूणाले हामीलाई बचाउनुहोस्।
Psalm 119:126
हे परमप्रभु, यो तपाईंले केही गर्ने समय हो। मानिसहरूले तपाईंको विधिहरू भङ्ग गरे।
Isaiah 10:5
परमेश्वरले भन्नु हुन्छ, “म लाटो जस्तो अश्शूरलाई प्रयोग गर्नेछु। क्रोधमा, इस्राएललाई दण्ड दिनलाई म अश्शूरलाई प्रयोग गर्ने छु।
Psalm 7:6
हे परमप्रभु, जाग्नु होस् अनि तपाईंको रिसले तिनीहरूलाई न्याय गर्नुहोस्। मेरा रिसाएका शत्रुहरूको विरोधमा उठ्नु होस्। हे मेरा परमेश्वर, तपाईं न्याय गर्नुहुन्छ यसर्थ मेरो निम्ति न्याय गर्नुहोस्।
Isaiah 13:5
परमप्रभु र उहाँका सेनाहरू कुनै टाढा ठाउँबाट आइरहेकाछन्। तिनीहरू क्षितिज पारिबाट आइरहेका छन्। परमप्रभुले आफ्नो क्रोध दर्शाउनलाई ती सेनाहरूलाई हतियार स्वरूप चलाउनु हुनेछ। ती सेनाहरूले सम्पूर्ण देश नै नष्ट परिदिनेछन्।”
Isaiah 37:26
त्यही त तिमीले भनेको हो। तर तिमीले मैले के भनें सुनेनौ। ‘मैले धेरै अघि योजना बनाएको थिएँ। मैले यो प्राचीनकालदेखि नै योजना बनाएको थिएँ अनि अहिले मैले यसलाई गराँए। मैले तिमीलाई शक्तिशाली शहरहरू ढल्ने अनि तिनीहरूलाई भग्नावशेष परिणत गर्ने अनुमति दिएँ।
Isaiah 51:9
जाग! जाग! हे परमप्रभुको बाहु, बलवान बन्। आफ्नो बल चलाऊ जसरी तिमीहरूले धेरै अघि गरेका थियौ। जसरी तिमीहरूले प्राचीन कालमा गरेका थियौ। तिमीहरूसंग राहाबलाई पराजित गरेको त्यो शक्ति छ। तिमीहरूले अजीङ्गरलाई पराजित गर्यौ।
Habakkuk 1:12
हबकूकले फेरि भने, “हे परमप्रभु, तपाईं अमृत हुनुहुन्छ, परमप्रभु तपाईं मेरो परम-पवित्र परमेश्वर हुनुहुन्छ जो कहिल्यै मर्नु हुँदैन। हे परमप्रभु! तपाईंले बाबेलका मानिसहरुलाई न्याय गराउन सृष्टी गर्नुभयो। हे हाम्रो चट्टान! तपाईले अरु राष्ट्रहरुलाई सजाय दिन तिनीहरुलाई नियुक्त गर्नुभयो।
Acts 4:28
यी सबै मानिसहरू तपाईंले तपाईंको शक्ति अनि ज्ञानले योजना गरेका सबै कर्म गर्न एकत्रित भए।
Isaiah 10:15
मानिस भन्दा बञ्चरो राम्रो होइन जसले बञ्चरोले काट्ने काम गर्छ। मानिस भन्दा आरी राम्रो होइन जसले आरीद्वारा चिर्ने काम गर्छ। अनि मानिस भन्दा लौरो धेरै शक्तिशाली होइन जसले कसैलाई दण्ड दिन यसलाई प्रयोग गर्छ।