Proverbs 21 - ASV (Nepali)
1 The king's heart is in the hand of Jehovah as the watercourses: He turneth it whithersoever he will.राजाको हृदय परमप्रभुको हातमा हुन्छ, र त्यो खोलाको पानीझैं जता पायो उतै उहाँले बगाइ दिनु हुन्छ।
2 Every way of a man is right in his own eyes; But Jehovah weigheth the hearts.मानिसले आफ्नो नजरमा आफ्नो सम्पूर्ण व्यवहार सही देख्छ। तर परमप्रभुले हृदयमा के छ त्यो जाँच गर्नुहुन्छ।
3 To do righteousness and justice Is more acceptable to Jehovah than sacrifice.बलिदानहरू भन्दा, मानिसहरूले सही अनि न्याय काम गर्नु परमप्रभुको निम्ति अधिक महत्वपूर्ण हुन्छ।
4 A high look, and a proud heart, `Even' the lamp of the wicked, is sin.घमण्डी आँखा अनि गर्वले भरिएको मन पाप हो, र यिनीहरूले दुष्ट मानिसको दुष्टता चिनाउन प्रदीपको सलेदोको काम गर्छन्।
5 The thoughts of the diligent `tend' only to plenteousness; But every one that is hasty `hasteth' only to want.लगनशीलको योजनाहरूले मानिसहरूलाई लाभ गराउँछ, र हतार गर्नाले निश्चय दरिद्रता ल्याउँछ।
6 The getting of treasures by a lying tongue Is a vapor driven to and fro by them that seek death.झूटो बोलेर कमाएको सम्पत्ति वाफ झैं अस्थिर हुन्छ अनि त्यो घातक पासो बनिन्छ।
7 The violence of the wicked shall sweep them away, Because they refuse to do justice.दुष्ट मानिसहरूले गरेको नराम्रो कामले तिनीहरूलाई ध्वंश पार्छ। जुन संगत छ त्यो गर्नु यी मानिसहरू अस्वीकार गर्छन्।
8 The way of him that is laden with guilt is exceeding crooked; But as for the pure, his work is right.दुष्ट मानिसहरू सधैं अर्कालाई ठग्ने हुन्छन् तर असल मानिसहरू ईमान्दार र न्याय संगतका हुन्छन्।
9 It is better to dwell in the corner of the housetop, Than with a contentious woman in a wide house.एउटी झगडालु पत्नी सित घर भित्र बस्नु भन्दा शान्ति सित घरको एककुनामा बस्नु शान्तिमय हुन्छ।
10 The soul of the wicked desireth evil: His neighbor findeth no favor in his eyes.दुष्ट मानिसहरू सधैं खराब काम गर्न खोज्छन् अनि तिनीहरूले वरिपरि भएका मानिसहरूलाई दया देखाउँदैन।
11 When the scoffer is punished, the simple is made wise; And when the wise is instructed, he receiveth knowledge.दुष्ट मानिसहरूले सजाय पाउँदा सरल मानिसहरूले ज्ञान पाउँछन्। जब बुद्धिमानी मानिसहरूलाई अनुशाशित बनाइन्छ तिनीहरू अझैं ज्ञानी हुन्छन्।
12 The righteous man considereth the house of the wicked, `How' the wicked are overthrown to `their' ruin.परमप्रभुले दुष्ट मानिसहरूको घर माथि नजर राख्नु हुन्छ अनि दुष्ट मानिसहरूलाई ध्वंश पार्नु हुन्छ।
13 Whoso stoppeth his ears at the cry of the poor, He also shall cry, but shall not be heard.यदि कुनै गरीब मानिसले पुकार्दा कसैले कान थुन्छ भने उसले पुकार्दा पनि कसैले सुन्दैन।
14 A gift in secret pacifieth anger; And a present in the bosom, strong wrath.गुप्तरूपले दिइएको उपहारले रीस शान्त पार्छ। लुकाएर दिएको घूसले अझै डरलाग्दो क्रोधलाई पनि शान्त पारिदिन्छ।
15 It is joy to the righteous to do justice; But it is a destruction to the workers of iniquity.न्यायले इमान्दार मानिसहरूलाई आनन्दित तुल्याँउछ, तर कुकर्मीहरूलाई यसले भयभित पार्छ।
16 The man that wandereth out of the way of understanding Shall rest in the assembly of the dead.जो मानिस समझदारीको मार्गबाट बरालिन्छ ऊ अन्तमा मृत मानिसहरू सँग समाप्त हुन्छ।
17 He that loveth pleasure shall be a poor man: He that loveth wine and oil shall not be rich.जसले सूख-भोगलाई प्रेम गर्छ ऊ दरिद्र बन्छ। जसले दाखरस अनि तेललाई प्रेम गर्छ ऊ धनी हुनु सक्दैन्।
18 The wicked is a ransom for the righteous; And the treacherous `cometh' in the stead of the upright.एउटा दुष्ट मानिस एउटा धर्मी मानिसको निम्ति उद्धारक हुनेछ, अनि त्यसरीनै एउटा अविश्वासी मानिस इमान्दार मानिसको निम्ति हुनेछ।
19 It is better to dwell in a desert land, Than with a contentious and fretful woman.छिटो रिसाउने र झगडेलु स्वभाव भएकी पत्नी सित बस्नुभन्दा निर्जन मरूभूमिमा रहनु असल हुन्छ।
20 There is precious treasure and oil in the dwelling of the wise; But a foolish man swalloweth it up.बुद्धिमान मानिसले आफूलाई चाहिने चीजहरू संचय गरेर राख्छ भने, मूर्खले यो सबैलाई खाने र खर्च गर्नेछ।
21 He that followeth after righteousness and kindness Findeth life, righteousness, and honor.जो इमान्दार जीवन जीउछ र विश्वास देखाउँछ उसले असल जीवन, सम्पत्ति अनि आदर आर्जन गर्छ।
22 A wise man scaleth the city of the mighty, And bringeth down the strength of the confidence thereof.एकजना ज्ञानी मानिसहरूले सशस्त्र सेनाहरूको शहर आक्रमण गरे अनि उनीहरूको सुरक्षित र भरपर्दो किल्लालाई ध्वंश गरि दिए। ज्ञानी मानिसलाई कुनै कुराको अफ्ठेरो पर्दैन।
23 Whoso keepeth his mouth and his tongue Keepeth his soul from troubles.जसले आफ्नो मुख र जिब्रोलाई नियन्त्रणमा राख्छ उसले आफैंलाई कष्टबाट रक्षा गर्छ।
24 The proud and haughty man, scoffer is his name; He worketh in the arrogance of pride.जो मानिस जसले आफूलाई अरू मानिसहरू भन्दा श्रेष्ट ठान्छ त्यो घमण्डी हो अनि उसलाई “खिल्ली उडाउनेवाला” नामद्वारा बोलाइन्छ, उसले अत्यन्त घमण्डकासाथ काम गर्छ।
25 The desire of the sluggard killeth him; For his hands refuse to labor.एउटा अल्छे मानिसको लालसाले उसलाई मार्छ, किनभने उसको हातहरूले काम गर्न अस्वीकार गर्छन्।
26 There is that coveteth greedily all the day long; But the righteous giveth and withholdeth not.लोभि मानिसले उसका सबै दिनहरू धेरै पाउँने इच्छ गर्दै बिताउँछ, तर धर्मी मानिसले उदारता पूर्वक दिन्छ।
27 The sacrifice of the wicked is an abomination: How much more, when he bringeth it with a wicked mind!दुष्ट मानिसले चढाएको बलिदान त्यसै पनि परमेश्वरले घृणा गर्नु हुन्छ, त्यसमाथि पनि दष्ट अभिप्रायले चढाएको त झन घृणित हुन जान्छ।
28 A false witness shall perish; But the man that heareth shall speak so as to endure.झूटो साक्षीहरूको नाश हुन्छ, तर एकजना मानिस जसले सवाधानी पूर्वक सुन्छ ऊ सधैंको निम्ति बोल्छ।
29 A wicked man hardeneth his face; But as for the upright, he establisheth his ways.एउटा दुष्ट मानिसले अविवेकी अनि साहसी कार्यहरू गर्छ तर एउटा इमान्दार मानिसले उसको कार्यहरूमा सोच विचार गर्छ।
30 There is no wisdom nor understanding Nor counsel against Jehovah.कुनै पनि यस्तो ज्ञान अथवा समझ शक्ति अथवा सल्लाह छैन जसले परमप्रभुलाई जित्न सक्छ।
31 The horse is prepared against the day of battle; But victory is of Jehovah.मानिसहरूले लडाईं जित्न हात-हतियार तथा घोडा तयार पार्न सक्छन, तर तिनीहरूलाई विजय अथवा पराजय परमप्रभुले नै दिनु हुन्छ।
Nepali Bible