Judges 2 - DBY (Nepali)
1 Now the angel of the LORD went up from Gilgal to Bochim. And he said, "I brought you up from Egypt, and brought you into the land which I swore to give to your fathers. I said, 'I will never break my covenant with you,परमप्रभुका स्वर्गदूत गिलगाल शहर देखि बोकीम शहरसम्म गए। स्वर्गदूतले इस्राएलका मानिसहरूलाई भने, “मैले तिमीहरूलाई मिस्रदेशबाट बाहिर ल्याएँ। मैले तिमीहरूलाई यो भूमिमा ल्याएँ जो मैले तिमीहरूका पिता-पुर्खाहरूलाई दिनेछु भनी प्रतिज्ञा गरेको थिएँ। मैले तिमीहरूलाई भनेको थिएँ कि तिमीहरूसित गरेको करार कहिल्यै भङ्ग गर्ने छैन।
2 and you shall make no covenant with the inhabitants of this land; you shall break down their altars.' But you have not obeyed my command. What is this you have done?तर बद्लामा, तिमीहरूले यस भूमिमा बस्ने मानिसहरूसित कुनै पनि करार कहिले बाँध्ने छैनौ। तिमीहरूले तिनीहरूका वेदीहरू नष्ट गर्नुपर्छ। त्यो तिमीहरूलाई मैले भनेको थिएँ। तर तिमीहरूले मेरो आज्ञा पालन गरेनौं।
3 So now I say, I will not drive them out before you; but they shall become adversaries to you, and their gods shall be a snare to you."“अब म तिमीहरूलाई भन्नेछु, ‘अब देखि उता यी मानिसहरूलाई म यो भूमिदेखि धपाउने छैन। यी मनिसहरू तिमीहरूको निम्ति समस्या बनिनेछन्। तिनीहरूका असत्य देवताहरूले तिमीहरूलाई पासोमा पार्नेछन्।”‘
4 When the angel of the LORD spoke these words to all the people of Israel, the people lifted up their voices and wept.परमप्रभुका स्वर्गदूतले इस्राएलका मानिसहरूलाई वचन दिइसके पछि मानिसहरू जोडले रोए।
5 And they called the name of that place Bochim; and they sacrificed there to the LORD.यसर्थ इस्राएलका मानिसहरूले जहाँ विलाप गरे त्यस स्थानको नाउँ, बोकीम राखे। बोकीममा इस्राएलका मानिसहरूले परमप्रभुका निम्ति बलिदानहरू अर्पण गरे।
6 When Joshua dismissed the people, the people of Israel went each to his inheritance to take possession of the land.तब यहोशूले मानिसहरूलाई घर जानु भने। यसर्थ हरेक कुल समूह त्यहाँ बस्नका निम्ति आफ्ना इलाका ओगटून गए।
7 And the people served the LORD all the days of Joshua, and all the days of the elders who outlived Joshua, who had seen all the great work which the LORD had done for Israel.इस्राएलीहरूले परमप्रभुको सेवा यहोशू जीवित रहेसम्म गरे अनि उसको मृत्यु पछि पनि जब सम्म बूढा प्रधानहरू रहिरहे। यी बूढा प्रधानहरूले इस्राएलका मानिसहरूका निम्ति परमप्रभुले गर्नु भएको सम्पूर्ण महान कुराहरू देखेका थिए।
8 And Joshua the son of Nun, the servant of the LORD, died at the age of one hundred and ten years.नूनका छोरा, परमप्रभुका सेवक यहोशूको एक सय दश वर्षको उमेरमा मृत्यु भयो।
9 And they buried him within the bounds of his inheritance in Tim'nath-he'res, in the hill country of E'phraim, north of the mountain of Ga'ash.इस्राएलका मानिसहरूले यहोशूलाई दफन गरिदिए। तिनीहरूले यहोशूलाई त्यो भूमिमा गाडिदिए जुन तिनलाई दिइएको थियो। त्यो तिम्नात-हेरेसमा गाशपर्वतको उत्तरतर्फ एप्रैमको पहाडी देशमा थियो।
10 And all that generation also were gathered to their fathers; and there arose another generation after them, who did not know the LORD or the work which he had done for Israel.त्यसपछि त्यो सम्पूर्ण पुस्ताको मृत्यु भयो, अर्को पुस्ता बढेर आयो। यो नयाँ पुस्ताले परमप्रभुको विषयमा अनि परमप्रभुले इस्राएलका मानिसहरूका निम्ति गर्नु भएको कुराहरू जान्दैनथ्यो।
11 And the people of Israel did what was evil in the sight of the LORD and served the Ba'als;यसकारणले इस्राएलका मानिसहरूले परमेश्वरसितको तिनीहरूको करार झूटा देवता बालको सेवा गरेर तोडिदिए।
12 and they forsook the LORD, the God of their fathers, who had brought them out of the land of Egypt; they went after other gods, from among the gods of the peoples who were round about them, and bowed down to them; and they provoked the LORD to anger.परमप्रभुले इस्राएलका मानिसहरूलाई मिस्रदेशबाट बाहिर ल्याउनु भएको थियो। अनि यी मानिसहरूका पिता-पुर्खाहरूले परमप्रभुलाई आराधना गरेका थिए। तर इस्राएलका मानिसहरूले परमप्रभुको अनुसरण गर्न छोडिदिए। इस्राएलका मानिसहरूले तिनीहरूका वरिपरि बस्ने मानिसहरूका झूटा देवताहरूको पूजा गर्न शुरू गरे। त्यसले परमप्रभुलाई क्वोधित तुल्यायो।
13 They forsook the LORD, and served the Ba'als and the Ash'taroth.इस्राएलका मानिसहरूले परमप्रभुको आराधना अनुसरण गर्न छोडे र बाल र अश्तारोतको पूजा गर्न थाले।
14 So the anger of the LORD was kindled against Israel, and he gave them over to plunderers, who plundered them; and he sold them into the power of their enemies round about, so that they could no longer withstand their enemies.परमप्रभु इस्राएलीहरूसित क्वोधित हुनुभयो। यसकारण परमप्रभुले लुटमार गर्नेहरूलाई इस्राएलीहरूमाथि आक्वमण गर्ने र सम्पति लूट्ने अनुमति दिनुभयो। परमप्रभुले तिनीहरूका वरिपरि बस्ने तिनीहरूका शत्रुहरूलाई, पराजित गर्न दिनुभयो। इस्राएलीहरूले तिनीहरू स्वयंलाई आफ्ना शत्रुहरूको आक्वमण विरूद्ध आफ्नो रक्षा गर्न सकेनन्।
15 Whenever they marched out, the hand of the LORD was against them for evil, as the LORD had warned, and as the LORD had sworn to them; and they were in sore straits.यदि इस्राएलीहरूले तिनीहरूका छिमेकिहरूका देवताहरूको सेवा गरे, उहाँले त्यसो गर्छु भनी प्रतिज्ञा गर्नु भए जस्तै जहिले पनि इस्राएलीहरू लडाँई गर्थे परमप्रभु तिनीहरूको विरूद्धमा रहनु हुन्थ्यो। यसकारण तिनीहरू लगातार पराजित भइरहे। इस्राएलका मानिसहरूले अनेक कष्ट पाए।
16 Then the LORD raised up judges, who saved them out of the power of those who plundered them.तब परमप्रभुले न्यायकर्त्ता भनिने अगुवाहरू चुन्नुभयो। यी अगुवाहरूले इस्राएलका मानिसहरूलाई तिनीहरूको सम्पत्तिहरू लाने शत्रुहरूबाट बचाए।
17 And yet they did not listen to their judges; for they played the harlot after other gods and bowed down to them; they soon turned aside from the way in which their fathers had walked, who had obeyed the commandments of the LORD, and they did not do so.तर इस्राएलका मानिसहरूले आफ्ना न्यायकर्त्ताहरूको कुरा सुनेनन्। इस्राएलका मानिसहरू परमेश्वर प्रति विश्वासनीय थिएनन्। तिनीहरूले अन्य देवताहरूको अनुसरण गरे। अतीतमा इस्राएली मानिसहरूका पिता-पुर्खाहरूले परमप्रभुको आज्ञा पालन गर्दथे। तर अहिले इस्राएली मानिसहरू परिवर्तन भए अनि परमप्रभुको आज्ञा पालन गर्न छोडे।
18 Whenever the LORD raised up judges for them, the LORD was with the judge, and he saved them from the hand of their enemies all the days of the judge; for the LORD was moved to pity by their groaning because of those who afflicted and oppressed them.धेरै पल्ट इस्राएलका शत्रुहरूले मानिसहरू प्रति नराम्रा कुराहरू गरे। यसर्थ इस्राएलका मानिसहरूले सहायताको निम्ति विलाप गरे। परमप्रभु धेरै पल्ट मानिसहरूका निम्ति दुःखीत हुनुभयो। धेरै पल्ट उहाँले मानिसहरूलाई तिनीहरूका शत्रुहरूबाट बचाउँनको निम्ति न्यायकर्त्ता पठाउनु भयो। परमप्रभु सदैव ती न्यायकर्त्ताहरूसित हुनुहुन्थ्यो। यसरी धेरै पल्ट इस्राएलका मानिसहरूलाई तिनीहरूका शत्रुहरूबाट बचाउँनु भयो।
19 But whenever the judge died, they turned back and behaved worse than their fathers, going after other gods, serving them and bowing down to them; they did not drop any of their practices or their stubborn ways.तर जब हरेक न्यायकर्त्ताको मृत्यु हुन्थ्यो, इस्राएलका मानिसहरू फेरि पाप गर्न अनि असत्य देवताहरूको पूजा गर्न शुरू गर्थे। इस्राएलका मानिसहरू अति हठी थिए? तिनीहरूले आफ्ना कुकर्म छोडन् अस्वीकार गरे।
20 So the anger of the LORD was kindled against Israel; and he said, "Because this people have transgressed my covenant which I commanded their fathers, and have not obeyed my voice,यसर्थ परमप्रभु इस्राएलका मानिसहरूसित क्वोधित हुनुभयो, अनि उहाँले भन्नुभयो, “यी जातिहरूले तिनीहरूका पिता-पुर्खाहरूसित गरेको मेरो करारलाई भङ्ग गरेका छन्। तिनीहरूले मेरो कुरा सुनेनन्।
21 I will not henceforth drive out before them any of the nations that Joshua left when he died,यसर्थ इस्राएलका मानिसहरूका निम्ति म अब उप्रान्त ती जातिहरूलाई पराजित गरेर मार्ग खुल्ला गरिदिने छैन। ती मानिसहरू त्यस बेलासम्म त्यही भूमिमा थिए जब यहोशूको मृत्यु भयो। अनि म ती जातिहरूलाई यस भूमिमा रहनदिनेछु।
22 that by them I may test Israel, whether they will take care to walk in the way of the LORD as their fathers did, or not."म ती जातिहरूलाई इस्राएलका मानिसहरूको जाँच गर्नमा प्रयोग गर्नेछु। म यो हेर्ने छु कि इस्राएलीहरूले तिनीहरूका पिता-पुर्खाहरूले झैं परमप्रभुका आज्ञा पालन गर्छन् कि गर्दैनन्।”
23 So the LORD left those nations, not driving them out at once, and he did not give them into the power of Joshua.परमप्रभुले ती जातिहरूलाई त्यस भूमिमा रहनदिनु भयो। परमप्रभुले ती जातिहरूलाई देश झट्टै छोड्नु भनी बाध्य तुल्याउनु भएन। उहाँले यहोशूका सेनालाई पराजित गर्न तिनीहरूलाई दिनु भएन।
Nepali Bible