John 4 - ASV (Nepali)
1 When therefore the Lord knew that the Pharisees had heard that Jesus was making and baptizing more disciples than Johnयेशूले यूहन्नाले भन्दा धेरै चेलाहरू बनाउँनु हुँदैछ साथै बप्तिस्मा पनि दिनु हुँदैछ भन्ने फरिसीहरूले सुने।
2 (although Jesus himself baptized not, but his disciples),तर वास्तवमा येशू स्वयंले बप्तिस्मा दिनु भएको थिएन। उहाँका चेलाहरूले उहाँकै निम्ति मानिसहरूलाई बप्तिस्मा दिइरहेका थिए। फरिसीहरूले उहाँको विषयमा सुनिसकेका थिए भनेर येशूलाई थाहा थियो।
3 he left Judea, and departed again into Galilee.त्यसैले येशू यहूदिया छोडेर गालील र्फकनु भयो।
4 And he must needs pass through Samaria.गालील जाँदा येशूलाई सामरिया देश भएर जानु पर्थ्यो।
5 So he cometh to a city of Samaria, called Sychar, near to the parcel of ground that Jacob gave to his son Joseph:सामरिया अन्तर्गत सिचार भन्ने शहरमा येशू आइपुग्नु भयो। यो शहर याकूबले आफ्ना छोरो यूसुफलाई दिएको जमीनको नजीक पर्थ्यो।
6 and Jacob's well was there. Jesus therefore, being wearied with his journey, sat thus by the well. It was about the sixth hour.याकूबको कुवा त्यहाँ थियो। येशू आफ्नो लामो यात्राबाट थाकेपछि त्यही कुवाकै छेउमा विश्राम गर्न बस्नुभयो। त्यसबेला प्रायः मध्यान्हको समय थियो।
7 There cometh a woman of Samaria to draw water: Jesus saith unto her, Give me to drink.एउटी सामरी स्त्री कुवामा पानी भर्नु आई। येशूले तिनलाई भन्नुभयो, “दया गरेर मलाई पिउने पानी देऊ।”
8 For his disciples were gone away into the city to buy food.त्यस समय येशूका चेलाहरू शहरमा खानेकुरा किन्न गएका थिए।
9 The Samaritan woman therefore saith unto him, How is it that thou, being a Jew, askest drink of me, who am a Samaritan woman? (For Jews have no dealings with Samaritans.)सामरी स्त्रीले उत्तर दिई, “तपाईंले पानी मागेको देखेर म छक्क परे। तपाईं यहूदी हुनुहुन्छ अनि म एउटी सामरी स्त्री!” यहूदीहरूले सामरीहरूसंग केही सम्बन्ध राख्दैनन्।
10 Jesus answered and said unto unto her, If thou knewest the gift of God, and who it is that saith to thee, Give me to drink; thou wouldest have asked of him, and he would have given thee living water.यशूले उत्तर दिनुभयो, “यदि परमेश्वरले के प्रदान गर्नु हुन्छ अनि ऊ जसले पानी माग्दैछ, तिमीले जानेको भए, तिमी मलाई माग्ने थियौ र म तिमीलाई जिउँदो पानी दिनेथिएँ।”
11 The woman saith unto him, Sir, thou hast nothing to draw with, and the well is deep: whence then hast thou that living water?त्यस स्त्रीले भनी, “महोदय! त्यस्तो जिउँदो पानी कहाँ पाउनुहुन्छ? यो कुवा निकै गहिरो छ, पानी निकाल्न तपाईंसंग केही छैन।
12 Art thou greater than our father Jacob, who gave us the well, and drank thereof himself, and his sons, and his cattle?तपाईं हाम्रो पुर्खा याकूब भन्दा पनि महान हुनुहुन्छ? याकूबले यो कुवा हामीलाई दिनुभयो। उहाँले यसैबाट पानी पिउनु भयो। उहाँका छोराहरू र उहाँका गाई-बस्तुहरूले यही कुवाबाट पानी पिए।”
13 Jesus answered and said unto her, Every one that drinketh of this water shall thirst again:येशूले उत्तरमा भन्नुभयो, “प्रत्येक मानिस जजसले यसको पानी पिउँदछ तिनीहरू पुनः तिर्खाउनेछन्।
14 but whosoever drinketh of the water that I shall give him shall never thirst; but the water that I shall give him shall become in him a well of water springing up unto eternal life.तर त्यस मानिस जसले, मैले दिएको पानी पिउँदछ ऊ फेरि तिर्खाउनेछैन। मैले जुन पानी उसलाई दिन्छु, त्यो मानिस उम्रिरहने पानीको मूल बनिनेछ। जून पानीले अनन्त जीवन दिन्छ त्यही स्रोतबाट बहनेछ।”
15 The woman saith unto him, Sir, give me this water, that I thirst not, neither come all the way hither to draw.त्यस स्त्रीले येशूलाई भनी, “महोदय, मलाई त्यो पानी दिनुहोस् ताकि म कहिल्यै तिर्खाउने छैन अनि म अझ बेसी पानी भर्न यहाँ आइरहन पर्दैन।”
16 Jesus saith unto her, Go, call thy husband, and come hither.येशूले तिनलाई भन्नुभयो, “जाऊ, तिम्रो पतिलाई बोलाऊ अनि यहाँ फर्केर आऊ।”
17 The woman answered and said unto him, I have no husband. Jesus saith unto her, Thou saidst well, I have no husband:त्यस स्त्रीले भनी, “तर मेरो पति छैन।”येशूले तिनलाई भन्नुभयो, “तिमीले सही भन्यौ कि तिम्रो पति छैन।
18 for thou hast had five husbands; and he whom thou now hast is not thy husband: this hast thou said truly.तिम्रो पाँच जना पतिहरू थिए, अनि तिमीसित जुन पुरूष अहिले बसिरहेको छ त्यो तिम्रो पति होइन्। “तिमीले जे भन्यौ साँचो हो।
19 The woman saith unto him, Sir, I perceive that thou art a prophet.त्यस स्त्रीले भनी, “महोदय, अब म जान्न सक्छु कि तपाईं अगमवक्ता हुनुहुन्छ।”
20 Our fathers worshipped in this mountain; and ye say, that in Jerusalem is the place where men ought to worship.हाम्रो पुर्खाहरूले यो पर्वतमा उपासना गर्थे। तर तपाईं यहूदीहरू भन्नुहुन्छ कि यरूसलेम नै त्यो स्थान जहाँ हामीले परमेश्वरको उपासना गर्नु पर्छ।”
21 Jesus saith unto her, Woman, believe me, the hour cometh, when neither in this mountain, nor in Jerusalem, shall ye worship the Father.येशूले भन्नुभयो, “मलाई विश्वास गर, नारी! एक समय आइरहेकोछ जब तिमीले पितालाई यो पहाडमा अथवा यरूशलेमा आराधाना गर्ने छैनौ।
22 Ye worship that which ye know not: we worship that which we know; for salvation is from the Jews.तिमी सामरीहरू जे आराधना गर्दछौं। त्यो जान्दैनौ। हामी यहूदीहरू के आराधना गर्दछौं त्यो जान्दछौं। मुक्ति यहूदीहरूबाटै आउँदछ।
23 But the hour cometh, and now is, when the true worshippers shall worship the Father in spirit and truth: for such doth the Father seek to be his worshippers.समय आइरहेछ जब सत्य आराधकहरू आफ्ना पितालाई आत्मा र सत्यतामा आराधाना गर्नेछन्। अनि त्यो समय आइसकेको छ। यस किसिमका आराधकहरूलाई नै पिताले चाहनुहुन्छ।
24 God is a Spirit: and they that worship him must worship in spirit and truth.परमेश्वर आत्मा हुनुहुन्छ। यसैले जसले परमेश्वरलाई पुज्दछ उहाँलाई आत्मा र सत्यतामा नै आराधाना गर्नु पर्छ।”
25 The woman saith unto him, I know that Messiah cometh (he that is called Christ): when he is come, he will declare unto us all things.त्यस स्त्रीले भनी, “म जान्दछु मसीह (ख्रीष्टलाई भनिन्छ) आउनु हुँदैछ।” “जब उहाँ आउनुहुन्छ, उहाँले हामीलाई प्रत्येक कुराको व्याख्या गर्नु हुनेछ।”
26 Jesus saith unto her, I that speak unto thee am `he'.तब येशूले भन्नुभयो, “एक जो तिमीसित बोलिरहेछु, म मसीह हुँ।”
27 And upon this came his disciples; and they marvelled that he was speaking with a woman; yet no man said, What seekest thou? or, Why speakest thou with her?त्यस समय येशूका चेलाहरू शहरबाट फर्केर आए। तिनीहरू यशूलाई एक जना स्त्रीसंग यसरी बात गरिरहेको देखेर छक्क परे। तर तिनीहरू कसैले पनि सोध्ने आँट गरेनन्, “तपाईं के चाहनु हुन्छ?” वा “तपाईं यस स्त्रीसंग किन बात गरिरहनु भएको छ?
28 So the woman left her waterpot, and went away into the city, and saith to the people,तब त्यस स्त्रीले पानी भर्ने गाग्रो त्यतै छाडी र नगर तिर लागी। तिनले शहर-वासीहरूलाई भनिन्,
29 Come, see a man, who told me all things that `ever' I did: can this be the Christ?“एकजना मानिसले मैले गरेको सबै कुरा बताइदिनुभयो। आऊ उहाँलाई हेर। के उहाँ ख्रीष्ट हुनु सक्छ?”
30 They went out of the city, and were coming to him.तब मानिसहरू शहर छाडे अनि येशू कहाँ गए।
31 In the mean while the disciples prayed him, saying, Rabbi, eat.जब त्यस स्त्री शहरमा थिई, येशूका चेलाहरूले उहाँलाई आग्रह गरिरहेका थिए, “रब्बी, केही खानुहोस्!”
32 But he said unto them, I have meat to eat that ye know not.तर येशूले उत्तर दिनुभयो, “मसंग खाने भोजन छ, जुन तिमीहरूलाई थाहा छैन।”
33 The disciples therefore said one to another, Hath any man brought him `aught' to eat?तब चेलाहरूले आपसमा सोधे, “के कसैले येशूलाई केही भोजनहरू ल्याई दिएका थिए?”
34 Jesus saith unto them, My meat is to do the will of him that sent me, and to accomplish his work.येशूले भन्नुभयो, मेरो भोजन जसले मलाई यहाँ पठाँउनु भएको छ उहाँको इच्छालाई अनुसरण गर्नु हो अनि उहाँले मलाई दिएको काम पूरा गर्नु हो।
35 Say not ye, There are yet four months, and `then' cometh the harvest? behold, I say unto you, Lift up your eyes, and look on the fields, that they are white already unto harvest.‘जब तिमीहरू रोपाई गर्छौ र भन्छौ बाली काटन अझै चार महीना छ, तर तिमीहरू आफ्ना आँखा खोल र मानिसहरूलाई हेर।’ तिनीहरू पनि बाली काट्ने समय भएको खेतबारी जस्ता छन्।
36 He that reapeth receiveth wages, and gathereth fruit unto life eternal; that he that soweth and he that reapeth may rejoice together.अहिले सम्म, जसले बाली काट्छ उसैले ज्याला पाउँछ। उसैले जसले अनन्त जीवनको लागि फसल थुपार्दछ। यसैले जसले रोपाई गर्दछ र जसले बाली काट्दछ दुवै सँगै आनन्दित हुँदछ।
37 For herein is the saying true, One soweth, and another reapeth.यसर्थ त्यो भनाई, ‘एकजना मान्छेले रोप्छ अनि अर्को मान्छेले बाली काट्छ यो विषय सत्य छ।’
38 I sent you to reap that whereon ye have not labored: others have labored, and ye are entered into their labor.तिमीहरूलाई मैले बाली काट्न पठाए जुन तिमीहरूले रोपेनौ। अरुले काम गरे र तिनीहरूका कामबाट तिमीहरूले फल पाएका छौ।”
39 And from that city many of the Samaritans believed on him because of the word of the woman, who testified, He told me all things that `ever' I did.त्यो स्त्रीको प्रमाणको कारणले गर्दा सामारी शहरमा धेरै जसो मानिसहरूले विश्वास गरे। तिनले भनिन्, “उहाँले मैले जे गरेकी थिए प्रत्येक कुरा भन्नु भयो।”
40 So when the Samaritans came unto him, they besought him to abide with them: and he abode there two days.तब सामरीहरू येशूकहाँ आए। येशूलाई उनीहरूसँगै बस्ने आग्रह गरे। तब येशू त्यहाँ दुइ दिन बस्नुभयो।
41 And many more believed because of his word;तर अझ धेरै मानिसहरूले उहाँकै वचनको कारणले उहाँलाई विश्वास गरे।
42 and they said to the woman, Now we believe, not because of thy speaking: for we have heard for ourselves, and know that this is indeed the Saviour of the world.मानिसहरूले सामरीकी त्यस स्त्रीलाई भने, “प्रथम हामीले तिमीले जे भन्यौ त्यसको कारणले गर्दा येशूमाथि विश्वास गरयौ। तर अब हामीले आफ्नो लागि जे सुनेका छौं त्यही कारणले विश्वास गर्छौं। हामीले अब बुझन थाल्यौं कि उहाँ मात्र एक त्यस्तो मानिस हुनुहुन्छ जसद्वारा यो संसार बाँच्न सक्छ।”
43 And after the two days he went forth from thence into Galilee.दुइ दिन बितिसके पछि त्यो ठाँउ छाडेर येशू गालीलमा जानुभयो।
44 For Jesus himself testified, that a prophet hath no honor in his own country.येशूले अघि बाटै भनिसक्नु भएको थियो कि उहाँको आफ्नो देशमा आगमवक्तालाई आदर गरिदैन।
45 So when he came into Galilee, the Galilaeans received him, having seen all the things that he did in Jerusalem at the feast: for they also went unto the feast.यसर्थ जब येशू गालीलमा आइपुग्नु भयो तिनीहरूले उहाँलाई स्वागत गरे कारण तिनीहरूले येशूले यरूशलेमको निस्तार चाडमा गरेका सबै कुराहरू देखी सकेका थिए। तिनीहरू पनि चाडको लागि गएका थिए।
46 He came therefore again unto Cana of Galilee, where he made the water wine. And there was a certain nobleman, whose son was sick at Capernaum.येशू गालील अन्तर्गत कानामा फेरि जानुभयो जहाँ येशूले पानीलाई दाखरसमा परिवर्तन गर्नु भएको थियो। त्यहाँ कफर्नहुममा एकजना राजाका अधिकारी थिए। त्यो अधिकारिको छोरो बिमारी थियो।
47 When he heard that Jesus was come out of Judaea into Galilee, he went unto him, and besought `him' that he would come down, and heal his son; for he was at the point of death.त्यस मानिसले यहूदियाबाट येशू गालील तर्फ आइरहनु भएको भनी सुने। तब येशूलाई भेट्न तिनी कानातर्फ गए। उसले येशूलाई कफर्नहुममा आउने अनि उसको छोरोलाई निको पारिदिन बिन्ती गरयो। उसको छोरो मर्न आँटेको थियो।
48 Jesus therefore said unto him, Except ye see signs and wonders, ye will in no wise believe.येशूले उनलाई भन्नुभयो, “तिमीहरूले आश्चर्यपूर्ण कुराहरू र चमत्कारिक चिन्हहरू हेर्नु पर्छ नत्र तिमीहरूले विश्वास गर्ने छैनौ।”
49 The nobleman saith unto him, Sir, come down ere my child die.राजाको अधिकारीले भन्नुभयो, “महोदय, मेरो छोरो मर्न अघि मेरो घरमा एकपल्ट आई दिनुहोस।”
50 Jesus saith unto him, Go thy way; thy son liveth. The man believed the word that Jesus spake unto him, and he went his way.येशूले उत्तर दिनुभयो, “जाऊ, तिम्रो छोरो बाँच्नेछ।”येशूले भन्नुएको कुरा त्यस मानिसले विश्वास गर्यो अनि घर र्फकि आयो।
51 And as he was now going down, his servants met him, saying, that his son lived.घरजाँदै गर्दा बाटामा उसको नोकरसंग भेट भयो। नोकरले भन्यो, तपाईंको छोरो जाती भएको छ।”
52 So he inquired of them the hour when he began to amend. They said therefore unto him, Yesterday at the seventh hour the fever left him.त्यस मानिसले सोधे, “कुन समयबाट त्यो निको हुन थाल्यो?” उसको नोकरले उत्तर दियो, “हिजो दिउँसो एक बजेदेखि तपाईंको छोरोको ज्वरो हट्यो।”
53 So the father knew that `it was' at that hour in which Jesus said unto him, Thy son liveth: and himself believed, and his whole house.त्यस अधिकारीले बुझ्यो कि येशूले उसलाई त्यही समयमा भन्नुभएको थियो, “तिम्रो छोरो जीवित रहनेछ।” यसर्थ उनी लगायत घरका सबै मानिसहरूले येशूमाथि विश्वास गरे।
54 This is again the second sign that Jesus did, having come out of Judaea into Galilee.यहूदियाबाट गालीलमा आए पछि यो दोस्रो चमत्कारपूर्ण कार्य येशूले गर्नुभएको हो।
Nepali Bible