John 3:2 in Nepali

Nepali Nepali Bible John John 3 John 3:2

John 3:2
एक-रात निकोदेमस् येशूकहाँ आए। उनले भने, “रब्बी, हामी जान्दछौ तपाईं परमेश्0वरद्वारा पठाएको एकजना शिक्षक हुनुहुन्छ। किनभने परमेश्वरको सहयोग बिना तपाईंले जुन चमत्कारहरू गर्नु हुँदैछ कुनै मानिसले गर्नु सक्तैन।”

John 3:1John 3John 3:3

John 3:2 in Other Translations

King James Version (KJV)
The same came to Jesus by night, and said unto him, Rabbi, we know that thou art a teacher come from God: for no man can do these miracles that thou doest, except God be with him.

American Standard Version (ASV)
the same came unto him by night, and said to him, Rabbi, we know that thou art a teacher come from God; for no one can do these signs that thou doest, except God be with him.

Bible in Basic English (BBE)
He came to Jesus by night and said to him, Rabbi, we are certain that you have come from God as a teacher, because no man would be able to do these signs which you do if God was not with him.

Darby English Bible (DBY)
he came to him by night, and said to him, Rabbi, we know that thou art come a teacher from God, for none can do these signs that thou doest unless God be with him.

World English Bible (WEB)
The same came to him by night, and said to him, "Rabbi, we know that you are a teacher come from God, for no one can do these signs that you do, unless God is with him."

Young's Literal Translation (YLT)
this one came unto him by night, and said to him, `Rabbi, we have known that from God thou hast come -- a teacher, for no one these signs is able to do that thou dost, if God may not be with him.'

The
same
οὗτοςhoutosOO-tose
came
ἦλθενēlthenALE-thane
to
πρὸςprosprose

τὸνtontone
Jesus
Ἰησοῦνiēsounee-ay-SOON
by
night,
νυκτὸςnyktosnyook-TOSE
and
καὶkaikay
said
εἶπενeipenEE-pane
him,
unto
αὐτῷautōaf-TOH
Rabbi,
Ῥαββίrhabbirahv-VEE
we
know
οἴδαμενoidamenOO-tha-mane
that
ὅτιhotiOH-tee
thou
art
a
teacher
ἀπὸapoah-POH
come
θεοῦtheouthay-OO
from
ἐλήλυθαςelēlythasay-LAY-lyoo-thahs
God:
διδάσκαλος·didaskalosthee-THA-ska-lose
for
οὐδεὶςoudeisoo-THEES
no
man
γὰρgargahr
can
ταῦταtautaTAF-ta
do
τὰtata
these
σημεῖαsēmeiasay-MEE-ah

δύναταιdynataiTHYOO-na-tay
miracles
ποιεῖνpoieinpoo-EEN
that
haa
thou
σὺsysyoo
doest,
ποιεῖςpoieispoo-EES

ἐὰνeanay-AN
except
μὴmay

ēay
God
hooh
be
θεὸςtheosthay-OSE
with
μετ'metmate
him.
αὐτοῦautouaf-TOO

Cross Reference

Acts 10:38
तिमी नासरतका येशूको विषयमा जान्दछौ। परमेश्वरले उहाँलाई पवित्र-आत्मा र शक्ति प्रदान’ गरेर ख्रीष्ट बनाउनु भयो। येशू चारैतिरका मानिसहरूको लागि राम्रो काम गर्दै जानुभयो अनि प्रेतात्मा वा दुष्टात्मा लागेका मानिसहरूलाई उहाँले निको पार्नुभयो। यसले परमेश्वर येसूको साथमा भएको प्रमाण दिदँछ।

Acts 2:22
“मेरो यहूदी दाज्यु-भाइहरू, यी शब्दहरूमा ध्यान देऊः नासरतको बासिन्दा येशू विशिष्ट मानिस हुनुहुन्थ्यो। परमेश्वरले यो स्पष्ट रुपमा तिमीहरूलाई देखाउनु भयो। परमेश्वरले येशूको माध्यमद्वारा शक्तिशाली अनि आर्श्चजनक कुराहरू गरेर यसलाई प्रमाण गर्नुभयो। तिमीहरू सबै जनाले यी कुराहरू देखेका छौ।

Matthew 22:16
फरिसीहरूले येशूलाई फँसाउन केही मानिसहरू पठाए। तिनीहरूले केही आफ्नै मानिसहरू र केही हेरोदी दलका मानिसहरूलाई पठाए। ती मानिसहरूले भने, “गुरूज्यू, तपाईं अति इमान्दार हुनूहुन्छ भनेर हामी जान्दछौ। हामी जान्दछौं तपाईंले परमेश्वरको मार्ग बारे ठीकसित सिकाउनुहुन्छ। तपाईं कसैसित डराउनु हुन्न। तपाईंको अधि सबै मानिसहरू समान छन्। यसर्थ हामीलाई तपाईंका धारणा भन्नु होस्।

John 1:38
येशूले फर्केर हेर्नु भयो र उहाँको पछि ती दुइजना चेला आहरहेको देखेर उहाँले भन्नुभयो, “तिमीहरू के चाहन्छौ?”ती दूइजनाले भने, “रब्बी, तपाँईं कहाँ बस्नुहुन्छ?”

John 3:26
त्यसैले चेलाहरू यूहन्ना कहाँ आए। तिनीहरूले भने, “गुरूज्यू, के तपाईं त्यो मान्छेलाई सम्झनु हुन्छ जो तपाईंसंग यर्दन नदी पारी थियो? उनी त्यही एक मानिस हुन जसको विषयमा तपाईंले मानिसहरूलाई भनिरहनु भएको थियो। अहिले उनले मानिसहरूलाई बप्तिस्मा दिइरहेछन् अनि धेरैजना उनी कहाँ गइरहेछन्।

John 5:36
“तर मसंग मेरै विषयमा जुन साक्षी छ त्यो यूहन्नाको भन्दा महान छ। जुन कामहरू म गरिरहेकोछु त्यही नै मेरो साक्षी हो। पिता जसले मलाई पठाउनु भयो त्यो कामहरू शेष गर्नलाई दिनु भयो।

John 9:16
कोही फरिसीहरूले भने, “त्यस मानिसले विश्रामको दिन पालन गर्दैन। यसैले ऊ परमेश्वरबाट आएको होइन।”अन्य मानिसहरूले भने, “तर जो मानिस पापी छ उसले यस्तो चमत्कारहरू गर्न सक्तैन।” ती यहूदीहरू आपसमा सहमत हुन सकेनन्।

Philippians 1:14
म अझै बन्दी छु, तर धेरै जसो विश्वासीहरू सुसमाचार सहास र निर्भय साथ प्रचार गर्न सहासी बनिएका छन्।

Acts 4:16
तिनीहरूले भने, “हामीहरूले ती प्रेरितहरूसित के गर्नु पर्ने? यरूशलेमका प्रत्येक मानिसहरूले जान्दछन् कि तिनीहरूले ठूलो आर्श्चयकर्म गरेकाछन्। यो छर्लङ्गा छ। हामी यसलाई सत्य होइन भन्न सक्तैनौ।

John 20:16
येशूले उसलाई भन्नुभयो, “हे मरियम।”मरियम येशू तर्फ फर्की र यहूदी भाषामा उसलाई भनी, “रब्बोनी।” (अर्थ “हे गुरुज्यु”)

John 19:38
त्यसपछि अरिमाथियावासी योसेफ नाम भएकोले पितालसलाई येशूको मृत-शरीर लैजान पाऊँ भनेर विन्ती गरे। योसेफ येशूका चेलाहरू मध्ये एक थिए। तर तिनले यहूदीहरूको डरले यो गुप्त राखे। पिलातसले योसेफलाई येशूको शरीर लान सक्छ भनेर अनुमति दिए। त्यसकारण योसेफ येशूको शरीर लिएर गए।

John 15:24
मैले ती मानिसहरू माझ जस्तो कुराहरू गरे अन्य कुनै मानिसले कहिल्यै गरेन। यदि मैले त्यस्तो कुराहरू नगरेको भए, तिनीहरू पापको-दोषी हुने नै थिएनन्। तर मैले जे-जे गरें ती सबै तिनीहरूले देखी सकेका छन्। तथापि तिनीहरूले मलाई र मेरा पितालाई घृणा गर्छन्।

Isaiah 51:7
तिमीहरू जसले मेरो धार्मिकतालाई जान्दछौ त्यसले मलाई ध्यान दिएर सुन्नु पर्छ। तिमीहरू जसले मेरो उपदेशहरू मान्दछौ उनीहरूले मैले भनेका कुराहरू मान्नु पर्दछ। दुष्ट मानिसहरूबाट नडराऊ। तिनीहरूले तिमीहरूलाई भनेका नराम्रा कुराहरूबाट नडराऊ।

Mark 12:14
फरिसीहरू र हेरोदीअन्सहरू येशूकहाँ पुगे अनि भन्न लागे, “हे गुरूज्यू हामी जान्दछौं कि तपाईं एक इमान्दार मानिस हुनुहुन्छ। अरूले के भन्लान् भनेर तपाईं डराऊनु हुँदैन। सबै तपाईंको अघाडी एउटै हुन्। अनि तपाईंले परमेश्वरको मार्ग ठीकसित सिकाईरहनू भएको छ। हामीलाई भन्नुहोसः के कैसरलाई कर बुझाउनु उचित छ? हामीले कर तिर्नु पर्ने हो कि नतिर्नु पर्ने हो?”

John 7:31
तर धेरै जनाले येशूमा विश्वास गरे। मानिसहरूले भने, “हामी ख्रीष्ट आउनु हुन्छ भनेर र्पखिरहेकाछौं। जब ख्रीष्ट आउनु हुनेछ तब उहाँले यो मानिसले भन्दा अझ बेशी चमत्कारहरू गर्न सक्नछन्? होइन, अतः यही मान्छे ख्रीष्ट हुनुपर्छ।”

John 7:50
तर निकोदिमस् ती अगुवाहरूमध्ये एकजना थिए। निकोदेमस त्यो मानिस थियो जो येशूलाई हेर्न पहिल्यै गएको थियो। उनले भने,

John 9:30
त्यस मानिसले उत्तर दियो, “यो कस्तो अचम्भको कुरा हो। येशू कहाँबाट आउनु भयो, तपाँईहरू जान्नु हुन्न। तर उहाँले मेरो आँखालाई निको पारी दिनु भयो।

John 11:47
तब मुख्य पूजाहारीहरू र फरिसीहरूले यहूदी परिषदको सभा डाके। तिनीहरूले भने, “हामीले के गर्नु पर्ने? यो मानिसले धेरै चमत्कारहरू गरिरहेछ।

John 12:37
यशूले यी धेरै चमत्कारहरू गर्नुभयो। ती मानिसहरूले त्यस्तो दोखिसके पश्चात् पनि उहाँमाथि विश्वास गरेनन्।

John 12:42
तर धेरै मानिसहरूले येशूमा विश्वास गरे। कतिपय यहूदी अगुवाहहरू सम्मले येशूमा विश्वास गरे। तर तिनीहरू फरिसीहरू देखि डराउँथे। यसैले तिनीहरूले येशूमा विश्वास गरे भनेर खुल्लम खुल्ला भनेनन्। तिनीहरूलाई सभा-घरबाट निकाली देला कि भन्ने डर थियो।

Judges 6:27
यसर्थ गिदोनले आफ्ना दशजना सेवकहरू लगे अनि परमप्रभुले तिनलाई जे गर्नु भन्नु भएको थियो त्यही गरे। तर गिदोन तिनका परिवार अनि शहरका मानिसहरूले आफूले के गर्दै छु भनी देख्छन् भनी भयभीत भएका थिए। गिदोनले त्यही गरे जो तिनलाई गर्नुभनी परमप्रभुले भन्नु भएको थियो। तर तिनले त्यो काम दिउँसो होइन राती गरे।