John 19 - WEB (Nepali)
1 So Pilate then took Jesus, and flogged him.तब पिलातसले येशूलाई लैजाने र कोर्रा लगाउने आदेश दिए।
2 The soldiers twisted thorns into a crown, and put it on his head, and dressed him in a purple garment.सिपाहीहरूले काँडादार हाँगाहरूका एउटा मुकुट गुँथे अनि येशूको टाउकोमा लगाई दिए। त्यसपछि तिनीहरूले बैजनी रंगको वस्त्र उनको शरीरमा पहिराइ दिए
3 They kept saying, "Hail, King of the Jews!" and they kept slapping him.सिपाहीहरूले धेरै पल्ट येशूको छैउमा आउँदै भने, “प्रणाम, हे यहूदीहरूका राजा!” भन्दै उहाँको अनुहारमा थप्पड लगाए।
4 Then Pilate went out again, and said to them, "Behold, I bring him out to you, that you may know that I find no basis for a charge against him."फेरि पिलातस एक पल्ट बाहिर निस्के र यहूदीहरूलाई भने, “हेर! म येशूलाई तिमीहरू कहाँ ल्याउँदैछु किनभने मैले उसको विरूद्धमा आरोप लगाउने कुनै कारण पाइनँ।”
5 Jesus therefore came out, wearing the crown of thorns and the purple garment. Pilate said to them, "Behold, the man!"येशू बाहिर आए। उहाँले काँडेदार मुकुट र बैजनी वस्त्र लगाउनु भएको थियो। पिलातसले यहूदीहरूलाई भने, “ त्यो मान्छो यही हो।”
6 When therefore the chief priests and the officers saw him, they shouted, saying, "Crucify! Crucify!" Pilate said to them, "Take him yourselves, and crucify him, for I find no basis for a charge against him."जब मुख्य पूजाहारीहरू र यहूदीका द्वारपालहरूले येशूलाई देखे तिनीहरू चिच्याए, “क्रूसमा यसलाई टाँग्नुहोस्, क्रूसमा यसलाई टाँग्नुहोस्। तर पिलातसले भने, “तिमीहरू यिनलाई लैजाऊ र क्रूसमा टाँग । मैले उनीमाथि आरोप लगाउने कुनै कारण नै पाईनँ।”
7 The Jews answered him, "We have a law, and by our law he ought to die, because he made himself the Son of God."यहूदीहरूले उसलाई उत्तर दिए, “हाम्रो व्यवस्था बमोजिम ऊ मर्नै पर्छ, किनभने उसले दावी गरेको छ कि ऊ परमेश्वरको पुत्र हो।”
8 When therefore Pilate heard this saying, he was more afraid.जब पिलातसले यो सुने, उनी साह्रै डराए।
9 He entered into the Praetorium again, and said to Jesus, "Where are you from?" But Jesus gave him no answer.पिलातस महलभित्र फेरि पसे। उनले येशूलाई सोधे, “तिमी कहाँबाट आएका हौ?” तर येशूले उसलाई जवाफ दिनुभएन।
10 Pilate therefore said to him, "Aren't you speaking to me? Don't you know that I have power to release you, and have power to crucify you?"पिलातसले भने, “के तिमी मसँग बोल्दैनौ? याद गर, तिमीलाई मुक्त पार्ने अधिकार मसित छ। अनि तिमीलाई क्रूसमा टाँग्ने अधिकार पनि मसित छ।”
11 Jesus answered, "You would have no power at all against me, unless it were given to you from above. Therefore he who delivered me to you has greater sin."येशूले जवाफ दिनुभयो, “तपाईंलाई माथिबाट नदिइएको भए ममाथि तपाईंको केही अधिकार हुने थिएन। त्यसैले ती मानिस जसले मलाई तपाईंलाई सुम्पियो उ तपाईं भन्दा महापापको दोषी हो।”
12 At this, Pilate was seeking to release him, but the Jews cried out, saying, "If you release this man, you aren't Caesar's friend! Everyone who makes himself a king speaks against Caesar!"त्यसपछि, पिलातसले येशूलाई मुक्त पार्ने कोशिश गरे। तर यहूदीहरूले तिनलाई कराउँदै भने, “कसैले आफैलाई राजा बनाउँछ भने त्यो सिजर वोरधी हो। यसर्थ उसलाई तपाईं छुटकारा दिनु हुन्छ भने तपाईं सिजरको मित्र हुनु हुन्न।”
13 When Pilate therefore heard these words, he brought Jesus out, and sat down on the judgment seat at a place called "The Pavement," but in Hebrew, "Gabbatha."पिलातसले यहूदीहरूले के भने सुने। यसैले उसले येशूलाई महल बाहिर ल्याए त्यस ठाउँलाई “ढुंगाको पाटी” भनिन्छ। जसलाई हिब्रू भाषामा “गब्बाथा” भनिन्छ। त्यो न्यायसनमा पिलातस बसे।
14 Now it was the Preparation Day of the Passover, at about the sixth hour.{noon} He said to the Jews, "Behold, your King!"यो प्रायः निस्तार चाडको तयारी गर्ने दिनको मध्या भएको थियो। पिलातसले यहूदीहरूलाई भने, “तिमीहरूका राजा यहाँ छ!”
15 They cried out, "Away with him! Away with him! Crucify him!" Pilate said to them, "Shall I crucify your King?" The chief priests answered, "We have no king but Caesar!"यहूदीहरू चिच्याए, “त्यसलाई उतै लानु होस्, लानु होस्! त्यसलाई क्रूसमा मार्नू होस्।”पिलातसले यहूदीहरूलाई सोधे, “के मलाई तिमीहरूको राजालाई क्रूसमा टाँग्न लगाऊँछौ?”मुख्य पूजाहारीहरूले भने, “सिजर मात्र हाम्रो राजा हुनुहुन्छ।”
16 So then he delivered him to them to be crucified. So they took Jesus and led him away.तब येशूलाई क्रूसमा झुणड्याएर मार्नु भनेर पिलातसले तिनीहरूलाई सुम्पे।सिपाहीहरूले येशूलाई लगे।
17 He went out, bearing his cross, to the place called "The Place of a Skull," which is called in Hebrew, "Golgotha,"येशूले आफ्नो क्रूस बोक्नु भयो अनि उहाँ “खोपडी ठाऊँ” तर्फ जानु भयो (हिब्रू भाषामा “गलगथा” भनिन्छ)
18 where they crucified him, and with him two others, on either side one, and Jesus in the middle.गलगथामा येशूलाई क्रूसमा टाँगे। तिनीहरूले दुइजना मानिसहरू उहाँको दुई पट्टि अनि यशूलाई बीचमा राखे।
19 Pilate wrote a title also, and put it on the cross. There was written, "JESUS OF NAZARETH, THE KING OF THE JEWS."पिलातसले “संकेत पटमा लेखे अनि क्रूसमा टाँसिदिए। त्यो संकेतपटमा लेखिएको थियो।“नासरतको येशू, यहूदीहरूका राजा।”
20 Therefore many of the Jews read this title, for the place where Jesus was crucified was near the city; and it was written in Hebrew, in Latin, and in Greek.पिलातसले त्यो हिब्रू ल्याटिन र ग्रीक भाषामा लेखेका थिए। धेरै यहूदीहरूले त्यो संकेतपट पढे किनभने क्रूसमा येशूलाई टाँगेको ठाउँदेखि शहर नगिचमा थियो।
21 The chief priests of the Jews therefore said to Pilate, "Don't write, 'The King of the Jews,' but, 'he said, I am King of the Jews.'"यहूदीहरूका मुख्य पूजाहारीहरूले पिलातसलाई भने, “यहूदीहरूका राजा भनेर, नलेख्नु होस्, बरू लेख्नुहोस्, “यो मान्छेले भनेकोछ, म यहूदीहरूको राजा हुँ।”
22 Pilate answered, "What I have written, I have written."पिलातसले उत्तर दिए, “मैले जे लेखें-लेखें, बद्ली गरिनेछैन।
23 Then the soldiers, when they had crucified Jesus, took his garments and made four parts, to every soldier a part; and also the coat. Now the coat was without seam, woven from the top throughout.क्रूसमा येशूलाई टाँगिसके पछि सिपाहीहरूले उहाँका वस्त्र उतारिदिए र त्यस वस्त्रलाई तिनीहरूले चार टुक्रमा च्याते, प्रत्येक सिपाहीले एक-एक गरेर पाए। तिनीहरूले कुर्ता सम्म खोलिदिए जो एउटै लुगाको टुक्रालाई माथि देखि तलसम्म सिलाएको थियो।
24 Then they said to one another, "Let's not tear it, but cast lots for it to decide whose it will be," that the Scripture might be fulfilled, which says, "They parted my garments among them. For my cloak they cast lots." Therefore the soldiers did these things.यसर्थ सिपाहीहरूले आपसमा भने, “यसलाई हामीले भाग गर्न च्यात्न हुँदैन। यसलाई चिट्ठा लगाऊ कसको नाउँमा पर्छ।” धर्मशास्त्रमा भने जस्तै त्यो हुनगयोः“तिनीहरूले आपसमा मेरा लुगाहरू बाँडे अनि मेरो लुगामा चिट्ठा हाले।” भजनसंग्रह 22:18सिपाहीहरूले त्यसै गरे।
25 But there were standing by the cross of Jesus his mother, and his mother's sister, Mary the wife of Clopas, and Mary Magdalene.येशूकी आमा क्रूसकै नजिक उभिएकी थिइन। उहाँकी आमाको बहिनी, क्लोपासकी पत्नी पनि मरियमसँग उभिरहेकी थिइन्। मग्दलिनी मरियम पनि उभिरहेकी थिइन्।
26 Therefore when Jesus saw his mother, and the disciple whom he loved standing there, he said to his mother, "Woman, behold your son!"येशूले आफ्नी आमालाई देख्नु भयो। उहाँले ती उभिनेहरूमा आफ्ना चेलाहरूलाई पनि देख्नु भयो। उहाँले आफ्ना आमालाई भन्नु भयो, “हे प्रिय नारी तिम्रो पुत्र यहाँ छ।”
27 Then he said to the disciple, "Behold, your mother!" From that hour, the disciple took her to his own home.त्यसपछि आफ्ना चेलालाई भन्नुभयो, “यहाँ तिम्रा आमा हुनुहुन्छ।” तब त्यसपछि, ती चेलाहरूले येशूकी आमालाई आफ्ना घरमा लगे।
28 After this, Jesus, seeing{NU, TR read "knowing" instead of "seeing"} that all things were now finished, that the Scripture might be fulfilled, said, "I am thirsty."त्यसपछि, येशूले जान्नुभयो कि सबै कामहरू सिद्धियो। उहाँले धर्मशास्त्रमा लेखिएको सिद्ध होस् भनि भन्नुभयो, “मलाई तिर्खा लाग्यो।”
29 Now a vessel full of vinegar was set there; so they put a sponge full of the vinegar on hyssop, and held it at his mouth.त्यहाँ सिर्काले भरिएको एउट भाँडो थियो। यसर्थ सिपाहीहरूले स्पञ्जमा त्यो सोसे र हिसप उद्भिदको हाँगामा त्यसलाई डुबाए। त्यसलाई तिनीहरूले येशूको मुख सम्म पुरयाएदिए।
30 When Jesus therefore had received the vinegar, he said, "It is finished." He bowed his head, and gave up his spirit.उहाँले सिर्का खानु भयो, स्वाद लिनु भयो। तब उहाँले भन्नुभयो “सिद्धियो।” येशूको शिर झुक्यो र उहाँले अन्तिम सास फेर्नु भयो।
31 Therefore the Jews, because it was the Preparation Day, so that the bodies wouldn't remain on the cross on the Sabbath (for that Sabbath was a special one), asked of Pilate that their legs might be broken, and that they might be taken away.यो दिन तयारीको दिन थियो अर्को दिन विशेष विश्रामको दिन थियो। यहूदीहरूले विश्रामको दिन त्यो मृत शरीर क्रूसमा झुण्डायाई राख्न चाहेनन्। तब तिनीहरूले पिलातसलाई ती मानिसहरूको खुट्टा भाँच्नुका निम्ति आदेश मागे ताकि तिनीहरू छिटो मर्न सकुन्। अनि तिनीहरूको मृत शरीर क्रूसबाट तल झार्न सकियोस्।
32 Therefore the soldiers came, and broke the legs of the first, and of the other who was crucified with him;सिपाहीहरू आए र पहिला येशूको छेऊको क्रूसको मान्छेको खुट्टा भाँचे। त्यसपछि तिनीहरूले क्रूसमा भएको येशूकै छेऊको अर्को मान्छेको खुट्टा भाँचे।
33 but when they came to Jesus, and saw that he was already dead, they didn't break his legs.तर जब ती सिपाहीहरू येशूको छेऊमा गए, तिनीहरूले देखे उहाँ अघि नै मरिसक्नु भएको थियो। यसैले तिनीहरूले उहाँको खुट्टा भाँचेनन्।
34 However one of the soldiers pierced his side with a spear, and immediately blood and water came out.तर एकजना सिपाहीले भालाद्वारा उहाँको कोखामा भालाले घोच्यो। रगत र पानी बाहिर निस्कयो।
35 He who has seen has testified, and his testimony is true. He knows that he tells the truth, that you may believe.ऊ जसले त्यो देख्यो ऊ गवाही भयो अनि उसको गवाही सत्य छ। उसले जान्दछ कि उसले साँचो बोलिरहकोछ। उसले गवाही दिन्छ ताकि तिमीहरूले पनि विश्वास गर्न सक्छौ।
36 For these things happened, that the Scripture might be fulfilled, "A bone of him will not be broken."यी सबै कुराहरू घटे ताकि धर्मशास्त्र साँचो हुन्छः “उहाँको एउटै हड्डी पनि भाँचिनछैन।”
37 Again another Scripture says, "They will look on him whom they pierced."अर्को ठाउँमा धर्मशास्त्र भन्छः “मानिसहरूले उनलाई हेर्नछन् जसलाई भालाले रोप्नेछन्।”
38 After these things, Joseph of Arimathaea, being a disciple of Jesus, but secretly for fear of the Jews, asked of Pilate that he might take away Jesus' body. Pilate gave him permission. He came therefore and took away his body.त्यसपछि अरिमाथियावासी योसेफ नाम भएकोले पितालसलाई येशूको मृत-शरीर लैजान पाऊँ भनेर विन्ती गरे। योसेफ येशूका चेलाहरू मध्ये एक थिए। तर तिनले यहूदीहरूको डरले यो गुप्त राखे। पिलातसले योसेफलाई येशूको शरीर लान सक्छ भनेर अनुमति दिए। त्यसकारण योसेफ येशूको शरीर लिएर गए।
39 Nicodemus, who at first came to Jesus by night, also came bringing a mixture of myrrh and aloes, about a hundred pounds.{100 Roman pounds of 12 ounces each, or about 72 pounds, or 33 Kilograms.}निकोदेमस योसेफसंग गए। निकोदेमस ती एकजना मानिस थिए जो येशूकहाँ राती आउँदथ्यो र बात गर्दथ्यो। निकोदेमसले तेत्तीस किलो जति मसलाहरू त्यहाँ ल्याए। त्यो मूर्र र एलवाको मिश्रण थियो।
40 So they took Jesus' body, and bound it in linen cloths with the spices, as the custom of the Jews is to bury.यी दुइ मानिसहरूले येशूको मृत शरीर लगे। उहाँको शरीर तिनीहरूले सुगान्धीत द्रव्यसहित सूती कपडाले बाँधे। यसरी नै यहूदीहरूले मानिसहरूलाई गाडदथे।
41 Now in the place where he was crucified there was a garden. In the garden a new tomb in which no man had ever yet been laid.जुन ठाउँमा येशू क्रूसमा टाँगिए, त्यहाँ एक बगैंचा थियो। बगैंचामा एक नयाँ चिहान थियो। कुनै मानिस पनि पहिल्यै कहिले त्यहाँ गडिएको थिएन।
42 Then because of the Jews' Preparation Day (for the tomb was near at hand) they laid Jesus there.मानिसहरूले येशूलाई त्यही नयाँ चिहानमा राखे कारण यो नजिक थियो अनि यहूदीहरू आफ्ना विश्रामको दिन तयारी गर्न थालेका थिए।
Nepali Bible